arin enterprises

राष्ट्रिय

  • २०७८ बैशाख ६, सोमबार

    विद्यालय बन्द गर्ने सरकारको निर्णय

    सरकारले कोरोना भाइरसको बढ्दो संक्रमण दरलाई ध्यानमा राखेर जोखिम क्षेत्रका विद्यालयहरु हाललाई बन्द गर्ने निर्णय गरेको छ । सरकारले कोरोना भाईरस (कोभिड १९) बाट बढि प्रभावित सहरी क्षेत्रका विद्यालयहरु वैसाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो । आज...

  • २०७८ बैशाख १, बुधबार

    नववर्षको सुरुवातसँगै विष्णुमती नदी सरसफाइ अभियान सुरु

    नयाँ वर्ष २०७८ को विहानीको नव किरणसँगै आजसंघीय सांसद जीवनराम श्रेष्ठसहित एक टोली काठमाडौंको शोभा भगवती विष्णुमति नदी किनारमा पुगे । एउटा पवित्र संकल्प लिएर सबैजना त्यहाँ भेला भएका थिए । त्यहाँ भेला भएका सबै जुटेर आज विष्णुमति नदी सरसफाइ गरे । सांसद...

  • २०७७ चैत्र २७, शुक्रबार

    २५ जना भन्दा बढी मानिस भेला नहुन स्वास्थ्य मन्त्रालयको आग्रह

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जना भन्दा बढी मानिस भेला नहुन आग्रह गरेको छ । कोभिड–१९ संक्रमणको दोस्रो लहर आएसँगै मन्त्रालयले भिडभाड कम गर्न र २५ जना भन्दा बढी मानिस भेला नहुन आग्रह गरेको हो । मन्त्रालयले २५ जना भन्दा बढी मानिस भेला हुन नदिने...

  • २०७७ चैत्र २३, सोमबार

    चैत २५ देखि मनकामना केबुलकार ६ दिन बन्द हुने

    मनकामना केबुलकार ६ दिन बन्द हुने भएको छ । स्तरोन्नतिको पहिलो चरणको कामका लागि यही चैत २५ देखि ३० गतेसम्म बन्द गरिने भएको हो भने केबुलकार चैत ३१ गतेदेखि पुनःनियमित सञ्चालनमा आउने बताईएको छ । केबुलकारको स्तरोन्नतिको पहिलो चरण मध्येको कार्यअनुसार बुल...

  • २०७७ चैत्र १७, मंगलबार

    सत्यमोहन जोशीको नाममा विद्यालय खुल्ने

    सरकारले नेपालको जिवीत ईतिहास वाङमय शताब्दी पुरुष संस्कृतिविद डा. सत्यमोहन जोशीको नाममा विद्यालय स्थापना गर्ने भएको छ । संस्कृतिविद् डा. जोशीलाई भेट्न उहाँको निवास बखुम्बहाल पुगेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले यस्तो जानकारी...

  • २०७७ चैत्र १०, मंगलबार

    राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

    राष्ट्रपति विद्यादेवी भण्डारी मित्रराष्ट्र जनवादी गणतन्त्र बंगलादेशको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी आज अपराह्न स्वदेश फर्किनु भएको छ । राष्ट्रपति भण्डारी र नेपाली प्रतिनिधिमण्डललाई ढाकास्थित हजरत शाहजलाल अन्तरराष्ट्रिय विमानस्थलमा त्यहाँका...

  • २०७७ चैत्र ९, सोमबार

    प्रधानमन्त्री ओली र विप्लव बीच भेटवार्ता

    प्रधानमन्त्री केपी शर्मा ओली र विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओलीलाई भेट्न विप्लव उहाँको सरकारी निवास बालुवाटार पुग्नुभएको हो । भेटमा विप्लवले सरकारसँग भएको सहमति पूर्ण रुपमा कार्यन्वयन गर्न आग्रह...

  • २०७७ चैत्र ९, सोमबार

    राष्ट्रपति भण्डारी र बङ्गलादेशका प्रधानमन्त्री हसिना विच शिष्टाचार भेटवार्ता

      बङ्गलादेशको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग सोमबार राजधानी ढाकामा बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । भेटवार्ताका क्रममा दुई देशबीचको आपसी सम्बन्ध, पारस्परिक सहयोग र सहकार्यका विषयमा...

