समाज
-
२०७९ जेठ १, आइतबार
निगमले पेट्रोलको मूल्य बढायो
पुरै देशको माहौल निर्वाचनमय भइरहँदा र सबैको ध्यान निर्वाचनको परिणाममा केन्द्रीत भइरहँदा नेपाल आयल निगमले पेट्रोलको भाउ बढाएको छ । आयल निगमले शनिबार प्रेस विज्ञप्ती जारी गर्दै पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर १० रुपैयाँ बढाएको छ । मूल्य बृद्धि...
-
२०७९ बैशाख २९, बिहिबार
भोटका लागि पैसा बाँडेको भन्दै कार्यकर्ताबीच कुटाकुट
मौन अवधिमा आफ्नो पक्षमा पार्न मतदातालाई पैसा बाँडेको भन्दै माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप भएको हो । रूकुम पश्चिममा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच जिल्लाको चौरजहारी नगरपालिका १० खोलागाउँमा माओवादी उम्मेदवारले मतदातालाई...
-
२०७९ बैशाख २६, सोमबार
अपरिचित व्यक्तिबाट सगुन वा प्रसाद नलिन प्रहरीको अनुरोध
नेपाल प्रहरीले निर्वाचन प्रचारको क्रममा अपरिचित व्यक्तिबाट सगुन वा प्रसाद ग्रहण नगर्न आग्रह गरेको छ । नेपाल प्रहरील प्रधान कार्यालय प्रहरी महानिरिक्षकको सचिवालय नक्सालबाट सार्वजनिक सूचना जारी गर्दै यस्तो आग्रह गरिएको हो । अपरिचित व्यक्तिबाट सगुन वा...
-
२०७९ बैशाख २३, शुक्रबार
भारतीय पर्वतारोहीको मृत्यु
विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालको आरोहणका क्रममा एक भारतीय आरोहीको मृत्यु भएको छ । ५२ वर्षीय नारायण इयरको आठ हजार दुई सय मिटर नजिक मृत्यु भएको आरोहण आयोजक कम्पनी पायोनियर एड्भेन्चर ट्रेकले जनाएको छ । बिहीबार राति चुचुरो नजिक पुगेका भारत...
-
२०७९ बैशाख २१, बुधबार
भारतीय पर्यटक सवार गाडी र टाटासुमो ठोक्किंदा ५ जनाको मृत्यु
काभ्रेको रोशी गाउँपालिका–११, बढुवेसीमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएकोछ । भारतीय पर्यटक बोकेको फोर्स गाडी र टाटासुमो ठोक्किँदा उक्त दुर्घटना भएको हो । दुर्घटनामा अन्य १९ जना घाइते भएका छन् । बुधबार दिउँसो भारतीय पर्यटक बोकेको यूपी ५८ टी ८१८१...
-
२०७९ बैशाख २१, बुधबार
कास्कीमा दुर्घटनापछि फरार कार चालक काठमाडौंमा पक्राउ
कास्कीमा बाबु छोरीको ज्यान जाने गरी भएको सडक दुर्घटना पछि फरार कार चालक काठमाडौंबाट पक्राउ परेका छन् । गत आइतबार विहान कास्की जिल्लाको अन्नपूर्ण गाउपालिका वडा नम्बर ४ लेवाडेस्थित पोखरा बागलुङ्ग राजमार्गमा ग ३ च ३५२५ नम्बरको निजि कारले पोखरातर्फ...
-
२०७९ बैशाख २१, बुधबार
बम राखेको हल्लापछि आन्तरिक टर्मिनल १ घण्टा अवरुद्ध
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवनमा शङ्कास्पद वस्तु राखेको हल्लाले एक घण्टा आन्तरिक उडानमा अवरोध भएको छ । विदेशबाट विमानस्थलको ल्याण्डलाइन टेलिफोनमा विमानस्थलको आन्तरिक टर्मिनलको ६ स्थानमा बम रहेको भन्दै फोन आएपछि विमानस्थल...
-
२०७९ बैशाख २०, मंगलबार
द्रुतमार्गमा लोडर दुर्घटनामा ३ चिनियाँको मृत्यु
निर्माणाधीन काठमाडौं तराई–मधेश द्रुतमार्गमा लोडर दुर्घटना हुँदा तीन चिनियाँ नागरिकको मृत्यु भएको छ । हिजो साँझ मकवानपुरको बकैया गाउँपालिका ११ भेटेपाखास्थित द्रुतमार्ग निर्माणस्थलमा लोडर दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।...
