विजनेस
-
२०७८ कार्तिक २६, शुक्रबार
गुठी विधेयकमा समाजको भावना विपरित नजाने मन्त्री श्रेष्ठको प्रतिवद्धता
भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले गुठी विधेयकको सम्वन्धमा सबैको भावना र आस्थालाई सम्वोधन गरेर मात्र अघि बढ्ने बताउनुभएको छ । आज मन्त्रालयमा गुठी विधेयक विरुद्धको आन्दोलनका अगुवा एवम् अभियानकर्मीहरुसँग छलफल गर्दै मन्त्री...
-
२०७८ कार्तिक २५, बिहिबार
भक्तपुरको दशमहाबिद्या पूजा तथा परिक्रमा सम्पन्न
भक्तपुर नगरको दशमहाबिद्याको पूजा तथा परिक्रमा सम्पन्न भएको छ । तन्त्र चर्चा परिवारको आयोजनमा भक्तपुर नगरीको सुरक्षार्थ यन्त्राकारमा तान्त्रिक सुरक्षा घेरामा बसेका दशमहाविद्याको पूजा तथा परिक्रमा बुधकार सम्पन्न भएको हो । तान्त्रिक विधिबाट सम्पन्न...
-
२०७८ कार्तिक २५, बिहिबार
उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
आज विहान उदाउँदो सूर्य देवलाई अर्घ दिँदै यस वर्षको छठ पर्व सम्पन्न भएको छ । देशका विभिन्न छठ घाटबाट हिजो बुधबार अस्ताउँदो सूर्यलाई अर्घ दिएका ब्रतालुले आज विहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि चार दिनसम्म सूर्यको उपासना गर्दै मनाइने छठ पर्व सम्पन्न...
-
२०७८ कार्तिक २४, बुधबार
इन्धनको भाउ फेरी बढ्यो
नेपाल आयल निगमले इन्धनको भाउ फेरी बढाएको छ । आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर ३।३ रुपैयाँ बढाएको छ भने खाना पकाउने ग्याँसको मूल्य एकैपटक ७५ रुपैयाँले बढाएको छ । नयाँ भाउ अनुसार अब पेट्रोल प्रति लिटर १३६ रुपैयाँ पर्नेछ भने डिजेल र...
-
२०७८ कार्तिक २४, बुधबार
अस्ताउँदो सुर्यलाई अर्घ दिएर छठ मनाईँदै
आज कार्तिक शुक्ल षष्ठी, तराइवासीहरुको लागि छठ पर्वको मुख्य दिन हो । तराइसहित देशका विभिन्न भागमा रहेका तराइवासीहरु नदि, तलाउतिर आज साँझ अस्ताउँदो सूर्यको पूजा गरी अर्घ दिएर मनाईँदैछ । आजको दिनमा निराहार व्रत बसी साँझ अस्ताउँदो सूर्यको पूजा आराधना...
-
२०७८ कार्तिक २४, बुधबार
यस वर्षको विज्ञान दिवस जलवायू परिवर्तनमा केन्द्रीत
आज नोभेम्बर महिनाको १० तारीख, आजको दिनमा विश्वभरीमा विभिन्न कार्यक्रमहरु गर्दै शान्ति र विकासका लागि विश्व विज्ञान दिवस मनाईँदैछ । यस वर्ष दिवसलाई जलवायू परिवर्तनको मुद्दामा केन्द्रीत गर्दे ‘जलवायूको लागि तैयार समुदायको निर्माण’ नारा तय गरिएको छ ।...
-
२०७८ कार्तिक २३, मंगलबार
भक्तपुरमा ‘संगीत अर्पण’ कार्यक्रम हुँदै
भक्तपुरमा ‘संगीत अर्पण’ कार्यक्रमको चौथो संस्करण आयोजना हुने भएको छ । ‘आराधना’ नामक संस्थाले आयोजना गर्दै आएको कार्यक्रमको चौथो संस्करण यहि कार्तिक २७ गते शनिबार हुन लागेको हो । शास्त्रीय संगीतसहितको सांगीतिक कार्यक्रम आउँदो शनिबार भक्तपुरको झौरबहि...
-
२०७८ कार्तिक २३, मंगलबार
भारतको भोपालस्थित अस्पतालमा आगलागी
भारत मध्य प्रदेशको राजधानी भोपालको एक अस्पतालमा भएको आगलागीमा चार बालबालिकाको मृत्यु भएको छ । भोपालस्थित कमला नेहरू चिल्ड्रेन्स अस्पतालमा सोमबार राती भएको आगलागीमा चार बालबालिकाको मृत्यु भएको हो । आइसीयू कक्ष रहेको अस्पतालको तेश्रो तल्लाबाट आगलागी...
