arin enterprises

अन्तर्राष्ट्रिय

  • २०८० आश्विन २५, बिहिबार

    इजरायलमा राष्ट्रिय आपातकालिन सरकार स्थापनाको घोषणा

    इजरायलमा राष्ट्रिय आपातकालिन सरकार स्थापनाको घोषणा भएको छ । इजरायली प्रधानमन्त्री बेंन्जामिन नेतान्याहूले पूर्व आईडीएफ स्टाफको नेतृत्वमा विपक्षी ब्लू एण्ड व्हाइट पार्टीको समन्वयमा राष्ट्रिय आपातकालिन सरकार स्थापनाको घोषणा गरेका हुन् । रक्षा मंत्री...

  • २०८० आश्विन २४, बुधबार

    हमासको आक्रमणबाट इजरायलमा मृत्यु हुनेको संख्या १२ सय पुग्यो

    इजराइल–हमास द्वन्द्वमा एक हजार दुई सयभन्दा बढी इजराइलीहरूको मृत्यु भएको इजराइलको प्रतिरक्षा फौज (आईडीएफ)का प्रवक्ताले बुधबार बताएका छन् । उता इजराइलले गाजापट्टीमा रातभर गरेको हवाई हमलामा कम्तीमा ३० जनाको मृत्यु भएको र सयौँ घाइते भएको हमास सरकारका एक...

  • २०८० आश्विन २४, बुधबार

    अफगानिस्तामा ६.३ रेक्टरको दोस्रो ठूलो भूकम्प

    अफगानिस्तानको हेरात प्रान्तमा आज विहान फेरि दोस्रो ठूलो भूकम्प गएको छ । बुधबार स्थानीय समय अनुसार ५ः१० मा ६.३ रेक्टर स्केलको भूकम्प गएको छ । हेरात सहरबाट २८ किलोमिटर उत्तरमा गएको भूकम्पमा परी कम्तिमा १ सय भन्दा बढी घाइते भएका छन् भने ७०० घर भत्केका...

  • २०८० आश्विन २४, बुधबार

    इजरायली आक्रमणमा हमासका दुई पोलिटब्युरो सदस्यको मृत्यु

    इजरायली हवाई आक्रमणमा परी प्यालेस्टाइनी इस्लामिक रेजिस्टेन्स मुभमेन्ट (हमास) का दुई जना पोलिटब्युरो सदस्यको मृत्यु भएको छ । जकारिया अबु मुअम्मर र जवाद अबु शमाला प्यालेस्टाइनको दक्षिणी गाजा पट्टीमा आक्रमणमा युनिसमा गरिएको हवाई आक्रमणमा परि मृत्यु...

  • २०८० आश्विन २१, आइतबार

    संयुक्त राष्ट्रसंघमा आपतकालीन बैठक आह्वान

    संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको आपतकालीन बैठक आह्वान गरिएको छ । प्यालेस्टेनी लडाकू समुह हमासले इजरायलमाथि गरेको विषयमा छलफल गर्न आपतकालीन बैठक आह्वान गरिएको हो । संयुक्त राष्ट्रसंघका महासंघका महासचिव एन्टिनो गुटरेसले घटनाको निन्दा गर्दै दुइ...

  • २०८० आश्विन २१, आइतबार

    इजरायल र प्यालेस्टाइनबीच भीषण आक्रमण

    इजरायल र प्यालेस्टाइनबीच भीषण युद्ध सुरु भएको छ । प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलविरुद्ध भीषण आक्रमण गरेको छ । इजरायलले पनि शनिबार हमासले आफू विरुद्ध गरेको भीषण आक्रमणको बदलामा कारबाही अघि बढाइरहेको भन्दै हमासका जनतालाई घर छाड्न चेतावनी...

  • २०८० आश्विन १८, बिहिबार

    सिक्किमा अचानक आएको बाढीमा परी १४ को मृत्यु

    उत्तरपूर्वी भारतीय राज्य सिक्किममा बिहीबार बिहान आएको बाढीमा परेर ज्यान गुमाउनेको संख्या १४ पुगेको बताइएको छ । अचानक आएको बाढीमा परेर २२ जना सैनिकसहित कम्तीमा १०५ जना हराइरहेको अधिकारीहरूले बताएका छन् भने राज्यका विभिन्न भागमा तीन हजारभन्दा बढी...

  • २०८० आश्विन १८, बिहिबार

    जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

    जापानमा ६ दशमलव ६ म्याग्नेच्यूडको शक्तिशाली भूकम्प गएको छ । भुकम्प निकै शक्तिशाली रहेको भन्दै जापानी मौसम विज्ञान एजेन्सीले सुनामीको चेतावनी जारी गरेको छ । मौसम एजेन्सीले जापानको इजु टापुमा १ मिटरसम्मको अग्लो र पूर्व प्रान्तदेखि पश्चिममा कागोशिमा...

