arin enterprises

विजनेस

  • २०७८ कार्तिक २, मंगलबार

    दशैंको टीकासँगै जेष्ठ नागरिकको सम्मान

    पर्वले बोकेको सामाजिक सद्भावको पक्षलाई पुस्तान्तरण गर्न भन्दै काठमाडौँ महानगरपालिका वडा ३ ले आज सामुहिक टीका र जेष्ठ नागरिक सम्मान कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा महानगर प्रमुख विद्यासुन्दर शाक्यको साथमा पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेल र...

  • २०७८ कार्तिक २, मंगलबार

    विदेशिएका नेपालीको वाध्यताको कथा, ‘म हिँडे घर’

    विदेशीनु कसैको रहर पक्कै पनि नहोला । आफ्नो घर, परिवार, आफ्ना साथीभाईबाट टाढिएर विदेश बस्ने रहर कसलाई पो होला र ? घर सम्झियो, अहिले नै सबै छोडेर घर हिडिँहालौं जस्तो, घरको जिम्मेवारी र परिस्थिती सम्झिएपछि फेरी वाध्यताले घेरिँदै विदेशको काममै फर्किनुको...

  • २०७८ कार्तिक २, मंगलबार

    मुस्लिम समुदाय मोहम्मद जयन्ती मनाउँदै

    आज मुस्लिम धर्मावलम्बीहरु पैगम्बर हजरत मोहम्मद मुस्तफाको १४ सय ९६ औँ जन्मोत्सव हर्षोल्लासका साथ मनाउँदैछन् । मुस्लिम समुदायका धर्मगुरु हजरत मोहम्मदको जन्मदिनमा विभिन्न नाअत शरिफ वाचन गर्ने तथा उनका उपदेश र वाणीको स्मरण गर्ने गरिन्छ । मोहम्मद...

  • २०७८ कार्तिक २, मंगलबार

    आज कोजाग्रत पुर्णिमा, बडादशैंका अन्तिम दिन

    आज कोजाग्रत पूर्णिमा, यस वर्षको बडादशैंको अन्तिम दिन । दशमीको दिनमा टिका लगाउन नभ्याएका ठाउँमा टिका लगाउन जाने र जमरासहित बडादशैंको आशीर्वाद थाप्ने आज आज अन्तिम दिन हो । आश्विन शुक्ल प्रतिपदाको दिन दशैं घर वा आगम घरमा लगाइएको जमरा र कलश दशमीको दिनमा...

  • २०७८ आश्विन ३१, आइतबार

    गरिबी निवारण दिवस मनाईँदै

    आज अक्टोबर महनिाको १७ तारीख, विश्वभरी विभिन्न कार्यक्रम गरी विभिन्न प्रकारले अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाईँदैछ । चरम गरिबीविरुद्ध एकजुट भएर लड्न तथा गरिबीसम्बन्धी जानकारी विश्वभर आदानप्रदान गर्ने उद्देश्यले यो दिवस मनाउने गरिन्छ । सन् १९९३...

  • २०७८ आश्विन ३१, आइतबार

    आज पनि टिका थापिँदै

    आज आश्विन शुक्ल द्वादशीको दिन, बडादशैंको बार्‍हौं र टिकाको तेश्रो दिन । आज पनि मान्यवर र ठुलाबडाको हातबाट दशैंको टिका र जमरा थाप्ने काम जारी छ । विजया दशमीको दिनमा विसर्जन पूजा गर्दै शुरु हुने टिका आउँदो कोजाग्रत पुर्णिमाको दिनसम्म जारी रहन्छ ।...

  • २०७८ आश्विन ३०, शनिबार

    असनमा आज टिका ‘असं चालं’

    नेवाः समुदायमा सबैको हिजो टिका अथवा चालं मनाइसकेको अवस्थामा असनका उदाय समुदायमा भने आज टिका थापिँदैछ । दशैं वा मोहनि मनाउने अन्य सबै समुदायमा आश्विन शुक्ल प्रतिपदाको दिन लगाइएको जमरा दशमीको दिनमा निकालेर टिका थाप्ने गरिन्छ भने असनका उदाय समुदायको...

  • २०७८ आश्विन ३०, शनिबार

    टिकाको दोश्रो दिन, आज पनि मान्यवरबाट टिका थापिँदै

    आज बडादशैंको टिकाको दोश्रो दिन, आश्विन शुक्ल एकादशी । आज पनि मान्यवर तथा आफन्तजनबाट टिका थापिँदैछ । हिजो विजया दशमीको दिनमा घरका ठुलाबडाको हातबाट टिका र आशिर्वाद थापिसकेर आज टाढा रहेका नातागोताकोमा गई मान्यवरबाट टिका थाप्ने गरिन्छ । आज पनि विहानैबाट...