-
२०७८ कार्तिक २३, मंगलबार
काश्मिरमा चरमपंथीहरूबाट आम नागरिकको हत्या
भारत प्रशासित कश्मीरमा चरमपन्थीहरुले फेरी एक आम नागरिकको हत्या गरेका छन् । काश्मीरको श्रीनगरमा एक पुलिसकर्मीको हत्याको एक दिन पछि सोमबार साँझ फेरी एक आम नागरिकको हत्या गरिएको हो । ४५ वर्षीय मोहम्मद इब्राहिम खानलाई छाती र पेटमा गोली हानी हत्या गरिएको...
-
२०७८ कार्तिक २२, सोमबार
दर्शकहरुको प्रेमकथा अब सिरियलमा
आमदर्शकहरुकै प्रेमकथामा आधारित टेलिसिरियल अब छिट्टै निर्माण हुने भएको छ । युवा निर्देशक समिर जोशीको निर्देशनमा सत्यकथामा आधारित सो टेलिशृंखला ‘मेरो एउटा प्रेमकथा’ निर्माणको तयारी शुरु भएको हो । उक्त टेलिसिरियलमा आमदर्शकले नै पठाउने आफ्नै प्रेमकथामा...
-
२०७८ कार्तिक २२, सोमबार
भारतमा कोरोना संक्रमणकाे अवस्थामा कमी आउँदै
छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमणका अवस्थामा दिनानुदिन कमी आउँदै गरेको छ । गत २४ घण्टामा भारतमा कोरोना भाईरसका ११ हजार ४५१ नयाँ संक्रमित फेला परेका छन् । यसै अवधिमा थप २६६ संक्रमितको मृत्यु भएको पनि भारतीय संचारमाध्यमले जनाएको छ । हाल भारतमा १...
-
२०७८ कार्तिक २२, सोमबार
सल्यानमा सडक दुर्घटनामा १२ जनाको मृत्यु
सल्यानको कपुरकोटमा भएको सडक दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । सल्यान खलंगाबाट दाङ तुलसीपुरतर्फ जाँदै गरेको रा.१ ख २५५२ नम्बरको बस कपुरकोट गाउँपालिका–५ खारखोलास्थित सडकबाट अन्दाजी २ सय मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा ९ जनाको घटनास्थलमै...
-
२०७८ कार्तिक २०, शनिबार
स्वास्थ्य मापदण्ड पालना गर्दै भाईटीका गर्न प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै भाईटीका मनाउन आम नेपालीमा आग्रह गर्नुभएको छ । यमपञ्चकको पाँचौ र नेपालीहरूकाे दाेश्राे महान चाड तिहारकाे अन्तिम दिन आज भाईटीकाको शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाले...
-
२०७८ कार्तिक २०, शनिबार
सोसियल मिडिया फिल्म अवार्डमा आदिबासी फिल्म पनि
‘सोसियल मिडिया फिल्म अवार्ड्स’ को दोस्रो संस्करणमा यसपटक आदिबासी जनजाति भाषाका शर्ट फिल्महरुलाई पनि छुट्टै विधामा पुरस्कृत गरिने भएको छ । अवार्डको दोश्रो संस्करणको घोषणासँगै आयोजक संस्था ड्रिमवर्ल्ड अफ् फिल्ममेकर्स प्रा.लि. ले यस पटक मातृभाषी शर्ट...
-
२०७८ कार्तिक १९, शुक्रबार
१६ वडाव्यापी प्रतियोगीतामा सक्षम र श्रुयति भए प्रथम
ललितपुर महानगरपालिका १६ वडाव्यापि गायन प्रतियोगिताका विजयी प्रतियोगीहरुलाई पुरस्कार प्रदान गरिएको छ । ललितपुर महानगरपालिका १६ वडा कलाकार समितिबाट आयोजित प्रतियोगीताका विजयी प्रतियोगीहरुलाई ललितपुर मंगलबजारमा आयोजित एक कार्यक्रममा पुरस्कार प्रदान...
-
२०७८ कार्तिक १८, बिहिबार
लक्ष्मीको पूजा गरेर लक्ष्मी पूजा मनाईँदै
कार्तिक कृष्ण औंशीको दिन, आज घरघरमा लक्ष्मीको पूजा गरी लक्ष्मी पूजा मनाईदैछ । नेपालीहरुको दोश्रो महान चाड तिहारको आज पहिलो दिन र यमपञ्चकको तेश्रो दिन आज धनधान्यकी देवी लक्ष्मीको पूजा गर्दै पर्व मनाईँदैछ । आज सम्पूर्ण घरमा सरसफाई गरेर लिपपोत गर्दै...





