स्पाेर्ट्स
-
२०८० भाद्र २९, शुक्रबार
एसिया कपको उपाधिका लागि भारत र श्रीलंका भिड्ने
एसिया कप २०२३ को उपाधिका लागि भारत र श्रीलंका भिड्ने भएका छन् । बिहीबार भएको खेलमा पाकिस्तानलाई २ विकेटले हराउँदै श्रीलंका दोस्रो स्थानमा र भारत शीर्ष स्थानमा रहँदै फाइनलमा स्थान बनाएको हो । समान २ खेलमा ४ अंकमा रहे पनि भारत राम्रो रनरेटका कारण...
-
२०८० भाद्र २७, बुधबार
बोलिभिया माथि अर्जेन्टिनाको सहज जित
विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले बोलिभियालाई पराजित गरेको छ । बुधबार विहान सम्पन्न खेलमा अर्जेन्टिनाले बोलिभियालाई ३–० गोलले पराजित गरेको हो । बोलिभियालाई हराउने क्रममा इन्जो फनान्डेजले ३१ औं मिनेटमा र निकोलस टागिलाफिकोले ४२...
-
२०८० भाद्र २७, बुधबार
ब्राजिलको लगातार दोस्रो जित
विश्वकप छनोटमा ब्राजिलले लगातार दोस्रो जित हासिल गरेको छ । दक्षिण अमेरिकी छनोट अन्तर्गत बुधबार सम्पन्न खेलमा ब्राजिलले पेरुलाई १–० गोलले पराजित गरेको हो । पेरुको घरेलु मैदानमा भएको खेलमा ब्राजिलको लागि ९० औं मिनेटमा मार्किन्होसले निर्णायक गोल गरे ।...
-
२०८० भाद्र २७, बुधबार
जर्मनीले फ्रान्सलाई हरायो
अन्तराष्ट्रिय मैत्रीपुर्ण खेलमा जर्मनीले फ्रान्सलाई हराएको छ । बुधबार भएको खेलमा जर्मनीले २–१ को जित निकालेको हो । जर्मनीको घरेलु मैदान सिंगल इड्ना पार्कमा भएको खेलको चौथो मिनेटमा थोमस मुलरले गोल गर्दै जर्मनीलाई अग्रता दिलाए । ८७ औं मिनेटमा लिरोए...
-
२०८० भाद्र २६, मंगलबार
उत्तर कोरियाली नेता किम रुस भ्रमणमा
उत्तर कोरियाली नेता किम जोङ उन रुस भ्रमणमा गएका छन् । सोमबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको शिखर वार्ताका लागि किम रेल मार्फत रुस भ्रमणमा गएका हुन् । उत्तर कोरियाली सञ्चार माध्यमले किम भारी सुरक्षा व्यवस्थासहित रुस भ्रमणमा निस्किएको तस्वीर...
-
२०८० भाद्र २६, मंगलबार
लक्जमबर्गविरुद्ध पोर्चुगलको गोल बर्षा
युरोकप २०२४को छनोटमा पोर्चुगलले गोलको बर्षा गरेको छ । गएराति भएको खेलमा पोर्चुगलले लक्जमबर्गविरुद्ध ९–० को गोल अन्तरको जित निकालेको हो । पोर्चुगलको घरेलु मैदान इस्ताडियो अलगार्भेमा भएको खेलको पहिलो हाफमै ४ गोल गरेको पोर्चुगलले दोस्रो हाफमा ५ गोल...
-
२०८० भाद्र २५, सोमबार
स्पेनिस फुटबल महासंघका अध्यक्ष रुबियालेसको राजीनामा
स्पेनिस फुटबल महासंघका अध्यक्ष लुइस रुबियालेसले राजीनामा दिएका छन् । महिला विश्वकप २०२३ को फाइनलपछिको समारोहमा स्पेनकी फरवार्ड जेनी हर्मोसोलाई ओठमा चुम्बन गरेको भन्दै आलोचना भएपछि अध्यक्ष रुबियालेसले २० दिनपछि राजीनामा दिएका हुन् । गत मंगलबार ३३...
-
२०८० भाद्र २५, सोमबार
विश्वकपको लागि न्युजिल्यान्डको टिम घोषणा
भारतमा हुने क्रिकेट विश्वकपको लागि न्युजिल्यान्डले १५ सदस्यीय राष्ट्रिय टिम घोषणा गरेको छ । २०१९ को क्रिकेट विश्वकपको उपविजेता न्युजिल्यान्डले सोमबार केन विलियमसनको कप्तानीमा टिम घोषणा गरेको हो । आइपिएल २०२३ का दौरान घाइते भएका विलियमसन टिममा...
