विजनेस
-
२०८० मङ्सिर ७, बिहिबार
हरिबाेधिनी एकादशी मनाइँदै
आज कार्तिक शुक्ल एकादशी अर्थात हरिबोधिनी एकादशी । चार महिनादेखि सयन गरिरहेका भगवान नारायण आजको दिनमा ब्युँझिनुहुने धार्मिक विश्वास रहेको छ । त्यसैले आजको दिनलाई हरिबोधिनी एकादशी भनिएको हो । विष्णुपुराण अनुसार आषाढ शुक्ल एकादशीको दिनमा भगवान नारायण...
-
२०८० मङ्सिर ६, बुधबार
आयोगले तोक्यो मतदाताहरुको नयाँ मतभार
निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनमा भाग लिने मतदाताहरूको नयाँ मतभार तोकेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज बसेको आयोगको बैठकले प्रदेश सभा सदस्यको मतभार ५३ कायम गरेको जानकारी दिनुभयो । यसअघि एक जना प्रदेश सभा सदस्यको मतभार...
-
२०८० मङ्सिर ६, बुधबार
ललितपुर महानगरले दुई वटा अत्याधुनिक दमकल किन्यो
ललितपुर महानगरपालिकाले अत्याधुनिक प्रविधिका दुई वटा दमकल खरिद गरेको छ । ललितपुर महानगरले एक सय मिटर भन्दा धेरै टाढासम्म पानीको फोहोर फाल्न सक्ने डबल क्याबिनको दुई वटा दमकल बुधबारदेखि सञ्चालनमा ल्याएको हो । महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले...
-
२०८० मङ्सिर ६, बुधबार
अत्यावश्यक काम बाहेक सवारी साधन नचलाउन ट्राफिकको अनुरोध
उपत्यका ट्राफिक प्रहरी कार्यालयले भोलि विहीबार अत्यावश्यक काममा मात्र सवारीसाधन लिएर निस्कन ट्राफिक प्रहरीले अनुरोध गरेको छ । राजधानीमा भोलि राष्ट्रिय युवा सङ्घ नेपाल र दुर्गा प्रसाईँले उपत्यकाका विभिन्न स्थानमा विरोध प्रदर्शनका कार्यक्रमलाई मध्यनजर...
-
२०८० मङ्सिर ६, बुधबार
क्रोएसिया युरो कपमा सिधै छनोट हुने अन्तिम टिम
क्रोएसिया युरो कप फुटबलमा सिधै छनोट हुने अन्तिम टिम बनेको छ । अर्मेनियालाई १–० ले हराउँदै क्रोएसिया युरो कपमा छनोट हुने अन्तिम टिम बनेको हो । गएराति भएको समूह डीको खेलमा क्रोएसियाको लागि एंटि बडीमिरले गरे । उनले खेलको ४३ औं मिनेटमा गोल गरे । नतिजा...
-
२०८० मङ्सिर ६, बुधबार
अर्जेन्टिनाले ब्राजिललाई हरायो
विश्वकप फुटबलको दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले ब्राजिललाई हराएको छ । बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले दश खेलाडिमा सिमित ब्राजिलमाथि १–० को जित निकालेको हो । ब्राजिलको घरेलु मैदान माराकाना रंगशालामा भएको खेलमा अर्जेन्टिनाका लागि निकोलस...
-
२०८० मङ्सिर ५, मंगलबार
ललितपुरको पुल्चोक आसपासमा निषेधाज्ञा जारी
जिल्ला प्रशासन कार्यालय ललितपुरले पनि पुल्चोक आसपासको क्षेत्रमा ६ महिना सम्मका लागि निषेधाज्ञा जारी गरेको छ । कार्यालय ललितपुरले पुल्चोकस्थित मन्त्री निवास र युएन हाउस वरपर निषेधित क्षेत्र तोकेको छ । ललितपुस्थित यु.एन.हाउस र मन्त्रि निवास पुल्चोकको...
-
२०८० मङ्सिर ५, मंगलबार
विश्व टेलिभिजन दिवस मनाइयो
हरेक वर्ष २१ नोभेम्बरमा मनाइने विश्व टेलिभिजन दिवस मंगलबार नेपाल लगायत विश्वभर विविध कार्यक्रम गरी मनाइयो । १७ डिसेम्बर १९९६ मा बसेको संयुक्त राष्ट्रसंघको महासभा बैठकले हरेक वर्ष २१ नोभेम्बरका दिन विश्वभर टेलिभिजन दिवस मनाउने निर्णय गरेअनुसार आजको...
