बिचार
-
२०८० माघ २२, सोमबार
त्रिविका बीसीए विद्यार्थीहरुले विज्ञान तथा प्रविधि सरहको मान्यता पाउने
त्रिभुवन विश्वविद्यालय (त्रिवि) का ब्याचलर अफ कम्प्युटर एप्लिकेसन (बीसीए)का विद्यार्थीहरूले सरकारी सेवाको क्षेत्रमा विज्ञान तथा प्रविधि सरहको मान्यता पाउने भएको छ । त्रिविको शिक्षाध्यक्ष कार्यालयले सम्बन्धित सम्पूर्ण सरकारी निकायलाई बीसीए उत्तीर्ण...
-
२०८० माघ २२, सोमबार
फिफा विश्वकप २०२६ को खेल तालिका सार्वजनिक
फिफाले फिफा विश्वकप २०२६ को खेल तालिका सार्वजनिक गरेको छ । मेक्सिको, अमेरिका र क्यानडा गरी तीन देशको सहआयोजकमा हुने यस प्रतियोगिता ३९ दिनसम्म चल्नेछ । आयोजक टोलीले आफ्नो घरेलु भूमिमा समूह चरणका तीन खेल खेल्नेछन् । तालिकाअनुसार ११ जुनमा मेक्सिकोमा...
-
२०८० माघ २२, सोमबार
काष्ठ उद्योगमा आगलागी हुँदा १५ लाखको क्षति
पाटनको लगनखेलस्थित पाटन औद्योगिक क्षेत्रभित्र एउटा काष्ठ उद्योगमा आगलागी हुँदा लाखौंको धनमाल क्षति भएको छ । पाटनको हात्तिबन बस्ने पदम बहादुर श्रेष्ठको सिजिनिङ काष्ठ उद्योगमा आइतबार दिउँसो आगलागी भएको थियो । सो आगलागीमा २ हजार ५ सय क्यूबफिट काठ...
-
२०८० माघ २२, सोमबार
१० वर्षे बालकको डुबेर मृत्यु
काठमाडौंको चन्द्रागिरीमा एक १० वर्षीय बालकको रिजर्भ पानीमा डुबेर मृत्यु भएको छ । चन्द्रागिरी नगरपालिका–१० बस्ने धादिङ गजुरीकासरिता तामाङको छोरा १० वर्षीय सबिन तामाङको आइतबार साँझ डुबेर मृत्यु भएको हो । चन्द्रागिरी नगरपालिका–१० बुद्वमन्दिर परिसर...
-
२०८० माघ २२, सोमबार
अवैध अमेरिकी डलरसहित चिनियाँ नागरिक पक्राउ
अवैध रूपमा अमेरिकी डलर लुकाएर बाहिर देशमा लान लागेका एक चिनियाँ नागरिक पक्राउ परेका छन् । चिनियाँ नागरिक २९ वर्षीय चुइ विङचानलाई आइतबार राति अवैध अमेरिकी डलरसहित प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट एक सय दरका २५० थान गरी जम्मा २५ हजार अमेरिकी डलर...
-
२०८० माघ २२, सोमबार
तामाङलाई ३ वर्ष कैद तथा एक अर्ब ७२ करोड रुपैयाँ बिगो भराउने आदेश
सिभिल सहकारीका सञ्चालक एवं पूर्वसांसद इच्छाराज तामाङलाई विशेष अदालतले सम्पत्ति शुद्धीकरण अभियोगमा दोषी ठहर गरेको छ । अदालतले उनलाई ३ वर्ष कैद र एक अर्ब ७२ करोड रुपैयाँ बिगो भराउने आदेश गरेको छ भने त्यति नै रकम जरिवाना पनि तोकेको छ । विशेष अदालतका...
-
२०८० माघ २२, सोमबार
संसदको हिउँदे अधिवेशन आजबाट सुरु
संघीय संसद्को हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ । राष्ट्रपतिले आह्वान गरेअनुसार आज अपरान्ह ४ बजे हिउँदे अधिवेशनको पहिलो बैठक बस्दैछ । बैठक ढिलो बोलाइएका कारण शीर्ष नेताहरुले आज बोल्ने छैनन् । आज पहिलो दिनको बैठकमा सभामुख देवराज घिमिरेले...
-
२०८० माघ २१, आइतबार
जेनेरेटिभ एआई फिचर ल्याउँदै एप्पल
एप्पलले पनि आफ्ना आईफोन, म्याकजस्ता डिभाइसहरुमा जेनेरेटिभ एआई सफ्टवेयर फिचर ल्याउने भएको छ । बिहीबार २०२४ को पहिलो त्रैमासिक प्रतिवेदन सार्वजनिक गर्दै एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कुकले आफ्ना डिभाइसहरुमा एआई फिचर ल्याउन लागेको बताएका हुन् ।...
