arin enterprises

अन्तर्राष्ट्रिय

  • २०८० आषाढ १७, आइतबार

    फ्रान्समा देशव्यापी हिंसात्मक विरोध प्रदर्शन जारी

    फ्रान्समा देशव्यापी हिंसात्मक विरोध प्रदर्शन आज पनि जारी रहेको छ । फ्रान्सको राजधानी पेरिसको उपनगरमा प्रहरीद्धारा एक १७ वर्षीय किशोर नाहिल एमको हत्यापछि फ्रान्समा देशव्यापी हिंसात्मक विरोध प्रदर्शन भईरहेको हो । गत मंगलबार साँझदेखि सुरु भएको...

  • २०८० आषाढ १५, शुक्रबार

    वागनर समूह माथि रुसको बन्देज

    रुसले निजी सैनिक समूह वागनरमाथि बन्देज लगाएको छ । रुसले उक्त समूह माथि युक्रेन युद्धमा सहभागी हुन नपाउने गरी बन्देज लगाएको हो । रुसी संसद डुमाको रक्षा समितिका एक सदस्यले वागनरमाथि अब कहिल्यै पनि युद्धमा सहभागी हुन नपाउने गरी बन्देज लगाइएको जानकारी...

  • २०८० आषाढ १४, बिहिबार

    फ्रान्समा हिंसात्मक विरोध चर्कियो

    फ्रान्समा हिंसात्मक विरोध चर्किएको छ । फ्रान्समा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएपछि हिंसात्मक विरोध चर्किएको हो । फ्रान्सेली गृहमन्त्री गेराल्ड डार्मानिनले रातभरि भएको प्रदर्शनका क्रममा १ सय ५० जनालाई पक्राउ गरिएको जानकारी दिएका छन् । उनले...

  • २०८० आषाढ १४, बिहिबार

    हजयात्रामा अपेक्षा भन्दा कम सहभागी

    विश्वका सबैभन्दा ठूलो धार्मिक जमघटमध्येको एक हज यात्राको अवसरमा यस बर्ष अपेक्षा भन्दा कम सहभागी भएको छ । यस वर्षको अनुष्ठानमा २५ लाखभन्दा बढी तीर्थयात्री आउने भएपनि १८ लाखभन्दा बढी भक्तजनहरुले दर्शन गरेका साउदी अरबको तथ्यांक कार्यालयाले जनाएको हो ।...

  • २०८० आषाढ १२, मंगलबार

    पाँच दिनका लागि वित्तीय बजार बन्द गर्दै श्रीलंका

    आगामी बिहीबारदेखि पाँच दिनका लागि श्रीलंकाको वित्तीय बजार बन्द हुने भएको छ । श्रीलंका सरकारले ५१ अर्ब अमेरिकी डलरभन्दा बढीको आन्तरिक ऋणको पुनर्संरचना गर्ने विवादास्पद कदम चाल्नु अघि बित्तीय बजार बन्द गर्ने घोषणा गरेको हो । गत मार्चमा सहमति भएको...

  • २०८० आषाढ १२, मंगलबार

    पुटिनद्वारा देशद्रोहिका नाइकेलाई कानुनी कारबाही गर्ने चेतावनी

    रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले देशद्रोहिका नाइकेलाई कानुनी कठघरामा उभ्याउने चेतावनी दिएका छन् । सोमबार सम्बोधन गर्दै पुटिनले निजी सैन्य समुह वाग्नरका प्रमुख यभ्गेनी प्रिगोझिनतर्फ लक्षित गर्दै कानुनी कारबाहीको संकेत गरेका हुन् । रुसको तर्फबाट...

  • २०८० आषाढ ११, सोमबार

    केन्यामा बिद्रोही समुहको आक्रमणवाट पाँचको मृत्यु

    केन्यामा बिद्रोही समुहको आक्रमणमा परी पाँच जना सर्वसाधारणको मृत्यु भएको छ । अफ्रिकी मुलुक केन्याको दक्षिणपुर्वी सोमालियासँग सीमा जोड्ने लामु काउन्टी गाउँमा प्रवेश गरेका सशस्त्र बन्दुकधारी बिद्रोही समुहले आक्रमण गर्दा पााच जनाको मृत्यु भएको हो । उक्त...

  • २०८० आषाढ १०, आइतबार

    हङकङमा विमानको पांग्रा फुट्दा ११ जना घाइतो

    हङकङबाट अमेरिकाको लस एञ्जलस जान लागेको क्याथे प्यासेफिकको बोइङ ७७७ विमानको पांग्रा फुट्दा ११ जना यात्रु घाइते भएका छन् । शनिबार हङकङ विमानस्थलबाट उड्ने क्रममा रनवेमै विमानको पांग्रा फुटेको हो । घाइते भएको ११ जना यात्रु मध्ये नौ जना सामान्य उपचारपछि...

