अपराध
-
२०७७ कार्तिक २३, आइतबार
नगद तथा सुनका गहना चोरी
भक्तपुर सूर्यविनायकबाट रामचन्द्र श्रेष्ठको घरबाट गरगहना र नगदसहित ३ लाख बढिको धनमाल चोरी भएको छ । सुर्यविनायक नगरपालिका आदर्श चोक नजिक बस्ने श्रेष्ठको घरबाट नगद ६५ हजार नगदसहित सुन तथा चाँदीका विभिन्न गरगहना चोरी भएको हो । गरहना र नगद गरी करिब ३ लाख...
-
२०७७ कार्तिक २३, आइतबार
अवैध रुपमा ल्याउँदै गरेको पटाका बरामद
अवैध रुपमा ल्याउँदै गरेको पटाका बरामद नेपालको दोश्रो ठुलो पर्व तिहार नजिकिँदै गर्दा प्रहरीले दिनहुँ जसो अवैध रुपमा ल्याइएका पटाकाहरु बरामद गरिरहेको छ । यसै क्रममा नवलपरासी (पश्चिम) सरावल गाउँपालिका–७ गणेशपुरबाट करिब १ लाख ४ हजार एक सय ६० रुपैयाँ...
-
२०७७ कार्तिक १४, शुक्रबार
छुरा प्रहारबाट एकजनाको मृत्यु
काठमाडौंको धापासी बस्ने गोरखा घर भएका २४ वर्षीय आशिष मगरको छुरा प्रहारबाट आज बिहान मृत्यु भएको छ । धापासी हाइटस्थित देवी मन्दिरको प्राङ्गणमा अपरिचित मानिसहरुले एक्कासी छुरा प्रहार गर्दा मगर गम्भीर घाइते भएका थिए । उपचारको लागी चिरायु अस्पताल लगिएका...
-
२०७७ कार्तिक १४, शुक्रबार
कुटपिट गरी हत्या गरेको अभियोगमा तीन जना पक्राउ
कैलालीको लम्कीचुहाबाट एक व्यक्तिलाई कुटपिट गरी हत्या गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । लम्कीचुहा वडा नम्बर ३ बस्ने २२ वर्षीय भरत तिमिल्सेनालाई कुटपिट गरी हत्या गरेको अभियोगमा ३ जनालाई प्रहरीले आज पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा जानकी...
-
२०७७ कार्तिक १४, शुक्रबार
बाराबाट अवैध लागूऔषधसहित एक जना पक्राउ
बाराको पचरौताबाट अवैध लागू औषध चरेश र गाँजासहित एक युवक आज पक्राउ परेका छन् । पचरौताको रामनगर बस्ने २० वर्षीय बिनोद यादवलाई प्रहरीले बेल्दारीबाट गाँजा र चरेशसहित पक्राउ गरेको हो । यावदको साथबाट करिब २ केजी लागूऔषध गाँजा र करिब २ केजी लागूऔषध चरेस...
-
२०७७ कार्तिक १४, शुक्रबार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
बर्दियामा एक महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुषलाई पक्राउ गरीएको छ । २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बस्ने ३२ वर्षीय गौना थारुलाई प्रहरीले पक्राउ गरेको हो । अनुसन्धानको क्रममा गौनाले ती महिलालाई...
-
२०७७ कार्तिक १३, बिहिबार
विभिन्न पटाका बरामद
झापाको कचनकवल गाउँपालिका वडा नम्बर ४ केचनास्थित खुट्टामुनि झिल पोखरीको डिलबाट करिब १ लाख रुपैयाँ बराबरको पटाका आज बिहान प्रहरीले बरामद गरेको छ । केही व्यक्तिहरुले भारतबाट नेपालतर्फ अवैध रुपमा विभिन्न प्रकारका पटाकाहरु ल्याउँदै गरेका थिए । तिनीहरुले...
-
२०७७ कार्तिक १३, बिहिबार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
एक महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरीबाट एक जना पुरुष पक्राउ परेका छन् । ३४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरी रामधुनी नगरपालिका वडा नम्बर १ बस्ने ३० वर्षीय हरेराम चौधरीलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी...
