अपराध
-
२०७७ मङ्सिर १२, शुक्रबार
काकाको हत्या अभियोगमा भतीज पक्राउ
आफ्नै काकाको हत्या गरेको अभियोगमा महोत्तरीबाट एक पुरुष पक्राउ परेका छन् । महोत्तरीको मनरा शिसवा–१ बस्ने बिनोद मण्डललाई आफ्नै काका ६० वर्षीय खेलाउन मण्डलको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । घरायसी वादविवादको क्रममा बिनोदको कुटपिटबाट...
-
२०७७ मङ्सिर ११, बिहिबार
जिउँदो सालकसहित २ जना पक्राउ
मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीबाट जिउँदो सालकसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको कपुरधारा बस्ने धादिङका २७ वर्षीय ध्रुव बहादुर मगर र काठमाडौं लैनचौर बस्ने धादिङकै ३१ वर्षीय भिम बहादुर मगरलाई जिउँदा सालकसहित प्रहरीले पक्राउ गरेको हो...
-
२०७७ मङ्सिर ११, बिहिबार
जग्गाको विवादमा कुटपिट गरी हत्या
रौतहटमा जग्गाको विषयमा भएको विवादमा हानाहान हुँदा एक जना पुरुषको मृत्यु भएको छ । जग्गाको विषयमा भएको विवाद हानाहानको स्थितीसम्म पुग्दा रौतहत गरुडा–७ भिमडाबर बस्ने ४५ वर्षीय फतिङगा ठाकुरको मृत्यु भएको हो । गरुडा–७ मै बस्ने ५० वर्षीय ध्यानी ठाकुरसहित...
-
२०७७ मङ्सिर ११, बिहिबार
१२ वर्षीया बालिका बलात्कृत
सिन्धुपाल्चोकमा एक १२ वर्षीया बालिका बलात्कृत भएकि छन् । बालिकामाथि बलात्कार अभियोगमा सिन्धुपाल्चोकका एक पुरुषलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । सिन्धुपाल्चोक सिपापोखरे–७ का २४ वर्षीय रबि दङ्गाललाई बलात्कार अभियोगमा पक्राउ गरिएको प्रहरीले बताएको छ...
-
२०७७ मङ्सिर ४, बिहिबार
गोकर्णेश्वरबाट नगद तथा सुनका गहना चोरी
काठमाडौंको गोकर्णेश्वरबाट सुनका गहना र नगदसमेत गरी लाखौंको धनमाल चोरी भएको छ । गोकणेश्वर–८ शिवपुरी बस्ने ३९ वर्षीया खड्क कुमारी मगरको घरबाट नगद र गहना गरी लाखौंको धनमाल चोरी भएको हो । मगरको घरबाट १ लाख ५० हजार रुपैयाँ र सुनका गहना गरी करिब १९ लाख ९५...
-
२०७७ मङ्सिर ४, बिहिबार
अश्लिल भिडियो बनाई व्ल्याकमेलिङ गरेको अभियोगमा पक्राउ
जबरजस्ती करणी गरेको अश्लिल भिडियो बनाई एक महिलालाई ब्याकमेल गरेको अभियोगमा सिराहाबाट एक जना पक्राउ परेका छन् । २२ वर्षीया महिलालाई अश्लिल भिडियो बनाई व्ल्याकमेलिङ गरेको अभियोगमा कल्याणपुर–४ बस्ने २० वर्षीय अजय महरालाई प्रहरीले पक्राउ गरेको हो ।...
-
२०७७ मङ्सिर ४, बिहिबार
जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौंमा एक जना पक्राउ
महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं चन्द्रागिरीबाट एक जना पक्राउ परेका छन् । २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका–१४ नैकाप बस्ने दोलखा भिमेश्वर–१३ का ३८ वर्षीय बीर बहादुर मगरलाई प्रहरीले पक्राउ गरेको हो...
-
२०७७ मङ्सिर ४, बिहिबार
आलोकनगरबाट लागूऔषध सहित एक जना पक्राउ
काठमाडौंको आलोकनगरबाट एक जना पुरुषलाई लागू औषधीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौं महानगरपालिका–३१ आलोकनगर बस्ने काभ्रे पाँचखाल नगरपालिका–५ अनेकोटका २१ वर्षीय बिकाश लामालाई पक्राउ गरेको हो । लामालाई लागूऔषध नाइट्रोभेट ३ सय...
