अपराध
-
२०७७ भाद्र २८, आइतबार
बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सिराहामा एक जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कर्जन्हा नगरपालिका ३ बस्ने ४५ वर्षीय रामचन्द्र सदा पक्राउ परेका हुन् । अनुसन्धानमा रामचन्द्रले ती बालिकालाई...
-
२०७७ भाद्र २८, आइतबार
लुटपाट गरी भाग्दै गरेको अवस्थामा ४ जना पक्राउ
लुटपाट गरी भाग्दै गरेको अवस्थामा स्वयम्भुबाट ४ जना पक्राउ परेका छन् । बसमा नगद लुटेर भाग्दै गरेका काठमाडौं महानगरपालिका १४ कलंकी बस्ने २४ वर्षीय सन्तोष बिष्ट लगायत ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले बाँके कोहलपुर नगरपालिका ११ घर भएका ४२...
-
२०७७ भाद्र २८, आइतबार
आफ्नै ज्वाइँको हत्या गरेको अभियोगमा ससुरा पक्राउ
बाँकेमा आफ्नै ज्वाईँलाई कुटपिट गरी हत्या गरेको अभियोगमा नरेश चमार नामक व्यक्ति पक्राउ परेका छन् । ज्वाईँको हत्या गरेको अभियोगमा नेपालगंज उपमहानगरपालिका २० नटनपुरुवा बस्ने नरेश चमार पक्राउ परेका हुन् । हत्या अभियोगमा चमार सहित पाँच जना पक्राउ परेका...
-
२०७७ भाद्र २६, शुक्रबार
अपहरण गरी फिरौती मागेको अभियोगमा ३ जना पक्राउ
गत बुधवार धुलिखेलको २८ किलोबाट एक युवकलाई अपहरण गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पाँचखाल नगरपालिका १२ देवभूमि घर भएका २३ वर्षीय राज कुमार दनुवारलाई अपहरण गर्दै बन्धक बनाएर फिरौती रकम मागेको अभियोगमा ३ जनालाई धुलिखेल नगरपालिका ४ स्थित अठ्ठाईस...
-
२०७७ भाद्र २६, शुक्रबार
दाजुले भाईलाई खुकुरी हाने
आफ्नै भाईलाई खुकुरीले हानेर घाइते बनाएको अभियोगमा तेह्रथुमका रामबहादुर तामाङ पक्राउ परेका छन् । तेर्हथुमको लालिगुँरास नगरपालिका लसुने बस्ने तामाङले आफ्नै भाई २९ वर्षीय सल बहादुर तामाङलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका थिए । घरमा आएका भाइलाई...
-
२०७७ भाद्र २६, शुक्रबार
धारिलो हतियार प्रहार गरेको अभियोगमा पक्राउ
बैतडी, डिलासैनीका ओकिल रानालाई धारिलो हतियार छुरा प्रहार गरी घाइते बनाएको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले डिलासैनीकै १९ वर्षीय हरिश राना र २४ वर्षीय जनक रानालाई प्रहरीले पक्राउ गरेको हो । ओकिल, जनक र हरिशबीच जग्गाको बिषयमा बादविवाद...
-
२०७७ भाद्र २६, शुक्रबार
कोभिड–१९ सम्बन्धी अफवाह फैलाएको अभियोगमा २ जना पक्राउ
सामाजिक सञ्जाल मार्फत कोभिड–१९ को पिसिआर रिपोर्ट सम्बन्धी अफवाह फैलाएको अभियोगमा कास्कीबाट २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पर्वत मोदी गाउँपालिका ७ घर भई हाल कास्की पोखरा महानगरपालिका ५ बस्ने २९ वर्षीय ईश्वर रिमाल र चितवन भरतपुर...
-
२०७७ भाद्र २३, मंगलबार
प्रतिबन्धित औषधि बरामद
बाराको बिश्रामपुर गाउँपालिका १ खेखरिया टोलबाट करिब १ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको विभिन्न प्रतिबन्धित औषधिहरु सोमबार राति प्रहरीले बरामद गरेको छ । भारतबाट चोरी पैठारी गरी नेपाल ल्याई उक्त प्रतिवन्धित औषधीहरु सोही ठाउँ बस्ने धर्मेन्द्र कुशवाहको...
