arin enterprises

स्थानीय

  • २०७९ फाल्गुण १, सोमबार

    त्रिपुरेश्वरबाट एरोसान हब स्मार्ट शौचालयको दोस्रो सेवा सुभारम्भ

    एरोसान सस्टेनेबल सेनिटेसनले निर्माण गरेको नयाँ सार्वजनिक शौचालयको उद्घाटन भएको छ । काठमाडौँ महानगर वडा ११ त्रिपुरेश्वरमा अवस्थित राहदानी विभागको गेटसँगै रहेको शौचालयको वडाध्यक्ष हिरालाल तण्डुकारले उद्घाटन गरेका हुन् । उद्घाटनमा बोल्दै वडाध्यक्ष...

  • २०७९ माघ २४, मंगलबार

    सतीप्रथा उन्मुलनको सुचक नेवार समुदायको ईहि संस्कार

    नेवार परम्परामा बालिका सात वर्ष भएपछि बेललाई साक्षी राखेर विवाह गरिदिने प्रचलन रहेको छ जसलाई स्थानीय भाषामा 'ईही' भनिन्छ । ‘ईही’को अर्थ ‘विवाह’ हो । त्यसैले ईही संस्कार गर्ने भएकोले नेवार केटीहरु कहिल्यै विधवा नहुने मान्यता स्थापित छ । ‘ई’ भनेको...

  • २०७९ माघ १५, आइतबार

    बगलामुखी हाइट समाजको तेस्रो साधारणसभा सम्पन्न

    बुढानिलकण्ठ नगरपालिका वडा ११ स्थित बगलामुखी हाइट समाज उपभोक्ता समितिको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । बुढानिलकण्ठ नगरपालिका वडा ११ मा रहेको बगलामुखी मन्दिर परिसरमा समितिको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको हो । साधारण सभाले पुरानै...

  • २०७९ माघ १३, शुक्रबार

    सम्पदा र सभ्यताको संरक्षण युवाहरुले गर्नुपर्छ : मेयर बालेन्द्र साह

    काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले सम्पदा र सभ्यताको संरक्षण गर्नु युवा पुस्ताको दायित्व भएको बताउनुभएको छ । बिहीवार काठमाडौंमा आयोजित अमूर्त सम्पदा संरक्षण तथा प्रवद्र्धनका लागि काठमाडौं महानगरपालिकाद्वारा खड्गी सेवा समिति अन्तर्गतका ४७...

  • २०७९ पौष २६, मंगलबार

    नवनिर्वाचित जनप्रतिनिधिहरु सम्मानित

    का.म.पा. १३ वडा व्यवस्थापन तथा संरक्षण समितिले काठमाडौं क्षेत्र नं. ८ बाट नवनिर्वाचित प्रतिनिधिसभा तथा प्रदेशसभाका जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । समितिका संयोजक दिलबहादुर मानन्धरको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा बोल्दै राष्ट्रिय स्वतन्त्र...

  • २०७९ पौष १९, मंगलबार

    जनचाहना विपरित टुँडिखेलमा अण्डरग्राउण्ड पार्किङ नबनाइने उपमेयर डंगोलको स्पष्टोक्ति

    काठमाडौं महानगरपालिकाले खुलामञ्चमा तीन तले भूमिगत पार्किङ बनाउने योजना अगाडि बढाएपछि टुँडिखेल संरक्षण अभियान ‘अकुपाई टुँडिखेल’ले विरोध गरेको छ । अभियन्ताहरुले महानगरपालिकाको कार्यालय बागदरबार अगाडि बिरोध प्रदर्शन गरेका छन् । अभियन्ताहरुले टुँडिखेल (...

  • २०७९ पौष १८, सोमबार

    सवारी साधनमा जि.पि.एस ट्र्याकिङ जडान गर्दै चन्द्रागिरि नगरपालिका

    चन्द्रागिरि नगरपालिकाले सरकारी सवारी साधनमा जि.पि.एस ट्र्याकिङ उपकरण जडान गरेको छ । नगरपालिकाले नगर तथा वडाका कर्मचारीले प्रयोग गर्ने सरकारी सवारी साधनमा जि.पि.एस ट्र्याकिङ उपकरण जडान गरेको हो । कार्यालय समयमा कर्मचारीको वस्तुस्थितिको पहिचान गरि...

  • २०७९ पौष १७, आइतबार

    पाटन दरवार क्षेत्रमा सवारी र पार्किङ निषेध

    ललितपुर महानगरका नगर प्रहरी प्रमुख सिताराम हाछेथुले पाटन क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन नगर प्रहरी प्रतिवद्ध भएर लाग्ने बताएका छन् । आइतबार पाटन दरवार क्षेत्रमा सवारी, पार्किङको साथै फुटपाथ पसल निषेध कार्यक्रम लागू गरिएको सन्दर्भमा...

