अन्तर्राष्ट्रिय
-
२०८० श्रावण ७, आइतबार
इण्डोनेशियामा अब कुकुर–बिरालोको मासु बेच्न नपाइने
इण्डोनेशियाको सुलावेसी टापुको कुख्यात पशु बजारमा अब कुकुर–बिरालोको मासु बेच्न नपाइने भएको छ । बजारमा चमेरा, मुसा, सर्प र बाँदरको मासुसँगै कुकुर र बिरालोको मासु पनि बिक्रीमा राखिने गरेको थियो तर शुक्रबारदेखि कुकर, बिरालोको मासु भने बेच्न नपाइने...
-
२०८० श्रावण ५, शुक्रबार
राहुल गान्धीलाई राहत
भारतीय काँग्रेसका नेता राहुल गान्धीलाई भारतीय सर्वाेच्च अदालतले मानहानि मुद्दामा दोषी ठहर गर्न अस्वीकार गरेको छ । भारतको सर्वोच्च अदालतले आज गुजरात उच्च न्यायालयको आदेश खारेज गर्दै राहुल गान्धीको अपिलमा गुजरात सरकार र उजुरीकर्तालाई दश दिनभित्र जवाफ...
-
२०८० श्रावण ५, शुक्रबार
उत्तर कोरियाले अमेरिकाविरुद्ध आणविक हमला गर्ने चेतावनी
उत्तर कोरियाले आफ्नो प्रायद्विपमा अमेरिकाले थप उत्तेजक गतिविधिहरु बढाए आणविक हमला गर्ने चेतावनी दिएको छ । अमेरिका र उत्तर कोरियाबीचको तनाव थप बढेको बेला उत्तर कोरियाले आणविक हमलाको धम्की दिएको हो । अमेरिकाले एयरक्राफ्ट क्यारियर, बम्बर र मिसाइल...
-
२०८० श्रावण ५, शुक्रबार
सिंगापुरको राहदानी संसारकै सबैभन्दा शक्तिशाली
सिंगापुरको राहदानी संसारकै सबैभन्दा शक्तिशाली बन्न सफल भएको छ । जापानलाई पछि पार्दै सिंगापुरको राहदानी संसारकै सबैभन्दा शक्तिशाली भएको हो । राहदानी सुचकांक जारी गर्ने हेनली एण्ड पार्टनर्सले सन् २०२३ का लागि जारी गरेको राहदानीको बर्गीकरणमा सिंगापुरको...
-
२०८० श्रावण ३, बुधबार
राष्ट्र संघको सुरक्षा परिषदमा एआईलाई नियमनको माग
आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बाट उत्पन्न हुनसक्ने जोखिमलाई लिएर संयुक्त राष्ट्र संघमा पहिलो पटक छलफल भएको छ । मंगलबार बसेको राष्ट्र संघ अन्तर्गतको सुरक्षा परिषद्को बैठकमा यसबारे छलफल भएको हो । परिषद्का सदस्य राष्ट्रहरूले एआईलाई नियमन गर्नुपर्न...
-
२०८० श्रावण ३, बुधबार
रुस–युक्रेन युद्ध एकै दिनमा समाप्त गर्ने ट्रम्पको दाबी
संयुक्त राष्ट्र अमेरिकी पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले आफू पुनः सत्तामा आए रुस–युक्रेन युद्ध एक दिनमै समाप्त पारिदिने दाबी गरेका छन् । उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग आफ्नो गहिरो सम्बन्ध रहेको...
-
२०८० श्रावण ३, बुधबार
जोन्सन एन्ड जोन्सनले १ करोड ८८ लाख डलर क्षतिपूर्ति तिर्नुपर्ने
अमेरिकी बहुराष्ट्रिय कम्पनी जोन्सन एन्ड जोन्सनले एक ब्यक्तिलाई १ करोड ८८ लाख डलर क्षतिपूर्ति तिर्नुपर्ने भएको छ । क्यालिफोर्नियका २४ वर्षीय इमोरी हर्नान्डेज भलाडेजले जोन्सन एण्ड जोन्सनको बेबी पाउडर प्रयोग गरेका कारण आफूलाई क्यान्सर भएको भन्दै मुद्दा...
-
२०८० श्रावण २, मंगलबार
चीनमा समुद्री आँधीको कारण लाखौं विस्थापित
चीनको क्वाङतोङ प्रान्तमा समुद्री आँधीले तहल्का मच्चाएको छ । दक्षिणी तटीय प्रान्तमा तलिम नाम गरेको आँधीले तहल्का मच्चाएको हो । प्रतिघण्टा १ सय ४० किलोमिटरको गतिमा आएको आँधीका कारण लाखौं मानिस विस्थापित भएका छन् । आँधीले ग्रस्त स्थानबाट झण्डै साढे दुई...
