arin enterprises

बजार

  • २०७९ श्रावण १९, बिहिबार

    चिनियाँ नागरिक अपहरण गर्ने ६ नेपाली पक्राउ

    गत बुधबार लैनचौरबाट एक जना चिनियाँ नागरिकलाई अपहरण गरेको आरोपमा ६ जना नेपाली पक्राउ परेका छन् । अपहरणमा संलग्न ६ जनालाई जिल्ला प्रहरी परिसर, काठमाडौं र प्रहरी वृत्त दरबारमार्गको संयुक्त टोलीले पक्राउ गरेको छ ।उनीहरुले चिनियाँ नागरिकलाई लैनचौरबाट...

  • २०७९ श्रावण १९, बिहिबार

    श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण

    नेपालगञ्जबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको ९ एन–एएनएफ विमान नेपालगञ्जमा आकस्मिक अवतरण गराइएको छ । जहाजको वायाँ इन्जिनमा धुवाँ देखिएपछि १० माइल उडेको जहाज सोही विमानस्थलमा फर्काएर आपतकालीन अवतरण गराइएको श्री एयरलाइन्स नेपालगञ्जका स्टेशन...

  • २०७९ श्रावण १८, बुधबार

    चलचित्र क्षेत्रलाई आदिवासी मैत्री बनाउने अध्यक्ष केसीको प्रतिवद्धता

    चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीले चलचित्र क्षेत्रमा आदिवासी मैत्री वातावरण बनाउने प्रतिवद्धता व्यक्त गरेका छन । बुधबार विकास बोर्डको हलमै आदिवासी जनजाति चलचित्र महासंघको प्रतिनिधिहरुसँग भेटघाट गर्दै अध्यक्ष केसीले यस्तो भनेका हुन्...

  • २०७९ श्रावण १८, बुधबार

    शंकास्पद व्यक्ति सुन व्यापारी भएको ब्यूरोको ठहर

    नेपाल एयरलायन्सको विमानबाट आज दिउँसो नेपाल प्रहरीको विशेष अनुसन्धान ब्युरोले २ जना शंकास्पद व्यक्तिलाइ नियन्त्रणमा लियो । आतङ्कवादी भएको भन्दै प्रहरीले नियन्त्रणमा लिएका एक व्यक्ति सुन व्यापारी भएको खुलेको छ। प्रहरीको विशेष ब्युरोले विशेष सूचनाको...

  • २०७९ श्रावण १८, बुधबार

    सप्तकोसी नदी बस्तीभित्र पसेपछि १० हजार घर डुबानमा

    अविरल बर्षाका कारण सप्तकोसी नदीको बाढी बस्तीमा पसेको छ । नदी बस्तीमा पसेसँगै सयौँ घर जोखिममा परेका छन् । कटान रोक्न सरकारी तहबाट भएको प्रयास प्रभावकारी नहुँदा बाढी अस्थायी बाँध फुटाएर बस्तीमा पसेको हो । बेलका नगरपालिकामा वडा नं ८ को जिरो पोइन्टबाट...

  • २०७९ श्रावण १८, बुधबार

    उपसचिव प्रमोद नेपाल साढे २२ लाख घुसहित पक्राउ

    साढे २२ लाख घुससहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई हिजो नक्सालको होटेलबाट पक्राउ गरेको हो । नेपालले प्याराग्लाइडिङको उडान अनुमतिका लागि...

  • २०७९ श्रावण १७, मंगलबार

    म्याग्दीमा पहिरोले पुरिएर ५ जनाको मृत्यु

    आज विहान म्याग्दी म्याग्दीको मालिका गाउँपालिका–२, रुमको तामेङ गाउँमा गएको पहिरोमा परी ५ जनाको मृत्यु भएको छ । आज बिहान बस्तीमाथिबाट खसेको पहिरोले दुई घर बगाएपछि दुई जनाको शव भेटिएको थियो भने तीन जना बेपत्ता भएका थिए । हराइरहेका तीन जनाको शव पनि मृत...

  • २०७९ श्रावण १७, मंगलबार

    तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्छु : पर्यटनमन्त्री श्रेष्ठ

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले बुद्धकालीन कपिलवस्तुको राजधानी तिलौराकोटलाई जतिसक्दो छिटो विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रयास गरिने बताउनुभएको छ । सोमवार तिलौराकोटको अवलोकन गर्न पुग्नुभएका मन्त्री श्रेष्ठले...

