arin enterprises

समाज

  • २०७८ फाल्गुण १८, बुधबार

    विद्यार्थीलाई निःशुल्क इन्डक्सन चुल्हो

    खाना पकाउने एलपी ग्यासमा भइरहेको मूल्यवृद्धिले मारमा परेका विद्यार्थीलाई सहज बनाउन  उद्देश्यले दुर्गम क्षेत्रबाट काठमाडौंमा भाडामा बसी पठनपाठन गरिरहेका विद्यार्थीहरुलाई सरकारले निःशुल्क विद्युतीय चुल्हो इन्डक्सन प्रदान गर्ने भएको छ । वैकल्पिक ऊर्जा...

  • २०७८ फाल्गुण १५, आइतबार

    ढुंगा खानीमा पहिरो जाँदा २ को मृत्यु

    काभ्रेको बनेपा नगरपालिका–१४ स्थित ढुंगा खानीमा आइतबार पहिरो गएको छ ।  पहिरो जाँदा घटनास्थलमै २ जनाको मृत्यु भएको छ भने कैयौँ पुरिएको आशंका गरिएको छ। घाइते अवस्थामा उद्धार गरिएका २ जनाको भक्तपुरको ठिमीस्थित मध्यपुर अस्पतालमा उपचार भइरहेको छ। प्रहरी...

  • २०७८ फाल्गुण १५, आइतबार

    पलले तनहुँ प्रहरी कार्यालयमा आत्मसर्पण गर्ने

    नेपाली चलचित्रका नायक पल शाह आजै जिल्ला प्रहरी कार्यालय तनहुँमा पुगेर ‘आत्मसमर्पण’ गर्ने तयारी गरेका छन् । जबरजस्ती करणीको आरोपित अभिनेता पल शाहले नेपालको कानुनलाई सम्मान गर्दै प्रहरीसामु आफैं उपस्थित हुने घोषणा सामाजिक सञ्जालमार्फत गरेका हुन्। आफू...

  • २०७८ फाल्गुण १३, शुक्रबार

    सगरमाथा आरोही कल्पना महर्जन इलाम पर्यटनको सद्भावना दूत नियुक्त

    पत्रकार तथा विश्वको सर्वाेच्च शिखर सगरमाथा आरोही कल्पना महर्जन सद्भावना दूत बनेकी छिन् ।  उनी इलाम नगरपालिकाको पर्यटन सद्भावना दूतमा नियुक्त हुनुभएको हो । पत्रकार समेत रहनुभएका महर्जन र इलाम नगरपालिकाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।  इलाम...

  • २०७८ फाल्गुण १२, बिहिबार

    बाह्र दिनपछि फोहोर उठ्न थाल्यो

    ल्याण्डफिल्ड साइटका स्थानीयहरुले अवरोध गरेपछि थुप्रिएको उपत्यकाको फोहोर करिब बाह्र दिनपछि उठ्न थालेको छ ।   बुधबार स्थानीय र सरोकारवालाबीचका छलफलमा तत्काल सडक निर्माणको काम सम्पन्न गर्ने सहमति भएपछि आज बिहानदेखि उपत्यकको १८ स्थानीय तहका फोहोर...

  • २०७८ फाल्गुण ५, बिहिबार

    नेवाः देय् दबू १९ वडा कमिटी गठन

    नेवाः समुदायको छाता संगठन नेवाः देय् दबूको काठमाडौं महानगर १९ वडा कमिटी गठन भएको छ । बिहीबार कामपा वडा १९ दमाई टोलको बज्र कला कुञ्जमा भएको भेलाले हिमाल डंगोलको अध्यक्षतामा वडा कमिटी गठन गरेको हो । नवगठित वडा कमिटीको उपाध्यक्षमा भने बशु नारायण महर्जन...

  • २०७८ फाल्गुण ५, बिहिबार

    प्राध्यापक ढुंगानाको शब्दकोश प्रकाशित

    साझा प्रकाशनले नयाँ नेपाली शब्दकोश प्रकाशन गरेको छ । प्राध्यापक नीलमणि ढुङ्गानाले झन्डै १० वर्ष लगाएर यो शब्दकोश तयार पार्नु भएको हो । शब्दकोशमा नेपाली भाषामा प्रयोग भएका संस्कृत शब्दको व्युत्पत्तिसहितका शब्दहरु सङ्ग्रहीत शब्दकोश प्रकाशन गरेको हो ।...

  • २०७८ फाल्गुण ४, बुधबार

    पूर्वमन्त्री बानियाँविरुद्ध करणी गरेको आरोपमा पक्राउ पूर्जी जारी

    नेकपा एमालेका सांसद मोहन बानियाँविरूद्ध पक्राउ पुर्जी जारी भएको छ । जुम्लाकी एक ४० वर्षीया शिक्षिकाले पूर्वमन्त्री समेत रहेका बानियाँले बाँकेस्थित अप्सरा होटलमा जबरजस्ती करणी गरेको जाहेरीका आधारमा जिल्ला अदालत बाँकेले पक्राउ पूर्जी जारी गरेको हो ।...

