arin enterprises

बिचार

  • २०७७ भाद्र १, सोमबार

    संक्रमित धमाधम बढ्दै, २७ हजार नाघ्यो

    नेपालमा पछिल्लो २४ घन्टामा ५ सय ८१ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । योसँगै कोभिड १९ बाट संक्रमितको कुल संख्या २७ हजार २ सय ४१ पुगेको हो । पछिल्लो पटक एक सय ६० जना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको कुल...

  • २०७७ श्रावण ३२, आइतबार

    इन्धनको भाउ बढ्यो

    नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरी बढाएको छ ।  निगमले आइतबार राति १२ बजेबाट लागू हुने गरी डिजेल, पेट्रोल र मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ मूल्य वृद्धि गरेको हो । स्वचालित मूल्य समायोजन कार्यविधि अनुसार मूल्य वृद्धि गरिएको निगमले जनाएको...

  • २०७७ श्रावण ३२, आइतबार

    चोरीको सामान सहित पक्राउ

    काभ्रेका रोशन लामालाई चोरीको सामानसहित शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।  काभ्रे घर भएका ३० वर्षीय लामालाई चोरीको ढलौटको बुद्धको मूर्तिसहित पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका–२२ टेबहालस्थित बीरेन्द्रमान सिंहको घरबाट करिब ६ किलोको सुनको...

  • २०७७ श्रावण ३२, आइतबार

    फेसबुकमा साथी बनाइ बलात्कार

    फेसबुकमा मित्रता गाँसी महिलालाई जवरजस्ती बलात्कार गरेको आरोपमा प्रहरीले आइतबार एकजनालाई पक्राउ गरेको छ ।  गत साउन २९ गते फेसबुकमा मित्रता गाँसेकी महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले कीर्तिपुरका १९ वर्षीय सबिन मानन्धर लाई पक्राउ गरेको हो । ...

  • २०७७ श्रावण ३२, आइतबार

    रहेनन् वरिष्ठ चित्रकार प्रेममान

    नेपालको चित्रकला क्षेत्रका वरिष्ठ पौभाः कलाकार साथै साहित्यकार प्रेममान चित्रकारको निधन भएको छ । लामो समयदेखि दमको रोगले पिडित चित्रकारको आज दिउँसो उपचारको क्रममा कलंकीस्थित नेशनल हस्पिटलमा निधन भएको हो । उनको आजै पशुपतिमा अन्तिम संस्कार गरिएको छ ।...

  • २०७७ श्रावण ३२, आइतबार

    उपत्यकामा संक्रमित बढ्दै, ६४१ मध्ये १७२ उपत्यकाका

    काठमाडौं उपत्यका भित्र दिनानुदिन संक्रमितको संख्या बढ्दो छ । हिजो काठमाडौं उपत्यकाभित्र सयभन्दा कम संक्रमित भेटिएर काठमाडौंवासीलाई केही राहत महसुस भएको थियो भने आज एकैपल्ट एक सय ७२ जना संक्रमित भेटिएको छ । आज ३७ वटा जिल्लाबाट ६ सय ४१ जना नयाँ...

  • २०७७ श्रावण ३२, आइतबार

    आज ६ सय बढिमा संक्रमण पुष्टि

    नेपालमा पछिल्लो २४ घन्टामा ६ सय ४१ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । योसँगै कोभिड १९ बाट संक्रमितको कुल संख्या २६ हजार ६ सय ६० पुगेको हो । पछिल्लो पटक एक सय ३४ जना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको कुल...

  • २०७७ श्रावण ३१, शनिबार

    धोनीबाट अन्तर्राष्ट्रिय क्रिकेटमा सन्यासको घोषणा

    भारतीय क्रिकेटर महेन्द्र सिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । धोनीले इन्स्टाग्राममा पोस्ट गर्दै सन्यासको घोषणा गरेका हुन् । धोनीले आफ्नो इन्स्टाग्राम पोस्टमा आज साँझको ७ः२९ बजेबाट आफुले सन्यास लिएको भनी बुझ्न भनेका छन्...