-
२०८० श्रावण २, मंगलबार
अफ्रिकामा खडेरीका कारण लाखौं विस्थापित
अफ्रिकामा खडेरीका कारण करिब २७ लाख मानिस विस्थापित भएको तथ्यांक सार्वजनिक भएको छ । राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले सार्वजनिक गर्दै तथ्यांक अनुसार सोमालियामा १७ लाख, इथियोपियामा ५ लाख १६ हजार र केन्यामा ४ लाख ६६ हजार मानिस खडेरीका...
-
२०८० श्रावण १, सोमबार
इजरायलमा न्यायिक क्षेत्र सुधार कार्यक्रम विरुद्ध प्रदर्शन
इजरायलमा प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुको न्यायिक क्षेत्र सुधार कार्यक्रम विरुद्ध ब्यापक प्रदर्शन भएको छ । इजरायली सरकार न्यायाधीशहरुको नियुक्तिमा सरकारको हात माथि पार्ने गरी न्यायिक सुधार सम्बन्धि विधेयकलाई मतदानमा लैजाने तयारीमा लागेपछि...
-
२०८० आषाढ ३१, आइतबार
दक्षिण कोरियामा वर्षा र बाढीले ३३ जनाको मृत्यु
दक्षिण कोरियामा गत साताको भारी वर्षा र बाढीका कारण ३३ जनाको मृत्यु भएको छ भने अन्य १० जना बेपत्ता भएका छन् । सरकारी अधिकारीहरूका अनुसार उत्तरी ग्याङसङ प्रान्त र मध्य चुङचेङ प्रान्तमा उनीहरूको मृत्यु भएको हो । बिगत तीन दिनदेखि जारी वर्षाले देशको...
-
२०८० आषाढ २९, शुक्रबार
कोसोभोको संसद वैठकमा सांसदहरुबीच कुटाकुट
कोसोभोको संसदमा सांसदहरुबीच कुटाकुट भएको छ । उत्तरी क्षेत्रका सर्वियन आदिवासीको मुद्दामा संसद बैठकमा भईरहेको छलफलका क्रममा प्रधानमन्त्री एल्विन कुर्तीले बोलिरहेको बेला विपक्षी सांसदले पानी छ्यापेपछि कुटाकुट भएको हो । यसैक्रममा संसद बैठक दुई घन्टाका...
-
२०८० आषाढ २९, शुक्रबार
फिल्म उद्योग हलिउड आन्दोलनमा
अमेरिकी फिल्म उद्योग हलिउड आन्दोलनमा उत्रिएको छ । फिल्म तथा टेलिभिजन कलाकारहरु र रङ्गमञ्च सम्वद्ध महासंघ स्क्रीन एक्टर्सस गिल्ड अमेरिकन फेडरेसन अफ टेलिभिजन एण्ड रेडियो आर्टिस्टले स्ट्रिमिङ कम्पनीहरु विरुद्ध आन्दोलन घोषणा गरेका हुन् । उचित पारिश्रमिक...
-
२०८० आषाढ २९, शुक्रबार
भारतले आज चन्द्रमातर्फ रकेट प्रक्षेपण गर्ने
भारतले शुक्रबार विशाल रकेट चन्द्रमातिर प्रक्षेपण गर्ने तयारी गरेको छ । ल्यान्डर, रोभर र अर्विटर सहितको चन्द्रयान–३ स्थानीय समय अनुसार शुक्रबार प्रक्षेपण गर्ने सम्पूर्ण तयारी पूरा भएको भारतीय अन्तरीक्ष संस्था इसरोले जनाएको हो । आन्द्र प्रदेशको...
-
२०८० आषाढ २७, बुधबार
नेटोका कारण तेस्रो विश्वयुद्ध नजिकिएको रुसको दाबी
नेटोका कारण तेस्रो विश्वयुद्ध नजिकिएको रुसले दाबी गरेको छ । लिथुआनीयामा नेटो शिखर सम्मेलन चलिरहेको बेला रुसको सुरक्षा परिषदका उपसचिव दिमित्री मेदभेदेवले नेटोले युक्रेनलाई सहयोग गर्दा तेस्रो विश्वयुद्धलाई नजिक ल्याइरहेको बताएका हुन् । रुसका पूर्व...
-
२०८० आषाढ २५, सोमबार
भारतमा अवैध सुनसहित तीन जना पक्राउ
भारतको सुरत विमानस्थलबाट अवैध ४८ किलो सुनसहित तीन जना पक्राउ परेका छन् । राजस्व गुप्तचर निर्देशनालयले २५ करोड भारु बराबरको ४८ दशमलव २ किलो सुनसहित तीन जनालाई पक्राउ गरेको हो । युएईको शारजहाँबाट एअर इण्डियाको उडानबाट आएका तीन जना यात्रुहरुलाई...





