arin enterprises

स्थानीय

  • २०८० आश्विन २२, सोमबार

    महानगरले १५ हजारलाई रोजगार दिने

    ‘रोजगारी र आयवृद्धि काठमाडौंको सम्वृद्धि’ अन्तर्गत काठमाडौं महानगरपालिले महानगर भित्रका १५ हजार जनालाई शीपमूलक तालिम दिने घोषणा गर्नुभएको छ । सामाजिक सञ्जाल मार्फत महानगरका मेयर बालेन्द्र शाहले बेरोजगारी समस्यालाई ३ वर्षभित्र समाधान गर्न कम्तीमा १५...

  • २०८० आश्विन २१, आइतबार

    वायु प्रदुषण गर्ने सवारी साधनलाई महानगरले कारबाही गर्ने

    काठमाडौँ महानगरपालिकाले बढी वायू प्रदूषण फैलाउने सवारी साधनलाई जरिबानासहित कारबाही गर्ने भएको छ । शनिबार महानगरले एक सूचना जारी गर्दै मापदण्ड भन्दा बढी प्रदुषण फैलाउने सवारी साधनलाई कडा कारबाही गर्ने जनाएको हो । मापदण्ड विपरित गुड्ने सवारी साधनलाई...

  • २०८० आश्विन १९, शुक्रबार

    नेवाः सांस्कृतिक ज्ञानकोश प्रकाशन हुने

    नेवार समुदायको सम्पूर्ण विवरण समेटिएको पुस्तक नेवाः सांस्कृतिक ज्ञानकोश प्रकाशनमा ल्याउने भएको छ । काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा नेपालभाषा एकेडेमीले नेवाः सांस्कृतिक ज्ञानकोश प्रकाशन गर्ने भएको छ । सो ज्ञानकोशमा प्रमुखरुपमा नेवारहरुको अमूर्त...

  • २०८० आश्विन १७, बुधबार

    काष्ठमण्डप पुननिर्माण सम्पन्न प्रतिवेदन महानगरपालिकालाई बुझाइयो

    काष्ठमण्डप पुनर्निर्माण समितिले काठमाडौँ महानगरपालिकालाई कार्य सम्पन्न प्रतिवेदन बुझाएको छ । समितिका अध्यक्ष राजेश शाक्यसहित पदाधिकारीले काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीलाई प्रतिवेदन बुझाएका हुन् । पुनर्निर्माणसँग...

  • २०८० आश्विन १०, बुधबार

    ई. र महानगरबीचको वार्ता मिलेन

    काठमाडौं महानगरपालिका र ईःका प्रतिनिधिहरुविच भएको वार्ता निष्कर्षहीन भएको छ । साना सडक व्यवसायीको व्यवस्थापनको माग गर्दै आन्दोलनरत ईः सहितका अभियन्ता र महानगरको वार्ता टोलीबीच हिजो अबेर रातिसम्म चलेको वार्ता विना निष्कर्ष टुंगिएको हो । काठमाडौं...

  • २०८० आश्विन ३, बुधबार

    विद्यालय बन्द गरेर आन्दोलन गरेमा महानगरले कारबाही गर्ने

    नेपाल शिक्षक महासंघको आह्वानमा शिक्षकहरुले आजदेखि राजधानी केन्द्रीत आन्दोलन शुरु गरेका छन् । काठमाडौं महानगरपालिकाले एक विज्ञप्ति प्रकाशित गरी विद्यालय बन्द गरेर पठनपाठन बन्द गरेको पाइएमा प्रचलित कानुनबमोजिम शिक्षकहरुमाथि कारबाही गर्ने महानगरले...

  • २०८० भाद्र २८, बिहिबार

    ‘टाइम हन्ड्रेड नेक्स्ट’ सूचीमा बालेन

    अमेरिकी म्यागजिन ‘टाइम’ ले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई सन् २०२३ को विश्वका सय जना उदयमान व्यक्तिको सूचीमा समावेश गरेको छ । म्यागेजिनले ‘टाइम हन्ड्रेड नेक्स्ट’ सूचीमा बालेनको नाम पनि समावेश गरेको हो । स्वतन्त्र उम्मेदवार बनेर ३३ वर्षीय...

  • २०८० भाद्र २६, मंगलबार

    वडा नं. १६ मा कार्यवाहक अध्यक्ष पुष्प महर्जन नियुक्त

    काठमाडौं महानगरपालिका वडा नं. १६ मा पुष्प महर्जन कार्यवाहक अध्यक्षमा नियुक्त हुनु भएको छ । गत भाद्र २१ अध्यक्ष मुकुन्द रिजालको असामयिक निधन भएपछि रिक्त रहेको पदमा कार्यवहाक अध्यक्षको जिम्मेवारी वडा सदस्य पुष्प महर्जन सम्हालेको हो । सोमवार भएको...

