बजार
-
२०७७ मङ्सिर २३, मंगलबार
भन्सार छलि ल्याएको विभिन्न अवैध सामान बरामद
बाराका विभिन्न स्थानबाट अवैध रुपमा भन्सार छलि ल्याएको करीब साढे ८ लाख रुपैयाँ बराबरको विभिन्न सामान आइतबार र सोमबार प्रहरीले बरामद गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बारा तथा मातहत कार्यालयहरूबाट खटिएको प्रहरीले भन्सार छलि...
-
२०७७ मङ्सिर २३, मंगलबार
बलात्कार आरोपमा उदयपुरबाट एक पुरुष पक्राउ
एक बालिकालाई बलात्कार गरेको आरोपमा उदयपुरको बेलकाबाट एक पुरुषलाई प्रहरीले गिरफ्तार गरेको छ । ११ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा बेलका बस्ने ६३ वर्षीय सूर्य पोखरेललाई प्रहरीले पक्राउ गरेकोहो छ । अनुसन्धानमा पोखरेलले बालिकालाई सोही ठाउँस्थित...
-
२०७७ मङ्सिर २३, मंगलबार
सिंगापुर पठाइदिने प्रलोभन दिएर ठगी गर्ने पक्राउ
सिंगापुर पठाइदिने प्रलोभन देखाएर ३ लाख बढि नगद ठगी गरेको आरोपमा काठमाडौंबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । ठगी गरेको आरोपमा काठमाडौंको सिनामंगल बस्ने सुनसरी धरानका जनोज लामिछाने भन्ने २७ वर्षीय विशाल दर्जीलाई प्रहरीले पक्राउ गरेको हो । दर्जीले...
-
२०७७ मङ्सिर २३, मंगलबार
उपत्यकामा ५ सय ९४ नयाँ संक्रमित भेटिए
पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ५ सय ९४ जना नयाँ संक्रमित थप भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तीमध्ये महिला २ सय ६३ जना छन् भने पुरुषको संख्या ३ सय ३१ रहेको छ । मन्त्रालयका अनुसार पछिल्लो पटक उपत्यकामा संक्रमण पुष्टि हुने...
-
२०७७ मङ्सिर २३, मंगलबार
८ हजार ९४७ नमूना परिक्षणमा एक हजार ३८२ जनामा संक्रमण पुष्टि
नेपालमा पछिल्लो २४ घन्टामा एक हजार ३ सय ८२ जनामा कोभिड १९ को संक्रमण देखिएको छ । तीमध्ये महिला ५ सय ४६ जना छन् भने पुरुषको संख्या ८ सय ३६ रहेको छ । योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या दुई लाख ४३ हजार ३ सय ७७ पुगेको छ । पछिल्लो पटक एक...
-
२०७७ मङ्सिर २३, मंगलबार
व्रिटेनमा फाइजरबाट विकसित कोभिडको खोप दिइयो
फाइजर/बायो–एन–टेकको कोभिड १९ भ्याक्सिनको ह्यूमन ट्रायल पुरा भई व्रिटेनमा आम नागरिकलाई खोप दिन शुरु गरिएको छ । यसैक्रममा यो भ्याक्सिन पाउने पहिलो नागरिक उत्तरी आयरल्यान्डकी एक ९० वर्षीया वृद्धा भएकि छिन् । मध्य ब्रिटेनको कोवेन्ट्रीस्थित यूनिभर्सिटी...
-
२०७७ मङ्सिर २३, मंगलबार
सगरमाथाको उचाइ बढ्यो
विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ बढेको छ । सगरमाथाको नयाँ उचाइ नेपाल र चीन दुवै देशले एकैपटक सार्वजनिक गर्दै ८ हजार ८ सय ४८ मिटर ८६ सेन्टिमिटर पुगेको जनाएको हो । नापी विभागमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले...
-
२०७७ मङ्सिर २३, मंगलबार
अमेरीकि रक्षामन्त्रीमा रिटायर्ड जनरल लायड अस्टिन
संयुक्त राज्य अमेरीकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडनले अवकाश प्राप्त जनरल लायड अस्टिनलाई आफ्नो रक्षामन्त्री बनाउने कुरा सार्वजनिक भएको छ । अमेरीकि संचारमाध्यमलाई उद्धृत गर्दै बाइडनले जनरल अस्टिनलाई रक्षामन्त्री बनाउन लागेको बीबीसीले जनाएको हो ।...