-
२०७७ मङ्सिर ४, बिहिबार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
एक किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा धनुषाबाट एक जना पक्राउ परेको छ । १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा महोत्तरी बर्दिबास नगरपालिका–७ किसाननगर बस्ने २१ वर्षीय राजेश महतोलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो । साथीको घरमा...
-
२०७७ मङ्सिर ४, बिहिबार
रुपन्देहीमा विष्फोटक पदार्थसहित दुई जना पक्राउ
बुटवलमा विष्फोटक पदार्थसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बुटवल उपमहानगरपालिका ७ आम्दा लाईनबाट १ थान सेफ्टीफ्युज र १ थान जिलेटिन सहित २ जनालाई आज बिहान प्रहरीले पक्राउ गरेको हो । प्रहरीले जाजरकोट कुसे गाउँपालिका–२ टालेगाउँका ४१ वर्षीय पूर्ण...
-
२०७७ कार्तिक २९, शनिबार
बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ
१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा धरानबाट एक युवक पक्राउ परेका छन् । प्रहरीले यौन दुर्व्यवहारको अभियोगमा धरान उपमहानगरपालिका–२० बस्ने २० वर्षीय सचिन राईलाई पक्राउ गरेको हो । राईले बिहीबार दिउँसो सोही ठाँउको चुम्कुले जंगलमा दाउरा...
-
२०७७ कार्तिक २९, शनिबार
आफ्नै श्रीमती र छोरीलाई एसिड प्रहार गर्ने पक्राउ
आफ्नै श्रीमती र छोरीलाई एसिड प्रहार गरेको अभियोगमा धनुषाबाट एक पुरुषलाई पक्राउ गरेको छ । जनकपुर उपमहानगरपालिका–२० देवपुरा रुपैठा बस्ने २४ वर्षीय संजिव साहलाई आज बिहान प्रहरीले पक्राउ गरेको हो । साहले जानकीनगरस्थित माइतिघर बस्दै गरेकी २० वर्षीया...
-
२०७७ कार्तिक २८, शुक्रबार
फेसबुकबाट बालिकाहरूलाई अश्लिल सामग्री पठाउने पक्राउ
सामाजिक सञ्जाल फेसबुकमा फेक आईडी बनाई बालिकाहरूलाई अश्लिल सन्देश तथा तस्विर पठाउने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले विद्युतीय (ईलेक्ट्रोनिक) कारोबार ऐन अन्तर्गत सिन्धुपाल्चोक चौतारा सागाँचोकगढी गाउँपालिका–४ बस्ने २० वर्षीय अखिल...
-
२०७७ कार्तिक २३, आइतबार
नगद तथा सुनका गहना चोरी
भक्तपुर सूर्यविनायकबाट रामचन्द्र श्रेष्ठको घरबाट गरगहना र नगदसहित ३ लाख बढिको धनमाल चोरी भएको छ । सुर्यविनायक नगरपालिका आदर्श चोक नजिक बस्ने श्रेष्ठको घरबाट नगद ६५ हजार नगदसहित सुन तथा चाँदीका विभिन्न गरगहना चोरी भएको हो । गरहना र नगद गरी करिब ३ लाख...
-
२०७७ कार्तिक २३, आइतबार
अवैध रुपमा ल्याउँदै गरेको पटाका बरामद
अवैध रुपमा ल्याउँदै गरेको पटाका बरामद नेपालको दोश्रो ठुलो पर्व तिहार नजिकिँदै गर्दा प्रहरीले दिनहुँ जसो अवैध रुपमा ल्याइएका पटाकाहरु बरामद गरिरहेको छ । यसै क्रममा नवलपरासी (पश्चिम) सरावल गाउँपालिका–७ गणेशपुरबाट करिब १ लाख ४ हजार एक सय ६० रुपैयाँ...
-
२०७७ कार्तिक १४, शुक्रबार
छुरा प्रहारबाट एकजनाको मृत्यु
काठमाडौंको धापासी बस्ने गोरखा घर भएका २४ वर्षीय आशिष मगरको छुरा प्रहारबाट आज बिहान मृत्यु भएको छ । धापासी हाइटस्थित देवी मन्दिरको प्राङ्गणमा अपरिचित मानिसहरुले एक्कासी छुरा प्रहार गर्दा मगर गम्भीर घाइते भएका थिए । उपचारको लागी चिरायु अस्पताल लगिएका...




