अन्तर्राष्ट्रिय
-
२०८० श्रावण १६, मंगलबार
भारतद्वारा फ्रि फायरमाथि लागेको प्रतिबन्ध फुकुवा गर्ने संकेत
भारतले गरिना फ्रि फायरमाथि लागेको प्रतिबन्ध फुकुवा गर्ने संकेत दिएको छ । भारतको उत्तर प्रदेशका एक राजनीतिज्ञ गिरिशचन्द्र यादवले ट्वीट गर्दै फ्रि फायरको मातृ कम्पनी गरिनासँग ई–स्पोर्ट्सको विकासका लागि सम्झौता भएको जानकारी दिएका हुन् । उनको ट्वीटमा...
-
२०८० श्रावण १५, सोमबार
भारतमा रेलभित्र गोली प्रहार गरी चारको हत्या
भारतको मुम्बइमा रेलभित्र रेल सुरक्षाकर्मीले गोली प्रहार गरी चार जनाको हत्या गरेका छन् । मुम्बई सेन्ट्रल एक्स्प्रेसमा रेल वे सुरक्षा बलका एक जवानले गोली चलाउँदा तीन जना यात्रु र एक जना सुरक्षा बलका अधिकृत मारिएका हुन् । जयपुरबाट मुम्बइ गईरहेको रेलमा...
-
२०८० श्रावण १४, आइतबार
थाइल्याण्डको पटाका गोदाममा विस्फोट हुँदा ९ को मृत्यु
थाइल्याण्डको पटाका गोदाममा विस्फोट हुँदा नौजनाको मृत्यु भएको छ । शनिबार थाइल्याण्ड र मलेसियाको सिमानजिक सुंगाई कोलोक भन्ने ठाउँमा भएको विस्फोतमा परि मृत्यु हुनेमा ३ बालबालिका रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले बताएको हो । विस्फोटका कारण व्यस्त...
-
२०८० श्रावण १३, शनिबार
संयुक्त राष्ट्रसंघद्वारा फाँसीको प्रावधान हटाउन आग्रह
संयुक्त राष्ट्रसंघले सिंगापुर र कुवेतमा मृत्युदण्ड रोक्न लगाउन आह्वान गरेको छ । यी राष्ट्रहरुले हालै गरिएको मृत्युदण्डको निन्दा गर्दै मृत्युदण्डको सजायको प्रावधानमा रोक लगाउन ती राष्ट्रहरूलाई आह्वान गरेको हो । संयुक्त राष्ट्रसंघीय मानव अधिकार...
-
२०८० श्रावण १२, शुक्रबार
सिंगापुरमा २० वर्षमा पहिलोपटक महिलालाई फाँसी
२० वर्षमा पहिलोपटक सिंगापुरमा महिलालाई फाँसी दिइएको छ । लागु औषधी तस्करी गरेको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएकी सारिदेवी जमानीलाई शुक्रबार फाँसी दिइएको हो । ४५ वर्षीया जमानीलाई सन् २०१८ मा मृत्युदण्डको सजाय सुनाइएको थियो । अर्का लागुऔषध तस्करी...
-
२०८० श्रावण १२, शुक्रबार
अफ्रिकी मुलुक नाइजरमा ‘कु’ लागु
पश्चिम अफ्रिकी मुलुक नाइजरमा सेनाले ‘कु’ गरेको छ । नाइजरको कर्णेल मेजर अमाडो अब्द्रामानेले राष्ट्रिय टेलिभिजनमा सम्बोधन गर्दै देशको शासन सत्ता सेनाले लिएको घोषणा गरेका हुन् । सेनाले अब आफ्नो नेतृत्वमा बन्ने राष्ट्रिय परिषद्ले मुलुकको दैनिक कामकाज...
-
२०८० श्रावण ११, बिहिबार
रुसी रक्षामन्त्री साइगु र उत्तर कोरियाली नेता किम बीच भेटवार्ता
रुसी रक्षामन्त्री सर्गेई सोइगुले उत्तरकोरियाली नेता किम जोङ उनसँग भेटवार्ता गरेका छन् । रुसी रक्षामन्त्री सोइगुले उत्तरकोरिया भ्रमणमको क्रममा राजधानी प्योङयाङमा नेता किमसँग भेटवार्ता गरेका हुन् । उक्त भेटवार्तामा दुई देशबीचको रक्षा सम्बन्धलाई थप...
-
२०८० श्रावण ११, बिहिबार
हिन्दीलाई विश्वभाषा बनाउँदै भारत
भारतले हिन्दीलाई विश्वभाषा बनाउने प्रयास थालेको छ । भाषिक विविधताको मूल्य र हिन्दीलाई विश्वव्यापी भाषाको रूपमा प्रवर्द्धन गर्न भारत सरकारले कदम चालेको हो । यसको लागि भारतले संयुक्त राष्ट्रसंघलाई दश लाख अमेरिकी डलर प्रदान गरेको छ । संयुक्त...
