arin enterprises

बिचार

  • २०८० जेठ १०, बुधबार

    बर्ड फ्लू देखिएपछि ब्राजिलमा पशु स्वास्थ्य आपतकाल घोषणा

    बर्ड फ्लू देखिएपछि ब्राजिलले पशु स्वास्थ्य आपतकाल घोषणा भएको छ । ब्राजिलमा दुई वटा राज्यमा बर्ड फ्लू (एच फाइभ एन वन) का आठ वटा केस पुष्टि भएपछि ब्राजिल सरकारले ६ महिना अर्थात् १ सय ८० दिनको आपतकाल घोषणा गरेको हो । हालसम्म राजधानी रियो दि जेनेरियोमा...

  • २०८० जेठ १०, बुधबार

    रुस प्रवेश गरेको विद्रोहि समुह परास्त भएको घोषणा

    रुसले युक्रेनबाट आफ्नो देशमा छिरेको विद्रोहि समुहलाई परास्त गरेको घोषणा गरेको छ । युक्रेनबाट रुसको बेलगोरोड क्षेत्रमा प्रवेश गरेको भनिएको विद्रोहि समुहलाई परास्त गरेको रुसले दाबी गरेको हो । केहि दिन अघि युक्रेनको भिएसयु समुह बेलगोरोडमा पसेपछि भिडन्त...

  • २०८० जेठ ९, मंगलबार

    असोज २ मा शिक्षा दिवस मनाउने

    आज बसेको मन्त्रिपरिषद बैठकले यस वर्षदेखि राष्ट्रिय शिक्षा दिवस असोज २ गते मनाउने निर्णय गरेको छ । २०३१ सालदेखि मनाउन थालिएको शिक्षा दिवस पहिले फागुन १२ गते मनाउने गरिएको थियो । ०६२/०६३ को परिवर्तनपछि अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसर पारेर...

  • २०८० जेठ ९, मंगलबार

    सम्पदा यात्रा बस संचालनमा

    काठमाडौं उपत्यकामा आजदेखि सम्पदा यात्रा बस सेवा सञ्चालन भएको छ । उपत्यकाका सम्पदाहरूको दृश्यावलोकन गराउने उद्देश्यसहित सम्पदा यात्रा बस सेवा सञ्चालनमा आएको हो । सम्पदा घुम्ती बसको यातायात रुटमा दैनिक २ वटा विद्युतीय बस सञ्चालन हुने भएको छ । यस्तै,...

  • २०८० जेठ ९, मंगलबार

    आइरिश कलाकार रे स्टिभेन्सनको निधन

    आइरिश कलाकार रे स्टिभेन्सनको निधन भएको छ । उनको ५८ वर्षको उमेरमा मृत्यु भएको हो  । उनको मृत्यु के कारणले भयो भन्ने विस्तृत रुपमा खुलेको छैन।तर इटालीको इस्चिया टापुमा गोली चल्दा उनलाई अस्पताल भर्ना गरिएको बताइएको छ । त्यतिबेला उनी एक्सन फिल्म ‘...

  • २०८० जेठ ९, मंगलबार

    ट्वीटरमा डिलिट गरिएका ट्वीटहरू आफै रिस्टोर हुने समस्या

    ट्वीटरमा अहिले डिलिट गरिएका ट्वीटहरू आफै रिस्टोर हुने समस्या देखिएको छ । यस विषयमा धेरै प्रयोगकर्ताहरूले सामाजिक सञ्जालमा गुनासो पोखिरहेका छन् । प्लेटफर्ममा देखिएको बगका कारण यसो भइरहेको अनुमान गरिएको छ । हालसम्म ३४ हजार भन्दा बढी डिलिट भएका...

  • २०८० जेठ ९, मंगलबार

    च्यासिस भाँचिएको मोटरसाइकलबारे यात्रीको स्पष्टिकरण

    बिच बाटोमा यात्री मोटरसाइकलको च्यासिस भाँचिएको फोटो अहिले सामाजिक संजालमा भाइरल बनेको छ । प्रायले नेपालको उत्पादनको अवस्था भन्दै च्यासिस भाँचिएको यात्रीको पि वान मोटरसाइकलको फोटो शेयर र कमेन्ट गरिरहेका छन् । कतिले यात्रीको गुणस्तरलाई लिएर आलोचना...

  • २०८० जेठ ९, मंगलबार

    युक्रेनी सेना रुसको बेल्गोरोड क्षेत्रमा प्रवेश गर्दा भिडन्त

    युक्रेनको सेना रुसको बेल्गोरोड क्षेत्रमा प्रवेश गर्दा भिडन्त भएकोे छ । युक्रेनको भिएसयु सशस्त्र समूह बेल्गोरोड क्षेत्रका गाउँमा प्रवेश गर्दा भिडन्त भएकोे हो । बेल्गोरोड क्षेत्रका गभर्नर ग्लाडकोभका अनुसार रुसको एक गाउँमा युक्रेनी सेनाले गोलीबारी आठ...

