विजनेस
-
२०७८ पौष २६, सोमबार
पूर्व प्रतिवद्धता अनुसार अघि बढ्ने नवनिर्वाचित अध्यक्ष महर्जनको भनाई
ज्यापु महागुथि नेपाः काठमाडौं महानगर समितिका नवनिर्वाचित अध्यक्ष पंचनारायण महर्जनले अब संगठनलाई आफ्नो पूर्व प्रतिवद्धता अनुसार अगाडी नै बढाउने बताउनुभएको छ । समाचारडेस्कसँग कुरा गर्दै नवनिर्वाचित अध्यक्ष पंचनारायणले आफुले अधिवेशन अघि गरेको...
-
२०७८ पौष २६, सोमबार
ज्यापु महागुथि काठमाडौं महानगरमा पंचनारायणको नेतृत्व
ज्यापु महागुथि नेपाः काठमाडौं महानगर समितिको अध्यक्ष पदमा काठमाडौं गोफल टोलका पंचनारायण महर्जन निर्वाचित भएका छन् । आइतबाः बेलुकी सम्पन्न निर्वाचनमा महर्जन ३६० मतसहित अध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नरदेवी टोलका न्हुछेँकाजी...
-
२०७८ पौष २५, आइतबार
भैंसीलाई पानी तताउन आगो बाल्दा आगलागी
पाल्पामा भैंसीको लागि पानी पानी तताउन बालेको आगो फैलिएर आगलागी हुँदा लाखौंको धनमाल नष्ट भएको छ । पाल्पाको रिब्दिकोट गाउँपालिका–७ डबका बस्ने ४३ वर्षीय कृष्ण रेश्मीको गोठमा आज विहान भैंसीलाई पानी तताउन बालेको आगो फैलिएको हो । आगलागीमा करिब ३ तोला...
-
२०७८ पौष २५, आइतबार
तीन भाषामा ‘गारुड महापुराण’ सार्वजनिक
संस्कृत, नेपाली र नेपालभाषामा ‘गारुड महापुराण’ शनिबार ललितपुरको अग्निशालामा सार्वजनिक गरिएको छ । भक्तपुरमा पाइएको ने.स. ८०० तिरको एक हस्तलिखित थ्यासफूका आधारमा विद्वान् मृगेन्द्रराज सुवेदीले उक्त ग्रन्थ लिप्यान्तर, सम्पादन र अनुवाद गरेका हुन् ।...
-
२०७८ पौष २५, आइतबार
तनहुँमा सडक दुर्घटनामा एक पुरुषको मृत्यु
तनहुँमा आज विहान भएको एक सडक दुर्घटनामा एक पुरुषको मृत्यु भएको छ । तनहुँको ब्यास नगरपालिका–१ तालघरेस्थित सडकमा ग.३ च ३७७८ नम्बरको गाडी अनियन्त्रित भई सडकमा पल्टिएर दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका गाडी चालकलाई उपचारको लागि जिल्ला...
-
२०७८ पौष २५, आइतबार
टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
काठमाडौंको कलंकीमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ । शनिबार राति भएको सो दुर्घटनामा मोटरसाइकलमा सवार ललितपुर बस्ने बझाङ फलरा घर भएका २४ वर्षीय बसन्त विष्टको मृत्यु भएको हो । बा.४ ख ६८४३ नम्बरको टिपरले बा.२ ब...
-
२०७८ पौष २५, आइतबार
महेश्वर जुजु तन्त्र साधना रत्न उपाधीबाट सम्मानित हुँदै
नेपाली संस्कृतिको अध्ययन अनुसन्धानमा लामो समयदेखि सक्रिय रहँदै आएका संस्कृति तथा तन्त्रविद् महेश्वर जुजुलाई ‘तन्त्र साधना रत्न’ उपाधीबाट सम्मानित हुने भएका छन् । तन्त्र चर्चा परिवारले आउँदो माघ ४ गते काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै जुजुलाई...
-
२०७८ पौष २३, शुक्रबार
नेपाली गायकको जापानी गीत सार्वजनिक
जापानमा बस्दै आएका नेपालका गायक बज्र गुरुङले गाउनु भएको जापानी गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । बिहिवार एक कार्यक्रमका बीच गुरुङको जापानी गीत ‘आइताकु नारु’को म्युजिक भिडियो सार्वजनिक गरिएको हो । नेपाली चलचित्र क्षेत्रका वरिष्ठ संगीतज्ञ नाट्य...
