arin enterprises

समाज

  • २०७९ भाद्र ७, मंगलबार

    सप्तपाताल पोखरी पुनर्स्थापना गर्ने मेयर महर्जनको दावी

    ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले ललितपुरको सप्तपाताल पोखरी पुनर्स्थापना गर्नुका साथै राजकुलोलगायतका सम्पदाको संरक्षण गर्ने बताउनुभएको छ । त्रिभुवन विश्वविद्यालय नेपालभाषा केन्द्रीय विभागको ४२औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै महानगर...

  • २०७९ भाद्र ६, सोमबार

    नक्सा विपरीतका संरचना प्रयोग गर्नेलाई कारबाही गर्दै महानगर

    काठमाडौं महानगरपालिकाले अन्डरग्राउन्ड पार्किङमा सञ्चालित पसल तथा गोदामहरु हटाउन थालेको छ । काठमाडौं महानगरपालिकाले आजदेखि भवनको नक्सापास भए अनुसार प्रयोग नभएको पाएमा कारबाही गर्ने तयारी गरेको छ । गत साउन १ गते ३५ दिने सूचना दिएर अण्डरग्राउण्डका पसल...

  • २०७९ श्रावण ३०, सोमबार

    फोहोरमा कुहिएको राजनीति नगर्न मेयर शाहको आग्रह

    काठमाडौं महानगरपालिका मेयर बालेन शाहले उपत्यकाको फोहोर व्यवस्थापन गर्नमा यहाँ सत्तापक्षबाटै कुहिएको खेल खेलिएको र असहयोग भएको भन्द आपत्ती जनाउनु भएको छ । महानगरबाट एक विज्ञप्तिमार्पmत आपत्ति जनाउँदै मेयर शाहले एउटा स्थानीय सरकारले अर्को स्थानीय...

  • २०७९ श्रावण २६, बिहिबार

    टेकूका स्थानीयले फोहोर फाल्न अवरोध गरे

    महानगरमा थुप्रिएको फोहोर गत सातादेखि बञ्चरेडाँडामा विसर्जन गर्न अवरोध गरेपछि टेकूस्थित ट्रान्सफर स्टेशनमा फाल्दै आएको छ । तर उक्त क्षेत्रका स्थानीयहरुले पनि त्यहाँ फोहोर थुपार्न अवरोध गरेका छन् । महिनौंदेखिको फोहोरको व्यवस्थापन नगर्ने अझ थप फोहोर...

  • २०७९ श्रावण २५, बुधबार

    बालाजुको जुत्ता कारखानामा आगलागी

    काठमाडौं महानगरपालिका–१६, बालाजु औद्योगिक क्षेत्रमा अवस्थित वान वल्र्ड जुत्ता कारखानामा आगलागी भएको छ । आज दिउँसो भएको आगलागीमा साढे चार करोड रुपैयाँ क्षति भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले आगलागीमा परी वान वल्र्ड जुत्ता...

  • २०७९ श्रावण २३, सोमबार

    हेटौंडामा ४ सवारी साधन ठोक्किएर दर्जन बढी घाइते

    हेटौंडामा स्कुल बससहित ४ सवारी सवारी साधन एकापसमा ठोक्किँदा एक दर्जन बढी घाइते भएका छन् । घाइतेमध्ये केही स्थानीय रिलायन्स स्कुलका विद्यार्थी रहेको प्रहरीले जनाएको छ । बाराबाट हेटौंडा आउँदै गरेको ट्यांकरले हेटौंडा–१५ रातोमाटमेमा ट्रक, कार, स्कुल...

  • २०७९ श्रावण १८, बुधबार

    उपसचिव प्रमोद नेपाल साढे २२ लाख घुसहित पक्राउ

    साढे २२ लाख घुससहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई हिजो नक्सालको होटेलबाट पक्राउ गरेको हो । नेपालले प्याराग्लाइडिङको उडान अनुमतिका लागि...

  • २०७९ श्रावण १७, मंगलबार

    म्याग्दीमा पहिरोले पुरिएर ५ जनाको मृत्यु

    आज विहान म्याग्दी म्याग्दीको मालिका गाउँपालिका–२, रुमको तामेङ गाउँमा गएको पहिरोमा परी ५ जनाको मृत्यु भएको छ । आज बिहान बस्तीमाथिबाट खसेको पहिरोले दुई घर बगाएपछि दुई जनाको शव भेटिएको थियो भने तीन जना बेपत्ता भएका थिए । हराइरहेका तीन जनाको शव पनि मृत...