  • २०७९ पौष १५, शुक्रबार

    ताम्सीपाखा महोत्सव भव्य रुपमा सम्पन्न

    काठमाडौं महानगरपालिका १८ वडास्थित ताम्सीपाखामा ताम्सीपाखा सडक महोत्सव भव्य रुपमा सम्पन्न भएको छ । नेपाल सम्वत ११४३ को अवसरमा काठमाडौं महानगरपालिका १८ वडा कार्यालयले आयोजना गरेको महोत्सव शुक्रबार सम्पन्न भएको हो । महोत्सवमा विभिन्न कलाकारहरुको...

  • २०७९ पौष १३, बुधबार

    ताम्सीपाखा सडक महोत्सव हुँदै

    नेपाल सम्वत ११४३ नयाँ वर्षको अवसरमा काठमाडौं महानगरपालिका १८ वडा कार्यालयले ताम्सीपाखा सडक महोत्सव गर्ने भएको छ । स्थानीय संस्कृतिको संरक्षण र प्रचार प्रसारको साथै स्थानीय उत्पादनको बजार प्रवद्र्धनको लागि भन्दै आउँदो पुस १५ गते शुक्रबारका दिन...

  • २०७९ पौष १०, आइतबार

    महानगरको कार्यलाई नेवा समुदायको समर्थन

    काठमाडौं महानगरपालिका भित्रका अनधिकृत बस्ती हटाउने महानगरपालिकाको प्रयासलाई उपत्यकाका नेवार समुदायहरुले समर्थन गरेका छन् । शनिवार काठमाडौं उपत्यकाका नेवार समुदायहरुले पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराएका हुन् । उनीहरुले काठमाडौंका विभिन्न नदी...

  • २०७९ पौष ८, शुक्रबार

    महिलालाई क्षमता अभिवृद्धि तालिम

    भक्तपुरमा महिला तथा बेरोजगार युवा लक्षित क्षमता अभिवृद्धि तालिम सुरु भएको छ । मध्यपुर थिमि नगरपालिका वडा नं. ९ को लागत साझेदारीमा श्री नीलबाराही महिला समुहले १५ दिने तालिम सञ्चालन गरेको हो । तालिम कार्यक्रमलाई सम्बोधन गर्दै मध्यपुर थिमि नगरपालिकाका...

  • २०७९ पौष ७, बिहिबार

    अनामनगरको अवैध संरचना भत्काइयो

    काठमाडौं महानगरपालिकाले अवैध संरचना हटाउने काम जारी राखेको छ । सोही क्रममा धोवीखाला किनारमा करिब नौ रोपनी बढी सरकारी जग्गामा गैरकानुनी रुपमा बनाइएका संरचनाहरु बुधबार भत्काइएको छ । काठमाडौं महानगरपालिकाले वडा नम्बर १० अन्तर्गत देवीनगरस्थित धोबीखोला...

  • २०७९ मङ्सिर २०, मंगलबार

    ललितपुर महानगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविका अक्षयकोषलाई निरन्तरता दिने

    ललितपुर महानगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविका अक्षयकोषलाई निरन्तरता दिने भएको छ । सोमवार ललितपुर महानगरपालिकाले आयोजना गरेको स्वयंसेवक सम्मान तथा प्रोत्साहन कार्यक्रमलाई सम्बोधन गर्दै महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले विगतमा महानगरपालिकाले...

  • २०७९ मङ्सिर १६, शुक्रबार

    १९औं ज्यापू दिवस भव्यरुपमा मनाइने

    हरेक वर्ष भैंm यस वर्ष पनि नजिकिंदो १९औं ज्यापू दिवस भव्यरुपमा मनाउन व्यापक तयारी भइरहेको छ । यसवर्ष ज्यापू दिवस काठमाडौं महानगरपालिका २१ वडास्थित गोफल टोलको संयोजनमा हुन लागेको छ । १९औं ज्यापु दिवस भव्यरुपमा मनाउन आवश्यक सम्पूर्ण तयारी भइरहेको...

  • २०७९ मङ्सिर १३, मंगलबार

    सुकुम्वासीहरुको महानगरपालिका अगाडी बिरोध प्रदर्शन

    काठमाडौं थापाथलीस्थित वागमती नदी किनारका सुकुम्वासीहरुले काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि बिरोध प्रदर्शन गरेका छन् । धेरै संख्यामा जम्मा भएका सुकुम्वासीहरुले आफूहरुलाई सुकुम्वासी बस्तीबाट महानगरपालिकाले बलपूर्वक हटाउन लागेकोमा बिरोध प्रदर्शन...

Pages