arin enterprises

खेलकुद

  • २०७७ फाल्गुण २१, शुक्रबार

    एथ्लेटिक बिल्बाओ कोपा डेल रेको फाइनलमा

    कोपा डेल रे फुटबल अन्तर्गत एथ्लेटिक बिल्बाओ फाइनलमा प्रवेश गरेको छ । गएरातिको भएको अन्तिम दोश्रो लेगको सेमिफाइनल खेलमा लेभान्तेलाई पराजित गर्दै एथ्लेटिक बिल्बाओले फाइनल यात्रा तय गरेको हो । बिल्बाओले गए रातिको खेल २–१ ले र समग्रमा ३–२ ले जित्दै...

  • २०७७ फाल्गुण २१, शुक्रबार

    साविक विजेता लिभरपुलको खराब प्रदर्शन जारी

    इङ्गलिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुलको खराब प्रदर्शन कायमै छ । गएराति आफ्नै मैदान एनफिल्डमा भएको खेलमा लिभरपुल चेल्सीसँग १–० ले हारेको छ । खेलको ४२ औं मिनेटमा मेसन माउन्टले गरेको गोलले नै चेल्सीको जितको निर्णय गरिदियो । यो जितपछि चेल्सी...

  • २०७७ फाल्गुण २०, बिहिबार

    अब विप्लव समूह पनि शान्तिपूर्ण राजनीतिमा

    अब विप्लव समूह पनि शान्तिपूर्ण राजनीतिमा नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी पनि शान्तिपूर्ण राजनीतिमा आउने भएको छ । सरकारसँग जारी वार्तामा ३ बुँदै सहमति भएसँगै विप्लव समूह शान्तिपूर्ण वार्तामा आउने भएको हो । दुवै पक्षको...

  • २०७७ फाल्गुण २०, बिहिबार

    सेभिल्लालाई हराउँदै बार्सिलोना फाइनलमा

    कोपा डेल रे फुटबलमा सेभिल्लालाई हराउँदै बार्सिलोना फाइनलमा प्रवेश गरेको छ । गए राति आफ्नै मैदान क्याम्प नाउमा भएको सेभिल्ला विरुद्धको दोश्रो लेगको सेमिफाइनल खेल समग्रमा ३–२ जित्दै बार्सिलोना फाइनलमा पुगेको हो । पहिलो लेगको खेलमा बार्सिलोना २–० ले...

  • २०७७ फाल्गुण २०, बिहिबार

    नेकपा विवाद निरुपण गर्न पूर्व प्रमुख आयुक्तहरुबाट ध्यानाकर्षण

    सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को विवाद समाधानका लागि पूर्व प्रमुख निर्वाचन आयुक्तहरुले निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । पाँच पूर्व प्रमुख निर्वाचन आयुक्तहरु सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, डा. अयोधिप्रसाद...

  • २०७७ फाल्गुण १९, बुधबार

    सांसदहरुले कोरोनाविरुद्ध खोप लगाए

    कोरोना भाईरसविरुद्धको खोप अभियान अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुले खोप लगाएका छन् । यसै क्रममा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले पनि आज कोरोनाविरुद्धको खोप लिएका छन् । खोप...

  • २०७७ फाल्गुण १९, बुधबार

    स्पेजियामाथि जुेभन्टसको जित

    इटालिएन सिरी ए अन्तर्गत गए रातिको खेलमा जुभेन्टसले स्पेजियाविरुद्धको खेल जितेको छ । आफ्नै मैदानमा भएको खेलमा जुभेन्टसले स्पेजियालाई ३–० ले हराएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा एल्भारो मोराटाले ६२ औं मिनेटमा जुभेन्टसलाई अग्रता दिलाए ।...

  • २०७७ फाल्गुण १८, मंगलबार

    राज्यसत्ता पंचायती मानसिकताबाट ग्रसित रहेको अभियानकर्मीको आरोप

    वर्तमान सरकारले राज्य सत्ताले अझै एक भाषा नीतिलाई निरन्तरता दिँदै भाषिक दमनलाई निरन्तरता दिएको अभियानकर्मीहरुले बताएका छन् । बालाजु सडक विस्तार काण्डमा नेपालभाषा बोलेको भन्दै प्रहरीले अभियानकर्मीहरुलाई पक्राउ गरेको विरोधमा आज ईन्द्रचोकमा आयोजित...

