बिचार
-
२०८१ आषाढ ७, बिहिबार
प्रथम सहकारी रोजगार मेला–२०८१ हुने
राष्ट्रिय सहकारी महासंघले प्रथम सहकारी रोजगार मेला–२०८१ आयोजना गर्ने भएको छ । भोलिदेखि शुरु हुने मेलाको बुधबार पत्रकार सम्मेलन गरी असार ७ देखि ९ गतेसम्म प्रथम सहकारी रोजगार मेला सञ्चालन गरिने जानकारी दिएको हो । महासङ्घकी अध्यक्ष ओमदेवी मल्लले...
-
२०८१ आषाढ ७, बिहिबार
दुग्ध किसानहरु भुक्तानीको माग गर्दै आन्दोलित
दूग्ध किसानहरुले आप्mनो भुक्तानी माग गर्दै दुग्ध विकास संस्थानको केन्द्रीय कार्यालय घेराउ गरेका छन् । आफ्नो भुक्तानी माग गर्दै घेराउन गर्न पुगेका किसानहरु र प्रहरीबीच झडप हुँदा दुग्घ किसानहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लामो समयदेखि दुग्ध...
-
२०८१ आषाढ ५, मंगलबार
राप्रपा अध्यक्ष लिङदेनले रोष्ट्रममै च्याते बजेट पुस्तिका
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रतिनिधिसभाको रोष्ट्रममै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुस्तिका च्यात्नुभएको छ । मङ्गलवार प्रतिनिधि सभाको बैठकमा खर्च कटौतीको प्रश्तावमा बोल्ने क्रममा अध्यक्ष लिङदेनले भौतिक...
-
२०८१ आषाढ ५, मंगलबार
बैतडी हत्यामा संलग्न चारै जना पक्राउ
बैतडीमा हत्याको आरोपमा चार जना पक्राउ परेका छन् । बैतडि पाटन नगरपालिका(६ पाटन बस्ने ४६ वर्षीय बीरभान बिष्टको हत्या गरेको अभियोगमा ४ जनालाई असार ३ गते प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पाटन नगरपालिका-६ पाटन बस्ने घ६ वर्षीया भागरथी बिष्ट र...
-
२०८१ आषाढ ५, मंगलबार
पाटन तलेजुमा मूल पूजारी प्रवेश गराइयो
अन्ततः गत पुस २१ गतेबाट रिक्त रहेको पाटन तलेजुको मूल पूजारी पद पूर्ति भएको छ । पाटन पट्को टोलका भास्करानन्द राजोपाध्यायलाई मूल पूजारीको रुपमा तलेजु प्रवेश गराएसँगै रिक्त पदको पूर्ति भएको हो । असार २ आइतबार तलेजुको बुसादँ (वर्षवर्द्धन) पूजाका अवसरमा...
-
२०८१ आषाढ ५, मंगलबार
सशस्त्र प्रहरीहरुले योग दिवस मनाए
“१०औँ अन्तर्राष्ट्रिय योग दिवस”को अवसरमा सशस्त्र प्रहरी बलले योग शिविरको आयोजना गर्यो । पतंजली योग समितिले मंगलबार प्रहरी प्रधान कार्यालय हल्चोकस्थित नेपाल एपीएफ रंगशालामा योग विज्ञान शिविर संचालन गरेको हो । सो अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक राजु...
-
२०८१ आषाढ ५, मंगलबार
मेलम्ची आयोजनाको हेडबक्स सार्ने प्रक्रिया शुरु
मेलम्ची खानेपानी आयोजनाले आयोजनाको हेडबक्स सार्नका लागि गृहकार्य सुरु गरेको छ । गत जेठ २४ गतेको मन्त्रिपरिषद् बैठकले आयोजनाको हेडबक्स सुरक्षित स्थानमा सार्नका लागि सैद्धान्तिक सहमति दिने निर्णय गरेको थियो । मन्त्रीपरिषद् बैठकले सैद्धान्तिक अनुमति...
-
२०८१ आषाढ ४, सोमबार
राजाेपाध्याय समाजमा फेरी पनि संजयकै नेतृत्व
काठमाडौं उपत्यकाका देव ब्राह्मण राजोपाध्यायहरुको छाता संगठन राजोपाध्याय समाजले फेरी एक पटक संजय शर्मा राजोपाध्यायको नेतृत्व पाएको छ । गत शनिबार भक्तपुरमा सम्पन्न समाजको चौथो अधिवेशनबाट नृत्य कलाकार र नृत्य निर्देशक समेत रहेका राजोपाध्यायलाई दोश्रो...
