arin enterprises

स्पाेर्ट्स

  • २०७८ आषाढ १५, मंगलबार

    विश्वकप उपविजेता क्रोएसियालाई हराउँदै स्पेन क्वाटरफाइनलमा

    विश्वकप उपविजेता क्रोएसियालाई हराउँदै स्पेन युरोकप २०२०को क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार राति कोपनहेगनस्थित पार्केन एरिनामा भएको प्रि–क्वाटरफाइनलमा क्रोएसियालाई अतिरिक्त समयमा ५–३ गोलले पराजित गर्दै स्पेनले अन्तिम क्वाटरफाइनलमा स्थान बनाएको...

  • २०७८ आषाढ १४, सोमबार

    ब्राजिलसँग इक्वेडरको बराबरी

    कोपा अमेरिकाको समूह चरणको अन्तिम खेलमा आयोजक ब्राजिलले इक्वेडरसँग बराबरी खेलेको छ । सोमबार बिहान पेड्रो ओलम्पिक स्टेडियममा भएको खेलमा ब्राजिलले इक्वेडरसँग १–१ गोलको बराबरी खेलेको हो । खेलको ३७ औं मिनेटमा इडर मिलिटाओले एभर्टनको फ्रिकिकमा हेड गोल...

  • २०७८ आषाढ १४, सोमबार

    पोर्चुगललाई हराउँदै बेल्जियम क्वाटरफाइनलमा

     पोर्चुगललाई हराउँदै बेल्जियम युरोकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार राति स्पेनको सेभियास्थित स्टाडियो ला कुर्ट्जा स्टेडियममा भएको प्रि–क्वाटरफाइनलमा साविक विजेता पोर्चुगललाई १–० ले पराजित गर्दै बेल्जियम क्वाटरफाइनलमा प्रवेश गरेको हो ।...

  • २०७८ आषाढ १४, सोमबार

    नेदरल्यान्ड्सलाई हराउँदै चेक रिपब्लिक क्वाटरफाइनलमा

    नेदरल्यान्ड्सलाई हराउँदै चेक रिपब्लिक युरोकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार राति हंगेरीको पुस्कास एरिनामा भएको प्रि–क्वाटरफाइनलमा चेक रिपब्लिकले १० खेलाडीमा सिमित नेदरल्यान्ड्सलाई २–०ले पराजित गरेको हो  ।  पहिलो हाफ गोलरहित बराबरीमा सकिएको...

  • २०७८ आषाढ १३, आइतबार

    इटालीको नयाँ राष्ट्रिय कीर्तिमान

     शनिबार राति युरोकप २०२० को दोस्रो प्रिक्वाटरफाइनलमा अस्ट्रियालाई पराजित गरेसँगै इटालीले आफ्नो अपराजित खेल संख्या ३१ खेलसम्म लम्ब्याउँदै नयाँ राष्ट्रिय कीर्तिमान बनाएको छ । यो इटाली सर्वाधिक खेलमा अपराजित रहेको खेल संख्या हो । युरो २०२० को समूह...

  • २०७८ आषाढ १३, आइतबार

    नयाँ कीर्तिमानसँगै इटाली क्वार्टरफाइनलमा

     नयाँ कीर्तिमान बनाउँदै इटाली युरोकप २०२० को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा इटालीले अस्ट्रियामाथि २–१  को जित निकाल्दै क्वाटरफाइनलमा आफ्नो स्थान पक्का गरेको हो ।  ६५ औं मिनेटमा अष्ट्रियाका मार्को अर्नुटोभिकले गरेको गोल भीएआर...

  • २०७८ आषाढ १३, आइतबार

    सान्दार जितसँगै डेनमार्क क्वाटरफाइनलमा

     सान्दार जितसँगै डेनमार्क युरोकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार राति नेदरल्यान्ड्सको जोहान क्रुफ एरिनामा भएको पहिलो प्रि–क्वाटरफाइनलमा वेल्सलाई ४–० ले पराजित गर्दै डेनमार्क क्वाटरफाइनलमा पुगेको हो । डेनमार्कलाई जित दिलाउन कास्पर डोलवर्गले...

  • २०७८ आषाढ १०, बिहिबार

    ब्राजिलको लगातार तेस्रो जित

    कोपा अमेरिका मा साविक विजेता ब्राजिलले लगातार तेस्रो जित हात पारेको छ। बिहीबार विहान सम्पन्न खेलमा अन्तिम समयमा गोल गर्दै कोलम्बियामाथि २–१ को जित हात पारेको हो । खेलमा एल डियासले १० औं मिनेटमा गोल गर्दै कोलम्बियालाई अग्रता दिलाएको थियो । ब्राजिलका...

  • २०७८ आषाढ १०, बिहिबार

    को को हुने युरोकपको अन्तिम १६ टिम ??

