arin enterprises

विजनेस

  • २०७८ फाल्गुण ५, बिहिबार

    निर्वाचन आयोगले दल दर्ताका लागि आह्वान

    आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आजदेखि दल दर्ता खुला भएको छ । निर्वाचन आयोगले सूचना प्रकाशन गरी निर्वाचनमा भाग लिन चाहने दलहरुका लागि दर्ता आह्वान गरेको हो । आयोगले जारी गरेको सूचना अनुसार आजदेखि यही फागुन १५ गतेसम्म कार्यालय...

  • २०७८ फाल्गुण ५, बिहिबार

    बायर्न म्युनिख हारबाट जोगियो

    युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा जर्मन क्लब बायर्न म्युनिख हारबाट जोगिएको छ । बुधबार राति भएको खेलमा बायर्नले अष्ट्रियन क्लब एफसी साल्जवर्गसँग १–१ गोलको बराबरीमा खेल्दै हारबाट जोगिएको हो । साल्जवर्गको मैदान रेड बुल एरिनामा...

  • २०७८ फाल्गुण ५, बिहिबार

    इन्टर मिलान माथि लिभरपुलको जित

    युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा इङ्गलिस क्लब लिभरपुलले इटालियन क्लब इन्टर मिलान माथि जित हासील गरेको छ । मिलानको घरेलु मैदान सान सिरो स्टेडियममा भएको खेलमा लिभरपुलले इन्टर माथि २–० गोलले जित हासील गरेको हो । बुधबार राति भएको...

  • २०७८ फाल्गुण ४, बुधबार

    पूर्वमन्त्री बानियाँविरुद्ध करणी गरेको आरोपमा पक्राउ पूर्जी जारी

    नेकपा एमालेका सांसद मोहन बानियाँविरूद्ध पक्राउ पुर्जी जारी भएको छ । जुम्लाकी एक ४० वर्षीया शिक्षिकाले पूर्वमन्त्री समेत रहेका बानियाँले बाँकेस्थित अप्सरा होटलमा जबरजस्ती करणी गरेको जाहेरीका आधारमा जिल्ला अदालत बाँकेले पक्राउ पूर्जी जारी गरेको हो ।...

  • २०७८ फाल्गुण ४, बुधबार

    राष्ट्रपतिबाट राजदूत आचार्यले लिनुभयो शपथ

    संयुक्त अधिराज्यका लागि नेपालको आवासीय राजदूत पदमा ज्ञानचन्द्र आचार्य नियुक्त हुनुभएको छ ।  नव नियुक्त आचार्यलाई बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ । उक्त अवसरमा परराष्ट्रमन्त्री डा। नारायण खड्कालगायत...

  • २०७८ फाल्गुण ४, बुधबार

    मच्छिन्द्र दोस्रो पटक शहिद स्मारक ए डिभिजन लिगको च्याम्पियन

    मच्छिन्द्र क्लबले दुई खेल अगावै ११औं चरणको शहिद स्मारक ए डिभिजन लिग फुटबलको उपाधि जितेको छ ।  दशरथ रंगशालामा बुधबार भएको खेलमा मच्छिन्द्रले नवप्रवेशी सातदोबाटो युथ क्लबलाई १–० गोलले हरायो । मच्छिन्दका अजरबैजानका खेलाडी नोर्लान नोभरुजोभले ५३ औँ...

  • २०७८ फाल्गुण ४, बुधबार

    छाडा पशुको संयुक्त व्यवस्थापन गर्दै काठमाडौँ महानगर र दक्षिणकाली नगर

    काठमाडौँ महानगरपालिका र दक्षिणकाली नगरपालिकाले संयुक्त रुपमा पशु व्यवस्थापन केन्द्र सञ्चालन गर्ने भएका छन् । आज दक्षिणकाली नगरको सभा कक्षमा काठमाडौँ महानगरका मेयर विद्यासुन्दर शाक्य र दक्षिणकालीका मेयर मोहन बस्नेतले सम्झौता पत्रमा हस्ताक्षर...

  • २०७८ फाल्गुण ४, बुधबार

    दक्षिणकाली मन्दिर पूर्वाधार विकास कार्यक्रमको शिलान्यास

    काठमाडौँको दक्षिणकाली मन्दिर पूर्वाधार विकास कार्यक्रमको शिलान्यास भएको छ । नगर साझेदारी कार्यक्रमअन्तर्गत काठमाडौँ महानगरको आर्थिक सहयोगमा निर्माण हुने कलात्मक प्रवेश द्वारको मंगलबार महानगरका मेयर विद्यासुन्दर शाक्य र दक्षिणकालीका मेयर मोहन...

