बिचार
-
२०८० बैशाख ६, बुधबार
अन्नपूर्ण हिमाल आरोहणको क्रममा आयरल्याण्डका नागरिकको मृत्यु
अन्नपूर्ण हिमाल आरोहण गरी फर्कने क्रममा आयरल्याण्डका एक नागरिकको मृत्यु भएको छ । आयरल्याण्डका ५६ वर्षीय नोयल हानाको मंगलबार मृत्यु भएको हो । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण वेश क्याम्पको क्याम्प ३ बाट क्याम्प २ तर्फ फर्कने क्रममा...
-
२०८० बैशाख ६, बुधबार
ठमेलबाट अवैध लागूऔषधसहित भारतीय नागरिक पक्राउ
काठमाडौंको मुख्य पर्यटकीय क्षेत्र मानिने ठमेलबाट अवैध लागूऔषध कोकिनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । ठमेलस्थित होटल याला पिकबाट १.०८ ग्राम कोकिनसहित भारतीय नागरिक ५१ वर्षीय रविन्द्र कुमार पाराशरलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । विशेष...
-
२०८० बैशाख ६, बुधबार
बराबरीमा रोकिएपनि मिलान सेमिफाइनलमा
प्रवेश इटालियन क्लब एसी मिलान च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगमा नापोलीसँग १–१ गोलको बराबरीमा रोकिएपनि समग्रमा २–१ को जित निकाल्दै मिलान अन्तिम चारमा पुगेको हो । नापोलीको घरेलु मैदानमा...
-
२०८० बैशाख ६, बुधबार
चेल्सीलाई हराउँदै रियल सेमिफाइनलमा
स्पेनिस क्लब रियल म्याड्रिड युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । रियले इंग्लिस क्लब चेल्सीलाई समग्रमा ४–०ले हराउँदै सेमिफाइनलमा पुगेको हो । गएराति भएको क्वाटरफाइनलको दोस्रो लेगमा रियलसँग चेल्सी २–०ले पराजित भयो । लण्डनस्थित...
-
२०८० बैशाख ५, मंगलबार
कोरोना संक्रमणबाट २ जनाको मृत्यु
केही दिनदेखि कोरोना संक्रमणमा वृद्धि भएसँगै मृत्युदर पनि बढ्न थालेको छ । पछिल्ला २४ घण्टामा कोरोनाका १ सय ७१ जना संक्रमित थपिंदा आज एकै दिन २ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार यस अवधिमा पीसीआर र एन्टिजेन गरी २ हजार २ सय ९२ जनाको...
-
२०८० बैशाख ५, मंगलबार
यल कोसेली घर संचालनमा
ललितपुर महानगरपालिकाले नगरक्षेत्रभित्र उत्पादन भएका हस्तकला सामग्री बिक्रीका लागि पाटनढोकामा यल कोसेली घर सञ्चालनमा ल्याएको छ । महानगरपालिकाभित्रका हस्तकला सामग्रीहरुको प्रवद्र्धन तथा पर्यटन क्षेत्रको विकासका लागि ललितपुर हस्तकला सङ्घको व्यवस्थापनमा...
-
२०८० बैशाख ५, मंगलबार
साहित्य र संगीतको श्रीवृद्धिको लागि प्रतिष्ठान गठन
नेपाली संस्कृति, नेपाल भाषा साहित्यको श्रीवृद्धिको उद्देश्यले गणेशदेवी मानन्धर स्मृति प्रतिष्ठान गठन गरिएको छ । काठमाडौंमा एक कार्यक्रमकाबीच समाजसेवी विजय कुमार मानन्धरको नेतृत्वमा १३ सदस्यीय प्रतिष्ठान गठन गरिएको हो । प्रतिष्ठानमा फरक विधाका...
-
२०८० बैशाख ५, मंगलबार
फक्सवागनको सिंगल चार्जमा ७ सय कि.मि गुड्ने विद्युतीय कार सार्वजनिक
फक्सवागनले अधिकतम रेन्ज दिने नयाँ ‘आईडी–७ सेडान’ कार सार्वजनिक गरेको छ । विश्वकै सबैभन्दा ठूलो अटो शो ‘अटो सांघाई २०२३’ मा कम्पनीले एक पटकको फूल चार्जमा ७ सय किलोमिटर गुड्नसक्ने विद्युतीय कार सार्वजनिक गरेको हो । यो कारलाई फक्सवागन कम्पनीले आफ्नो...
