स्थानीय
-
२०७८ जेठ १, शनिबार
महानगरले गर्यो थप ३ वटा अस्पतालसँग सम्झौता
काठमाडौं महानगरपालिकाले कोभिडको संक्रमितको सहज उपचारका लागि आज थप ३ वटा अस्पतालसँग सहयोग सम्झौता गरेको छ । महानगरले आज सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालसँग सम्झौता...
-
२०७८ बैशाख २९, बुधबार
चन्द्रागिरी नगरपालिका एक हप्ताका लागि शिल्ड
चन्द्रागिरी नगरपालिकामा आउँदो जेठ १ गतेदेखि एक हप्ताका लागि पूर्ण रुपमा सिल गरिने भएको छ । आज सूचना जारी गर्दै चन्द्रागिरी नगरपालिकाले आउँदो जेठ १ गते विहानको ६ बजेदेखि ७ गते विहान ५ बजेसम्मका लागि चन्द्रागिरी नगरपालिका क्षेत्र पूर्णरुपमा बन्द गरी...
-
२०७८ बैशाख २८, मंगलबार
अस्पतालाई चाहिने सहयोग गर्ने महानगर प्रमुख शाक्यको प्रतिवद्धता
काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले उपत्यकामा कोभिड १९ संक्रमण नियन्त्रणका लागि काठमाडौं जिल्लाका कोभिड डेडिकेटेड अस्पतललाई चाहिने सहयोग गर्ने बताउनुभएको छ । आज काठमाडौंको राष्ट्रिय सभागृहमा काठमाडौं जिल्लाका कोभिड डेडिकेटेड अस्पतालका...
-
२०७८ बैशाख २७, सोमबार
कुचोले बढार्न नसक्ने सबै फोहोर उठाउँदै नगर प्रहरी
बैशाख १६ गतेपछि मुल सडक क्षेत्रका निर्माण कार्यबाट छोडिएका सामाग्री उठाउन काठमाडौं महानगरका प्रहरीहरु व्यस्त छन् । यस क्रममा जनशक्ति, सवारी र उपकरणको प्रयोग गरेर कुचोले बढार्न र उठाउन नसकिने सबै खालका फोहोर र सामाग्री उठाउने गरिएको छ । आज नगर...
-
२०७८ बैशाख २७, सोमबार
आइसोलेसन सञ्चालनका लागि महानगर र नरदेवी आयुर्वेदिक अस्पतालविच सम्झौता
नरदेवी आयुर्वेदिक अस्पतालमा अक्सिजनसहितको एचडीयु (हाइ डिफिसेन्सि युनिट) सेवा र आइसोलेसन सञ्चालन गर्न काठमाडौँ महानगरपालिकाले अनुदान सहयोग गर्ने भएको छ । यसका लागि आज महानगरका प्रमुख विद्यासुन्दर शाक्यको रोहवरमा महानगरकातर्फबाट जनस्वास्थ्य विभागका...
-
२०७८ बैशाख २६, आइतबार
स्वास्थ्य मापदण्डकाे पूर्ण पालना गर्न महानगर प्रमुखकाे अनुराेध
कोभिडको शंका लागे महानगरको हटलाइन ११८० मा सम्पर्क गरेर निःशुल्क पीसीआर परीक्षण गराउन महानगरका प्रमुख विद्यासुन्दर शाक्यले अपिल गर्नुभएको छ । महामारी नियन्त्रणका लागि सामुहिक प्रयासमा जोड दिँदै आज प्रमुख शाक्यले अपिल जारी गर्दै यस्तो आग्रह गर्नुभएको...
-
२०७८ बैशाख २६, आइतबार
काठमाडौं महानगरभित्र कक्षा ८ का परिक्षा स्थगित
काठमाडौँ महानगरभित्रका विद्यालयहरुमा जेठ ३ गतेदेखि गर्ने भनिएको कक्षा ८ को नगर स्तरीय परीक्षा स्थगित गरिएको छ । कोरोना संक्रमण बढ्दो अवस्था र बैशाख मसान्तसम्म जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको अवस्थालाई दृष्टिगत गर्दै परीक्षा स्थगित...
-
२०७८ बैशाख २६, आइतबार
महानगरको निःशुल्क एम्बुलेन्सबाट एक हजार ३०१ जनाले सेवा लिए
बैशाख १६ गते उपत्यकामा निषेधाज्ञा जारी भए यता महानगरको निःशुल्क एम्बुलेन्स सेवाबाट १ हजार ३०१ जना विरामीले सेवा लिएका छन् । नेपाल एम्बुलेन्स सेवाबाट ९८८ जनाले र संयुक्त एम्बुलेन्स चालक संघबाट सञ्चालित १० वटा एम्बुलेन्सबाट ३१३ जनाले सेवा लिएका हुन्...
