बिचार
-
२०७९ चैत्र १४, मंगलबार
मिटरब्याजीलाई कारबाही गर्न कानुन बनाउने
सरकारले मिटरब्याजमा रकम असुली गर्नु अपराध मानिने गरी कानुनी व्यवस्था गर्ने भएको छ । आज बसेको मन्त्रिपरिषद बैठकले मुलुकी अपराध संहितालगायतका कानुन संशोधन गरेर मिटरब्याजमा रकम असुलीलाई अपराध मानिने व्यवस्था गर्ने निर्णय गरेको हो । कानुन संशोधनको...
-
२०७९ चैत्र १४, मंगलबार
ऐतिहासिक कोथुननी बचाउन माग
काठमाडौंको ऐतिहासिक बजार असनस्थित ६ सय वर्ष पुरानो क्वथुननी विहार र घडीघरको संरक्षणका लागि स्थानीयले संघर्ष गर्ने चेतावनी दिएका छन् । कामपा २५ असनमा अवस्थित कोथुननीमा रहेको सो घर कि.नं. १७६७ क्षे.फ. ०–८–०–३ रहेको जनाइएको छ । उक्त घर गुथी संस्थानको...
-
२०७९ चैत्र १४, मंगलबार
सेतो मच्छिन्द्रनाथ रथयात्राको कार्यक्रम सार्वजनिक
यस वर्षको सेतो मच्छिन्द्रनाथ (जनबहाःद्यः) रथयात्राको कार्यक्रम सार्वजनिक भएको छ । सेतो मच्छिन्द्रनाथ रथयात्रा व्यवस्थापन समितिले आज विज्ञप्ती जारी गर्दै रथयात्राको कार्यक्रमहरु सार्वजनिक गरिएको हो । समितिबाट जारी विज्ञप्ती अनुसार भोलि चैत्र १५ गते...
-
२०७९ चैत्र १४, मंगलबार
रुसको बेलारुसमा आणविक हतियार भण्डार गर्ने तयारीप्रति नाटोको आपत्ति
रुसले बेलारुसमा आणविक हतियार भण्डारण गर्ने तयारीप्रति नाटोसहित पश्चिमा देशहरुले आपत्ति जनाएका छन् । रुसी राष्ट्रपति भ्लादिनमिर पुटिनले आगामी जुलाई १ भित्रै छिमेकी बेलारुसमा आणविक हतियार भण्डारण गर्ने तयारी भइरहेको घोषणा गरेपछि पश्चिमा देशहरुले रुसी...
-
२०७९ चैत्र १४, मंगलबार
राहुल गान्धीलाई सरकारी निवास खाली गर्न आदेश
भारतीय संसद लोकसभाले भारतीय कंग्रेस आईका नेता राहुल गान्धीलाई सरकारी निवास खाली गर्न आदेश दिएको छ । सोमबार लोकसभाको हाउजिङ कमिटीले गान्धीलाई सरकारी निवास खाली गर्न सूचना जारी गरेको हो । लोकसभाको सांसद सूची रहेको वेबसाइटबाट नाम हटाउँदै गान्धी...
-
२०७९ चैत्र १४, मंगलबार
प्रदेश १ लाई पहिचानको आधारमा पुनः नामाङ्कन गर्न माग
प्रदेश १ लाई कोशी नामाङ्कन गरेको विरोध ९ वटा आदिवासी राजनीतिक संगठनहरूको गठबन्धनले समर्थन गरेको छ । सो संगठनको गठबन्धनले राजधानीमा पत्रकार सम्मेलन गरी कोशी नाम खारेज गरी पहिचानसँग जोडिएको नाम नराखे देशव्यापी आन्दोलन सुरु गर्ने चेतावनी समेत दिएका छन्...
-
२०७९ चैत्र १४, मंगलबार
अमेरिकाको एक विद्यालयमा गोली प्रहार
अमेरिकाको टेनेसी राज्यको नासभिल शहरको एक प्राथमिक विद्यालयमा गोली प्रहार भएको छ । प्रि–स्कुलदेखि ६ कक्षासम्म पढाई हुने २ सय विद्यार्थी रहेको प्रेस्बिटेरियन स्कुल द कभेन्टमा एक महिलाले अन्धाधुन्ध गोली प्रहार गरेको हो । गोलि प्रहारमा ३ जना...
-
२०७९ चैत्र १४, मंगलबार
जिब्राल्टरलाई हराउँदै नेदरल्यान्ड्सको पहिलो जित
जिब्राल्टरलाई हराउँदै नेदरल्यान्ड्सले युरोकप २०२४ छनोटमा आफ्नो पहिलो जित निकालेको छ । सोमबार राति भएको खेलमा जिब्राल्टरलाई ३–० गोले हराउँदै नेदरल्यान्ड्सले आफ्नो पहिलो जित निकालेको हो । नेदरल्यान्ड्सको डे कुइप्मा भएको खेलको २३ औं मिनेटमा मेम्फिस...
