विजनेस
-
२०८० मङ्सिर १६, शनिबार
कामपामा २३० कर्मचारी माग
काठमाडौ महानगरपालिका (कामपा) ले करारमा २३० जना कर्मचारी मागेको छ । सूचना जारी गर्दै कामपाले २३० जना कर्मचारी करारमा मागेको हो । कामपा भित्र गरीव घरपरिवार पहिचान र परिचय पत्र वितरण कार्यक्रमका लागि कर्मचारी माग गरेको हो । यस कार्यका लागि कामपाले २१...
-
२०८० मङ्सिर १४, बिहिबार
कडा रोगको उपचारमा सरकारले ४ लाखसम्मको सहुलियत दिने
सरकारले गरिबी, विपन्न नागरिकलाई आठ प्रकार कडा रोगको उपचारमा सहुलियत दिने भएको छ । यसकालागि देशभरिका एक सय २० अस्पताललाई तोकेको छ । विपन्न नागरिकलाई आठ प्रकारका कडा रोगको उपचारका लागि देशभरिका एक सय २० अस्पताल तोकिएका हुन् । स्वास्थ्य तथा जनसंख्या...
-
२०८० मङ्सिर १४, बिहिबार
बेलिंघमको शानदार प्रदर्शनमा रियल विजयी
च्याम्पियन्स लिगमा स्पेनिस क्लब रियल म्याड्रिडले नापोलीलाई हराएको छ । बिहीबार समूह सीको खेलमा रियलले इटालीयन क्लब नापोलीलाई ४–२ गोलले हराएको हो । रियलको घरेलु मैदान सेन्टियागो बर्नब्युमा भएको खेलमा बेलिंघमले डेभिड अल्बाको क्रसमा २२ औं मिनेटमा गोल...
-
२०८० मङ्सिर १३, बुधबार
रुस–युक्रेन युद्धमा चार नेपालीको मृत्यु भएको पुष्टि
रुसी सेनामा भर्ती भएर रुस– युक्रेन युद्धमा अहिलेसम्म चार जना नेपाली मारिएको मस्कोस्थित नेपाली दूतावासले पुष्टि गरेको छ । दूतावासका अनुसार मृत्यु हुनेमा स्याङ्जाका प्रितम कार्की, दोलखाका राजकुमार रोक्का, इलामका गंगाराज मोक्तान र गोरखाका सन्दीप थपलिया...
-
२०८० मङ्सिर १३, बुधबार
सुरुङमा फसेका भारतीय कायमदारको १७ दिनपछि उद्धार
विगत १६ दिनदेखि भारतको उत्तराखण्डको उत्तरकाशीस्थित एक सुरुङमा फसेका ४१ जना मजदुरको १७ दिनपछि सकुशल उद्धार गरिएको छ । सुरुङमा कार्यरत ४१ जना कामदारहरु नजिकैको पहिरोले खसेपछि फसेका थिए । उनीहरूलाई ८०० मिमि व्यास भएको पाइपबाट निकालिएको भारतीय...
-
२०८० मङ्सिर १३, बुधबार
२९औं महानगर दिवसको अवसरमा बाँसुरी प्रतियोगिता गर्ने
काठमाडौं महानगरपालिकाले आफ्नो २९ औं महानगर दिवसको अवसरमा बाँसुरी खलः धेँधेँ बल्ला कासा–११४४ को आयोजना गर्न लागेको छ । बाँसुरी प्रतियोगितामा भाग लिन महानगरभित्रका ३२ वटै वडाका त्वाः गुथि, खलः, पुचःहरुलाई सार्वजनिक सूचना मार्पmत आह्वान गरेको छ ।...
-
२०८० मङ्सिर १३, बुधबार
म्याक्सवेलको सनसनीपूर्ण शतकसँगै अष्ट्रेलिया विजयी
टी ट्वान्टी सिरिजमा अष्ट्रेलियाले भारतलाई हराएको छ । ग्लेन म्याक्सवेलको अर्को सनसनीपूर्ण शतकमा अष्ट्रेलियाले भारतलाई ५ विकेटले हराएको हो । सिरिजमा फर्कन अष्ट्रेलियालाई जित्नैपर्ने दबाब भएको खेलमा म्याक्सवेल एक्लै चम्किएर १ सय ४ रनको शतकिय पारि खेले...
-
२०८० मङ्सिर १२, मंगलबार
भारतको गुजरामात चट्याङबाट २४ को मृत्यु
भारतको गुजरातमा राज्यमा चट्याङमा परी २४ जनाको मृत्यु भएको छ । भारतीय संचार माध्यमहरुका अनुसार भारी वर्षा र असिनासँगै आएको चट्याङ लागेर २४ को मृत्यु भएको जनाएको छ । भारी बर्षाले दर्जनौं घरहरुमा क्षति पु¥याउनुका साथै पशु चौपाया पनि मरेका छन् ।...
