अन्तर्राष्ट्रिय
-
२०७८ फाल्गुण २१, शनिबार
पाकिस्तानको मस्जिदमा शक्तिशाली विस्फोट, ५६ को मृत्यु
पाकिस्तानको पेशावरमा रहेको मस्जिदमा शक्तिशाली विस्फोट हुँदा ५६ जनाको मृत्यु भएको छ । दुई आतंककारीले मस्जिदभित्र पस्ने प्रयास गर्दा त्यहाँ सुरक्षामा रहेका प्रहरीबीच गोली हानाहान हुँदा एक प्रहरीको मृत्यु भएको र अर्का गम्भीर घाइते भएको पेशावर प्रहरीले...
-
२०७८ फाल्गुण २०, शुक्रबार
युरोपको आणविक उर्जा केन्द्रमा गोलाबारी
काठमाडौं । रुसी सेनाले युक्रेनस्थित युरोपकै सबै भन्दा ठूलो जापोरिज्जिया आणविक उर्जा केन्द्रमा आक्रमण गरेको आशंका गरिएको छ । केन्द्रका भवन र एकाइहरूमा लगातार गोलाबारी भएको त्यहाँका मेयर दिमिट्रो ओर्लोभले बताएको बीबीसीले लेखेको छ । युक्रेनको...
-
२०७८ फाल्गुण १९, बिहिबार
चार देश सम्मिलित क्वाड बैठक बस्दै
युक्रेनमा रुसको आक्रमणबारे साझा धारणा बनाउन अमेरिका,अष्ट्रेलिया, जापान र भारतका नेताहरू आज बिहिबार भर्चुअल छलफल गर्दैछन् । क्वाड भनिने क्वाड्रिलेटरल सेक्युरिटी डाईलगमा आवद्ध यी ४ मुलुकका नेताहरूबीच कुरा हुन लागेको भारतीय विदेश मन्त्रालयले जनाएको छ...
-
२०७८ फाल्गुण १५, आइतबार
रुससँग प्रतिकार गर्न विभिन्न देशबाट युक्रेनलाई सैन्य सहयोग
रुसले युक्रेनमा आक्रमणलाई आज पनि निरन्तरता दिएको छ । रुसको आक्रमण पछि त्रसित भएका युक्रेनका नागरिकले राजधानी किभ छोड्ने क्रम चलिरहेको छ । पछिल्लो ४८ घण्टामा युक्रेनबाट एक लाख २० हजार जनाभन्दा धेरै बाहिरिएका संयुक्त राष्ट्र सङ्घले जनाएको छ । रुसी...
-
२०७८ फाल्गुण १४, शनिबार
रुसले युक्रेनमाथि गरेको आक्रमणको विश्वभरबाट निन्दा र विरोध
युक्रेनका विभिन्न स्थानमा बिहीबारदेखि सैन्य कारबाही थालेपछि रुसको आलोचना मात्रै बढेको छैन, विभिन्न मुलुकमा विरोध प्रदर्शन भइरहेका छन् । प्रदर्शन रुसभित्रै पनि सुरु भएको छ । यस्ता प्रदर्शनहरूमा हालसम्म ७ सयभन्दा बढी पक्राउ परेको बीबीसीले लेखेको छ ।...
-
२०७८ फाल्गुण १३, शुक्रबार
रुसविरुद्ध ‘साइबर युद्ध’
युक्रेनविरुद्ध सैन्य कारवाहीमा उत्रेको रुस सरकारविरुद्ध ह्याकरहरूको समूह ‘एनोनिमस’ले ‘साइबर युद्ध’ घोषणा गरेको छ । यससँगै उक्त समूहले रुस सरकारको अधीनमा रहेको ‘रसिया टुडे’लगायत रुस सरकारका दर्जनौँ वेबसाइट अवरुद्ध गरेको समेत दावी गरेको छ । रसिया...
-
२०७८ फाल्गुण १३, शुक्रबार
इन्डोनेसियामा ६.२ रेक्टरको भूकम्प
इन्डोनेसियाको उत्तरपश्चिमी बुकिटिङ्गी क्षेत्रमा शुक्रबार ६.२ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पबाट कम्तीमा दुईजनाको मृत्यु भएको र २० जना घाइते भएका छन् । त्यहाँको मौसम, जलवायु र भूगोलविज्ञान एजेन्सी अनुसार शुक्रबार बिहान ८ः३९ बजे सुमात्रा...
-
२०७८ फाल्गुण १३, शुक्रबार
रुस–युक्रेन युद्धमा १३७ जनाको मृत्यु
काठमाडौं । रुसको सैन्य आक्रमणका कारण कम्तीमा १३७ जनाको मृत्यु भएको छ । युक्रेनी सैनिकसहित कम्तीमा १३७ नागरिकको मृत्यु भएको बीबीसीले जनाएको छ । युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले रूसी सेनाले हमला गरेको पहिलो दिन युक्रेनी सेनासहति १३७...