  • २०७७ फाल्गुण १७, सोमबार

    इन्धनको भाउ फेरी बढ्यो

    नेपाल आयल निगमले इन्धनको भाउ फेरी बढाएको छ । निगमले सोमबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर २/२ रुपैयाँ बढाएको छ । त्यस्तै आन्तरीक उडानमा खपत हुने हवाई इन्धनको भाउ प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरिएको छ ।...

  • २०७७ फाल्गुण १७, सोमबार

    पुरातत्व विभागलाई कानूनी दायरामा ल्याउने मेयर शाक्यको भनाई

    काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पुरातत्व विभागकै कारणले सम्पदा पुनर्निमाणमा समस्या आइरहेको दावी गरेका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महानगर प्रमुख शाक्यले कमलपोखरी पुनर्निर्माणमा पुरातत्व विभागकै कारणले विवाद...

  • २०७७ फाल्गुण १७, सोमबार

    काठमाडौं महानगरपालिकामा नेपालभाषा शिक्षण तालिम शुरु

    काठमाडौं महानगरपालिकाले यसै वर्षबाट शुरु गर्न लागेको स्थानीय पाठ्यक्रम पठनपाठनका लागि ‘नेपालभाषा प्रशिक्षण सहायक प्रशिक्षक तालिम’ को शुरुवात भएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आइतबार काठमाडौं २२ वडा गणबहालस्थित नेपाल आदर्श...

  • २०७७ फाल्गुण १५, शनिबार

    कलाकारहरूबीच फुटसल प्रतियोगिता हुने

    विशेष गरी नेपालभाषा क्षेत्रमा सक्रिय कलाकारहरूबीच फुटसल प्रतियोगीता हुने भएको छ । आउँदो फागुन २९ गतेका दिन कलाकारहरुबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता हुने लागेको हो । ‘एम्स आर्टिस्ट फुटसल’ नाम दिइएको प्रतियोगिता चन्द्रागिरी नगरपालिका वडा नं. ९ स्थित...

  • २०७७ फाल्गुण १५, शनिबार

    पारावर्त महाविहार कुलदेवता घरको जिर्णोद्धारपछि उद्घाटन

    काठमाडौँको मुटु ईन्द्रचोक नजिकै रहेको इतुम्बहालको श्री भाष्करदेव संस्कारित केशचन्द्रकृत पारावर्त महाविहारको द्यःछेँ (कुलदेवता घर) पुनर्निर्माणपछि आज उद्घाटन गरिएको छ । आज काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले युनेस्कोको सम्पदा सूचीमा...

  • २०७७ फाल्गुण १५, शनिबार

    ‘जुल रे जुल’ म्यूजिक भिडियो सार्वजनिक

    कला र संगीतको माध्यमबाट मातृभाषाको सेवामा लागेका कलाकारहरुको भावनालाई दर्शक र श्रोताले बुझ्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै कलाकार साथै निर्देशक रामकृष्ण खड्गीले वर्तमान समयमा थुप्रै नेवाः कलाकारहरु...

  • २०७७ फाल्गुण १५, शनिबार

    संगीतकर्मीहरुले सम्झे भजन स्रष्टा भीमबहादुरलाई

    संगीतकर्मी र संगीतप्रेमीहरुले आज संगीतकार भजन संगीतका श्रष्टा स्वर्गीय भीमबहादुर नकर्मीलाई सम्झेका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रमका वक्ताहरुले नेपाली साथै नेपालभाषाको भजन तथा लोक संगीत समेतको विकासमा संगीतकार भीम बहादुर नकर्मीको योगदानको...

  • २०७७ फाल्गुण १४, शुक्रबार

    ‘हे बुद्ध भगवन’को म्यूजिक भिडियो सार्वजनिक

    वरिष्ठ निर्देशक पवज जोशीको निर्देशनमा ज्ञानमाला भजन ‘हे बुद्ध भगवन’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । हाइलाइट्स नेपालमा युट्युब च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो । डबल शाक्यको संगीत र वि नन्द वैद्यको रचना रहेको गीतमा अग्रज साथै...

Pages