-
२०७७ भाद्र २३, मंगलबार
एकनाले भरुवा बन्दुक सहित पक्राउ
दार्चुलाबाट लाइसेन्स नभएको एक थान एकनाले भरुवा बन्दुकसहित एक युवक पक्राउ परेका छन् । नौगाड गाउँपालिका ४ अपी नम्पा संरक्षण क्षेत्रभित्र पर्ने जिब्लधाम वनबाट उक्त बन्दुकसहित सोही गाउँपालिका मल्लमट्टे बस्ने ३५ वर्षीय बिक्रम सिंह धामीलाई सोमबार राति...
-
२०७७ भाद्र २३, मंगलबार
प्रहरीलाई हातपात गर्दा विद्युत प्राधीकरणका कर्मचारी पक्राउ
ड्युटीमा खटिएको प्रहरीलाई हातपात र गालीगलौज गरेको अभियोगमा नेपाल विद्युत प्राधिकरण बोदेवर्साइन सप्तरीका सहायक प्रबन्धक अर्जुन कुमार साह पक्राउ परेका छन् । सप्तरीको सुरूङगा नगरपालिका ४ कदमहास्थित सडकमा ड्युटीमा खटिएको प्रहरीले मोटरसाइकललाई जाँच गर्ने...
-
२०७७ भाद्र २२, सोमबार
अपरिचित व्यक्तिको कुटपिटबाट मृत्यु
गुल्मीमा अपरिचित व्यक्तिको कुटपिटबाट २३ वर्षीइ मोती कुवँरको मृत्यु भएको छ । कुटपिटबाट ईस्मा गाउँपालिका १ छीम्ना खोलामा न्यु भुमरी होटल गरी बस्ने सोही गाउँपालिका २ घर्तीघाट घर भएका कुँवरको आइतबार राति मृत्यु भएको हो । अपरिचित ब्यक्तिले कुटपिट तथा...
-
२०७७ भाद्र २२, सोमबार
कोरोना सम्वन्धी अफवाह फैलाएको अभियोगमा लिम्बु पक्राउ
युट्युब च्यानलमार्फत कोरोना भाइरस संक्रमणबारे अफवाह फैलाएको अभियोगमा सुबास सुब्बा लिम्बुलाई प्रहरीले आज पक्राउ गरेको छ । कोरोना भाईरसबारे अफवाह फैलाई सार्वजनिक शान्ति भंग गरेको अभियोगमा प्रहरीले अन्तिम विकल्प प्रा.लि.का संचालक सुबास सुब्बा...
-
२०७७ भाद्र २२, सोमबार
सय किलो गाँजा बरामद
चितवनको राप्ती नगरपालिका ८ स्थित कालिका सामुदायिक वनबाट करिब १ सय किलो अवैध लागूऔषध गाँजा आज प्रहरीले बरामद गरेको छ । सोही वनको टोलीले गस्ती गर्ने क्रममा वनभित्र उक्त परिमाणमा गाँजा फेला पारेको हो । अपरिचित व्यक्तिहरु बोरा बोकी जंगलभित्र फाली...
-
२०७७ भाद्र २२, सोमबार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
सप्तरीमा एक १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक किशोरलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले जबरजस्ती करणी अभियोगमा खडक नगरपालिका ११ बस्ने १८ वर्षीय किशोरलाई पक्राउ गरेको हो । अनुसन्धानमा ती किशोरले शनिबार राति किशोरीलाई जबरजस्ती...
-
२०७७ भाद्र २२, सोमबार
धारिलो हतियारले हानी घाइते बनाएको अभियोगमा पक्राउ
छिमेकीलाई कुटपिट गरेको तथा धारिलो हतियार चक्कु प्रहार गरी घाइते बनाएको अभियोगमा २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा नवलपरासी (पूर्व) को मध्यबिन्दु नगरपालिका ४ लुस्लेरी बस्ने ६२ वर्षीय मोतिराम परियार र उनकै छोरा १९...
-
२०७७ भाद्र २२, सोमबार
बाघको छाला र हड्डी सहित पक्राउ
बझाङको बुङगल नगरपालिका ३ विजगडाबाट २ थान बाघको छाला र करिब ९ किलो हड्डीसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । आज विहान पक्राउ पर्नेहरुमा बुङगल नगरपालिका ६ बड्डीज्याबन बस्ने २७ वर्षीय हरजित बोहरा र सोही ठाउँ बस्ने २३ वर्षीय बिरेन्द्र बोहरा रहेका...




