विजनेस
-
२०७८ फाल्गुण २, सोमबार
प्रज्ञा-प्रतिष्ठानमा पुस्तक प्रदर्शनी, १५ देखि ४० प्रतिशतसम्म छुट
प्रजातन्त्र दिवसको अवसरमा काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा पुस्तक प्रदर्शनी सुरु भएको छ । पुस्तक प्रदर्शनीमा १५ देखि ४० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको प्रज्ञा–प्रतिष्ठानले जनाएको छ । “नेपाल प्रज्ञा–प्रतिष्ठानले अबदेखि वर्षभरि नै...
-
२०७८ फाल्गुण २, सोमबार
शताब्दी पुरुष सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज
स्वासप्रस्वासमा समस्या देखिएपछि अस्पताल भर्ना हुनुभएका संस्कृतिविद् सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज भएका छन्। उनलाई गत मंगलबार किस्ट अस्पतालमा भर्ना गरिएको थियो। ६ दिनपछि सोमबार उनी अस्पतालबाट डिस्चार्ज भएको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस...
-
२०७८ फाल्गुण २, सोमबार
खानेपानीको बिल अब खल्तीबाटै
काठमाडौं उपत्यका खानेपानी लिमिटेडको बिल तिर्न लाइन बस्नुपर्ने झन्झटबाट अब मुक्त हुने भएको छ । व्यस्त जीवनशैलीका कारण बिल भुक्तानी गर्न कार्यालयसम्म धाउनु पर्ने तथा ढिला भइ जरिवानाको समस्याले पिरोलिएका ग्राहकका लागि डिजिटल भुक्तानीको प्रबन्ध मिलेको छ...
-
२०७८ फाल्गुण २, सोमबार
प्रिमियर लिगमा लिभरपुलले बर्नलेलाई हरायो
इंग्लीश प्रिमियर लिग फुटबलमा दोस्रो स्थानको लिभरपुलले बर्नलेलाई १–० ले हराएको छ । बर्नलेको मैदानमा गएराति भएको खेलमा लिभरपुललाई विजयी गराउन ब्राजिलियन खेलाडी फाबिनोले ४० औं मिनेटमा निर्णायक गोल गरे । जितसँगै लिभरपुलले शिर्ष स्थानको म्यान्चेस्टर...
-
२०७८ फाल्गुण २, सोमबार
शहीद स्मारक ए डिभिजन लिगमा एपीएफ क्लब र संकटा बराबरीमा
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार शहीद स्मारक ए डिभिजन लिगमा नेपाल एपीएफ क्लब र संकटा क्लबले बराबरी खेलेका छन् । एपीएफ र संकटाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् ।...
-
२०७८ फाल्गुण २, सोमबार
क्याडानामा ट्रक चालकहरुको प्रदर्शनमाथि बल प्रयोग
क्यानाडामा ट्रक चालकहरुलाई खोप अनिवार्य गरेपछि भएको विरोध प्रदर्शनले चर्काे रुप लिएको छ । उनीहरुलाई हटाउन प्रहरीले बल प्रयोग गरी केहीलाई नियन्त्रण समेत लिएको छ । लगातार आन्दोलन गर्दै आएका ट्रक चालकहरुले अन्टेरियोको विन्डसरमा रहेको एम्बेसडर पुलमा...
-
२०७८ फाल्गुण २, सोमबार
आज प्रणय दिवस
आज प्रणय दिवस अर्थात् प्रेम दिवस । यो दिवसलाई विश्वभर भ्यालेन्टाइन्स डेका रुपमा मनाइरहेको छ । युवायुवतीमाझ अति लोकप्रिय यस दिनलाई विशेष चाडकै रुपमा मनाउने गरेका छन् । नेपालमा पनि पछिल्ला केही वर्षदेखि भ्यालेन्टाइन्स डेमा विशेष तामझाम देखिने गरेको छ...
-
२०७८ फाल्गुण २, सोमबार
युक्रेनले रुससँग राखे वार्ताको प्रस्ताव
रुस र युक्रेनबीच द्वन्द्व बढेपछि रुससँग वार्ता गर्न युक्रेनले प्रस्ताव राखेको छ । युक्रेनको सीमामा १ लाख बढी रुसी सेनाको तैनाथीपछी युक्रेन र रुसबीच युद्ध हुन सक्ने त्रासकाबीच युक्रेनले वार्ताको प्रस्ताव गरेको हो । युक्रेनका बिदेशमन्त्री दिमिट्रो...
