arin enterprises

स्थानीय

  • २०७८ चैत्र १४, सोमबार

    पाटन दरबार क्षेत्र भित्र आजबाट पार्किङ्ग निषेध

    पाटन दरबार क्षेत्र भित्र आजबाट पार्किङ्ग गर्न निषेध गरिएको छ । पाटन दरबार क्षेत्र भित्र जथाभावि पार्किङ्ग गरिँदा ट्राफिक जामका साथै ऐतिहासिक दरवार क्षेत्रको सौन्दर्यमा समेत असर परेको भन्दै पार्किङ निषेधको नियम लागू गरिएको हो । ललितपुर महानगरपालिका...

  • २०७८ चैत्र १३, आइतबार

    ललितपुरको भीमसेन मन्दिर पुनर्निर्माण सम्पन्न

    ललितपुरको भीमसेन मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ । २०७२ सालको भूकम्पले भीमसेन मन्दिरमा क्षति पु¥याएको थियो । उक्त मन्दिरको पुनर्निर्माण स्थानीय व्यवसायी र दाताहरुको आर्थिक सहयोगमा भएको हो । पाटन दरबार क्षेत्रमा रहेको भीमसेन मन्दिर...

  • २०७८ चैत्र ६, आइतबार

    ‘समय फल्चा पाटी’ पुनर्निर्माण सम्पन्न

    ललितपुर पुल्चोकस्थित करिव २०८ वर्ष पुरानो ऐतिहासिक सम्पदा ‘समय फल्चा पाटी’को पुनर्निर्माण सम्पन्न गरी त्यसको उद्घाटन गरिएको छ । विभिन्न मुद्धा मामिलाका कारण पुनर्निर्माणको काम अघि बढाउन नसकिएको ललितपुरको पुल्चोकमा रहेको सो पार्टीको शनिबार बिहान...

  • २०७८ चैत्र २, बुधबार

    मेयर शाक्यबाट आकाशे पुल उद्घाटन

    माइतीघरमा आकाशे पुल निर्माण भएसँगै त्यहाँ पैदल हिँड्ने र बाटो काट्नेहरुलाई सहज भएको छ । आज काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले माईतीघरको आकाशे पुलको उद्घाटन गर्नुभएको छ । आज एक कार्यक्रमका बीच उक्त आकाशे पुल उद्घाटन गर्दै मेयर शाक्यले...

  • २०७८ चैत्र १, मंगलबार

    बसन्तपुरमा मापदण्ड विपरित बनाएको कंक्रिट संरचना भत्काइयो

    नेपालको झण्डा फहराउने उद्देश्यले विश्व सम्पदा क्षेत्र बसन्तपुर डबलीमा निर्माण गरेको कंक्रिट संरचना भत्काएको छ । काठमाडौं महानगरपालिकाले मापदण्ड विपरित बनाएको कंक्रिट संरचना भत्काउन महानगरकी उपमेयर हरिप्रभा खड्गी, पुरातत्व विभाग, अभियन्ता र...

  • २०७८ फाल्गुण २३, सोमबार

    न्हापांगु पलाःबाट महिलाहरु सम्मानित

    अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा न्हापांगु पलाः नेवाः मिसा पुचःले चार जना महिलाहरुलाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा क्रमशः भ्यान्टी महर्जन, विश्वको सर्वाेच्च शिखर सगरमाथामा दक्षिण र उत्तरी मोहडाबाट सफल आरोहण गरेकी महिला पत्रकार कल्पना...

  • २०७८ फाल्गुण २३, सोमबार

    वरिष्ठ पत्रकारहरु सम्मानित

    ११२औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबू महिला विभागले तीन जना वरिष्ठ पत्रकारहरु सम्मान गरेको छ । कार्यक्रममा मुख्य अतिथि काठमाडौं महानगरपाकिला मेयर विद्यासुन्दर शाक्यले हाम्रो संविधानले पुरुषहरुलाई जत्तिकै अधिकार...

  • २०७८ फाल्गुण २२, आइतबार

    धर्मकीर्ति विहारको विस्तारित भवन उद्घाटन

    काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले प्रायः सबै सम्पदाहरुको पुनर्निर्माणको काम भइसकेको दावी गर्नुभएको छ । मेयर शाक्यले महानगरपालिका भित्र सम्पदा पुनर्निर्माणको काम कहीँ छुटेको भए जानकारी गराउन महानगरबासीलाई अपिल पनि गरेको छ । हिजो...

  • २०७८ फाल्गुण २०, शुक्रबार

    अन्नपूर्ण मन्दिरको आगं घर पुननिर्माण हुने

    काठमाडौंको भोटाहिटीस्थित अन्नपूर्ण मन्दिरको आगं घर पुनर्निर्माण हुने भएको छ । महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उक्त आगं घरको शिलान्यास गर्दै पुरातात्विक महत्वका सम्पदाहरुको संरक्षणमा संघीय सरकारले चासो नदिएको गुनासो गर्नु भएको छ । मेयर...