  • २०७८ फाल्गुण ४, बुधबार

    प्राङ्क गरेको भन्दै युट्युबर आकाश पक्राउ

    प्राङ्क गरेको आरोपमा काठमाडौंबाट एक जना युट्युबरलाई पक्राउ गरिएको छ । प्रहरीले झापा विर्तामोड नगरपालिका–४ आदर्शटोलका हाल भक्तपुर कौशलटार बस्दै आएका २७ वर्षीय आकाश सेडाईलाई पक्राउ गरेको हो । आकाशले प्राङ्क भिडियोहरु बनाएर नेपाली प्राङ्कस्टर्स नामक...

  • २०७८ फाल्गुण ३, मंगलबार

    साहित्यकार डा. तारानाथ शर्माको निधन

    नेपाली भाषामा झर्रोवादी पहिचान तथा आत्मपरक नियात्रा लेखनका लोकप्रिय साहित्यकार डा तारानाथ शर्माको ८७ वर्षको उमेरमा आज बिहान निधन भएको छ । इलामको बरबोटेमा जन्मेर संस्कृत शिक्षाबाट पठन सुरु गरेका शर्माले २०१३ सालमा बनारसमा पढ्दै गर्दा बल्लभमणि दाहाल...

  • २०७८ फाल्गुण २, सोमबार

    प्रज्ञा-प्रतिष्ठानमा पुस्तक प्रदर्शनी, १५ देखि ४० प्रतिशतसम्म छुट

    प्रजातन्त्र दिवसको अवसरमा काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा पुस्तक प्रदर्शनी सुरु भएको छ । पुस्तक प्रदर्शनीमा १५ देखि ४० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको प्रज्ञा–प्रतिष्ठानले जनाएको छ । “नेपाल प्रज्ञा–प्रतिष्ठानले अबदेखि वर्षभरि नै...

  • २०७८ फाल्गुण २, सोमबार

    आज प्रणय दिवस

    आज प्रणय दिवस अर्थात् प्रेम दिवस । यो दिवसलाई विश्वभर भ्यालेन्टाइन्स डेका रुपमा मनाइरहेको छ । युवायुवतीमाझ अति लोकप्रिय यस दिनलाई विशेष चाडकै रुपमा मनाउने गरेका छन् । नेपालमा पनि पछिल्ला केही वर्षदेखि भ्यालेन्टाइन्स डेमा विशेष तामझाम देखिने गरेको छ...

  • २०७८ फाल्गुण १, आइतबार

    जयनगरदेखि जनकपुरसम्म नेपाली रेल चल्यो

    नेपालको एक मात्र नव निर्मित रेल सेवा आजबाट सुरु भएको छ । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म ‘ड्राइ रन’ रेल सेवा सुरु भएको छ । नियमित रेल सञ्चालन पूर्व ड्राइ रन सञ्चालन गरिएको छ । नियमित रेल सञ्चालनमा अवरोध नहोस् भन्ने उद्देश्यले आइतबारदेखि प्रत्येक...

  • २०७८ फाल्गुण १, आइतबार

    १८ वर्षमाथिका सबै नागरिकलाई बुस्टर डोज

    सरकारले आजदेखि १८ वर्षमाथिका सबै नागरिकलाई कोभिड–१९ विरुद्धको बुस्टर डोज खोप दिने भएको छ । दोस्रो डोज खोप लगाएको ६ महिना पूरा भएका सबैले आजदेखि बुस्टर डोज लिन पाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुस्टर डोजको रूपमा उपलब्धताका आधारमा...

  • २०७८ माघ २९, शनिबार

    रक्तदान कार्यक्रम सम्पन्न

    नेकपा एमाले रामेछाप नगर – काठमाडौं सम्पर्क मंचले काठमाडौंमा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कोभिड १९ महामारीका कारण रगतको अभाव हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै मंचले रक्तदान कार्यक्रमको आयोजना गरेको हो । ब्लड डोनर्सएशोसिएसन नेपाल (...

  • २०७८ माघ २९, शनिबार

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बाघको सर्वेक्षण सुरु

    राष्ट्रिय बाघ सर्वेक्षण २०७८ अन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ सर्वेक्षण कार्य सुरु गरिएको छ । निकुञ्ज क्षेत्रमा भएको बाघको संख्या पत्ता लगाउनका लागि सर्वेक्षण कार्य सुरु गरिएको हो । बाघ सर्वेक्षण निकुञ्जको शुक्लाफाँटा क्षेत्र...

Pages