-
२०८० मङ्सिर १२, मंगलबार
स्वयम्भू महाचैत्यमा ८४ व्यञ्जन बुद्ध पूजा
हिजो सोमबार काठमाडौंको स्वयम्भू महाचैत्यमा ८४ व्यञ्जन बुद्ध पूजा सम्पन्न भएको छ । नमूना बुद्ध बिहार कंकेश्वरीले प्रत्येक वर्ष कात्तिक शुक्ल पूर्णिमाको दिनमा बुद्ध पूजा गर्दै आएको हो । मानव जीवनको सुख, शान्तिको लागि कामना गर्दै महाचैत्यमा ८४ हजार...
-
२०८० मङ्सिर १२, मंगलबार
“सकिमिला पुन्ही” मनाइयो
हरेक वर्ष जस्तै यो वर्ष पनि कार्तिक शुक्ल पुर्णिमा, कछलाथ्व पुन्हिलाई उपत्यकाको नेवाः समुदायले सकिमिला पुन्हीको रुपमा मनाइयो। सकिमिला पूर्णिमा तिहारपछि उपत्यकाका नेवारहरुले मनाउने पहिलो चाड हो । सकि भन्नाले पिँडालु र मिला भन्नाले चन्द्रमा भन्ने...
-
२०८० मङ्सिर ११, सोमबार
रियल शीर्ष स्थानमा उक्लियो
रियल म्याड्रिड स्पेनिस लिगको शीर्ष स्थानमा उक्लिएको छ । आईतबार कार्डिजमाथि ३–० को जित निकाल्दै रियल पुनः तालिकाको शीर्ष स्थानमा फर्किएको हो । रियललाई जिताउन रोड्रिगो र जुड बेलिङघमले शानदार प्रदर्शन गरे । खेलमा अग्रता पाहुना टोली रियलले रोड्रिगोको...
-
२०८० मङ्सिर ११, सोमबार
शिख सम्प्रदायका गुरु नानकको जन्मोत्सव मनाईंदै
प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइने शिख सम्प्रदायका प्रवर्तक गुरु नानकको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । गुरु नानकको जन्म विसं १५२६ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाव प्रान्तमा भएको थियो । गुरु नानक...
-
२०८० मङ्सिर ११, सोमबार
पैदलयात्रु आफैँले ट्राफिक लाइट बाल्ने प्रविधि सञ्चालनमा
काठमाडौंको बबरमहलमा पैदलयात्रु आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधि सञ्चालनमा आएको छ । ‘पेलिकन क्रसिङ’ भनिने यस प्रकारको ट्राफिक लाइट आज बिहान १० बजेदेखि सञ्चालनमा ल्याइँदै छ । सोमवारबाट बबरमहलस्थित जिल्ला अदालत अगाडिको सडकमा पैदलयात्रु...
-
२०८० मङ्सिर १०, आइतबार
‘ड्रिम वर्ल्ड एम्यूजमेन्ट’ पार्क सञ्चालनमा
चन्द्रागिरि नगरपालिका वडा ७ स्थित घुमाउनेटोलमा शनिवारदेखि ‘ड्रिम वर्ल्ड एम्यूजमेन्ट’ पार्क सञ्चालनमा आएको छ । नेपालमा हालसम्मकै सबैभन्दा ठूलो क्षेत्रफल र लगानीमा सो एम्यूजमेन्ट अर्थात मनोरञ्जन पार्क सञ्चालनमा ल्याइएको छ । ६ करोड लगानीमा निर्मित तथा...
-
२०८० मङ्सिर १०, आइतबार
तेस्रो आइर्वाट नेपाल अन्तर्राष्ट्रिय महिला चलचित्र महोत्सव सम्पन्न
तेस्रो संस्करणको आइर्वाट नेपाल अन्तर्राष्ट्रिय महिला चलचित्र महोत्सव सम्पन्न भएको छ । काठमाडौँको चलचित्र विकास बोर्डको हलमा भएको महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय डेलिगेट्सहरूको सहभागिता रहेको थियो । शनिवार दिनभर चलेको महोत्सवको उद्घाटन...
-
२०८० मङ्सिर १०, आइतबार
कात्तिक नाचको मुख्य अंश नृसिंह अवतार गाथा देखाइयो
कार्तिक नाच शुरु भएको ८औं दिन नृसिंह अवतारको गाथा शनिबार प्रस्तुत गरिएको छ । प्रह्लादको उद्धार गर्न विष्णुले नरसिंहको अवतार लिई हिरण्यकश्यपको वध गरे सँगै पाटनको मङ्गलबजारको कात्तिक डबलीमा प्रदर्शन गरिने कात्तिक नाचको सबैभन्दा महत्त्वपूर्ण अंश नरसिंह...




