स्थानीय
-
२०७९ आश्विन १३, बिहिबार
चाडपर्वको नाममा फुटपाथ व्यापारीप्रति लचिलो हुन नसक्ने मेयर शाहको प्रष्टोक्ति
दशैं जस्ता चाडपर्वको नाममा फुटपाथ व्यापारीलाई छुट दिन नमिल्ने मेयर बालेन शाहले प्रष्ट पार्नुभएको छ । उहाँले आज सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गर्दै काठमाडौं महानगरपालिका फुटपाथ पैदल यात्रीको हो भन्ने यथार्थ स्थापित गराउन लागिपरेकाले पर्वका नाममा...
-
२०७९ आश्विन ११, मंगलबार
उपमेयर सुनिता डंगोल बजार अनुगमनमा
नेपालीहरुको महान चाड दशैं शुरु भएसँगै बजार अनुगमन पनि तीब्र बनाइएको छ । आज काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोलको संयोजनमा दसैं लक्षित बजार अनुगमन गरेको छ । अनुगमनको सुरुवातमा डंगोलका टिमले टुकुचास्थित तरकारी बजार, खाद्यन्न पसल र मासु पसल र...
-
२०७९ आश्विन १०, सोमबार
न्यूरोड क्षेत्रमा सवारी निषेध
वडा दशैं शुरु भएसँगै बढ्दो सवारी चापलाई ध्यानमा राखी उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज नयाँ सडक क्षेत्रमा सवारी प्रवेश निषेध गरेको छ । दशैंको समयमा काठमाडौंको मुख्य व्यापारिकस्थल न्यूरोडमा धेरै भिडभाड हुने भएकाले न्यूरोडमा सहज तरिकाले व्यापार...
-
२०७९ आश्विन ९, आइतबार
ललितपुर– १६ वडामा वर्षभरि योग सञ्चालन हुँदै
ललितपुर महानगरपालिका– १६ वडा कार्यालयले एक वर्षसम्म हरेक दिन योग सञ्चालन गर्ने भएको छ । वडाले चालू आर्थिक वर्षको वार्षिक कार्यक्रममा समावेशी गरी यसलाई वर्षभरि निरन्तरता दिन लागिएको हो । योग सञ्चालनको लागि वडाले चालू आर्थिक वर्षमा पाँच लाख रुपैयाँ...
-
२०७९ आश्विन ६, बिहिबार
महानगरले डोजर लगायो वीर अस्पताल अगाडिका औषधी पसलहरुमा
काठमाडौ महानगरपालिकाले अनधिकृत बनाइएका संरचना भत्काउने क्रममा वीर अस्पताल अगाडिका औषधि पसलहरु हटाएको छ । वीर अस्पतालको सर्जिकल भवनतर्फ टाँसिएको टहरा र त्यसमा चलाइएका पसलहरू हटाएको हो । महानगर प्रहरी प्रमुख राजु पाण्डेको नेतृत्वमा सो परिसरमा...
-
२०७९ आश्विन ३, सोमबार
टुकुचा मिचेर बनाएका संरचना नभत्काउन उच्च अदालतको आदेश
पाटन उच्च अदालतले टुकुचा खोला मिचेर बनाएका संरचना नभत्काउन अन्तरकालीन आदेश जारी गरेको छ । प्रेसिडेन्ट ट्राभल्स एण्ड टुर्स प्रालिको तर्फबाट भोलाविक्रम थापासमेतले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश दिपेन्द्रबहादुर बमको इजलासले टुकुचा खोला...
-
२०७९ भाद्र ३१, शुक्रबार
करको दायर बढाउन सहजिकरण गर्छु : उपप्रमुख डंगोल
काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले महानगरले करको दायरा बढाउनको लागि खेल्नुपर्ने भुमिकामा सहजिकरण गर्न तयार रहेको बताउनुभएको छ । बिहीवार काठमाडौंमा ग्रिल तथा स्टिल व्यवसायी संघले वागमती अधिकार सम्पन्न सभ्यता एकीकृत समितिलाई सरसफाई औजार...
-
२०७९ भाद्र २१, मंगलबार
असनका अवैध संरचना हटाउँदै महानगर
अवैध संरचना हटाउने क्रममा काठमाडौं महानगरपालिकाले मंगलबार असन क्षेत्रका अबैध संरचना र फुटपाथ व्यापार हटाउन थालिएको छ । असनदेखि इन्द्रचोकसम्मका व्यापारीहरुले आप्mनो पसलभन्दा बाहिर आएर फुटपाथ पुरै कब्जा गरी व्यापार व्यवसाय गर्दा सडकमा हिँड्डुल गर्न...
