राष्ट्रिय
-
२०८० माघ १०, बुधबार
सामाजिक सञ्जाल सम्बन्धी गुनासो अनलाइनबाटै दर्ता गर्न सक्ने
अब सामाजिक सञ्जालसम्बन्धी गुनासो अनलाइनबाटै दर्ता गर्ने प्रक्रिया सुरु गरेको छ । नेपाल सरकारले गत मंसिर ११ गते जारी गरेको सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका २०८० आधारमा अनलाइनबाट गुनासो दर्ताको प्रक्रिया सुरु गरेको सञ्चार तथा...
-
२०८० माघ १०, बुधबार
शहिद सप्ताह सुरु
शहिद सप्ताह आजबाट सुरु भएको छ । विभिन्न राजनीतिक आन्दोलनका क्रममा जीवन बलिदान दिनुहुने शहीदहरुको सम्झनामा आजबाट शहीद सप्ताह शुरु भएको छ । माघ १० गते शुक्रराज शास्त्रीले मुलुकमा प्रजातन्त्र स्थापनाका लागि टेकुको पचलीमा आफ्नो जीवन बलिदान दिनुभएको थियो...
-
२०८० माघ ९, मंगलबार
न्युरोडमा पार्किङ निषेध विरुद्ध व्यवसायीहरुको विरोध
काठमाडौं महानगरपालिकाले मंगलबारदेखि न्युरोड क्षेत्रमा पार्किङ निषेध गरेसँगै व्यवसायीहरु विरोधमा उत्रेको छ । उनीहरु पार्किङ नदिएको बिरोधमा सटरै बन्द गरेर बिरोध जनाएका छन् । मंगलवार बिहानदेखि काठमाडौं महानगरपालिकाले न्युरोडको कालोपत्रे सडकमा पार्किङ...
-
२०८० माघ ९, मंगलबार
अब ट्रायलमा आफ्नै सवारी साधन प्रयोेग गर्ने पाइने
राष्ट्रिय सतर्कता केन्द्रले सवारी चालक अनुमति पत्रका लागि ट्रायल दिने सबै आवेदकलाई आफ्नै सवारी साधन प्रयोग गर्न दिन निर्देशन दिएको छ । आइतबार एक पत्र लेख्दै केन्द्रले सातैवटा प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयलाई यस्तो व्यवस्था मिलाउन...
-
२०८० माघ ८, सोमबार
प्रविधिको माध्यमबाट हुने अपराधमा पूर्वतयारी गर्नुपर्नेमा गृहमन्त्री श्रेष्ठको जोड
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले आधुनिक प्रविधिको माध्यमबाट हुन सक्ने अपराधहरूमा पूर्वतयारी गर्नु आजको अपरिहार्य आवश्यकता रहेकोमा जोड दिनुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित कार्यक्रममा बोल्दै प्रविधिको...
-
२०८० माघ ८, सोमबार
रुस–युक्रेन युद्धमा मारिएका नेपालीले क्षतिपूर्ति पाउने
युक्रेनमा मारिएका नेपालीका परिवारले रुसबाट क्षतिपूर्ति पाउने संकेत मिलेको छ । मस्कोस्थित नेपाली राजदुतावास र रुसी अधिकारीहरुबिच लगातार भएको संवादपछि रुस क्षतीपूर्ती दिने विषयमा सहमत भएको बताईएको छ । यद्यपी नेपाल सरकार वा रुसी पक्षले यसबारे आधिकारिक...
-
२०८० माघ ७, आइतबार
एसईई परीक्षा आगामी चैत १५ गतेबाट हुने
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) चैत १५ गतेबाट सुरु हुने जनाएको छ । बोर्डको आइतबार बसेको बैठकले एसइईको परीक्षा चैत १५ देखि २७ गतेसम्म गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताउनुभयो । उहाँका...
-
२०८० माघ ७, आइतबार
पत्रकारलाई अनुदान दिँदै प्रेस काउन्सिल नेपाल
प्रेस काउन्सिल नेपालले पत्रकारलाई ल्यापटप र क्यामरा खरिदमा अनुदान दिने भएको छ । काउन्सिलले आइतबार एक सूचना प्रकाशित गर्दै मिडिया विकास कोषको स्वीकृत नीति एवं बजेट तथा कार्यक्रमअनुसार आर्थिक वर्ष २०८०–०८१ का लागि अनुदान कार्यक्रम तय गरेको हो । सुचना...