-
२०८० भाद्र २५, सोमबार
जर्मनीका प्रशिक्षक फ्लिक बर्खास्त
जर्मनी फुटबलका प्रशिक्षक हान्सी फ्लिक बर्खास्त भएका छन् । शनिबार मैत्रीपूर्ण खेलमा जर्मनीले जापानसँग ४–१ को हार ब्यहोरे पछि जर्मन फुटबल एसोसियसनले फ्लिकलाई बर्खास्त गरिएको जनाएको हो । उनी सहित सहायक मार्कस सोर्ग र डेनी रोहललाई समेत बर्खास्त गरिएको छ...
-
२०८० भाद्र २५, सोमबार
जोकोभिचले जिते २४औं ग्राण्ड्सलाम उपाधि
नोभाक जोकोभिचले यस वर्षको यु.एस ओपन टेनिसको उपाधि जितेका छन् । अमेरिकाको न्युयोर्कमा सम्पन्न प्रतियोगिताको फाइनलमा ३६ वर्षीय जोकोभिचले रसियन खेलाडी ड्यानिएल मेदभेदेवलाई ६-३, ७-६ ९७-५०, ६-३ ले पराजित गर्दै यूएस ओपनको उपाधि जिते । जितसँगै जोकोभिचले...
-
२०८० भाद्र २३, शनिबार
ब्राजिलको विजयी सुरुवात
फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा ब्राजिलले विजयी सुरुवात गरेको छ । शनिबार विहान सम्पन्न खेलमा ब्राजिलले बोलिभियालाई ५–१ गोलले पराजित गरेको हो । ब्राजिलको जितमा राड्रिगोले २४ औं र ५३ औं तथा नेयमारले ६१ औं र दोस्रो हाफको ईन्जुरी समयमा गोल...
-
२०८० भाद्र २३, शनिबार
स्पेनको फराकिलो जित
युरोकप २०२४ छनोटमा स्पेनले जर्जियामाथि फराकिलो जित हासिल गरेको छ । समूह ए अन्तर्गत शुक्रबार राती भएको खेलमा स्पेनले जर्जियालाई ७–१ गोल हासिल गरेको हो । जर्जियाको घरेलु मैदानमा स्पेनका लागि अल्भारो मोराटाले ह्याट्रिक गरेका थिए । त्यस्तै स्पेनका लागि...
-
२०८० भाद्र २३, शनिबार
पोर्चुगल लगातार पाँचौ खेलमा विजयी
युरोकप २०२४ छनोटमा पोर्चुगलले लगातार पाँचौ खेलमा विजय हासिल गरेको छ । समूह जे अन्तर्गत शुक्रबार सम्पन्न खेलमा पोर्चुगलले स्लोभाकियालाई पराजित गरेको हो । पाँचौ खेलमा अपराजित यात्रा कायम राख्ने क्रममा पोर्चुगलले स्लोभाकिया १–० गोल अन्तरले पराजित गयो...
-
२०८० भाद्र २२, शुक्रबार
मेस्सीको गोलमा अर्जेन्टिनाको विजयी सरुवात
फिफा विश्वकप २०२६ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले विजयी सुरुवात गरेको छ । शुक्रबार विहान सम्पन्न खेलमा अर्जेन्टिनाले इक्वेडरलाई पराजित गरेको हो । ब्युनोस आयर्समा भएको खेलमा अर्जेन्टिनालाई जिताउन कप्तान लियोनेल मेस्सीले निर्णायक गोल गरे...
-
२०८० भाद्र २२, शुक्रबार
फ्रान्सको अपराजित यात्रा कायमै
युरोकप २०२४ छनोटमा फ्रान्सले आफ्नो अपराजित यात्रा कायमै राखेको छ । बिहीबार राती भएको खेलमा फ्रान्सले आयरल्यान्डलाई पराजित गर्दै पाँचौ खेलमा अपराजित रह्यो । पाँचौ खेलमा अपराजित यात्रा कायम राख्ने क्रममा फ्रान्सले आयरल्यान्डलाई २–० गोल अन्तरले पराजित...
-
२०८० भाद्र २१, बिहिबार
वालोन डी ओरको प्रारम्भिक सूची सार्वजनीक
सार्वजनीक प्रतिष्ठित फुटबल अवार्ड वालोन डी ओरको प्रारम्भिक खेलाडीको सूची सार्वजनीक भएको छ । आयोजक संस्थाले बुधबार राति अवार्डका लागि प्रारम्भिक खेलाडीको सूची सार्वजनीक गरेको हो । लियोनल मेस्सीलाई समावेश गर्दै आयोजकले प्रारम्भिक सूची सार्वजनीक गरेको...