  • २०८० आश्विन १५, सोमबार

    माल्दिभ्सको राष्ट्रपतिमा मुइज्जु निर्वाचित

    माल्दिभ्सको राष्ट्रपतिमा मोहम्मद मुइज्जु निर्वाचित भएका छन् । बहालवाला राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहलाई हराउँदै मुइज्जु निर्वाचित भएका हुन् । शनिबार भएको निर्वाचनमा माल्दिभ्सको प्रोग्रेसिभ पार्टी अफ माल्दिभ्स (पीपीएम) का उम्मेदवार ४५ वर्षीय...

  • २०८० आश्विन १५, सोमबार

    ३१७ दिनपछि पृथ्वी फर्के नासाका अन्तरिक्षयात्री रुबियो

    नासाका अन्तरिक्षयात्री डा. फ्राङ्क रुबियोले ३१७ दिनपछि पृथ्वीमा फर्केका छन् । यससँगै उनी अन्तरिक्षमा सबैभन्दा बढी समय बिताउने पहिलो अमेरिकी अन्तरिक्ष यात्री बनेका हुन् । रुबियो अन्य दुई रुसी अन्तरिक्ष यात्री सर्गेई प्रोकोपेव र दिमित्री पेटेलिनगै...

  • २०८० आश्विन १४, आइतबार

    स्पेनको नाइटक्लबमा आगालागी हुँदा १३ को मृत्यु

    स्पेनको दक्षिणपूर्वी शहर मर्सियाको एक नाइट क्लबमा आगलागी हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ । स्थानीय समय अनुसार साँझ ६ बजे अटालायस क्षेत्रको फोंडा मिलाग्रोस नाइटक्लबमा आगलागी भएको थियो। बीबीसीले साझा गरिएको भिडियोमा भवनको माथिबाट आगो निस्किरहेको...

  • २०८० आश्विन १०, बुधबार

    विवाह समारोहमा आगलागी हुँदा सय बढीको मृत्यु

    इराकको क्रिश्चियन बाहुल्य रहेको सहर काराकोशको एक विवाह समारोहमा भाग लिन जाँदा अहिलेसम्म १ सय भन्दा बढीको मृत्यु भएको छ । इराकको सरकारी सञ्चारमाध्यमका अनुसार इराकको निनभ शहरस्थित एक विवाह समारोहमा आगलागी भएपछि उक्त घटना घटेको हो । घटनामा थुप्रै घाइते...

  • २०८० आश्विन ९, मंगलबार

    काराबाखमा इन्धन डिपो विस्फोट हुँदा २० को मृत्यु

    नागोर्नो काराबाखमा इन्धन डिपो विस्फोट हुँदा २० जनाको मृत्यु भएको छ । सोमबार  अजरबैजानको सैनिक कारबाहीबाट जोगिन हजारौं आर्मेनियालीहरु उक्त क्षेत्रबाट भाग्ने क्रममा यस्तो घटना भएको हो । विस्फोटका कारण झण्डै ३ सय मानिस घाइते भएको अन्तर्राष्ट्रिय संचार...

  • २०८० आश्विन ४, बिहिबार

    भारतमा महिला आरक्षण विधेयक लाकेसभाबाट पारित

    भारतीय संसदमा २७ वर्ष अगाडि प्रवेश पाएको महिला आरक्षण विधेयक बल्ल पारित भएको हो । मंगलबार बसेको संसदको लोकसभाबाट पहिलो पटक महिलाका लागि ३३ प्रतिशत राजनीतिक आरक्षण प्रदान गर्ने विधेयक पारित गरेको हो । लाकेसभाबाट उक्त विधेयक अत्यधिक बहुमतले पास भएको छ...

  • २०८० आश्विन ३, बुधबार

    भारतले पनि एक क्यानडाली कूटनीतिज्ञलाई देशबाट निकाल्यो

    भारतले पनि उही शैलीमा क्यानडाका कूटनीतिज्ञलाई पाँच दिनभित्रमा भारत छाड्न आदेश दिएको छ । क्यानडाले पृथकतावादी खालिस्तान नेता हरदीपसिंह निज्जरको हत्यामा संलग्न रहेको आरोपमा एकजना भारतीय कूटनीतिज्ञलाई निष्कासन गरेपछि भारतले पनि उही शैलीमा क्यानडाका...

  • २०८० आश्विन २, मंगलबार

    भारतका एक कूटनीतिज्ञलाई क्यानडाद्वारा देश निकाला

    क्यानडाले भारतका एक कूटनीतिज्ञलाई देश निकाला गरेको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन त्रुडोले शिख नेता हरदीप सिंह निज्जरको हत्यामा भारत सरकारको हात रहेको आरोप लगाउँदै ती कुटनीतिज्ञलाई देश निकाला गरिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका हुन् ।...

Pages