arin enterprises

बजार

  • २०७७ जेठ २७, मंगलबार

    थप एक कोरोना संक्रमितको मृत्यु

    आज थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । चितवन भरतपुर ११ का ६८ वर्षीय वृद्धको आज विहान ७ बजेर ६ मिनेटमा मृत्यु भएको हो । चितवनको भरतपुर अस्पतालमा उपचाररत एक जना संक्रमितको आज विहान मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ...

  • २०७७ जेठ २७, मंगलबार

    थप ९६ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज

    थप ९६ जना कोरोना संक्रमित निको भएर विभिन्न अस्तालबाट डिस्चार्ज भई घर फर्केका छन् । पछिल्लो पटक ८ जना महिला र ८८ जना पुरुष संक्रमण निको भई घर फर्केको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । कोभिड १९ अस्पताल...

  • २०७७ जेठ २७, मंगलबार

    न्यूरोडमा प्रहरीले पसल बन्द गरायो

    लकडाउनका बीच न्यूरोडमा व्यापारीहरुले खोलेका पसलहरु आज विहान प्रहरीले बन्द गराएका छन् ।  प्रहरीले पसल बन्द गर्न गरेको आग्रह व्यापारीहरुले नमान्दा न्यूरोड क्षेत्रमा केही समय झडपको जस्तै स्थिती बनेको थियो ।  सरकारले चाँडै कुनै विकल्प ल्याउने र अहिलेको...

  • २०७७ जेठ २७, मंगलबार

    नयाँ संक्रमित संख्या ३२३, कुल संक्रमित ४ हजार नाघ्यो

    नेपालमा थप ३ सय २३ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण देखिएको छ ।  नेपालका विभिन्न १३ वटा प्रयोगशालामा गरिएको परिक्षणमा ३ सय २३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । नयाँ पुष्टि हुने संक्रमितहरुमा पुरुष २ सय...

  • २०७७ जेठ २६, सोमबार

    न्युजिल्याण्ड अहिले कोरोना संक्रमणमुक्त देश

    न्युजिल्यान्डले कोरोना भाइरस संक्रमितको संख्या शून्यमा झारेको छ । न्यूजिल्यान्डका अन्तिम कोरोना संक्रमित निको भएसँगै अहिले यहाँ कोरोना संक्रमितको संख्या शुन्य छ । सोमबार स्वास्थ्य विभाग महानिर्देशक एस्ली ब्लुमफिल्डले न्युजिल्यान्डमा अन्तिम कोराना...

  • २०७७ जेठ २६, सोमबार

    उपत्यका विकास प्राधिकरण खारेज गर्न मेयरहरुको माग

    उपत्यका नगरपालिका फोरमले काठमाडौँ उपत्यका विकास प्राधिकरण अविलम्ब खारेजी गर्न संघीय सरकारसँग आग्रह गरेको छ ।  फोरमले विज्ञप्ति जारी गरी सहरी विकास मन्त्री बसन्तकुमार नेम्वाङ र राज्यमन्त्री रामवीर मानन्धरसँग यस्तो आग्रह गरेको हो ।  विज्ञप्ति जारी...

  • २०७७ जेठ २६, सोमबार

    दयाराम दाहालबाट पदभार ग्रहण

    चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दयाराम दाहालले आजबाट पदभार ग्रहण गरेका छन ।  पदभार ग्रहण गरेसँगै नवनियुक्त अध्यक्ष दाहालले महामारीले धरासायी बन्न लागेको चलचित्र क्षेत्रलाई उकास्न आफु लागिपर्ने प्रतिवद्धता पोखे ।  अध्यक्ष दाहालले फिल्म...

  • २०७७ जेठ २६, सोमबार

    संक्रमित संख्या ४ हजार नजिक पुग्दा निको हुनेहरु ५ सय नजिक

    नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या ४ सय ८८ पुगेको छ । अहिलेसम्म ४ सय १९ पुरुष संक्रमण मुक्त भइसके भने ६९ जना महिलाले कोरोना संक्रमणलाई जितेर अस्पतालबाट घर फर्केका छन् । पछिल्लो पटक विभिन्न अस्पतालबाट थप २१ जना संक्रमण निको भएर डिस्चार्ज भएका...