  • २०७७ श्रावण ३१, शनिबार

    ३ जना मृतक थप, मृतक संख्या सय नाघ्यो

    नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेमा थप ३ जना थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको पुष्टि गरेको छ । मन्त्रालयको नियमित प्रेस व्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले कपिलवस्तु, धनुषा र...

  • २०७७ श्रावण ३१, शनिबार

    आज उपत्यकामा नयाँ संक्रमित सय भन्दा कम

    पछिल्ला दिनहरुमा काठमाडौं उपत्यकाभित्र सयभन्दा माथिको संख्यामा नयाँ संक्रमित पुष्टि भइरहेकोमा आज भने सय भन्दा कममा संक्रमण भेटिएको छ । पछिल्लो परिक्षणमा काठमाडौं उपत्यकाभित्र ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यद्यपिं आज पनि ३९ वटा जिल्लाबाट...

  • २०७७ श्रावण ३१, शनिबार

    संक्रमण हुनेको संख्या २६ हजार नाघ्यो

    नेपालमा पछिल्लो २४ घन्टामा ४ सय ६८ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । योसँगै कोभिड १९ बाट संक्रमितको कुल संख्या २६ हजार १९ पुगेको हो । पछिल्लो पटक एक सय २४ जना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको कुल...

  • २०७७ श्रावण ३१, शनिबार

    बायर्नसँग बार्साको लज्जास्पद हार

    युरोपियन च्याम्पियन्स लिगमा जर्मन क्लब बायर्न म्युनिखसँग स्पेनिस क्लब बार्सिलोनाले लज्जास्पद हार बेहोरेको छ । स्टार खेलाडी लियोनेल मेस्सीको टिम बार्सा बायर्नसँग ८–२ को फराकिलो अन्तरसँग हारेको हो ।  यो लज्जास्पद हारपछि बार्सा च्याम्पियन्स लिगको...

  • २०७७ श्रावण ३१, शनिबार

    कोभिड १९ कानून सम्वन्धी प्रतिवेदन संसदीय समितिमा बुझाइयो

    कोभिड–१९ ले सात वटै प्रदेशमा पारेको प्रभाव, यसले उत्पन्न गरेको समस्या र स्वास्थ्य संकटमा समयमा राज्यले पुरा गर्नुपर्ने दायीत्व तथा अधिकारका बारेमा तयार पारिएको अध्ययन प्रतिबेदन संसदको शिक्षा तथा स्बास्थ्थ समितिलाई बुझाईएको छ । नेपाल कानून समाज र...

  • २०७७ श्रावण ३१, शनिबार

    लखतीर्थको क्रसिङ ब्रीजको मध्य भाग जोडियो

    काठमाडौ महानगरपालिका वडा नं. १५ स्थित झोलुङ्गे पुलको करिडोरमा बिष्णुमति लिंकरोड क्रसिङ्ग ब्रीजको मध्य भाग जोड्ने कार्य सम्पन्न भएको छ । काठमाण्डौ क्षेत्र न. ८ स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्र्तगत निर्माण गरिएको पुलको मध्य भाग जोड्ने...

  • २०७७ श्रावण ३१, शनिबार

    डल्लुस्थित सामुदायिक स्वास्थ्य भवनको तल्ला थपिने

    डल्लु आवासस्थित सामुदायिक स्वास्थ सेवा परिषदको तल्ला थप गर्ने कार्यको संघीय सांसद जीवन राम श्रेष्ठले शुभारम्भ गर्नुभएको छ । परिपद्कै भवनमा सांसद श्रेष्ठले निर्माण सामग्री र औजार कामदारलाई हस्तान्तरण गर्दै तल्ला थप कार्यको शुभारम्भ गर्नुभएको हो ।...

  • २०७७ श्रावण ३१, शनिबार

    सितापाईला भिमढुङ्गा बाटो चाँडो बनाउन सांसद श्रेष्ठको जोड

    सितापाईला रामकोट भिमढुङ्गा बाटो निर्माणको बांकि काम तत्काल शुरु गराउन संघीय सांसद जीबन राम श्रेष्ठको नेतृत्वको प्रतिनिधि मण्डलले भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङलाई भेटघाट गरेको छ ।  भेटघाटको क्रममा कुनै पनि विकास निर्माणका कामहरु समयमै पूरा...

Pages