  • २०७८ आश्विन २८, बिहिबार

    तलेजु मन्दिर आज सर्वसाधारणका लागि खुला

    आज तलेजु मन्दिर सर्वसाधारणको लागि खुला काठमाडौंको हनुमानढोकास्थित तलेजु भवानीको मन्दिरमा दर्शन र पूजा गर्नेको ठुलै घुइँचो लागेको छ । वर्षको एक पटक मात्र खुल्ने मन्दिरमा दर्शन र पूजाको लागि आज विहानैदेखि हजाराैंकाे संख्यामा दर्शनार्थीको भीडै लागेकाे...

  • २०७८ आश्विन २८, बिहिबार

    बडादशैंको नवौं दिन, महानवमी मनाईँदै

    आज आश्विन शुक्ल नवमी, बडा दशैंको नवौं दिन महानवमी । आज पनि देशैभरिका विभिन्न शक्तिपीठहरुमा दर्शन र पूजा गर्नेको ठुलै घुइँचो लागेको छ । झिसमिसे विहानै शक्तिपीठहरुमा लामै लाइन देखिसकेको थियो । आजै शक्तिपीठहरुमा बलि पनि दिने गरिन्छ । शक्तिपीठहरुमा खसी...

  • २०७८ आश्विन २६, मंगलबार

    दशैंको सातौं दिन, पर्वको रौनक शुरु

    नेपाली हिन्दुहरुको महान चाड बडा दशैंको क्रममा आज सप्तमी तिथि । आश्विन शुक्ल प्रतिपदाको दिनमा दशैं घर, पूजा कोठा अथवा आगम भित्र कलश स्थापना गरेर जमरा राखी शुरु भएको बडा दशैं रौनक आजबाट छाएको छ । आजबाट दशैंको सरकारी विदा पनि शुरु हुने भएकोले सबैमा...

  • २०७८ आश्विन २५, सोमबार

    काठमाडौँ महानगरपालिकाको केन्द्रीय भवनको शिलान्यास

    काठमाडौँ महानगरपालिकाको केन्द्रीय भवनको शिलान्यास भएको छ । महानगरका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले हाल वातावरण विभाग रहेको टेकुमा महानगरपालिकाको केन्द्रीय भवनको शिलान्यास गर्नुभएको हो । शिलान्यासपछि बोल्दै प्रमुख...

  • २०७८ आश्विन २५, सोमबार

    बडादशैंको पाँचौं दिन, स्कन्दमाताको पूजा गरिँदै

    नेपाली हिन्दु धर्मावलम्बीहरुको महान चाड वडा दशैंको आज पाँचौ दिन । आज पनि एका विहानैदेखि विभिन्न शक्तिपीठहरुमा पूजा र दर्शन गर्नेहरुको ठुलै भीड लागेको थियो । विशेष गरी शक्तिको उपासना गर्दै मनाइने बडादशैंको अवसरमा काठमाडौंमा भद्रकाली, इन्द्रायणी, शोभा...

  • २०७८ आश्विन २४, आइतबार

    मध्यपुर थिमि सहकारीमा कृष्ण काजी मानन्धरको नेतृत्व

    मध्यपुर थिमि बचत तथा ऋण सहकारी संस्थामा कृष्ण काजी मानन्धर नेतृत्वको ७ सदस्यीय नयाँ सञ्चालक समिति छनोट गरिएको छ । शनिबार सम्पन्न संस्थाको १४ औं वार्षिक साधारणसभामार्फत उपाध्यक्ष सञ्जयकुमार श्रेष्ठ, सचिव अनिल श्रेष्ठ, कोषाध्यक्ष प्रेमसुन्दर श्रेष्ठ...

  • २०७८ आश्विन २४, आइतबार

    ललितपुरमा कुमारी पूजा सम्पन्न

    लतिलपुरको दरवार क्षेत्रमा राजोपाध्याय समाजले कुमारी पूजा कार्यक्रम सम्पन्न गरेको छ । नेपाली हिन्हुहरुको महान चाड बडादशैंको अवसर पारेर समाजको ललितपुर जिल्ला समितिले मंगलबजारमा कुमारी पूजाको आयोजना गरेको हो । गणेश र भैरवसमेत गरी ३० कन्या कुमारीलाई...

  • २०७८ आश्विन २३, शनिबार

    नेवाः जातीय महासंघ गठन

    नेवाः जातिय महासंघको तदर्थ कार्य समिति गठन गरिएको छ । नेवाः समुदायका विभिन्न १८ वटा जातीय संगठनको भेलाबाट आज महासंघको ९ सदस्यीय तदर्थ समिति गठन गरिएको हो । भेलाले खड्गी सेवा समितिका संरक्षक मनोज नेवाःलाई समितिको अध्यक्ष चयन गरेको छ । त्यस्तै स्यस्यः...

Pages