  • २०७७ जेठ २६, सोमबार

    कोरोना संक्रमित मृत्यु संख्या १४ पुग्यो

    नेपालमा कोरोना संक्रमितको मृत्यु संख्या १४ पुगेको छ । स्याङजाको वालिङ नगरपालिका ३ का ५८ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।  उपचारको क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उनको मृत्यु भएको हो ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजको...

  • २०७७ जेठ २६, सोमबार

    पाटन दरवार भित्रको नासल चोकको लथालिंग अवस्था

    काठमाडौं सहरबाट करिब ५ किलोमिटर दक्षिण पूर्वमा पाटन दरवार क्षेत्र छ । यस सहरको मुटुमा अवस्थित यस क्षेत्र कलात्मक सम्पदाहरूले भरिपूर्ण छ ।  विश्व सम्पदामा सुचीकृत ललितपुर दरवार क्षेत्रमा मुख्य गरी चारवटा चोक रहेका छन् । जसमध्ये एउटा नासल चोक  पनि हो...

  • २०७७ जेठ २६, सोमबार

    ३१४ नयाँ संक्रमित फेला परे, कुल संक्रमित संंख्या ३७६२

    नेपालमा आज ३ सय १४ जना कोभिड १९ का नयाँ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न ११ वटा प्रयोगशालामा गरिएको परिक्षणमा थप ३ सय १४ जनामा कोरोना संक्रमण देखिएको जनाएको हो । मन्त्रालयका नवनियुक्त प्रवक्ता डा. जागेश्वर...

  • २०७७ जेठ २५, आइतबार

    वर्ल्ड नेवाः अर्गनाइजेसनबाट आमा घरलाई सहयोग

    वर्ल्ड नेवाः अर्गनाइजेसनको पहलमा असहाय ज्येष्ठ नागरिकको हेरविचार गर्दै आएको आमा घरलाई सहयोग प्रदान गरिएको छ । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण आमा घरलाई समस्या भएपछि वर्ल्ड नेवाः अर्गनाइजेसन (डब्ल्युएनओ) बाट सहयोग...

  • २०७७ जेठ २५, आइतबार

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता फेरी, डा. गौतम नयाँ प्रवक्ता

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता फेरिएका छन् । मन्त्रालयका नयाँ प्रवक्ताको जिम्मेवारी डा. जागेश्वर गौतमले पाएका छन् । यस अघि परोपकार प्रसूती गृह तथा स्त्री रोग अस्पतालका प्रमुखको जिम्मेवारीमा रहेका डा. गौतम हालै मात्र स्वास्थ्य मन्त्रालय...

  • २०७७ जेठ २५, आइतबार

    एकैपल्ट १०२ जना कोरोना संक्रमित निको भए

    पछिल्लो पटक एकैपल्ट कोभिड १९ बाट संक्रमित एक सय दुई जनाले संक्रमणलाई जितेका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा उपचाररत एक सय दुई जना संक्रमण निको भई...

  • २०७७ जेठ २५, आइतबार

    थप २१३ जनामा संक्रमण पुष्टि, संक्रमित संख्या ३४४८

    नेपालमा थप २ सय १३ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । देशका विभिन्न भागमा २ सय १३ जना नयाँ संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित प्रेस व्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले २ सय ९...

  • २०७७ जेठ २५, आइतबार

    सुनचाँदीको भाउ प्रकाशन हुनथाल्यो

    नेपाल सुनचाँदी व्यवसायी महासंघले आजबाट सुनचाँदीको भाउ प्रकाशन गर्न थालेको छ । महासंघबाट प्रकाशित भाउ अनुसार आज छापावाल सुनको मूल्य तोलाको ८७ हजार ५ सय रहेको छ भने २२ क्यारेट सुनको तोलाको ८० हजार ५ सय रहेको छ । त्यसैगरी चाँदीको मूल्य तोलाको ९ सय ३०...

Pages