-
२०८० माघ २१, आइतबार
नेवार समुदायले सम्झे भृगुराम र योगेशलाई
जनगायक भृगुराम श्रेष्ठ र सदावहार गायक योगेश वैद्यलाई सम्झिँदै नेवार समुदायले श्रद्धान्जली दिएका छन् । शनिबार काठमाडौंमा श्रद्धान्जललि सभाको आयोजना गरी केही दिन अघि दिवंगत भएका गायकद्वयलाई श्रद्धान्जलि दिइएको हो । नेवाः देय् दबू, नेपालभाषा एकेडेमि,...
-
२०८० माघ २१, आइतबार
साहित्यकार कायस्थ सत्यमोहन जोशी पुरस्कारबाट पुरस्कृत
यस वर्षको सत्यमोहन जोशी नेपालभाषा साहित्य पुरस्कार साहित्यकार छत्रबहादुर कायस्थलाई प्रदान गरिएको छ । शनिबार ललितपुरमा सम्पन्न नेपालभाषा मंकाः खलः ललितपुरको वार्षिक साधारण सभामा कायस्थलाई पुरस्कार प्रदान गरिएको हो । कार्यक्रममा वागमति प्रदेशका उद्योग...
-
२०८० माघ २१, आइतबार
२० बर्ष पुग्यो फेसबुक
विश्वको लोकप्रिय समाजिक संजाल फेसबुक आज २० बर्ष पूरा भएको छ । आज भन्दा ठिक २० वर्ष अगाडी आजकै दिन अर्थात सन् २००४ मा फेब्रुअरी ४ को दिन फेसबुकको स्थापना भएको थियो । कलेजका विद्यार्थीलाई एउटा नेटवर्कमा जोड्ने प्लेटफर्मका रूपमा जन्मिएको ‘द फेसबुक’ आज...
-
२०८० माघ २१, आइतबार
सुरक्षा निकायहरुको सक्रियता अझै बढाउन गृहमन्त्री श्रेष्ठको निर्देशन
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सबै प्रकारका आपराधिक गतिविधिलाई निस्तेज पार्न सुरक्षा निकायहरुको सक्रियता अझै बढाउनु पर्ने बताएका छन् । शुक्रबारदेखि पोखरामा सुरु भएको गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठी, २०८० को समापन समारोहलाई...
-
२०८० माघ २१, आइतबार
पत्रकार दबू काभ्रेको साधारणसभा सम्पन्न
नेवाः पत्रकार राष्ट्रिय दबू काभ्रे जिल्ला शाखाले पाँचौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । काभ्रेको बनेपामा आयोजित कार्यक्रममा केन्द्रीय अध्यक्ष नृपेन्द्र लाल श्रेष्ठले समावेशी सञ्चार, मातृभाषा पत्रकारितादेखि पत्रकारहरुको क्षमता बृद्धि गर्नुपर्नेमा...
-
२०८० माघ २१, आइतबार
बार्सिलोना तेस्रो स्थानमा उक्लियो
बार्सिलोना स्पेनिस ला लिगाको तेस्रो स्थानमा उक्लिएको छ । गएराति आल्भेसलाई ३–१ गोल अन्तरले हराउँदै बार्सिलोना तेस्रो स्थानमा उक्लिएको हो । बार्सिलोनालाई जिताउने क्रममा इल्के गुन्डोगानले शानदार प्रदर्शन गरे । उनले एक गोल गर्नुकासाथै थप गोलको अवसर...
-
२०८० माघ २१, आइतबार
आज विश्व क्यान्सर दिवस
आज विश्व क्यान्सर दिवस, हरेक वर्षको फेब्रुअरी ४ तारिखका दिन विश्व क्यान्सर दिवस मनाइन्छ । नेपालमा पनि क्यान्सरविरुद्धको विभिन्न सचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदैछ । ‘बढ्दैछ चुनौती क्यान्सरको, पहुँच बढाऔं स्याहारको’ भन्ने नाराका साथ नेपालमा...
-
२०८० माघ २१, आइतबार
चिलीमा डढेलो लाग्दा ४६ को मृत्यु
चिलीको जंगलमा लागेको डढेलोबाट कम्तीमा ४६ जनाको मृत्यु भएको छ । चिलीको तटीय पर्यटक सहर भिना डेल मारका मेयरले बीबीसीलाई दिएको जानकारी अनुसार दुई सयभन्दा बढी बासिन्दा बेपत्ता भएको छ । यस्तै चिलीका राष्ट्रपति ग्याब्रियल बोरिकका अनुसार दशकौं पछिको...





