अपराध
-
२०७७ पौष १३, सोमबार
भक्तपुरमा मठबाट भद्रकालीको मुकुट चोरी
भक्तपुरको गाःहिटीस्थित जंगम मठबाट भद्रकालीको मुकुट लगायत विभिन्न सामानहरु चोरी भएको छ । आइतवार राती मठबाट भद्रकाली मुकुटसँगै चाँदीको माला लगायत बिभिन्न सामानहरू चोरी भएको हो । मुकुट, माला लगायत करिब १ लाख ८६ हजार रुपैयाँ मूल्य बराबरको धनमाल चोरी...
-
२०७७ पौष १३, सोमबार
काठमाडौंमा साँझमै चोरी
काठमाडौंको कालोपुलमा साँझको समयमै लाखौंको सुनका गहनाहरु चोरी भको छ । कालोपुल लामो गल्ली डेरा गरी बस्ने धादिङ धुनिबेसी नपा–२का ३० वर्षीय श्रीकृष्ण सापकोटाको कोठाबाट लाखौंको सुनको गहना चोरी भएको हो । कोठामा कोही नभएको अवस्थामा करिब ७ लाख २० हजार...
-
२०७७ पौष १३, सोमबार
धनगढीमा प्रहरी हत्याका मुख्य योजनाकार समातिए
धनगढीको जुगेडास्थित अस्थाई प्रहरी पोष्टमा कार्यरत दुई प्रहरीको हत्या गरी फरार अभियुक्त पक्राउ परेका छन् । प्रहरी सहायक निरीक्षक गोबिन्द बिक र प्रहरी जवान राम बहादुर साउदको हत्या गरी फरार रहेका धनगढीकै सुक बहादुर भन्ने ३४ वर्षीय अमर रानालाई प्रहरीले...
-
२०७७ पौष ११, शनिबार
मध्यपुर थिमिमा करीब ७ लाख बराबरको चोरी
मध्यपुर थिमिमा गएराति एक ईलेक्ट्रोनिक पसलबाट करीब साढे ५ लाख बराबरको धनमाल चोरी भएको छ । मध्यपुर थिमि–३ गठ्ठाघरस्थित ४२ वर्षीय रामकाजी कार्कीको ईजि प्राईभेट ईलोक्ट्रोनिक पसलबाट नगदको साथमा ल्यापटप लगायतका सामान चोरी भएको हो । उनको पसलबाट नगद साढे २...
-
२०७७ पौष १०, शुक्रबार
चितुवाको छाला र हड्डी सहित पक्राउ
कैलालीको गोदावरीबाट पाटे चितुवाको छाला र हड्डिसहित ३ जनालाई आज प्रहरीले पक्राउ गरेको छ । गोदावरी नगरपालिका–२ स्थित मिट पोईण्ट होटलको कोठाबाट पाटे चितुवाको १ थान छाला र २ थान हड्डीसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा डोटी जोरायल...
-
२०७७ पौष १०, शुक्रबार
ललितपुरमा थ्रीनटथ्री राईफलको १९ राउण्ड गोली बरामद
ललितपुरको धापाखेलको जङ्गलबाट थ्रीनटथ्री राईफलको गोली बरामद भएको छ । महालक्ष्मी नगरपालिका–२३ स्थित धापाखेल जङ्गलबाट थ्रीनटथ्री राईफलको १९ राउण्ड गोली प्रहरीले बरामद गरेको हो । ललितपुर महानगरपालिका–२७ सुनाकोठी बस्ने दोलखा नगरपालिका–२ घर भएका ५५ बर्षीय...
-
२०७७ पौष ९, बिहिबार
महिला साथीलाई ब्ल्याकमेल गर्ने दुई जना पक्राउ
आफ्नै महिला साथीको अश्लिल फोटोहरु साइटमा अपलोड गरी ब्याकमेल गर्न खोज्ने २ जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले मकवानपुर हेटौंडा उपमपा–४पारिजात पथ बस्ने ३६ वर्षीय अस्लम अन्सारी र गोरखा सुलिकोट गापा–५ बारपाकका हाल ललितपुर गोदावरी नपा–११...
-
२०७७ पौष ९, बिहिबार
झारफुक गर्ने बहानामा जबरजस्ती गर्ने पक्राउ
एक महिलालाई झारफुक गर्ने बहानामा जबरजस्ती गरेको आरोपमा शंखरापुरमा एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । ३ ९ वर्षीया महिलालाई जबरजस्ती गरेको आरोपमा शंखरापुर नपा–६ सलम्बुटार बस्ने सिन्धुपाल्चोक मेलम्ची नपा–२ हैबुङका ४६ वर्षीय भिम बहादुर सुनारलाई...