-
२०८१ आषाढ ४, सोमबार
अत्यधिक गर्मीबाट १७ हज यात्रीको मृत्यु
आज मुस्मिल समुदायहरुको महान पर्व इद । यस अवसरमा साउदी अरबमा इद मनाउन पुगेका १७ हज यात्रीको मृत्यु भएको छ । साउदी अरबको हज बिश्वकै सबैभन्दा ठूलो सामूहिक जमघट हुने मध्येको एक हो । उनीहरुको अत्यधिक गर्मीका कारण मृत्यु भएको जोर्डनको विदेश मन्त्रालयले एक...
-
२०८१ आषाढ ४, सोमबार
नेपालको विश्वकप यात्रा समाप्त
नेपाल आइसीसी टी-२० विश्वकपअन्तर्गत समूहको अन्तिम खेलमा बङ्गलादेशसँग २१ रनले पराजित भएको छ । सेन्ट भिन्सेन्टको किंग्सटाउनमा आज भएको खेलमा बंगलादेशले नेपाललाई २१ रनले हराएको हो । बंगलादेशले दिएको एक सय सात रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित १९.२...
-
२०८१ आषाढ ४, सोमबार
मुस्लिम धर्मावलम्बीहरु बकर इद मनाईंदै
मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७० औं दिनमा बकर इद मनाउने धार्मिक विधि छ । तीन दिनसम्म मनाइने यो पर्वलाई ‘इद–उल–जुहा’ पनि भनिन्छ । बलिदानीको पर्वका रुपमा लिइने बकर इद...
-
२०८१ आषाढ ४, सोमबार
भत्ता लिन राष्ट्रिय परिचयपत्र लागू गर्ने निर्णय विरुद्ध रिट
सरकारले सामाजिक सुरक्षा भत्ताका लिनका लागि राष्ट्रिय परिचयपत्र लागू गर्ने निर्णय विरुद्ध सर्वोच्च अदालमा रिट परेको छ । सरकारले आगामी साउनदेखि वृद्धवृद्धाहरुको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न राष्ट्रिय परिचयपत्र अनिवार्यरुपमा लागु गर्ने निर्णय...
-
२०८१ आषाढ ३, आइतबार
पेट्रोलको मूल्य घट्यो
नेपाल आयल निगमले शनिबार रातीदेखि लागू हुने गरी इन्धनको मूल्य समायोजना गरेको छ । निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँ मूल्य घटाएको छ । मूल्य घटेपछि काठमाडौं, पोखरा र दिपायल वरपर पेट्रोलको मूल्य प्रतिलिटर १६५...
-
२०८१ आषाढ ३, आइतबार
शनिबार काठमाडौंको तापक्रम वर्षकै उच्च
काठमाडौंमा हिजो शनिबार वर्षकै सबैभन्दा बढी गर्मी मापन गरिएको छ । हिजो काठमाडौंको अधिकतम तापक्रम ३५ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले शनिबार मापन गरेको अधिकतम तापक्रम यस वर्षकै सबै भन्दा उच्च रहेको जनाएको छ । शुक्रबार...
-
२०८१ आषाढ २, शनिबार
पशुपतिको चारैवटा ढोका दर्शनार्थीका लागि खुल्ला
पशुपतिनाथ मन्दिरका चारैवटा ढोका आज बिहान ४ बजेदेखि खोलिएकोे छ । पशुपतिनाथको दशनार्थीहरुको संख्या बढेपछि आज विहान ४ बजेदेखि चारैवटा ढोकाहरु सर्वसाधारणका लागि खुल्ला गरिएको हो । पशुपतिनाथ मन्दिरमा दशनार्थीको संख्या बढ्दै गएको र सबैले बिहानको समयमा...
-
२०८१ आषाढ २, शनिबार
डेंगुबाट ७१ जिल्ला संक्रमित
गर्मी मौसम शुरु भएसँगै डेङ्गु रोगीका संख्या पनि बढ्न थालेको छ । डेंगुको संक्रमण अहिलेसम्म ७१ जिल्लामा फैलिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । गत जेठ ११ गतेसम्म ५७ जिल्लामा मात्र फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मौसममा आएको...




