arin enterprises

ब्लग

  • २०७७ भाद्र २७, शनिबार

    रुसी राष्ट्रपति पुटिनले सर्वियाका राष्ट्रपतिसँग माफी मागे

    रूसी विदेशमन्त्रीको एक फेसबुक पोस्टका कारण राष्ट्रपति भ्लादिमीर पुटिनले सर्बियन राष्ट्रपति अलेक्जेन्डर वुचिचसँग माफी मागेका छन् ।  रूसी विदेश मन्त्रालयका प्रवक्ता मरिया जखारोवाले आफ्नो फेसबुक वालमा एउटा फोटो पोस्ट गरेकी थिइन् । उक्त फोटोमा सर्वियन...

  • २०७७ भाद्र २७, शनिबार

    कोरोनाका कारण थप १४ जनाको मृत्यु

    नेपालमा पछिल्लो २४ घन्टामा कोरोनाभाईरस (कोभिड १९) का कारण थप १४ जनाको निधन भएको छ । पछिल्लो पटक ३ जना महिला र ११ पुरुषको कोरोना संक्रमणका कारण ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौंकी ७६ वर्षकी महिलाको साथमा ५१ र ५४ वर्षीय...

  • २०७७ भाद्र २७, शनिबार

    उपत्यकामा ४ सय ३१ नयाँ संक्रमित थपिँदा काठमाडौंमा ३ सय ७७

    काठमाडौं उपत्यकामा हिजोको अनुपातमा आज कोरोनाभाईरस (कोभिड १९) का नयाँ संक्रमितको संख्यामा कमी आएको छ । हिजो ६ सय २० नयाँ संक्रमित भेटिएको काठमाडौंमा आज भने ३ सय ७७ जनामा संक्रमण देखिएको छ । त्यस्तै ललितपुरमा ३७ र भक्तपुरमा १७ गरी काठमाडौं उपत्यकामा ४...

  • २०७७ भाद्र २७, शनिबार

    एक हजार २०१ नयाँ संक्रमित थप, ८५२ निको भए

    नेपालमा पछिल्लो २४ घन्टामा कोरोना भाईरस (कोभिड १९) का एक हजार २ सय एक जना नयाँ संक्रमित थप भएका छन् ।  तीमध्ये ४ सय १६ जना महिला छन् भने ७ सय ८५ जना पुरुषहरु रहेका छन् । योसँगै कोभिड १९ बाट संक्रमितको कुल संख्या ५३ हजार एक सय २० पुगेको छ । पछिल्लो...

  • २०७७ भाद्र २७, शनिबार

    विश्वभरी प्राथमिक उपचार दिवस मनाईँदै

    आज सेप्टेम्बर महिनाको दोश्रो शनिबार, विश्वभरी विभिन्न कार्यक्रम गरी विश्व प्राथमिक उपचार दिवस मनाईँदैछ ।  ‘महामारी अनुकूल प्राथमिक उपचारको अभ्यास’ मूल नारासहित सहित यस वर्ष कोभिड महामारीका बिच यो दिवस मनाईँदै गरिएको हो ।  प्राथमिक उपचारको महत्वका...

  • २०७७ भाद्र २६, शुक्रबार

    अनुगमन समितिबाट आइसोलेसनहरुको स्थलगत अनुगमन

    कोभिड १९ को सम्बन्धमा सरकारले गरेका कामकार्वाहीको सन्दर्भमा अनुगमन गर्न गठित संसदीय उपसमितिले नेपाल सशस्त्र प्रहरी अस्पताल, बलम्बु र मनमोहन मेमोरियल अस्पताल आईसोलेसन, दहचोकको अनुगमन गरेको छ । उपसमितिले स्थलगत अनुगमनको योजना बनाई आजै पहिलो अनुगमनका...

  • २०७७ भाद्र २६, शुक्रबार

    अपहरण गरी फिरौती मागेको अभियोगमा ३ जना पक्राउ

    गत बुधवार धुलिखेलको २८ किलोबाट एक युवकलाई अपहरण गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पाँचखाल नगरपालिका १२ देवभूमि घर भएका २३ वर्षीय राज कुमार दनुवारलाई अपहरण गर्दै बन्धक बनाएर फिरौती रकम मागेको अभियोगमा ३ जनालाई धुलिखेल नगरपालिका ४ स्थित अठ्ठाईस...

  • २०७७ भाद्र २६, शुक्रबार

    सवारी दुर्घटनामा मृत्यु

    अग्निसाईर कृष्णसावरण गाउँपालिका १ घोघिदहास्थित सडकमा सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु भएको छ । हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एक पुरुषको मृत्यु भएको हो ।  हिजो राती भएको दुर्घटनामा गम्भीर घाइते भएको अवस्थामा उपचारका लागि राजबिराजस्थित...