-
२०७९ बैशाख १५, बिहिबार
चितवनमा भिषण आगलागी
चितवनको भरतपुर महानगरपालिका–३ कमलनगरमा एउटा व्यापारिक भवनमा आगलागि भएको छ । आगालागीबाट ६ वटा पसल जलेर नष्ट भएको छ भने करोडौंको क्षति भएको पुर्वानुमान गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आगलागीबाट कमलनगर चोकमा रहेको तुल्सीराम सापकोटाकोे...
-
२०७९ बैशाख १४, बुधबार
सवारी दुर्घटनामा परी महिलाको मृत्यु
सर्लाहीमा सडक दुर्घटनामा परि ६० वर्षीया महिलाको मृत्यु भएको छ । दुर्घटनामा सप्तरी राजबिराज नगरपालिका–१ बस्ने ६० वर्षीया प्रमिला देवी यादवको मृत्यु भएको हो । सर्लाही जिल्ला बागमती नगरपालिका–१ स्थित सडकमा प्र.१–०२–००१ ख ८३२५ नम्बरको ट्याङ्करले प्र.२–...
-
२०७९ बैशाख १४, बुधबार
प्रहरी महानिरीक्षक क्षेत्रीको पत्रकारहरुसँग अन्तरक्रिया
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले पत्रकारहरुसँग समसामयिक विषयमा छलफल गरेका छन् । बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गर्दै प्रहरी महानिरिक्षक थापाले पत्रकारहरुसँग छलफल गरेका हुन् । त्यस अवसरमा प्रहरी...
-
२०७९ बैशाख १४, बुधबार
महायज्ञमा ३ करोड बढि रकम संकलन
पर्यटकीय स्थल पोखरा २२ को पुुम्दीकोटमा १० दिन संचालन भएको महायज्ञमा ३ करोड ५२ लाख रुपैया संकलन भएको छ । पुम्दीकोट कोट विकास समितिको आयोजनामा शिव महापुराण एवं धार्मिक पर्यटन महोत्सव अन्र्तगत मंगलबारसम्म संचालन भएको उक्त महायज्ञबाट सो रकम संकलन भएको...
-
२०७९ बैशाख १४, बुधबार
रुपन्देहीमा एउटै पसलबाट ४ किलो सुनचाँदी चोरी
रुपन्देहीको बुटवल उपमहानगरपालिका–६ स्थित गुल्मेली मजुवा सुनचाँदी पसलबाट मंगलबार बिहान करिब ३ बजेतिर साढे चारकिलो बराबर सुनचाँदी र नगद साढे पाँच लाख चोरी भएको छ । एउटै पसलबाट साढे ४ किलो सुनचाँदी चोरिएपछि सुनचाँदी व्यवसायी आन्दोलित भएका छन् । बुटवल...
-
२०७९ बैशाख १२, सोमबार
विश्व नेवाः संगठन नेपाल शाखामा सुरेन्द्रकाे नेतृत्त्व
विश्व नेवाः संगठन नेपाल शाखाको अध्यक्षमा सुरेन्द्र भक्त श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । काठमाडौंमा सम्पन्न संगठनको प्रारम्भिक साधारण सभा र अधिवेशनले श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति निर्विरोध चयन गरेको हो । नवनिर्वाचित...
-
२०७९ बैशाख ११, आइतबार
दिक्षा फाउन्डेसनको साधारण सभा सम्पन्न
क्यान्सर रोगविरुद्ध सचेतना कार्यक्रम एवम् क्यान्सर रोगीहरुको सहयोगमा समर्पित दिक्षा (गौरी) हाडा स्मृति प्रतिष्ठान नेपालको दोस्रो वार्षिक साधारण सभा भक्तपुरमा सम्पन्न भएको छ । शनिवार भक्तपुरमा आयोजित सभाको प्रतिष्ठानका सल्लाहकार नेपाल क्यान्सर...
-
२०७९ बैशाख १०, शनिबार
विश्व नेवाः संगठनको सम्मेलन
विश्वभर छरिएर रहेको नेवारहरु एकिकृत हुने उद्देश्यसहित निर्मित विश्व नेवाः संगठनको आज पहिलो सम्मेलन भएको छ । काठमाडौंको स्वयम्भूमा सम्मेलन सम्पन्न भएको छ । सम्मेलनको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले उद्घाटन...