-
२०८० बैशाख ५, मंगलबार
अमेजन प्राइममा रिलिज हुँदै ‘१९१५ः लेजेन्ड अफ गोर्खाज’
‘१९१५ः लेजेन्ड अफ गोर्खाज’ आगामी वैशाख १९ गतेदेखि अमेजन प्राइममा रिलिज हुने भएको छ । गत भदौमा ‘गोर्खा ः बिनिथ द ब्रेभरी’ टाइटलमा नेपालमा प्रदर्शन भएको सोही फिल्म नाम परिवर्तन गर्दै ‘१९१५ः लेजेन्ड अफ गोर्खाज’ नामबाट अमेजन प्राइममार्फत रिलिज हुन...
-
२०८० बैशाख ५, मंगलबार
सुज्योति डंगोल बनिन् मिस लिटिल नेवाः ११४३
मिस लिटिल नेवाः ११४३ को उपाधि सुज्योति डंगोलले चुमेको छ । नेप्लिज फेसन होमको आयोजनामा राजधानीमा सम्पन्न राजधानीमा हालै सम्पन्न नेवार समुदायका बालिकाहरुको प्रतिभामूलक प्रतियोगितामा सुज्योति डंगोल मिस लिटील नेवा: ११४३ भएकी हुन् । जमलस्थित राष्ट्रिय...
-
२०८० बैशाख ५, मंगलबार
सुडानको सत्ता संघर्षमा मृत्यु हुनेको संख्या दुई सय नजिक
सुडानमा सरकारी सेना र विद्रोही समूहबीच भइरहेको सत्ता संघर्षका कारण मृत्यु हुनेको संख्या १ सय ८५ जना पुगेको छ । ३ दिनदेखि भइरहेको लडाईमा १ हजार ८ सय जना मानिसहरू घाइते भएका छन् । संयुक्त राष्ट्रसंघले सुडानमा सेना र अर्धसैनिक बलबीचको लडाई झन नै...
-
२०८० बैशाख ५, मंगलबार
प्रशान्ती बृद्धाश्रमलाई एक लाख सहयोग
बृद्धाश्रम सहयोग समितिले कणार्ली प्रदेशको सुर्खेतस्थित प्रशान्ती बृद्धाश्रममा एक लाख अक्षयकोष स्थापना गरी सहयोग गरेको छ । हरेक महिना कुनै आश्रममा सहयोग गर्ने निती रहेको बृद्धाश्रम सहयोग समितिले यस महिना कणार्लीको प्रशान्ती बृद्धाश्रमलाई एक लाख...
-
२०८० बैशाख ४, सोमबार
धरानमा सांसदहरुलाई निषेध गर्ने राईको चेतावनि
धरान उपमहानरपालिकाका प्रमुख हर्क साम्पाङ राईले यस पालिको बजेटमा कोशीको पानी ल्याउने कार्यक्रम नपरे सांसदहरुलाई धरानमा निषेध गर्ने चेतावनी दिएका छन् । सामाजिक संजालमा स्टाटस अपडेट गर्दै उपमहानगरपालिका राईले यस्तो चेतावनी दिएका हुन् । तीनकुनेमा...
-
२०८० बैशाख ४, सोमबार
केन्द्रले नै प्रदेशलाई कमजोर बनाएको नेता श्रेष्ठको आरोप
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता साथै पूर्वमन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले केन्द्रीय सरकारले नै प्रदेशलाई कमजोर बनाएको दाबी गरेका छन् । जसपा नेपाल नेवाः राष्ट्रिय समितिले सोमबार काठमाडौंमा आयोजना गरेको नव बर्ष २०८० को शुभकामना आदान प्रदान...
-
२०८० बैशाख ४, सोमबार
बिस्का जात्रा अन्तर्गत सगुन जात्रा मनाउँदै
नौ दिन आठ रातसम्म मनाउने धार्मिक, सांस्कृतिक एवम् ऐतिहासिक महत्त्व बोकेको बिस्का जात्राको ८ औं दिन आज भक्तपुरवासीले द्यः सगं विय्गू (सगुन दिने जात्रा) मनाएका छन् । सोमबार बिहानैदेखि धिमे र बाँसुरी बाजा र भजन खलःहरूले नगरका विभिन्न शक्तिपीठ तथा...
-
२०८० बैशाख ४, सोमबार
एफपीओको प्रिमियम कर स्थगित गर्न प्रमको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले एफपीओ मार्फत विक्री भएको सेयर प्रिमियम रकममा कर लगाउने निर्णय तत्काल स्थगित गर्न र दीर्घकालिन समाधान खोज्न निर्देशन दिनुभएको छ । नेपाल उद्योग परिसंघ र नेपाल बैकर्स संघले संयक्त रुपमा एफपिओमार्फत विक्री भएको...