  • २०७७ भाद्र २६, शुक्रबार

    दाजुले भाईलाई खुकुरी हाने

    आफ्नै भाईलाई खुकुरीले हानेर घाइते बनाएको अभियोगमा तेह्रथुमका रामबहादुर तामाङ पक्राउ परेका छन् । तेर्हथुमको लालिगुँरास नगरपालिका लसुने बस्ने तामाङले आफ्नै भाई २९ वर्षीय सल बहादुर तामाङलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका थिए । घरमा आएका भाइलाई...

  • २०७७ भाद्र २६, शुक्रबार

    धारिलो हतियार प्रहार गरेको अभियोगमा पक्राउ

    बैतडी, डिलासैनीका ओकिल रानालाई धारिलो हतियार छुरा प्रहार गरी घाइते बनाएको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ ।  प्रहरीले डिलासैनीकै १९ वर्षीय हरिश राना र २४ वर्षीय जनक रानालाई प्रहरीले पक्राउ गरेको हो ।  ओकिल, जनक र हरिशबीच जग्गाको बिषयमा बादविवाद...

  • २०७७ भाद्र २६, शुक्रबार

    कोभिड–१९ सम्बन्धी अफवाह फैलाएको अभियोगमा २ जना पक्राउ

    सामाजिक सञ्जाल मार्फत कोभिड–१९ को पिसिआर रिपोर्ट सम्बन्धी अफवाह फैलाएको अभियोगमा कास्कीबाट २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरुमा पर्वत मोदी गाउँपालिका ७ घर भई हाल कास्की पोखरा महानगरपालिका ५ बस्ने २९ वर्षीय ईश्वर रिमाल र चितवन भरतपुर...

  • २०७७ भाद्र २६, शुक्रबार

    फुटपाथ पसल सम्वन्धी जिप्रकाको आदेश कामपाको निती विपरीत रहेको उपमेयर खड्गीको भनाई

    काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले फुटपाथ र ठेलागाडा व्यापारका कारण काठमाडौंमा महामारी नियन्त्रण बाहिर जानसक्ने बताएकी छिन् । काठमाडौंमा फुटपाथ व्यापार सम्वन्धमा ध्यानाकर्षण गराउन काठमाडौं जिल्ला प्रशासन कार्यालय पुगेकी उपमेयर...

  • २०७७ भाद्र २६, शुक्रबार

    निको हुनेको दरमा केही कमी

    नेपालमा पछिल्ला दिनहरुमा निको हुनेको दर बढ्दै गइरहेको अवस्थामा आज भने केही घटेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलय् आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपालमा कोरोना संक्रमण निको हुनेको दर ७०.६ प्रतिशत रहेको छ । पछिल्लो २४ घन्टामा एक हजार ४ सय...

  • २०७७ भाद्र २६, शुक्रबार

    आज पनि थप ५ जनाको कोरोना संक्रमणका कारण मृत्यु

    नेपालमा पछिल्ला दिनहरुमा कोरोना संक्रमणका कारण हुने मृत्यु दरमा कमी आएपनि दिनहुँ मृत्यु हुने क्रम भने रोकिएको छैन । पछिल्लो २४ घन्टामा थप ५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । थप एक महिला र ४ जना पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या...

  • २०७७ भाद्र २६, शुक्रबार

    काठमाडौंमा आजसम्मकै उच्च संख्या नयाँ संक्रमित भेटिए

    काठमाडौंमा आजसम्मकै उच्च संख्या नयाँ संक्रमित भेटिएका छन् ।  देशभरीबाट एक हजार ४ सय ५४ जना नयाँ संक्रमित थप हुँदा काठमाडौं उपत्यकामै ७ सय ५ जना रहेका छन्  भने तीमध्ये काठमाडौंमा मात्रै ६ सय २० जना र ललितपुर र भक्तपुरमा ३८÷३८ जना रहेका छन् । त्यसैगरी...

  • २०७७ भाद्र २६, शुक्रबार

    संक्रमण बढ्दो दरमा, आज एक हजार ४५४ मा संक्रमण पुष्टि

    नेपालमा पछिल्लो २४ घन्टामा कोरोना भाईरस (कोभिड १९) का एक हजार ४ सय ५४ जना नयाँ संक्रमित थप भएका छन् ।  तीमध्ये ४ सय ३६ जना महिला छन् भने ९ सय ९१ जना पुरुषहरु रहेका छन् । योसँगै कोभिड १९ बाट संक्रमितको कुल संख्या ५१ हजार ९ सय १९ पुगेको छ । पछिल्लो...

Pages