-
२०७८ फाल्गुण १२, बिहिबार
रुसद्वारा युक्रेनमाथि सैन्य कारबाहीको घोषणा
रुसले युक्रेनमाथि सैन्य कारबाहीको घोषणा गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आज बिहान टेलिभिजन सम्बोधन गर्दै युक्रेनमाथि आक्रमणको घोषणा गर्नुभएको हो । त्यस लगत्तै रुसी सेनाले पूर्वी युक्रेनको डोन्बास क्षेत्रमा बमबारी शुरु गरेको छ । साथै दुई...
-
२०७८ फाल्गुण ११, बुधबार
एम्स्टर्डममा बन्दुकधारीले एउटा स्टोरमा रहेका मानिसहरु बन्धक बनाए
नेदरल्याण्ड्सको एम्स्टर्डमको डाउनटाउन स्क्वायरको रहेको एक एप्पल स्टोरमा बन्दुकधारीले कैयौं मानिसहरुलाई बन्धक बनाएको छ । लुट्ने नियतले प्रवेश गरेका ती बन्दुकधारीको हिरासतबाट केही भने भाग्न सफल भएका थिए । प्रहरीले यसबारे केही बताउन चाहेको छैन । उसले...
-
२०७८ फाल्गुण ११, बुधबार
सुन खानीमा विस्फोट हुँदा ६० को मृत्यु
काठमाडौं । अफ्रिकी मुलुक बुर्किना फासोको एउटा सुन खानीमा डाईनामाइट विष्फोट हुँदा कम्तिमा ६० जनाको मृत्यु भएको छ । बुर्किना फासोको दक्षिण पश्चिमी गावा शहर नजिकको एउटा गाउँमा अस्थायी सुन खानीमा डाइनामाइट विष्फोट भएको हो । सुन खानी आसपासको बजारमा...
-
२०७८ फाल्गुण १०, मंगलबार
भारतमा संक्रमणमुक्त हुनेको संख्यामा वृद्धि
भारतमा पछिल्लो समय संक्रमित भन्दा संक्रमितमुक्त हुनेकोसंख्यामा वृद्धि भएकोछ । पछिल्लो २४ घण्टामा १३ हजार ४०५ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् भने सङ्क्रमणमुक्त भएकाको संख्या ३४ हजार २२६ रहेको छ । एउटै अवधिमा कोरोनाभाइरसबाट नयाँ सङ्क्रमित...
-
२०७८ फाल्गुण ९, सोमबार
अष्ट्रेलियामा यात्रा प्रतिबन्ध हट्यो
कोरोना संक्रमण बढेसँगै यात्रा प्रतिबन्ध लगाएको अस्ट्रेलियाले दुई वर्षपछि प्रवेश अनुमति दिने भएको छ । कोरोनाभाइरस विरुद्धको पूर्ण मात्रा खोप लगाएका अन्तर्राष्ट्रिय यात्रुहरूलाई अस्ट्रेलियाले प्रवेश दिने भएको हो । अस्ट्रेलिया सरकारको यो निर्णयसँगै...
-
२०७८ फाल्गुण ८, आइतबार
युनि आँधीबाट युरोपमा धनजनको क्षति
युनि आँधीका कारण युरोपमा १६ जनाको मुत्यु भएको छ । बेल्जियम, नेदरल्याण्ड, जर्मनी, पोल्याण्ड र बेलायतलगायतका मुलुकमा तीव्र गतिमा आएको आँधीका कारण विभिन्न भौतिक संरचनामा क्षति भएको छ । आँधीका कारण सयौंको संख्यामा हवाइ उडानहरु प्रभावित भएका छन् । आँधीले...
-
२०७८ फाल्गुण ७, शनिबार
बेलायतमा 'युनिस' नामक आँधीबाट तीन जनाको मृत्यु
तीन दशकयताकै शक्तिशाली आँधीका कारण बेलायतमा ३ जनाको मृत्यु भएको छ । ‘यूनिस’ नामको आँधी १ सय २५ माइल प्रतिघण्टाको वेगमा आएको थियो । आँधीका कारण लन्डनका साथै पूर्वी र दक्षिण पूर्वी इंग्ल्याण्डका कयौँ क्षेत्र प्रभावित भएका छन् । आँधीका कारण सयौँ हवाइ...
-
२०७८ फाल्गुण ५, बिहिबार
भारतको एक विवाह उत्सवमा कुवामा खसेर १३ को मृत्यु
भारत, उत्तरप्रदेशको कुशीनगरमा एक विवाह समारोहका क्रममा १३ जना महिला र बालिकाको इनारमा खसेर मुत्यु भएको छ । विवाहको हल्दी विधिका लागि इनारमाथि राखिएको फलेकमा बसेको बेला फलेक भाँच्चिएर इनारमा खस्दा उनीहरुको मृत्यु भएको हो । स्थानीय र प्रहरीको सहयोगमा...