-
२०८० श्रावण १०, बुधबार
इटालीमा आँधी र भीषण वर्षाका कारण चारको मृत्यु
इटालीमा आएको आँधी र भीषण वर्षाका कारण चार जनाको मृत्यु भएको छ । आँधीले ठूल्ठूला रुख ढाल्दा सडकमा हिंडिरहेकाहरुको च्यापिएर चार जनाको मृत्यु भएको हो । इटालीको उत्तरी भागका अधिकांश घरहरुमा आँधीले क्षति पुर्याउनुका साथै सयौं सवारीसाधनमा पनि क्षति पुर्...
-
२०८० श्रावण १०, बुधबार
अल्जेरियामा लागेको डढेलो ३ दिनपछी नियन्त्रणमा
अल्जेरियाको जंगलमा लागेको डढेलो ३ दिनपछी नियन्त्रणमा आएको छ । ३ दिनअघि देखि लागेको डढेलो हजार भन्दा बढी अग्नीनियन्त्रक र विमानको प्रयासमा हाल नियन्त्रणमा आएको हो । डढेलोका कारण हजारौं हेक्टर जंगल नष्ट भएको अनतर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।...
-
२०८० श्रावण ८, सोमबार
मस्कोमा युक्रेनले ड्रोन आक्रमण गरेको रुसको आरोप
रुसले राजधानी मस्कोमा युक्रेनले ड्रोन आक्रमण गरी दुई वटा घरमा क्षति पुर्याएको आरोप लगाएको छ । रुसी संचार माध्यमका अनुसार एउटा ड्रोन रक्षा मन्त्रालयनजिकै खसेको जनाएको पनि यसको बारे युक्रेनले भने अहिलेसम्म जानकारी दिएका छैनन् । ड्रोनका टुक्राहरू...
-
२०८० श्रावण ८, सोमबार
चीनमा विद्यालयको छत खस्दा ११ जनाको मृत्यु
चीनमा एउटा विद्यालयको छत खस्दा ११ जना विद्यार्थीको मृत्यु भएको छ । आइतबार चीनको हेइलोङचियाङ प्रान्तको चिचिहार सहरमा दिउँसो ३ बजेतिर एक विद्यालयको खेलकुद हलको छत खस्दा च्यापिएर विद्यार्थीहरुको मृत्यु भएको हो । सोमबार बिहान १५ जनालाई निकालेको थियो ।...
-
२०८० श्रावण ८, सोमबार
अमेरिकी नौसेना प्रमुखमा पहिलो पटक महिलाको नेतृत्व
अमेरिकी राष्ट्रपति जो बाइडेनले नौसेनाको प्रमुखमा पहिलो पटक महिलालाई चयन गरेका छन् । रक्षामन्त्री ललोइड अस्टिनले पेश गरेका विभिन्न विकल्प मध्ये राष्ट्रपति बाइडेनले एडमिरल लिजा फ्राञ्चेटीलाई पनि नौसेना प्रमुखका लागि छनौट गरेका हुन् । नौसेना प्रमुखमा...
-
२०८० श्रावण ७, आइतबार
इण्डोनेशियामा अब कुकुर–बिरालोको मासु बेच्न नपाइने
इण्डोनेशियाको सुलावेसी टापुको कुख्यात पशु बजारमा अब कुकुर–बिरालोको मासु बेच्न नपाइने भएको छ । बजारमा चमेरा, मुसा, सर्प र बाँदरको मासुसँगै कुकुर र बिरालोको मासु पनि बिक्रीमा राखिने गरेको थियो तर शुक्रबारदेखि कुकर, बिरालोको मासु भने बेच्न नपाइने...
-
२०८० श्रावण ५, शुक्रबार
राहुल गान्धीलाई राहत
भारतीय काँग्रेसका नेता राहुल गान्धीलाई भारतीय सर्वाेच्च अदालतले मानहानि मुद्दामा दोषी ठहर गर्न अस्वीकार गरेको छ । भारतको सर्वोच्च अदालतले आज गुजरात उच्च न्यायालयको आदेश खारेज गर्दै राहुल गान्धीको अपिलमा गुजरात सरकार र उजुरीकर्तालाई दश दिनभित्र जवाफ...
-
२०८० श्रावण ५, शुक्रबार
उत्तर कोरियाले अमेरिकाविरुद्ध आणविक हमला गर्ने चेतावनी
उत्तर कोरियाले आफ्नो प्रायद्विपमा अमेरिकाले थप उत्तेजक गतिविधिहरु बढाए आणविक हमला गर्ने चेतावनी दिएको छ । अमेरिका र उत्तर कोरियाबीचको तनाव थप बढेको बेला उत्तर कोरियाले आणविक हमलाको धम्की दिएको हो । अमेरिकाले एयरक्राफ्ट क्यारियर, बम्बर र मिसाइल...