-
२०७७ पौष ८, बुधबार
आफ्नै श्रीमतिको हत्या गर्ने श्रीमान पक्राउ
कैलालीमा आफ्नै श्रीमतिको हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । श्रीमतीको हत्या गरेको अभियोगमा जोशीपुर गाउँपालिका–७ लुहागड बस्ने ३७ वर्षीय गणेश ओडलाई प्रहरीले पक्राउ गरेको हो । ओडले आफ्नी श्रीमति ३७ वर्षीया लक्ष्मी ओडलाई कुटपिट गरी हत्या...
-
२०७७ पौष ६, सोमबार
काठमाडौका विभिन्न स्थानबाट लागू औषधसहित ४ जना पक्राउ
काठमाडौंको खिचापोखरी र कोटेश्वरबाट गैर कानूनी लागूऔषधसहित ४ जना पक्राउ परेका छन् । काठमाडौंको खिचापोखरीबाट विभिन्न लागू औषधसहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेहरुमा सप्तरी रुपनी गाउँपालिका–२ बस्ने ३७ वर्षीय सन्तोष भन्ने रामनारायण यादव र...
-
२०७७ पौष ३, शुक्रबार
फेक इमेल बनाई ब्ल्याकमेल गर्ने पक्राउ
फेक ईमेलमार्फत आफ्नै परिचित महिला साथीलाई ब्ल्याकमेल गर्ने एक पुरुष काठमाडौंबाट पक्राउ परेका छन् । फेक ईमेलमार्फत आफ्नो महिला साथीलाई ब्ल्याकमेल गरेर ७० लाख रुपैयाँ मागेको आरोपमा ३३ वर्षीय सुमन रेग्मीलाई प्रहरीले पक्राउ गरेको हो । रेग्मीले फेक...
-
२०७७ पौष २, बिहिबार
१४ वर्षदेखि फरार अभियुक्त पक्राउ
लागूऔषध ब्राउन सुगर मुद्दामा १४ वर्षदेखि फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । २०६३ सालदेखि फरार रही प्रहरीको खोजीमा रहेका काठमाडौं महानगरपालिका–१६ बस्ने ६१ वर्षीय कृष्णभक्त श्रेष्ठलाई आज प्रहरीले पक्राउ गरेको हो । केन्द्रीय अनुसन्धान...
-
२०७७ मङ्सिर ३०, मंगलबार
प्रहरीलाई दुर्व्यवहार गरेको अभियोगमा पक्राउ
प्रहरीलाई दुर्व्यवहार गरेको अभियोगमा भक्तपुरको च्यामासिंहबाट दुई जनालाई पक्राउ गरिएको छ । भक्तपुरको च्यामासिंह सूर्यमढीमा ड्यूटीमा खटिएको प्रहरीलाई दुर्व्यवहार गरेको अभियोगमा हिजो राति २ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा भक्तपुर...
-
२०७७ मङ्सिर ३०, मंगलबार
अवैध लागूऔषध अफिम सहित पक्राउ
रुकुम (पश्चिम) मा अवैध लागूऔषध अफिमसहित आज बिहान एक पुरुषलाई पक्राउ गरीएको छ । सानो भेरी गाउँपालिका–३ गरेलाबाट करिब २ केजी ७ सय ग्राम अवैध लागूऔषध अफिमसहित भेरी–६ कोट बस्ने ५३ वर्षीय गोरख कुसारीलाई प्रहरीले पक्राउ गरेको हो । बिशेष सूचनाको आधारमा...
-
२०७७ मङ्सिर २९, सोमबार
करिब ३८ तोला सुनका गहना चोरी गरेको अभियोगमा ५ जना पक्राउ
करीब ३८ तोला सुनका गहना चोरी गरेको अभियोगमा काठमाडौंका विभिन्न स्थानबाट ५ जनालाई पक्राउ गरिएको छ । काभ्रेपलाञ्चोक पाँचखालका गुञ्जमान तामाङको घरबाट करिब ३८ तोला सुनका गरगहनाहरु चोरी गरेकोे अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको हो । गत शनिबार...
-
२०७७ मङ्सिर २९, सोमबार
बालिकालाई बलात्कार गर्ने पुरुष पक्राउ
कञ्चनपुरमा एक बालिकालाई बलात्कार गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । १३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा बेलौरी नगरपालिका–३ खिरिया बस्ने ५५ वर्षीय सन्दिप कार्कीलाई प्रहरीले पक्राउ गरेको हो । कार्कीले गत असोज २ गते ती बालिकालाई...




