विजनेस
-
२०७८ माघ २८, शुक्रबार
जुत्ता गोदाममा आगलागी हुँदा पाँचको मृत्यु
दाङमा एउटा जुत्ता गोदाममा गएराती आगलागी हुँदा निस्सासिएर पाँच जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका ५ ‘ङ’ लाईनमा रहेको ईरम फुटवेयरको गोदाममा आगलागी हुँदा सोही घरमा सुतेका पाँच जनाको निसास्सिएर मृत्यु भएको हो । मृत्यु हुनेमा तुलसीपुर ५...
-
२०७८ माघ २८, शुक्रबार
कपिलवस्तुमा करेन्ट लागेर मृत्यु
कपिलवस्तुमा आज विहान करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । घटनामा कपिलवस्तुवाणगंगा नगरपालिका–७ बस्ने ४३ वर्षीय राम प्रसाद थारुको मृत्यु भएको हो । सोही ठाउँस्थित कोईली खोलाको कजवेमा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लाग्दा उनको मृत्यु भएको...
-
२०७८ माघ २८, शुक्रबार
ट्याङकर दुर्घटनामा १ जनाको मृत्यु
डोटीमा आज विहान पानी बोक्ने ट्याङ्कर सडकबाट तल खसेर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । डोटीको जोरायल गाउँपालिका–२ बुडरस्थित सडकबाट ट्याङ्कर अन्दाजी २० मिटर तल खसेर सोही ठाउँ बस्ने ४२ वर्षीय सुनिल ऐरको मृत्यु भएको हो । ट्याङ्करमा सवार ऐरको...
-
२०७८ माघ २८, शुक्रबार
त्रिपुरेश्वरमा आधुनिक शौचलय संचालनमा
काठमाडौँ महानगरपालिकाले त्रिपुरेश्वरमा आधुनिक शौचालय सञ्चालनमा ल्याएको छ । महानगरले त्रिपुरेश्वरको बस विसौनीसँगै एरोशानसँगको सहकार्यमा निर्माण गरिएको शौचालय आजबाट संचालनमा ल्याइएको हो । आज महानगर प्रमुख विद्यासुन्दर शाक्यले उक्त शौचालय उद्घाटन...
-
२०७८ माघ २८, शुक्रबार
प्रहरी प्रशिक्षण प्रतिष्ठानको ६६ औं वार्षिकोत्सव सम्पन्न
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ६६ औं बार्षिकोत्सव सम्पन्न राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको ६६ औं बार्षिकोत्सव सम्पन्न भएकाे छ । कार्यक्रममा संगठन प्रमुख प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रतिष्ठानले आधुनिक प्रशिक्षण...
-
२०७८ माघ २८, शुक्रबार
बच्चा अपहरणमा संलग्न रहेको अभियोगमा पक्राउ
जनकपुरबाट ७ महिनाको बालक अपहरणको घटनामा संलग्न रहेको अभियोगमा ३ जना पक्राउ परेका छन् । प्रहरीले गणेशमान चारनाथ नगरपालिका–१० डुमरीया बस्ने ३५ वर्षीया मनिषा देवी मुखिया, औरही गाउँपालिका–१ पौडेश्वर घर भई हाल जनकपुर उपमहानगरपालिका–८ डेरा गरी बस्ने २०...
-
२०७८ माघ २८, शुक्रबार
प्रहरी भनी नगद र मोबाइल फोन लुटपाट गर्ने पक्राउ
आफुलाई प्रहरी भन्दै मोबाइल फोन र नगद लुटपाट गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले काठमाडौंको गोकर्णेश्वर नगरपालिका सुन्ताखानका २७ वर्षीय सुजन मिश्रलाई पक्राउ गरेको हो । गएको २५ गते काठमाडौं महानगरपालिका–६ कुशल ब्यांङ्केट अगाडी...
-
२०७८ माघ २८, शुक्रबार
सुनाकोठी लगियो बालकुमारीको मूर्ति
हराएर आज विहानै मात्र भेटिएको बालकुमारीको मूर्ति सुनाकोठी फिर्ता लगिएको छ । बाजागाजासहित भेला भएका सुनाकोठीवासी र धर्म, संस्कृतिप्रेमीहरुले बाजागाजासहित सिन्दुर जात्रा गर्दै बालकुमारीको मूर्तिलाई जावलाखेलबाट सुनाकोठी फिर्ता लगिएको थियो । प्रहरीले...