  • २०७८ फाल्गुण २०, शुक्रबार

    पाटन दरबार क्षेत्र धुम्रपान निषेधित क्षेत्र घोषणा

    ललितपुर महानगरपालिकाले पाटन दरवार क्षेत्र, जावलाखेल र पुलचोक परिसरलाई धुम्रपान निषेधित क्षेत्र घोषणा गरेकोछ । शुक्रवार महानगरपालिकाले पाटन दरवार स्क्वाएरमा एक कार्यक्रम आयोजना गरी यी तीन क्षेत्रलाई धुम्रपान निषेधित क्षेत्र घोषणा गरेको हो ।...

  • २०७८ फाल्गुण १५, आइतबार

    बुद्धको ज्ञान र सन्देश प्रवर्द्धनका लागि धम्महल निर्माण

    बुद्धको ज्ञान र सन्देश प्रवद्र्धन गर्ने उद्देश्यका साथ अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्रको नयाँ भवन धम्महल निर्माण भएको छ । काठमाडौं महानगरपालिकाको करिब ३ करोड ७८ लाख आर्थिक सहयोगमा उक्त भवन निर्माण भएको हो । कार्यक्रममा महानगरपालिकाका मेयर...

  • २०७८ फाल्गुण ८, आइतबार

    अनेम संघ कामपा १५ को नयाँ वडा कमिटी गठन

    अखिल नेपाल महिला संघ, काठमाडौँ महानगरपालिका–१५ को नयाँ वडा कमिटी सर्वसम्मत चयन भएको छ । नागार्जुन नगरपालिकाकी उपमेयर सुशीला अधिकारीको प्रमुख आतिथ्यमा शुक्रबार सम्पन्न कार्यक्रममा तपना नेम्बाङको अध्यक्षतामा २५ सदस्यीय कमिटी गठन भएको हो । कार्यक्रममा...

  • २०७८ फाल्गुण ७, शनिबार

    ल्याण्डफिल साइटमा स्थानीयले अवरोध गरेपछि काठमाडौं दुर्गन्धित

    काठमाडौंमा एक सातादेखि फोहोर उठ्न छाडेको छ ।  फोहोर नउठेपछि चोकचोक दुर्गन्धित बन्न थालेका छन् । १ फागुनबाट नै फाहोर उठन छाडेपछि काठमाडौं महानगरपालिकाले शनिबार सार्वजनिक सूचना नै जारी गरेर कुहिने फोहोरको आफै व्यवस्थापन गर्न भनेको छ ।  मडखु(तीनपिप्ले...

  • २०७८ फाल्गुण ४, बुधबार

    छाडा पशुको संयुक्त व्यवस्थापन गर्दै काठमाडौँ महानगर र दक्षिणकाली नगर

    काठमाडौँ महानगरपालिका र दक्षिणकाली नगरपालिकाले संयुक्त रुपमा पशु व्यवस्थापन केन्द्र सञ्चालन गर्ने भएका छन् । आज दक्षिणकाली नगरको सभा कक्षमा काठमाडौँ महानगरका मेयर विद्यासुन्दर शाक्य र दक्षिणकालीका मेयर मोहन बस्नेतले सम्झौता पत्रमा हस्ताक्षर...

  • २०७८ फाल्गुण ४, बुधबार

    दक्षिणकाली मन्दिर पूर्वाधार विकास कार्यक्रमको शिलान्यास

    काठमाडौँको दक्षिणकाली मन्दिर पूर्वाधार विकास कार्यक्रमको शिलान्यास भएको छ । नगर साझेदारी कार्यक्रमअन्तर्गत काठमाडौँ महानगरको आर्थिक सहयोगमा निर्माण हुने कलात्मक प्रवेश द्वारको मंगलबार महानगरका मेयर विद्यासुन्दर शाक्य र दक्षिणकालीका मेयर मोहन...

  • २०७८ माघ २८, शुक्रबार

    त्रिपुरेश्वरमा आधुनिक शौचलय संचालनमा

    काठमाडौँ महानगरपालिकाले त्रिपुरेश्वरमा आधुनिक शौचालय सञ्चालनमा ल्याएको छ । महानगरले त्रिपुरेश्वरको बस विसौनीसँगै एरोशानसँगको सहकार्यमा निर्माण गरिएको शौचालय आजबाट संचालनमा ल्याइएको हो । आज महानगर प्रमुख विद्यासुन्दर शाक्यले उक्त शौचालय उद्घाटन...

Pages