-
२०८० माघ ७, आइतबार
शान्ति र स्थिरतामा कम्पाला घोषणा पत्रले जोड दिएको छः प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल तीन दिने युगाण्डा भ्रमण सकेर स्वदेश फर्किनुभएको छ । युगाण्डाको राजधानी कम्पालामा आयोजना भएको असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरुको १९ औं शिखर सम्मेलनमा भाग लिई आईतवार बिहान स्वदेश फर्किनुभएको हो । सम्मेलनमा प्रधानमन्त्री...
-
२०८० माघ २, मंगलबार
इन्टरपोलबाट दुई वटा प्रहरी प्रशिक्षण कार्यक्रम संचालन
इन्टरपोल महासचिवालयबाट प्रहरीको लागि इन्टरपोल परियोजना सोटेरिया अन्तर्गत दुई वटा प्रशिक्षण कार्यक्रम संचालन भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित एक कार्यक्रमका बीच प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले आज उक्त दुई वटा प्रशिक्षणको...
-
२०८० माघ २, मंगलबार
आज २६औं भूकम्प सुरक्षा दिवस
आज २६औं भूकम्प सुरक्षा दिवस ‘स्थानीय स्रोत र प्रविधिको प्रयोग गरौ, भुकम्प थेग्ने संरचना बनाऔं’ भन्ने मूल नाराका साथ भूकम्प सुरक्षा दिवस मनाइरहेका छन् । वि.स. १९९० साल माघ २ गतेका दिन गएको महाभूकम्पको स्मृतिमा २०५५ सालदेखि सरकारले हरेक वर्ष माघ २ गते...
-
२०८० माघ १, सोमबार
मेलम्चीको पानी काठमाडौंवासीलाई पुनः उपलब्ध
सरकारले मेलम्चीको खानेपानी काठमाडौंवासीलाई पुनः उपलब्ध गराउन शुरु गरेको छ । आज सोमवार प्रधानमन्त्री पुष्पकमल दाहालले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय परिसरमा खानेपानीको धारा खोलेर उद्घाटन गर्नुभयो । उपभोक्ताको घरमा पानी...
-
२०८० माघ १, सोमबार
माघे संक्रान्ति मनाईंदै
प्रत्येक वर्ष सौरमास अनुसार माघ महिनाको पहिलो दिन माघे संक्रान्ति पर्व आज देशभर मनाईंदैछ । सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गरी उत्तरायण हुने भएकाले माघ १ गतेलाई मकर संक्रान्ति भनिन्छ । आजको दिन स्नान, जप, तप, ध्यान साधना, दानआदि गरी मनाइँदै छ...
-
२०८० पौष २७, शुक्रबार
नागरिक कर्तव्यलाई केन्द्रविन्दुमा राखेर अगाडि बढ्नु – प्रहरी महानिरीक्षक कुँवर
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले सकारात्मक मनोवृत्तिका साथ नागरिक कर्तव्यलाई केन्द्रविन्दुमा राखेर अगाडि बढ्न सकेसमाज परिवर्तन सहज हुने विचार राखेका छन् । शुक्रवार नक्सालमा आयोजित एक समारोहलाई सम्वोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले यस्तो...
-
२०८० पौष २७, शुक्रबार
मेलम्चीको पानी आउने भयो
मेलम्चीको खानेपानी काठमाडौं पठाउन सुरु गरिएको छ । गत असारमा मेलम्चीको नदीको माथिल्लो क्षेत्रमा आएको लेदोसहितको बाढी, पहिरोका कारण अवरुद्ध बनेको मेलम्ची खानेपानी आयोजनाको पानी अबको चार दिनमा काठमाडौं आउने बताइएको छ । त्यसको लागि सिन्धुपाल्चोक...
-
२०८० पौष २६, बिहिबार
‘विवाह लाइसेन्स’को व्यवस्था गर्न आरजु राणाको माग
सानै उमेरमा हुने विवाह रोक्नको लागि विवाह लाइसेन्स व्यवस्था आवश्यक रहेको नेपाली काँग्रेसकी नेतृ एवं कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति सभापति आरजु राणाले बताउनुभएको छ । बिहीवार ललितपुरमा भएको एक कार्यक्रममा बोल्दै नेतृ राणाले विवाह गर्नको लागि...