-
२०७७ मङ्सिर २३, मंगलबार
ब्राइटन आफ्नै मैदानमा साउथह्याम्पटनसँग पराजित
इंग्लीश प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा ब्राइटन साउथह्याम्पटनसँग पराजित भएको छ । साउथह्याम्पटनले ब्राइटनलाई उसकै मैदानमा भएको खेलमा २–१ ले पराजित गरिदिएको हो । खेलको २६औं मिनेट पास्कल ग्रसले गोल गर्दै ब्राइटनलाई अग्रता दिए । तर...
-
२०७७ मङ्सिर २२, सोमबार
बालाचतुर्दशीमा पशुपतिमा दीपदान गर्न नपाइने
बालाचतुर्दशीको अवसरमा पशुपतिमा हुने दीपदान यस वर्ष नहुने भएको छ । बालाचतुर्दशीको अवसरमा पितृका नाममा पशुपतिनाथ मन्दिर क्षेत्रमा गरिने दीपदान कोरोना महामारीको अवस्थामा संक्रमणको जोखिमका कारण यस वर्ष नहुने भएको हो । प्रत्येक वर्ष मार्ग कृष्ण...
-
२०७७ मङ्सिर २२, सोमबार
दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किदाँ दुई जनाको मृत्यु
बनेपामा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किएर भएको सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बनेपाको नयाँ तरकारी बजारस्थित सडकमा ना.१२ प ७४२९ नम्बरको मोटरसाइकल र बागमती प्रदेश ०२–०१७ प २७०८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको थियो । उक्त...
-
२०७७ मङ्सिर २२, सोमबार
मुनिभैरवमा एटिएम फुटाउँदै गरेको अवस्थामा एक युवक पक्राउ
एटिएम मेशीनमा भएको रकम चोर्ने उद्देश्यले काठमाडौंको मुनिभैरवमा बैंकको एटिएम मेशिन फुटाउँदै गरेको अवस्थामा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । मुनिभैरवस्थित एनआइसी एसिया बैंकको एटिएम मेशीन फुटाउँदै गरेको अवस्थामा काठमाडौंको कोटेश्वर बस्ने...
-
२०७७ मङ्सिर २२, सोमबार
ललितपुरबाट अवैध रक्तचन्दन र पुरातात्विक मुद्रासहित ६ जना पक्राउ
ललितपुरको बाफलबाट रक्तचन्दन र पुरातात्विक मुद्राहरुसहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । रक्तचन्दन जस्तो देखिने ३ केजी ६३ ग्राम तौल बराबरको २ थान काठको टुक्रा र पुरातात्विक प्राचीन जस्तो देखिने १३१८ मोरू १ लेखिएको १ थान त्रिकोण आकारको पुरानो...
-
२०७७ मङ्सिर २२, सोमबार
उपत्यकामा थप ४ सय ४२ जनामा संक्रमण पुष्टि
पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ४ सय ४२ जना नयाँ संक्रमित थप भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तीमध्ये महिला एक सय ८८ जना छन् भने पुरुषको संख्या २ सय ५४ रहेको छ । मन्त्रालयका अनुसार पछिल्लो पटक उपत्यकामा संक्रमण पुष्टि हुने...
-
२०७७ मङ्सिर २२, सोमबार
मात्र ३ जिल्लामा पाँच सय बढि सक्रिय संक्रमित, दुई जिल्लामा शुन्य संक्रमित
नेपालमा पछिल्लो २४ घन्टामा एक हजार १४ जनामा कोभिड १९ को संक्रमण देखिएको छ । तीमध्ये महिला ३ सय ७० जना छन् भने पुरुषको संख्या ६ सय ४४ रहेको छ । योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या दुई लाख ४१ हजार ९ सय ९५ पुगेको छ । पछिल्लो पटक एक हजार ६...
-
२०७७ मङ्सिर २२, सोमबार
साउदी राजकुमारले गरे इजरायलको कडा आलोचना
साउदी अरबका राजकुमार तुर्की अल फैसलले इजरायलको कडा आलोचना गरेका छन् । आइतबार भएको बहराइन सेक्युरिटी समिटमा राजकुमार फैजलले ’इजरायलले परमाणु हथियारको अघोषित भण्डारन र साउदी अरबलाई इजरायली सरकारले कमजोर बनाउने कोशिश गरेको भन्दै इजरायलको आलोचना गरेका...