  • २०७९ श्रावण १७, मंगलबार

    इसेवाले एक हजार विद्यार्थीलाई स्करलशीप प्रदान गर्ने

    नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले एसइइ परिक्षा उतिर्ण गरेका विद्यार्थीहरुलाई बम्पर अफर सार्वजनिक गरेको छ । यस अफर अन्तरगत एक हजार जना विद्यार्थीहरुले नेपालका विभिन्न कलेजमा शतप्रतिशत स्कलरसिपमा अध्ययन गर्न पाउनेछन् । यसका लागि...

  • २०७९ श्रावण १७, मंगलबार

    नागपञ्चमीमा नागको सम्मान गर्ने कि अपमान ?

    आज श्रावण शुक्ल पञ्चमी अर्थात नाग पञ्चमी । आजको दिन परम्पराअनुसार घरको मूलढोकामा नागको तस्बीर टाँसेर नागको पूजा अर्चना गरी मनाइँदैछ । आजको दिनमा नागको साथै नाग धारण गर्ने भगवान शिवको पूजा आराधना गर्ने गरिन्छ । साथै आज काठमाडौंको नागपोखरी र टौदह,...

  • २०७९ श्रावण १७, मंगलबार

    नाग पञ्चमी पर्व मनाईंदै

    आज श्रावण शुक्ल पञ्चमीका दिन घरघरमा अष्टनागको तस्बिर घरको मूलढोका माथी गोबरले टाँसेर परम्परागतरुपमा पुजा आराधना गरि मनाइदैँछ । उक्त तस्बिरमा गाईको दुध, दहि, दुबो, फूल, अक्षता, सिंदुर र जौतिल राखी बिधिपुर्वक पुजा गरिन्छ । यसरी नागको तस्वीर टाँस्दा...

  • २०७९ श्रावण १६, सोमबार

    एकै परिवारका चार जनाको शव फेला

    काठमाडौंको तारकेश्वर नगरपालिका–२ धर्मस्थलीस्थित भीमसेन टोलमा एकै परिवारको चारजनाको शव फेला परेको छ । आज विहान श्रीमान दिनेश पाण्डे, श्रीमती सुनीता काप्री पाण्डे, उनका छोरा आशिक र छोरी आशिकाको शव विभत्स अवस्थामा फेला परेको हो । आज विहान छोराहरुको...

  • २०७९ श्रावण १६, सोमबार

    “येँ देय् म्हसीके” अनुगमन खोई ?

    विद्यालयहरुमा नयाँ सत्र प्रारम्भ भएसँगै यस वर्ष पनि स्थानीय पाठ्यक्रम अन्तर्गत ‘येँ देय् म्हसीके’ पाठ्यपुस्तकको पठनपाठन सुरु भइसकेको छ । गत वर्षदेखि महानगरपालिकाले अनिवार्य रुपमा निजी तथा सरकार विद्यालयहरुमा स्थानीय पाठ्यक्रम अन्तर्गत नेपालभाषा...

  • २०७९ श्रावण १६, सोमबार

    महासचिव नेत्रविक्रम चन्दविरुद्ध पक्राउ पूर्जी जारी

    नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवविरुद्ध ललितपुर जिल्ला अदालतलले पक्राउ पूर्जी जारी गरेको छ । उनीसँगै प्रवक्ता खड्गबहादुर विश्वकर्मालगायत नेताविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ । अदालतले उनीहरूविरूद्ध हातहतियार तथा...

  • २०७९ श्रावण १६, सोमबार

    युरोकप महिला फुटबलको उपाधि ईंग्ल्याण्डले जित्यो

    इंग्ल्याण्डले पहिलो पटक युरोकप महिला फुटबलको उपाधि जितेको छ । लण्डनको वेम्बले रंगशालामा गएराति भएको फाइनल खेलमा आठ पटकको च्याम्पियन जर्मनीलाई अतिरिक्त समयमा २–१ ले हराउँदै इंग्ल्याण्डले ऐतिहासिक उपाधि जितेको हो । खेलको ६२ औं मिनेटमा इंग्ल्याण्डकी...

  • २०७९ श्रावण १५, आइतबार

    आज वराह जयन्ती मनाईँदै

    आज श्रावण शुक्ल तृतियाको दिन, भगवान विष्णुको तेश्रो अवतार वराहको पूजा अर्चना गरी वराह जयन्ती मनाईँदैछ । विभिन्न पुराणहरुका अनुसार आजको दिन भगवान विष्णुले आफ्नो तेश्रो अवतारको रूपमा वराह अवतार लिएका थिए र हिरण्याक्ष दैत्यको वध गरेर उसको अत्याचारबाट...

Pages