  • २०८० जेठ ९, मंगलबार

    ह्वाट्सएपमा पठाएको मेसेज १५ मिनेट भित्र एडिट गर्नसक्ने

    ह्वाट्सएपमा प्रयोगकर्ता आफूले पठाएको मेसेज एडिट गर्न सक्ने भएको छ । आफू पठाएको मेसेजलाई १५ मिनेट भित्र एडिट गर्न सक्ने फिचर ह्वाट्सएपमा सार्वजनिक भएको हो । मेटाका सीईओ मार्क जुकरबर्गले फेसबुकमा एक पोस्ट शेयर गर्दै यस फिचरको विषयमा जानकारी दिएका हुन्...

  • २०८० जेठ ९, मंगलबार

    युरोपमा मेटालाई जरिवाना तिराउने घोषणा

    युरोपमा मेटालाई जरिवाना तिराउने घोषणा भएको छ । युरोपका फेसबुक प्रयोगकर्ताको डेटा अमेरिकी सर्भरमा राखेको भन्दै युरोपेली संघले मेटालाई अहिलेसम्मकै ठूलो जरिवाना तिराउने भएको हो । युरोपको डिजिटल गोपनीयता नीति विपरित कार्य गरेको भन्दै संघले मेटालाई १...

  • २०८० जेठ ९, मंगलबार

    २० वर्षपछि न्युकासल युरोपियन च्याम्पियन्स लिगमा

    इंग्लिस क्लब न्युकासल युनाइटेडले सन् २०२३–०२४ सिजनको युरोपियन च्याम्पियन्स लिगमा खेल्ने भएको छ । इंग्लिस प्रिमियर लिगअन्तर्गत न्युकासलले लेस्टर सिटीसँग गोलरहित बराबरी खेल्दै २० वर्षपछि पहिलो पटक युरोपियन च्याम्पियन्स लिगमा पुगेको हो । पछिल्लो पटक...

  • २०८० जेठ ८, सोमबार

    राजुको ‘संगीतसँग यात्रा’ सम्पन्न

    संगीत संयोजक राजु खड्काको अथक सांगीतिक यात्राले २५ औं बसन्त पार गरेको अवसरमा काठमाडौंमा ‘संगीतसँग यात्रा’ कायर्मक्रम सम्पन्न भएको छ । रेशराज प्रोडक्शन प्रा.लि.ले गत शनिबार काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा कार्यक्रमको आयोजना गरेको हो ।...

  • २०८० जेठ ८, सोमबार

    स्थानीय संस्कृतिको अध्ययन र अभिलेखीकरणमा सभासद् श्रेष्ठको जोड

    बागमति प्रदेश सभासद् समिता खड्गी श्रेष्ठले हरेक जातजातिको सांस्कृतिक, आर्थिक लगायत विविध पक्षलाई लिएर बौद्धिक स्तरमा अध्ययन र अभिलेखीकरण गर्नुपर्नेमा जोड दिएकी छन् । नेपाल राष्ट्रिय खड्गी समाज काठमाडौं समितिबाट काठमाडौंमा आयोजित कार्यक्रममा सभासद्...

  • २०८० जेठ ८, सोमबार

    शरणार्थी प्रकरणको प्रतिवेदन प्रहरीले बुझायो

    नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले आज सोमबार आफ्नो रायसहितको पूर्ण प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले झण्डै दुई महिना लामो अनुसन्धानपछि आज प्रतिवेदन बुझाएको हो । आइतबार समय अभावको...

  • २०८० जेठ ८, सोमबार

    राष्ट्रिय विभूति शंखधर साख्वाःको प्रतिमूर्ति अमेरिकामा प्रतिस्थापन हुने

    राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानले अमेरिकाको मेरिल्याण्ड सहरस्थित बाल्टिमोरमा प्रतिस्थापन गर्न लागेको नेपाल संवत् प्रवर्तक शंखधर साख्वाःको प्रतिमूर्ति हस्तान्तरण गरेको छ । शनिबार प्रतिष्ठानको परिसरमा एक कार्यक्रमकाबीच साख्वाको उक्त...

  • २०८० जेठ ८, सोमबार

    बाख्मत शहर रुसको नियन्त्रणमा नगएको जेलेन्स्कीको दाबी

    युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले युक्रेनको बाख्मत शहर रुसको नियन्त्रणमा नगएको दाबी गरेका छन् । शनिबार रुसको तर्फबाट युद्ध लडिरहेको बाग्नर समुहले बाख्मतलाई पुरै नियन्त्रणमा लिएको दाबी गरेको थियो । जी–सेभेन सम्मेलनमा सहभागी हुन जापान पुगेका...

Pages