-
२०७८ पौष २३, शुक्रबार
कसले पाउला ज्यापु महागुथि महानगर समितिको नेतृत्व
अहिले काठमाडौंको ज्यापु समुदाय अधिवेशनको माहौलमा तात्तिएको छ । ज्यापु महागुथिको भोलि शनिबारबाट शुरु हुन गइरहेको ज्यापु महागुथि काठमाडौं महानगर समितिको अधिवेशनले अहिले माहौल तात्तिएको छ । महागुथिको अधिवेशनको क्रममा शनिबार र्यालीको साथमा उद्घाटन सत्र...
-
२०७८ पौष २२, बिहिबार
संक्रमण दर फेरी बढ्दै
पछिल्ला दिनहरुमा नेपालमा कोरोना संक्रमको दर फेरी बढ्दै गएको छ । केही दिन अघिसम्म दैनिक २ प्रतिशतको हाराहारीमा नयाँ संक्रमित थप भइरहेकोमा आज यो दर ४ प्रतिशत भन्दा बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो...
-
२०७८ पौष २२, बिहिबार
मिस नेवाः र लिटिल मिस नेवाःहरुबाट विद्यार्थीहरुलाई सहयोग
नेवार महिलाहरुबीच चर्चित सुन्दरी प्रतियोगीता मिस नेवाः र मिस लिटिल नेवाःका विजेताहरुले दोलखा पुगेर त्यहाँका विद्यार्थीहरुलाई विद्यालय पोशाक तथा शैक्षिक सामाग्री प्रदान गरेका छन् । मिस नेवाः र मिस लिटिल नेवाःहरुले भीमेश्वर नगरपालिकाका दुईवटा...
-
२०७८ पौष २२, बिहिबार
ताथलीबाट ढुङ्गा बाहिर लग्न दिँदैनौँ : नगर प्रमुख
भक्तपुरको ताथलीबाट ढुङ्गा बाहिर लग्न नदिने चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले जनाएका छन् । आज ताथलीस्थित हलल गाउँ, नालाछापमा नयाँ चट्टान अभिलेख पाइएपछि नगर प्रमुख मिश्रले यस्तो कदम उठाउने जनाएका हुन् । “ताथलीमा पहिले भेटिएका चट्टान...
-
२०७८ पौष २२, बिहिबार
भक्तपुरको ताथलीमा भेटियो नयाँ चट्टान अभिलेख
चाँगुनारायण नगरपालिका–९ को ताथलीमा नयाँ चट्टान अभिलेख आज भेटिएको इतिहासविद् डा. पुरुषोत्तमलोचन श्रेष्ठले जनाएका छन् । “ताथलीमा एक दशकअघि भेटिएका चट्टान अभिलेखको स्थानमा आज अर्कै नयाँ चट्टान अभिलेख पाइएको छ,” डा. श्रेष्ठले समाचारडेस्कसँग कुराकानीका...
-
२०७८ पौष २२, बिहिबार
आगलागीमा करीब २ करोडको धनमाल जलेर नष्ट
पाँचथरमा भएको आगलागीको घटनामा करीब २ करोड रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । पाँचथरको फालेलुङ गाउँपालिका–६ बर भञ्ज्याङ बजार बस्ने जित बहादुर मेङबा लिम्बुको घरबाट आगलागी शुरु भएको थियो । करेन्ट सर्ट भई लिम्बुको घरबाट शुरु भएको आगलागी बस्तीमासमेत...
-
२०७८ पौष २२, बिहिबार
आगलागीमा परी एकजनाको मृत्यु
झापामा बुधबार राति एउटा घरमा भएको आगलागीमा परेर एक पुरुषको मृत्यु भएको छ । झापाको मेचीनगर नगरपालिका–७ पिपल चोकमा केशब पाठकको घरमा भएको आगलागीमा सोही नगरपालिका–८ बस्ने ४५ वर्षीय सारद राजवंशीको मृत्यु भएको हो । आगो निभाउने क्रममा जलेर राजवंशीको मृत्यु...
-
२०७८ पौष २२, बिहिबार
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
रुपन्देहीमा बुधबार राति भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ । रुपन्देही तिलोत्तमा नगरपालिका–१५ कोटिहवा चोकमा भएको दुर्घटनामा मोटरसाइकल चालक तिलोत्तमा नगरपालिका–१७ बस्ने २२ वर्षीय राधेश्याम चौधरीको मृत्यु भएको हो । ना.४ ख ८९४० नम्बरको...