  • २०७८ फाल्गुण ४, बुधबार

    आफ्नै बुबाको हत्या गरेको अभियोगमा पक्राउ

    दाङमा आफ्नै बुबाको हत्या गरेको अभियोगमा एक किशोर पक्राउ परेका छन् । दाङको शान्तिनगर गाउँपालिका–३ चिराघाटको बेलडाँडाका १९ वर्षीय छोरा गोपाल मगरलाई आफ्नै बुबाको हत्याको अभियोगमा आज प्रहरीले पक्राउ गरेको हो । गोपालले आफ्नै बुबा ६३ वर्षीय कर्ण बहादुर...

  • २०७८ फाल्गुण ४, बुधबार

    घटनाको ३७ वर्षपछि फरार प्रतिवादी पक्राउ

    कर्तव्य ज्यान मुद्दाका एक फरार प्रतिवादी ३७ वर्षपछि पक्राउ परेका छन् । ललितपुर गोदाबरी नगरपालिका–१० सल्यानगाउँ ठेगाना भएका ५६ वर्षीय सुन बहादुर तामाङलाई घटनाको ३७ वर्षपछि बुधबार प्रहरीले पक्राउ गरेको हो । तामाङलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय...

  • २०७८ फाल्गुण ४, बुधबार

    अमेरिकामा एचआईभि संक्रमित महिलाको सफल उपचार

    अमेरिकामा पहिलो पटक एचआईभी संक्रमित एक महिलाको सफल उपचार भएको छ । न्यूयोर्कस्थित प्रेस्बिटेरियन वेल कर्नल मेडिकल सेन्टरमा ‘न्यूयोर्क प्यासेन्ट’ नामाकरण गरेकी एक महिलालाई ‘स्टेम–सेल’ थेरापी गरिएपछि एचआईभी मुक्त भएकी हुन् । गत हिउँदमा उनको स्टेम–सेल...

  • २०७८ फाल्गुण ४, बुधबार

    स्पोर्टिङ लिसबन माथि म्यानसिटीको सानदार जित

    युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा इङ्गलिस क्लब म्यानचेस्टर सिटीले सानदार जित निकालेको छ । मंगलबार राति भएको लेगमा सिटीले पोर्चुगिज क्लब स्पोर्टिङ लिसबनमाथि ५–० गोलले जित निकालेको हो । लिसबनको मैदान एस्टैडियो जोस अलवालाडेमा...

  • २०७८ फाल्गुण ४, बुधबार

    एनआरएनएको निर्वाचन कार्यतालिका सार्वजनिक

    गैरआवासीय नेपाली संघ एनआरएनएले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । आज एक विज्ञप्ति प्रकाशित गरी एनआरएनएले निर्वाचन गर्ने तिथि सार्वजनिक गरेको हो । एनआरएनएको निर्वाचन समितिका अनुसार बिहीबार फेब्रुअरी १७ मा प्रतिनिधिको प्रारम्भिक नामावली प्रकाशन...

  • २०७८ फाल्गुण ४, बुधबार

    पिएसजीसँग रियल म्याड्रिड पराजित

    युइएफए च्याम्पियन्स लिगमा अन्तर्गगत प्रि–क्वाटरफाइनलको को पहिलो लेगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले स्पेनिस क्लब रियल म्याड्रिडलाई हराएको छ । गयराति पिएसजीको घरेलु मैदान पार्क डेस प्रिन्सेसमा भएको खेलमा पिएसजीले  म्याड्रिडलाइ १–० गोलले...

  • २०७८ फाल्गुण ४, बुधबार

    प्राङ्क गरेको भन्दै युट्युबर आकाश पक्राउ

    प्राङ्क गरेको आरोपमा काठमाडौंबाट एक जना युट्युबरलाई पक्राउ गरिएको छ । प्रहरीले झापा विर्तामोड नगरपालिका–४ आदर्शटोलका हाल भक्तपुर कौशलटार बस्दै आएका २७ वर्षीय आकाश सेडाईलाई पक्राउ गरेको हो । आकाशले प्राङ्क भिडियोहरु बनाएर नेपाली प्राङ्कस्टर्स नामक...

  • २०७८ फाल्गुण ४, बुधबार

    स्वस्थानी व्रत कथा आजबाट सम्पन्न हुने

    पौष शुक्ल पूर्णिमादेखि शुरु भएको एक महिने माधवनारायण व्रत पूजा र स्वस्थानी व्रत कथा आज विधिपूर्वक समापन गरिँदैछ । गत पौष शुक्ल पुर्णिमाबाट एक महिने व्रत शुरु गरेकाहरुले आज पूजाका सामग्री र विधि पूरा गर्दै व्रत पूजाको साङ्गे गर्दैछन् । पूजाको क्रममा...

Pages