-
२०८० मङ्सिर ४, सोमबार
FTIN को श्रव्य उत्पादन सम्वन्धि कार्यशाला सम्पन्न
स्टुडियो अथवा लाइभ अडियो रेकर्डिङ सम्वन्धि एक दिने कार्यशाला ललितपुरमा सम्पन्न भएको छ । फिल्म एन्ड टेलिभिजन ईन्स्टिच्युट अफ नेपाल (FTIN) र लाईफ रेकर्ड्सले एक दिने ‘अडियो प्रोडक्सन कन्सल्टेसन वर्कशप’ को आयोजना गरेको हो । वर्कसपमा सहभागीहरुलाई अडियो...
-
२०८० मङ्सिर ४, सोमबार
विश्व शौचालय दिवस मनाइयो
यस वर्ष ‘परिवर्तनको गति बढाउँदै’ भन्ने नारासहित नेपालसहित विश्व शौचालय दिवस २०२३ आइतबार मनाइएको छ । विश्व शौचालय दिवस हरेक १९ नोभेम्बरका दिन मनाउने गर्दछ । सन् २०१३ देखि यो दिवस मनाउन थालिएको हो । विश्वका साढे ३ अर्ब मानिस अझै पनि शौचालयको सुविधाबाट...
-
२०८० मङ्सिर ४, सोमबार
रुकुम पश्चिममा जिप दुर्घटना, २२ घाइते
रुकुम पश्चिममा आज एका विहानैजिप दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । लु १ ज २२९७ नम्बरको जिप सोमबार बिहान चौरजहारी नगरपालिका ८ को गोईरीज्यूलामा दुर्घटना हुँदा जिपमा सवार सबै घाइते भएका हुन् । घाइतेहरू सबैलाई चौरजहारी अस्पतालमा उपचारको लागि...
-
२०८० मङ्सिर ४, सोमबार
उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ समापन
उदाउँदो सूर्यलाई पूजाआजासहित अर्घ्य दिई चार दिन लामो छठ पर्वको आज बिहान सम्पन्न भएको छ । सूर्यदेवलाई बिहानै अर्घ्य चढाएसँगै विधिपूर्वक रुपमा छठ पर्व सम्पन्न भएको हो । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने पर्वको मुख्य दिन आइतबार अस्ताउँदो...
-
२०८० मङ्सिर ३, आइतबार
भारतलाई हराउँदै अष्ट्रेलिया छैठौं पटक च्याम्पियन
भारतलाई हराउँदै अष्ट्रेलियाले विश्वकप क्रिकेट २०२३ को उपाधि जितेको छ । १२ वर्षपछि फाइनलमा पुगेको भारतको तेस्रो पटक विश्व च्याम्पियन बन्ने सपना फेरि एकपटक तुहिएको छ । आईतबार भारतविरुद्ध शानदार जित निकाल्दै अष्ट्रेलियाले छैटौं पटक एकदिवसीय विश्वकपको...
-
२०८० मङ्सिर ३, आइतबार
कस्ले जित्ला त क्रिकेट विश्वकप २०२३ को उपाधि ?
आज आइसिसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधिका लागि आयोजक भारत र अष्ट्रेलिया खेल्दैछन् । अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समयअनुसार आज दिउँसो सवा २ बजे यी दुई टोली भिड्न लागेको हो । सेमिफाइनल खेलमा भारतले न्युजिल्याण्डलाई र अष्ट्रेलियाले...
-
२०८० मङ्सिर २, शनिबार
राष्ट्रिय सम्वत् कै रुपमा मनाउन महानगरलाई ताम्राकार समाजको ध्यानाकर्षण
ताम्रकार समाजका अध्यक्ष विनोद ताम्रकारले नेपाल संवत् राष्ट्रिय संवतको रुपमा मनाउन ललितपुर महानगरपालिकाले पहल गर्नु पर्ने बताएका छन । समाजले नेपाल संवत् ११४४ नयाँ वर्षको अवसरमा शनिबार जावलाखेलस्थित श्री उग्रचण्डीमाई परिसर ताम्रकार कूलदेवता परिसमा...
-
२०८० मङ्सिर २, शनिबार
रोगबाट बच्न बेलैमा सजग रहन उपमेयर डंगोलको आग्रह
काठमाडौँ महानगपालिका र नेपाल मधुमेही समाजको संयुक्त आयोजनामा एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । शनिबार पण्डित निष्ठानन्दको सालिक परिसर नःबहिल, ओमबहालमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको हो । विश्व मधुमेह दिवस, २०२३ को...