-
२०७७ कार्तिक १३, बिहिबार
अवैध लागूऔषध चरेससहित एकजना पक्राउ
धादिङको गजुरीबाट करिब २ केजि ८ सय ग्राम अवैध लागूऔषध चरेश सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले गजुरी गाउँपालिका वडा नम्बर ६ आदमघाटस्थित सडकबाट सोही गाउँपालिका–७ तल्लो पेटारे बस्ने २५ वर्षीय सोमलाल तामाङलाई बुधबार साँझ पक्राउ गरेको हो ।...
-
२०७७ कार्तिक १२, बुधबार
विभिन्न पटाका सहित पक्राउ
नेपालीहरुको दोश्रो महान चाड तिहार नजिकिएसँगै लुकाई छिपाई पटाका राजधानी भित्र्याउने क्रम पनि बढेको छ भने प्रहरीले निगरानी पनि बढाएको छ । चन्द्रागिरि नगरपालिका २ नागढुङ्गाबाट ठुलो परिमाणको खुर्सानी पटाकासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । करिब १३...
-
२०७७ कार्तिक १२, बुधबार
विभिन्न हातहतियारसहित दुई जना पक्राउ
मोरङको मिक्लाजुङ गाउँपालिका रमितेबाट विभिन्न हातहतियार सहित दुई जना पक्राउ परेका छन् । प्रहरीले सोही ठाउँ बस्ने प्रतिक भन्ने काशीनाथ घिमिरे र सनम भन्ने बिज्ञान राईलाई आज बिहान हातहतियारसहित प्रहरीले पक्राउ गरेको हो । उनीहरुबाट १ थान एकनाले भरुवा...
-
२०७७ कार्तिक १२, बुधबार
जबरजस्ती करणी उद्योग गरेको अभियोगमा पक्राउ
बर्दियामा २१ वर्षिया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा इक पुरुष पक्राउ परेका छन् । कैलालीको मधुवन नगरपालिका ४ बसन्तागाँउ बस्ने २१ वर्षीय प्रेमलाल थारुलाई प्रहरीले पक्राउ गरेको हो । अनुसन्धानको क्रममा आफ्नै घरमा बसीरहेको अवस्थामा महिलालाई घर...
-
२०७७ कार्तिक ११, मंगलबार
लागूऔषध सहित पक्राउ
नागढुङ्गाबाट विभिन्न लागूऔषधसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । डाइजेपाम ४ सय ९६ एम्पुल, फेनारगन ४ सय ८६ एम्पुल र नुर्फिन ४ सय १४ एम्पुल सहित २४ वर्षीय आदित्य कुशवाहलाई आज बिहान प्रहरीले पक्राउ गरेको छ । कलैयाबाट काठमाडौं आउँदै गरेको बा.६ ख...
-
२०७७ कार्तिक ११, मंगलबार
ढुङ्गा हानी हत्या गरेको अभियोगमा दुई जना पक्राउ
भक्तपुरस्थित एक मेटल कारखानामा काम गर्ने एक पुरुषको हत्या अभियोगमा दुई जना पक्राउ परेका छन् । दुवाल मेटल कारखानामा पित्तलको भाडा बनाउने काम गर्ने भारतका ३५ वर्षीय शाहिव हुसैनको हत्या गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको हो । भारत उत्तर...
-
२०७७ कार्तिक ९, आइतबार
आमाको हत्या अभियोगमा छोरा पक्राउ
कञ्चनपुरमा आफ्नै ६० वर्षीया आमालाई कुटपिट गरी हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । आमा पार्वती बादीको कुटपिट गरी हत्या गरेको अभियोगमा कन्चनपुर पुनर्वासको सुकुमबासी टोल बस्ने ३० वर्षीय पप्पु बादीलाई प्रहरीले पक्राउ गरेको हो । घरायसी...
-
२०७७ कार्तिक ८, शनिबार
बाबुको हत्या गरेको अभियोगमा छोरा पक्राउ
दाङको बंगलाचुलीमा कुटपिट गरी बाबुको हत्या गरेको अभियोगमा एकजना पक्राउ परेको छ । बंगलाचुलीको पाखापानी बस्ने २२ वर्षीय वीर बहादुर बिकलाई आफ्नै बाबुलाई कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय कमिरेचौरबाट खटिएको...