-
२०७८ बैशाख २५, शनिबार
बन्दाबन्दीमा पूर्वाधार निर्माणका काम गर्दै महानगर
काठमाडौं महानगरपालिकाले बन्दाबन्दीको समयको सदुपयोग गर्दै पूर्वाधार निर्माणका केही कामहरुलाई नियमितता दिइरहेको छ । निषेधाज्ञा जारी हुँदाका बखत थालनी भइसकेका र सीमित जनशक्तिबाट सुरु गर्न सकिने कामलाई महानगरले नियमित गरेको हो । अहिले नयाँ सडक गेट मर्मत...
-
२०७८ बैशाख २४, शुक्रबार
स्वास्थ्य मापदण्ड कडाईका साथ पालना गर्न मेयर शाक्यको आग्रह
काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले कोविडको उपचारका लागि अक्सिजनभन्दा सिलिन्डर अभाव भएकोप्रति संवेदनशील हुन सम्बद्धमा आग्रह गर्नुभएको छ । आज एक विज्ञप्ति जारी गर्दै उहाँले व्यक्ति, संस्था र उद्योगहरुले आवश्यकताभन्दा धेरै सिलिन्डर संचित...
-
२०७८ बैशाख २३, बिहिबार
काठमाडौं महानगर सञ्जालसहितको आइसोलेसन सञ्चालन गर्दै
काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले टोलपिच्छे आइसोलेसन सेन्टर चलाउनुभन्दा ठूला अस्पतालको क्षमता विकास गरेर कोभिड विरामीको उपचार सहज बनाउनुपर्ने विचार राख्नुभएको छ । आज राष्ट्रिय सभा गृहमा बसेको कोभिड अस्पताल व्यवस्थापन सिफारिस समितिको...
-
२०७८ बैशाख २३, बिहिबार
सार्वजनिक स्थान नियमित निसंक्रमण गर्दै महानगर
काठमाडौँ महानगरले अस्पताल, सुरक्षा जाँच र कार्यालयजस्ता व्यक्तिहरु आवतजावत हुने ठाउँ निसंक्रमण गरिरहेको छ । ठूला जेट मेसिनको प्रयोग गरी सार्वजनिक स्थान लगायत एम्बुलेन्सजस्ता सवारी साधनको पनि नियमित निसंक्रमण गरिरहेको छ । महानगरका प्रमुख प्रशासकीय...
-
२०७८ बैशाख २२, बुधबार
शिक्षण अस्पतालको नयाँ कोभिड उपचार कक्षको मेयर शाक्यबाट निरीक्षण
महाराजगञ्जस्थित त्रि.वि. शिक्षण अस्पतालको नयाँ भवनमा कोभिड उपचार कक्ष बनाउने तयारी गरेको छ । उक्त कोभिड उपचार कक्षको तयारीबारे जानकारी लिन आज काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ र वडा ३ का अध्यक्ष दिपक के.सी...
-
२०७८ बैशाख २२, बुधबार
कोभिड उपचार सहकार्यका लागि मेयर शाक्य र उपत्यका पृतनापतिविच छलफल
काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले उपत्यकामा बढिरहेको कोभिडको संक्रमण रोकथामका नेपाली सेनाले गरिरहेको काम र थप प्रयासका बारेमा जानकारी लिनुभएको छ । आज नेपाली सेना उपत्यका पृतना हेडक्वाटर नारायणहिटीमा बसेको वैठकमा महानगर प्रमुख शाक्यले...
-
२०७८ बैशाख २१, मंगलबार
ललितपुर १९ वडामा fire hydrant जडान हुँदै
उपत्यकामा बन्दाबन्दीको समयलाई सदुपयोग गर्दै ललितपुर महानगरपालिका १९ वडामा आगो निभाउनका लागि मेसीन जडान कार्यलाई तीब्रता दिइएको छ । आगलागीको बेला दमकल छिर्न नसकिने ठाउँको लागि Fire Hydrant जडान गर्ने कामलाई अहिले तीव्रता दिइएको हो । ललितपुर महानगर...
-
२०७८ बैशाख २१, मंगलबार
काठमाडौंमा अनधिकृत प्रचार र निर्माण सामाग्री हटाईँदै
काठमाडौँ महानगरका नगर प्रहरी अहिले सडकमा छोडेका अनधिकृत निर्माण सामाग्री तथा प्रचार सामाग्री हटाउन सक्रिय भएको छ । यसैगरी सडक किनारा तथा पार्कमा रहेका जोखिमयुक्त रुखको हाँगा काटेर जोखिममुक्त बनाउने काम पनि नगर प्रहरीले गर्दैछ । व्यस्त समयमा सवारी...