  • २०७९ श्रावण १६, सोमबार

    एकै परिवारका चार जनाको शव फेला

    काठमाडौंको तारकेश्वर नगरपालिका–२ धर्मस्थलीस्थित भीमसेन टोलमा एकै परिवारको चारजनाको शव फेला परेको छ । आज विहान श्रीमान दिनेश पाण्डे, श्रीमती सुनीता काप्री पाण्डे, उनका छोरा आशिक र छोरी आशिकाको शव विभत्स अवस्थामा फेला परेको हो । आज विहान छोराहरुको...

  • २०७९ श्रावण १३, शुक्रबार

    आज अन्तर्राष्ट्रिय बाघ दिवस मनाइन्दै

    आज जुलाई २९ तारीख, अर्थात बाघ दिवस । हरेक वर्ष आजको दिनमा विभिन्न कार्यक्रमहरु गर्दै बाघ संरक्षणको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले बाघ दिवस भनेर मनाउने गरिन्छ । आजको दिन बाघको संरक्षण गर्न भनेर उनीहरुको बासस्थलको संरक्षण, बाघको संख्यामा आएको...

  • २०७९ श्रावण ११, बुधबार

    दाउन्नेमा यात्रुवाहक वस दुर्घटना, ३१ जना घाइते

    कञ्चनपुरबाट काठमाडौं जाँदै गरेको ना ५ ख ५१०० नम्बरको यात्रुवाहक बस नवलपुरको दाउन्ने बस दूर्घटना भएको छ । दुर्घटनामा ३१ जना घाइते भएका छन् । घाइते चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दाउन्नेको ओरालो कटेपछि अनियन्त्रित भई पल्टिँदा बसमा...

  • २०७९ श्रावण ९, सोमबार

    पर्यटन उद्योग उकास्न स्थानीयताको प्रवर्ध्दनमा जोड

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले नेपालको पर्यटन उद्योग उकास्न स्थानीयतालाई जोड दिनुपर्ने बताउनुभएको छ । पर्यटकहरु हिमालमात्र हेरेर फर्कीरहेको अवस्थामा तिनीहरुको नेपाल बसाइ लम्ब्याउन सकिए पर्यटन उद्योग फस्टाउने विचार...

  • २०७९ श्रावण ९, सोमबार

    अछाममा पहिरोले एकै घरका तीन जनाको मृत्यु

    अछामको तुर्माखाँद गाउँपालिका–२ भुलुमा गएराती पहिरोले घर पुर्दा एकै घरका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा हरिकला विष्ट, विरेन्द्र विष्ट र संविधान विष्ट रहेका छन् । ६५ वर्षीया नैना विष्ट घाइते भएकी छन् । पहिरोमा पुरिएर केही चौपाया पनि मरेका...

  • २०७९ श्रावण ७, शनिबार

    फेरि कोरोनो संक्रमण बढ्न थाल्यो

    विश्व नै आक्रान्त भएको कोरोना भाइरसको संक्रमण केही समय अघि कम भएपनि फेरि यसले आफ्नो पकड जमाउन थालेको छ । नेपालमा पनि यसको संक्रमण पछिल्लो दिनहरुमा ह्वात्तै बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा ३३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा...

  • २०७९ श्रावण २, सोमबार

    चट्याङ लागेर मृत्यु

    रामेछापमा चट्याङ लागेर एक पुरुषको मृत्यु भएको छ । आइतबार राति लिखुतामाकोशी गाउँपालिका–४ कल्लेरी बस्ने ५५ वर्षीय डिल बहादुर गाहा मगरको चट्याङ लागेर मृत्यु भएको हो । मगरको घरमा अचानक चट्याङ पर्दा उनको घट्नास्थलमै मृत्यु भएको हो ।

  • २०७९ श्रावण २, सोमबार

    बसको ठक्करबाट एक पुरुषको मृत्यु

    मकवानपुरमा भएको सडक दुर्घटनामा एक जना पुरुषको मृत्यु भएको छ । मकवानपुर मनहरी गाउँपालिका–६ सुनाचुरीमा चितवनबाट हेटौंडातर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख १३३० नम्बरको बसको ठक्करबाट एक जनाको मृत्यु भएको हो । अन्दाजी ४० वर्षीय मृतकको हालसम्म पहिचान हुन...

Pages