  • २०८० भाद्र १७, आइतबार

    मेयर बालेन्द्र शाहले दिए प्रष्टीकरण

    काठमाडौंका मेयर बालेन शाहले शनिबार साँझ भएको घटनाबारे प्रष्टीकरण दिएका छन् । आइतबार मेयर बालेनको सचिवालयले विज्ञप्ति जारी गर्दै प्रष्टीकरण दिएका हुन् । शनिबार साँझ मेयर पत्नी चढेको सरकारी गाडी रोकेपछि आक्रोशित मेयर बालेन शाहले एक स्टाटस पोष्ट गरेका...

  • २०८० भाद्र १७, आइतबार

    फिल्म क्षेत्रलाई महानगरले प्राथमिकतामा राखेको छ : उपप्रमुख डंगोल

    काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले महानगरले चलचित्र क्षेत्रलाई प्राथमिकतामा राखेर योजना बनाएको बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित नाट्यकर्मी महासंघ नेपालको दोस्रो केन्द्रीय महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।...

  • २०८० भाद्र १४, बिहिबार

    सापारुको अवसरमा महानगरभित्र भोलि विदा

    काठमाडौं महानगरपालिकाले भोलि शुक्रबार सापारुको अवसरमा काठमाडौं क्षेत्रभित्र सार्वजनिक विदा दिने निर्णय गरेको छ । महानगरले एक सूचना प्रकाशित गरी भोलि सापारु र रोपाईं जात्रा समेत मनाउने प्रचलन अनुसरा उक्त परम्परालाई निरन्तरता दिई महानगरपालिकाको मौलिक...

  • २०८० भाद्र ४, सोमबार

    भाद्र ६ गते सूर्यविनायक नगरपालिकामा पर्व विदा

    आउँदो भाद्र ६ गते बिहिबारका दिन सूर्यविनायक नगरपालिकामा स्थानीय पर्व विदा घोषणा गरिएको छ । सूर्यविनायक नगरपालिकास्थित डोलेश्वर महादेवलाई केदारनाथको शिर घोषणा गरिएको दिनको स्मरणमा भाद्र ६ गते स्थानीय पर्व विदा घोषणा गरिएको हो । सो दिन नगरपालिका र...

  • २०८० भाद्र ४, सोमबार

    महानगरले श्रम बैंकमार्फत रोजगार दिने

    काठमाडौं महानगरपालिकाले श्रम बैंक खोल्ने भएका छन् । महानगरले नगरक्षेत्रभित्रका बेरोजगार नागरिहरुलाई सो बैंक आबद्ध गरी रोजगारसँग जोड्ने भएको छ । आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममा महानगर स्वर्णिम योजना अन्तर्गत श्रम बैंक योजना...

  • २०८० भाद्र ३, आइतबार

    इन्द्रराज देवघरको पुनर्निर्माण सम्पन्न

    काठमाडौंको मरु गणेशस्थित इन्द्रराज देवघरको पुर्ननिर्माण सम्पन्न भएको छ । करिब एक करोड भन्दा बढीको लागतमा पुर्ननिर्माण सम्पन्न भएको हो । शनिबार एक कार्यमको आयोजना गरी सो देवघरको काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोलले उद्घाटन गर्नुभएको छ । सो...

  • २०८० श्रावण ३२, बिहिबार

    महानगरको पुलमा करोडौंको झिलिमिलि

    काठमाडौं महानगरले नवनिर्मित आर्क ब्रिजहरु २५ करोड खर्चेर झिलिमिलि बनाउने भएको छ । सुन्दर महानगर योजना अन्तर्गत काठमाडौं महानगरपालिकाले करोडौं खर्चेर उक्त कार्यहरु गरिरहेको छ । महानगरले आर्थिक बर्ष २०८०/८१ मा महानगरले सुन्दर महानगरको स्वर्णिम योजना...

  • २०८० श्रावण २६, शुक्रबार

    यज्ञमती र चखुँचाखोलालाई पुरानै स्वरुपमा फर्काइने

    काठमाडौंको कपनमा खहरे खोला अतिक्रमण गरेर बनेका घर टहराहरु काठमाडौं महानगरपालिकाले आजदेखि हटाउन सुरु गर्ने भएको छ । काठमाडौँ महानगरपालिका र बुढानीकण्ठ नगरपालिकाबीच हिजो पुरिएका खोलाहरु खोलेर पुरानै स्वरुपमा फर्काउने काम आजदेखि शुरु गर्ने सहमति भएको...

Pages