-
२०७८ माघ २७, बिहिबार
भक्तपुर नगरसभाद्वारा एमसीसी खारेजीको माग
भक्तपुर नगरपालिकाको जारी ११ औँ नगरसभाका सभासद्हरूले ‘देशघाती’ एमसीसी खारेजीको माग गरेको छ । नगरपालिकाका प्रमुख एवं नगरसभाका अध्यक्ष सुनिल प्रजापतिले एमसीसीको विषयमा वर्तमान प्रधानमन्त्री र सत्ता गठबन्धनका माओवादी नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...
-
२०७८ माघ २७, बिहिबार
फिफा वरीयतामा नेपालको सुधार
विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपालले दुई स्थान सुधार गरेको छ । फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले दुई स्थान सुधार गरेको हो । नयाँ वरीयतामा नेपाल १६७ औं स्थानमा रहेको छ । अघिल्लो वरीयतामा नेपाल १६९ औं स्थानमा रहेको थियो ।...
-
२०७८ माघ २७, बिहिबार
यथास्थितिमा एमसीसी पास गर्न नसक्ने दाहाल र नेपालको धारणा
एमसीसी सम्झौता अनुमोदनबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका पुष्पकमल दाहाल र माधव नेपालसँग छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री देउवाले एमसीसी तत्काल...
-
२०७८ माघ २७, बिहिबार
दूधको मूल्यमा प्रति लिटर ९ रुपैयाँ बढ्यो
दुग्ध विकास संस्थानले शुक्रबारदेखि लागू हुने गरी दूधको मूल्यमा प्रति लिटर ९ रुपैयाँ बढाउने निर्णय गरेको छ । कृषि मन्त्रालयको स्वीकृतिपछि संस्थानले मूल्य बढाएको हो । अब दूधको मूल्य लिटरमा ८५ रुपैयाँ पुगेको छ । मूल्य बृद्धिसंगै अब काठमाडौं, विराटनगर,...
-
२०७८ माघ २७, बिहिबार
ओमिक्रोन कोभिडको वाइल्डकार्ड भेरियन्ट – डब्ल्युएचओ
विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले कोेभिड–१९ को ओमिक्रोन नै अन्तिम भेरियन्ट नभएको भन्दै सचेत रहन बिश्वजगतलाई आग्रह गरेको छ । डब्लूएचओको कोभिड–१९ प्राविधिक विभागका प्रमुख मारिका वेन्ले केरकोभले ओमिक्रोनका ४ फरक–फरक भेरियन्ट पत्ता लागेको भन्दै यो...
-
२०७८ माघ २७, बिहिबार
भारतमा विधानसभाको चुनाव
भारतमा आजदेखि विधानसभाको चुनाव शुरु भएको छ । कूल ३२ वटा राज्यमध्ये सबैभन्दा बढी जनसंख्या भएको उत्तरप्रदेशमा आज विधानसभाको चुनाव शुरु भएको छ । सात चरणमा गरिने निर्वाचनका क्रममा आज ५८ सीटका लागि मतदान शुरु भएको हो । सवा दुई करोड भन्दा बढी मतदाता रहेको...
-
२०७८ माघ २७, बिहिबार
प्रभुपे पनि फोनपेमा जोडियो
भुक्तानीको सजिलो माध्यम फोनपेमा अब प्रभु बैंकअन्तर्गत प्रभुपे पनि जोडिएको छ । प्रभु टेक्नोलोजीबाट सञ्चालित प्रभुपे फोनपे पेमेन्ट सर्भिस लिमिटेडमा आवद्ध भएको छ । भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेड र प्रभु टेक्नोलोजीबाट सञ्चालित...
-
२०७८ माघ २७, बिहिबार
आफ्नो कार्यकालमा धेरै सम्पदाको पुनर्निर्माण भएको मेयर शाक्यको दावी
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले विकास निर्माणका काम कहिल्यै नसकिने भन्दै निरन्तर रुपमा काठमाडौंको विकासका लागि महानगर लागि रहने प्रतिवद्धता जनाएका छन् । बिहीबार काठमाडौं महानगरपालिका २१ वडाबाट निर्माणाधीन गोफल टोलस्थित श्रीधर...