  • २०८० आषाढ १०, आइतबार

    वाग्नर लडाकूसमूहलाई रुसमा आत्मसमर्पणको आग्रह

    रुसमा वाग्नर लडाकूसमूहलाई आत्मसमर्पण गर्न आग्रह गरेको छ । उक्त समूहले सशस्त्र विद्रोहको प्रयास गरेको भन्दै रुसी रक्षा मन्त्रालयले शनिबार आत्मसमर्पण गर्न आग्रह गरेको हो । रक्षा मन्त्रालयले एक विज्ञप्ति निकाल्दै लडाकूसमूहलाई विवेकशील हुन र रूसी रक्षा...

  • २०८० आषाढ ९, शनिबार

    बेलायतका चिकित्सकहरुको पाँच दिने हडतालको घोषणा

    बेलायतका अस्पतालका चिकित्सकहरुले हडतालको घोषणा गरेका छन् । चिकित्सकहरुले राज्यको आर्थिक सहयोगमा सञ्चालित राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) को इतिहासमा सबैभन्दा लामो हडतालको घोषणा गरेका हुन् । परामर्शदाता स्तरभन्दा मुनिका चिकित्सकहरू जुलाई १३ का दिन...

  • २०८० आषाढ ८, शुक्रबार

    टाइटान पनडुब्बी समुन्द्रभित्रै विष्फोट भएको पुष्टी

    टाइटानिक जहाजको भग्नावशेष हेर्न गएको टाइटान नामक सानो पनडुब्बी समुन्द्रभित्रै विष्फोट भएको पुष्टी भएको छ । आन्द्र महासगारमा पनडुब्बीका खोजी गरिरहेको अमेरीकी सेनाले पनडुब्बी विष्फोट भएको पुष्टी गरेको हो । पनडुब्बीको विगत पाँच दिनदेखि खोजी जारी थियो...

  • २०८० आषाढ ८, शुक्रबार

    अमेरिकी सदनमा प्रधानमन्त्री मोदी

    अमेरिकाको राजकीय भ्रमणमा रहनु भएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी संसदका दुवै सदनको संयुक्त वैठकलाई सम्बोधन गर्नुभएको छ । गएराती सिनेट र प्रतिनिधिसभाका दुवै सदनको संयुक्त वैठकलाई सम्बोधन गर्दै मोदीले जनताको सेवामै प्रजातन्त्रको अर्थ...

  • २०८० आषाढ ७, बिहिबार

    एलन मस्क र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

    टेस्लाका मालिक एलन मस्क र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । अमेरिका भ्रमणमा रहेका मोदीले मस्कलाई मंगलबारभेटेका हुन् । बुधबार ट्वीट गर्दै प्रधानमन्त्री मोदीले एलन मस्कलाई भेटेको जानकारी दिएका छन् । जसमा मोदिले ऊर्जादेखि...

  • २०८० आषाढ ७, बिहिबार

    चीनको एक रेष्टुरेन्टमा विस्फोट हुँदा ३१ को मृत्यु

    चीनको उत्तरपश्चिम निंगशिया शहरस्थित एक बारबेक्यू रेस्टुरेन्टमा खाना पकाउन प्रयोग हुने ग्यास विस्फोट हुँदा कम्तीमा ३१ जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । बुधबार राति करिब ८:४० बजे निङ्शिया हुई स्वायत्त क्षेत्रको राजधानी यिनचुआनको आवासीय...

  • २०८० आषाढ ६, बुधबार

    चीनमा अत्यधिक गर्मी

    चीनमा अत्यधिक गर्मीका कारण जनजीवन अस्तब्यस्त बनेको छ । जुन महिनाको सुरु देखि नै उत्तरी चीनका धेरै शहरहरूमा गर्मीले पुराना सबै रेकर्ड तोडेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ । चीनको राजधानी बेइजिङमा पनि लगातार तापक्रम बढदै ३९ दशमलव ४ डिग्री...

  • २०८० आषाढ ५, मंगलबार

    युक्रेनमा बाँध फुट्दा आएको बाढीमा १६ जनाकोे मृत्यु

    युक्रेनमा खोकवका बाँध फुट्दा आएको बाढीमा १६ जनाकोे मृत्यु भएको छ । युक्रेन रुस युद्धकाबीच गत जुन ६ मा क्षतिग्रस्त भएको पानीको बाँध फुट्दा दर्जन बदिको मृत्यु हुनुको साथै ३१ जना बेपत्ता भएका हुन् । बाँध फुटेपछी आएको बाढीका कारण १४ लाख मानिसको ज्यान...

Pages