  • २०७७ चैत्र ८, आइतबार

    उच्च जोखिममा नेपाल

    भारतमा पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढ्न थालेको भन्दै नेपालमा पनि उच्च सतर्कता अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ। आइतबार एक विज्ञप्ति सार्वजनिक गर्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमल भारतमा...

  • २०७७ चैत्र २, सोमबार

    राष्ट्रपति भण्डारीले लिए कोरोनाविरुद्धको खोप

    राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाविरुद्धको खोप लगाउनुभएको छ । आज त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंज पुगेर राष्ट्रपति भण्डारीले खोप लगाउनुभएको हो । खोप लगाइसकेपछि संचारकर्मीहरुसँग कुरा गर्दै उहाँले सबै ज्येष्ठ नागरिकले ढुक्क भएर खोप...

  • २०७७ माघ २७, मंगलबार

    ८ जिल्ला संक्रमण मुक्त

    नेपालमा कोभिड १९ का थप एक सय ६० जना नयाँ संक्रमित भेटिएका छन् । जम्मा ४ हजार ३ सय ९ जनाको स्वाब परिक्षणबाट ६१ महिला र ९९ पुरुषमा संक्रमण देखिएको हो । योसँगै नेपालमा कोभिड १९ बाट संक्रमित हुनेको कुल संख्या २ लाख ७२ हजार २ सय १५ पुगेको छ । गएको २४...

  • २०७७ माघ २४, शनिबार

    नयाँ संक्रमितको संख्या सय भन्दा कम

    नेपालमा पछिल्लो २४ घन्टामा सयभन्दा कममा कोभिड १९ संक्रमण पुष्टि भएको छ । २ हजार ७७ सय ९४ जनाको स्वाब नमूनाको आरटी पिसिआर परिक्षण गरिएकोमा ४२ महिला र ५७ पुरुष गरी ९९ जनामा संक्रमण पुष्टि भएको हो । नेपालमा हालसम्म कोरोना संक्रमण हुनेको संख्या २ लाख ७१...

  • २०७७ माघ २३, शुक्रबार

    काेराेना निको हुनेको दर ९८.५ प्रतिशत

    नेपालमा कोरोना संक्रमण निको हुनेको दर साढे ९८ प्रतिशत पुगेको छ । नेपालमा हालसम्म २ लाख ७१ हजार ७ सय ७ जना कोरोना भाईरसबाट संक्रमित भएकोमा २ लाख ६७ हजार ५ सय ६४ जना निको भइसकेका छन् । पछिल्ला दिनहरुमा नयाँ संक्रमितको संख्यामा कमी आउनुका साथै निको...

  • २०७७ माघ २२, बिहिबार

    १७१ नयाँ संक्रमित भेटिए, २२७ निको

    नेपाल कोभिड १९ का एक सय ७१ नयाँ संक्रमित भेटिएका छन् । गएको २४ घन्टामा ३ हजार ८ सय ७८ वटा स्वाब नमूनाको परिक्षण गरिएकोमा ५९ महिला र एक सय १२ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाईरसबाट संक्रमित हुनेको कुल संख्या २ लाख...

  • २०७७ माघ २१, बुधबार

    १४२ संक्रमित थपिए, २०६ निको

    नेपालमा पछिल्लो २४ घन्टामा कोभिड १९ का थप एक सय ४२ जना संक्रमित भेटिएका छन् । ३ हजार ५ सय ९७ जनाको स्वाब नमूनाको परिक्षण गरिएकोमा ५२ महिला र ९० पुरुषमा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोभिड १९ बाट संक्रमित हुनेको कुल संख्या २ लाख ७१ हजार ४...

  • २०७७ माघ २०, मंगलबार

    कोरोनाविरुद्धको खोप लिने एक लाख २८ हजार बढि

    नेपालमा कोरोनाविरुद्ध पहिलाे चरणकाे खोप अभियान अन्तर्गत आज सातौं दिन पूरा भएको छ । गत माघ १४ गतेबाट शुरुवात भएको खोप अभियान अन्तर्गत आजसम्ममा एक लाख २८ हजार बढिलाई खोप दिइसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका ७७ जिल्लाको २ सय एक...

Pages