-
२०७८ फाल्गुण १, आइतबार
प्रेम दिवसमा नेपाल टेलिकमको अनलिमिटेड डाटा र भ्वाइस सेवा अफर
फेब्रुवरी १४ भ्यालेन्टाइन डेका अवसरमा नेपाल टेलिकमले अनलिमिटेड डाटा र अनलिमिटेड भ्वाइस अफर सञ्चालनमा ल्याएको छ । टेलिकमद्वारा आज जारी एक विज्ञप्तिअनुसार फागुन १ (आज आइतबार) र २ गते (भोलि सोमबार) गते यस्तो डे कम्बो अफर ल्याएको हो । अफरअनुसार ४९...
-
२०७८ फाल्गुण १, आइतबार
जयनगरदेखि जनकपुरसम्म नेपाली रेल चल्यो
नेपालको एक मात्र नव निर्मित रेल सेवा आजबाट सुरु भएको छ । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म ‘ड्राइ रन’ रेल सेवा सुरु भएको छ । नियमित रेल सञ्चालन पूर्व ड्राइ रन सञ्चालन गरिएको छ । नियमित रेल सञ्चालनमा अवरोध नहोस् भन्ने उद्देश्यले आइतबारदेखि प्रत्येक...
-
२०७८ फाल्गुण १, आइतबार
१८ वर्षमाथिका सबै नागरिकलाई बुस्टर डोज
सरकारले आजदेखि १८ वर्षमाथिका सबै नागरिकलाई कोभिड–१९ विरुद्धको बुस्टर डोज खोप दिने भएको छ । दोस्रो डोज खोप लगाएको ६ महिना पूरा भएका सबैले आजदेखि बुस्टर डोज लिन पाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुस्टर डोजको रूपमा उपलब्धताका आधारमा...
-
२०७८ फाल्गुण १, आइतबार
प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव संसदमा दर्ता
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव दर्ता भएको छ । कोभिड महामारीको कारण प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको बहिर्गमनको माग गर्दै आन्दोलन गर्दै आएको नेपाल बार एशोसिएसनले आजदेखि पुनः आन्दोलनलाई निरन्तरता दिन थालेको छ भने...
-
२०७८ फाल्गुण १, आइतबार
फिफा क्लब विश्वकप फुटबलको उपाधि चेल्सीलाई
यस वर्षको फिफा क्लब विश्वकप फुटबलको उपाधि चेल्सीले जितेको छ । इंग्लीश फुटबल क्लब चेल्सीले पहिलो पटक फिफा क्लब विश्वकप फुटबलको उपाधि जितेको हो । युएईमा गएराति भएको फाइनल खेलको ५५ औं मिनेटमा चेल्सीका रोमेलु लुकाकुले एक गोल गर्दै टोलीलाई अग्रता दिए ।...
-
२०७८ फाल्गुण १, आइतबार
कोभिड–१९ कारण बन्द शैक्षिक संस्था तथा अन्य व्यवसाय आजदेखि खुल्ने
कोभिड–१९ को तेस्रो लहरको जोखिम बढेसँगै गत पुस मध्यदेखि बन्द भएका शैक्षिक संस्था, सिनेमा हल, रात्रिकालिन व्यवसायलगायतका संस्थाहरु आजदेशि खुल्ने भएका छन् । देशभरका शैक्षिक संस्थामा आजदेखि भौतिक उपस्थितिमा खुल्न थालेका छन् । विद्यालय सञ्चालन गर्दा १२...
-
२०७८ माघ २९, शनिबार
रक्तदान कार्यक्रम सम्पन्न
नेकपा एमाले रामेछाप नगर – काठमाडौं सम्पर्क मंचले काठमाडौंमा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कोभिड १९ महामारीका कारण रगतको अभाव हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै मंचले रक्तदान कार्यक्रमको आयोजना गरेको हो । ब्लड डोनर्सएशोसिएसन नेपाल (...
-
२०७८ माघ २९, शनिबार
डाँका चोरीको अभियोगमा २ जना पक्राउ
बाँकेमा डाँका चोरीमा संलग्न रहेको अभियोगमा आज प्रहरीले २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत रुपैडिहा निबिया घर बताउने २६ वर्षीय डब्लु मनिहार र भारत बाबागंज बाबाकुटी घर बताउने २८ वर्षीय निजामुद्दिन कवडिया रहेका छन् । उनीहरुलाई १ थान कटुवा...