-
२०७९ भाद्र १७, शुक्रबार
‘लार्भा खोज र नष्ट गर’ अभियानमा महानगर
एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेको टोकाइबाट हुने डेंगुका विरामीहरु दिनप्रतिदिन बढ्न थालेको छ । डेंगुका विरामीहरु उपत्यकाका अस्पतालहरुमा एकाएक बढ्न थालेपछि काठमाडौं महानगरपालिकाले ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरू गरेको छ ।...
-
२०७९ भाद्र १३, सोमबार
रत्नपार्कको सब–वेमा निर्मित अवैध संरचना हटाइयो
अवैध संरचना भत्काउन तीब्रता दिइरहेको काठमाडौं महानगरपालिकाले हिजो पनि त्यो क्रमलाई निरन्तरता दिएको छ । उसले रत्नपार्कस्थित सव–वे भत्काएको छ । पैदलयात्रुहरुलाई आउजाउ गर्न सहज होस् भनेर पञ्चायतकालमा बनेको नेपालको एक मात्र भूमिगत मार्ग हो, भोटाहटी सब-...
-
२०७९ भाद्र ५, आइतबार
बसन्तपुरमा मौलिक बाजाको प्रदर्शनी सम्पन्न
देशभरका मानन्धरहरुको साझा संस्था केन्द्रीय मानन्धर संघले बसन्तपुरमा सामुहिक धाः बाजा प्रदर्शनी कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौं महानगरभित्र मानन्धर समुदायको सघन बसोबास रहेका आठ वटा टोलले बाजा प्रर्दशनीमा सहभागिता जनाएका हुन् । कार्यक्रममा...
-
२०७९ श्रावण ३०, सोमबार
सार्वजनिक सवारी साधनमा फोहोरदानी अभियान संचालन हुँदै
चन्द्रागिरी नगरपालिकाले कलंकी नागढुंगा सडक तथा सवारी साधनमा फोहोरमैला ब्यबस्थापन सम्बन्धि सचेतनामूलक अभियान तथा स्टिकर वितरण कार्यक्रम संचालन गरेको छ । आज एक कार्यक्रमका बीच अभियानको औपचारीक रुपमा सुरुवात गरिएको हो । कार्यक्रममा प्रहरी नायव...
-
२०७९ श्रावण ३०, सोमबार
वडाध्यक्षकै मिलेमतोमा संरक्षित क्षेत्रको रुख काटियो
ललितपुर महानगरपालिका वडा १५ मा रहेको संरक्षित क्षेत्रको रुख सम्बन्धित निकायको स्विकृती बिना कटान गरिएको छ । सातदोबाटोमा अवस्थित भेल्पा मन्दिर परिसरको करिब २५ वटा रुख स्विकृती बेगर नै काटिएको हो । भेल्पा मन्दिर परिसर संरक्षित क्षेत्र हो । संरक्षित...
-
२०७९ श्रावण २७, शुक्रबार
महानगरले जात्रालाई मध्यनर राखी भित्री वस्तीका फोहोर उठायो
नेवार समुदायको प्रमुख पर्व गुँपुन्हि तथा गाइजात्रालाई मध्यनजर राखी काठमाडौं महानगरपालिकाको भित्री शहरको फोहोर गएराती उठाएको छ । जात्रामा परिक्रमा गर्ने १२ वडाहरुमा थुप्रिएको फोहोर महानगरले गएरातीदेखि नै उठाएको छ । तत्कालका लागि फोहोर टेकुस्थित...
-
२०७९ श्रावण २३, सोमबार
विश्वकै उत्कृष्ट पाँचमा पर्न सफल काठमाडौंको स्मार्ट ट्वाइलेट
विश्वकै पांच उत्कृष्ट सरसफाई (सेनिटेसन) परियोजनामा छनौट भएको स्मार्ट ट्वाइलेट काठमाडौंमा ६ र ललितपुरमा २ गरी कुल आठ ठाउंमा सन्चालनमा आउंदैछ । एयरोसन ट्वाइलेटद्वारा तयार पारिएको सो ट्वाइलेटमा स्वचालित फ्लस प्रणाली, रेनवाटर हार्भेष्टिंग तथा रिचार्ज,...
-
२०७९ श्रावण २२, आइतबार
काठमाडौंमा फेरि ‘नो हर्न’ अभियान सुरु
काठमाडौं उपत्यका ट्राफिक प्रहरीले आइबारबाट ‘नो हर्न’ अभियान पुनः प्रभावकारी बनाउने भएको छ । आज एक कार्यक्रम आयोजना गरेर पुनः काठमाडौं उपत्यकामा नो हर्न अभियानलाई प्रभावकारी बनाइने जनाएको हो । आज ट्राफिक स्वयंसेवक परिचालन समुद्घाटन कार्यक्रममा बोल्दै...