    जारी युरोकपको नकआउट चरणमा पुग्ने टोलीको टुंगो लागेको छ ।  बुधबार राति भएको अन्तिम चार खेलसँगै युरोकपको समूह चरणको खेल सकिएपछि नकआउट चरणमा पुग्ने टोलीको टुंगो लागेको हो । जसमा ६ बटा समूहको शीर्ष दुई र समूहको तेस्रो स्थानमा प्राप्त गर्ने मध्येको...

  • २०७८ आषाढ १०, बिहिबार

    क्रिस्टियानो रोनाल्डोको नयाँ कीर्तिमान

     पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोल नयाँ कीर्तिमान बनाएको छ । ३६ वर्षीय रोनाल्डोले दुई ठुला प्रतियोगिता विश्वकप र युरोकपमा संयुक्त सर्वाधिक धेरै गोल गर्ने खेलाडीको कीर्तिमान बनाएको हो । १६ औं संस्करणको युरोकपमा फ्रान्सविरुद्धको खेलमा  गोल...

  • २०७८ आषाढ १०, बिहिबार

    समूह ‘ई’ बाट स्विडेन र स्पेन नकआउट चरणमा

    समूह विजेता बन्दै स्विडेन युरोकप २०२०को नकआउट चरणमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा बुधबार राति पोल्याण्डलाई ३–२ गोल अन्तरले पराजित गर्दै स्विडे नकआउट चरणमा प्रवेश गरेको हो । रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा भएको खेलको दोस्रो मिनेटमै इमिल...

  • २०७८ आषाढ १०, बिहिबार

    समूह ‘एफ’ बाट फ्रान्स, जर्मनी र पोर्चुगल नकआउट चरणमा

    समूह विजेता बन्दै फ्रान्स युरोकप २०२० को नकआउट चरणमा प्रवेश गरेको छ । बुधबार राति हंगेरीको बुडापेस्ट स्थित पुस्कास एरिनामा भएको समूह चरणको अन्तिम खेलमा पोर्चुगलसँग २–२ गोलको बराबरी खेल्दै फ्रान्स समूह विजेता बनेको हो ।  खेलको ३१ औं मिनेटमा कप्तान...

  • २०७८ आषाढ ९, बुधबार

    समूह ‘डी’ बाट इंग्ल्यान्ड, क्रोएसिया र चेक रिपब्लिक अन्तिम १६ मा

     युरोकप २०२० मा इंग्ल्यान्ड , क्रोएसिया र चेक रिपब्लिक अन्तिम १६ मा पुगेका छन् । वेम्बली स्टेडियममा मंगलबार राति समूह ‘डी’ अन्तर्गतको खेलमा इंग्ल्यान्डले चेकलाई १–० ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको हो । चेकविरुद्ध इंग्ल्यान्डलाई जित दिलाउने...

  • २०७८ आषाढ ८, मंगलबार

    समूह ‘बी’ वाट बेल्जियम र डेनमार्क अन्तिम १६ मा

     समूह ‘बी’ वाट बेल्जियम र डेनमार्क युरो २०२० को अन्तिम १६ मा पुगेको छ । सोमबार राति सम्पन्न समूह चरणको अन्तिम खेलमा फिनल्याडलाई २–० गोलले पराजित गरेपछि समूह ‘बी’ को विजेता बन्दै बेल्जियम अन्तिम १६ मा पुगेको हो । रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा...

  • २०७८ आषाढ ८, मंगलबार

    समूह ‘सी’ वाट नेदरल्यान्ड्स र अष्ट्रिया अन्तिम १६ मा

    समूह ‘सी’ वाट नेदरल्यान्ड्स र अष्ट्रिया युरो २०२० को अन्तिम १६ मा पुगेको छ । सोमबार राति सम्पन्न समूह चरणको अन्तिम खेलमा नर्थ म्यासेडोनियालाई ३–० गोलले पराजित गरेपछि समूह ‘सी’ को विजेता बन्दै नेदरल्यान्ड्स अन्तिम १६ मा पुगेको हो । नेदरल्यान्ड्सको...

  • २०७८ आषाढ ७, सोमबार

    समूह ‘ए’ बाट इटाली र वेल्स युरोकप २०२० को अन्तिम १६ मा स्विट्जरल्यान्डले कुर्नुपर्ने

    समूह ‘ए’ को शीर्ष स्थानको इटाली र दोस्रो स्थानको वेल्स  युरोकप २०२० को अन्तिम १६ मा पुगेको छ । अघिल्ला दुई खेलमा टर्की र स्विट्जरल्यान्डलाई पराजित गरेको इटालीले आइतबार राति भएकोे खेलमा वेल्सलाई १–० ले पराजित गरेपछि लगातार तेस्रो जित हात पार्दै...

Pages