-
२०७९ चैत्र १३, सोमबार
ज्वेल्स् सहकारीद्वारा स्वास्थ्य शिविरको आयोजना
ज्वेल्स् बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । लाईफ लाइन हेल्थ होम केयरको सहकार्य र काठमाडौं मेडिकल कलेजको प्राविधिक सहयोगमा संस्थाले सोमबार ललितपुरको तःल्बहालमा स्वास्थ्य शिविरको आयोजना गरेको हो...
-
२०७९ चैत्र १३, सोमबार
इजरायलमा राजनीतिक संकट झनै बढ्दो
इजरायलमा राजनीतिक संकट झनै चुलिएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले रक्षामन्त्री योआब गालन्टलाई बर्खास्त गरेपछि राजनीतिक संकट झन चुलिएको हो । प्रधानमन्त्री नेतान्याहुले अघि सारेका विवादास्पद न्यायिक सुधान कार्यक्रमको विरोध गरेको...
-
२०७९ चैत्र १३, सोमबार
युक्रेनलाई हराउँदै इंग्ल्याण्डको लगातार दोस्रो जित
इंग्ल्याण्डले युरो २०२४ छनोटमा लगातार दोस्रो जित निकालेको छ । गएराति भएको खेलमा युक्रेनलाई २–०ले हाराउँदै दोस्रो जित निकालेको हो । इङ्ल्याण्डलाई जित दिलाउन ह्यारी केन र बुकायो साकाले एक एक गोल गरे। वेम्बलीमा भएको खेलको ३७ औं मिनेटमा केनले गोल गर्दै...
-
२०७९ चैत्र १३, सोमबार
रोनाल्डोको दुई गोलसँगै पोर्चुगलको फराकिलो जित
युरोकप छनोटको खेलमा पोर्चुगलले फराकिलो जित निकालेको छ । आइतबार राति भएको खेलमा लक्समबर्गलाई ६–० गोलले हराउँदै पोर्चुगलले फराकिलो जित निकालेको हो । पोर्चुगलको जितमा कप्तान क्रिस्टियानो रोनाल्डोले दुई गोल गर्दा जोआ फेलिक्स, बेर्नार्डो सिल्भा,ओताभियो...
-
२०७९ चैत्र १३, सोमबार
इटालीको पहिलो जित
युरोकप छनोटमा इटालीले पहिलो जित निकालेको छ । गएराति माल्टालाई २–०ले हराउँदै इटालीले पहिलो जित निकालेको हो । इटालीको जितमा माटियो रेटेगुई र माटियो पेसिनाले एक एक गोल गरे । माल्टाको टा काली स्टेडियममा भएको खेलको १५ औं मिनेटमा माटियो रेटेगुईले गोल...
-
२०७९ चैत्र १३, सोमबार
स्व. जोशीको उचाइ र छवि समाजका लागि प्रेरणादायी : राष्ट्रपति पौडेल
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री स्व. नविन्द्रराज जोशीको सालिक आज राष्ट्रपति रामचन्द्र पौडेलले एक कार्यक्रमबीच अनावरण गर्नुभएको छ । सो अवसरमा राष्ट्रपति पौडेलले राजनीति समाज र जनताप्रतिको सेवा भावले ओतप्रोत हुनुपर्ने बताउनुभएको छ । राष्ट्रपति...
-
२०७९ चैत्र १३, सोमबार
नवलपरासीमा बम फेला पर्यो
पूर्वी नवलपरासीको बिनयी त्रिबेणी गाउँपालिकाको सर्दीमा बेवारिसे अवस्थामा बम फेला परेको छ । विनयी त्रिवेणी गाउँपालिकाको वडा ५ धुर्कोट भेडी गाउँको बारीमा बम फेला परेको हो । सर्दीका स्थानीय बासिन्दाका अनुसार जंगलमा चौपाया चराउन गएका ब्यक्तिहरूले एकै...
-
२०७९ चैत्र १२, आइतबार
पत्रकार साथै तामाङ चलचित्रकर्मी दिपेन्द्रको निधन
मध्यान्ह दैनिकका सम्पादक दीपेन्द्र तामाङको निधन भएको छ । आदिवासी जनजाति पत्रकार महासंघका संस्थापक सदस्य समेत रहेका तामाङको शनिवार निधन भएको हो । तामाङलाई ब्रेन स्ट्रोकपछि उपचारको लागि ललितपुर भैंसेपाटीस्थित मेडिसिटी अस्पताल लगिएको थियो । सोही...





