राष्ट्रिय
-
२०८१ पौष १, सोमबार
पूर्वमन्त्री एवं मेयर पिएल सिंहको निधन
काठमाडौंका पूर्वमेयर पीएल सिंहको ८५ बर्षको उमेरमा आज निधन भएको छ । पूर्वमन्त्रीसमेत रहेका सिंहको ठमेलको चाक्सीबारी आफनै निवासमा आज बिहान निधन भएको हो । २०४९ सालको स्थानीय तह निर्वाचन जितेर सिंह तत्कालीन काठमाडौं नगरपालिकाको मेयर समेत हुनु भएको थियो...
-
२०८१ मङ्सिर ३०, आइतबार
२१औं ज्यापु दिवस हर्षाेल्लासपूर्वक मनाइयो
२१ औँ राष्ट्रिय ज्यापु दिवस देशभरका ज्यापू समुदायले आज हर्षोल्लासका साथ मनाएका छन् । यःमरी पुन्हिका दिनमा मनाइँदै आइरहेको ज्यापू दिवस नाथेश्वर छुट गुथि वटुटोलको संयोजकत्वमा वटुटोलबाट र्याली तथा परम्परागत झाँकीका साथ सुरु भएको थियो । “पुर्खाको सम्झना...
-
२०८१ मङ्सिर २८, शुक्रबार
पत्रकारहरु नयाँ नेतृत्व छान्दै
नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वको लागि आज मतदान भइरहेको छ । महासङ्घको आगामी अध्यक्षका लागि देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश विष्ट र लालसिंह लामाले उम्मेदवारी दिएका छन्। वरिष्ठ उपाध्यक्ष पदका लागि...
-
२०८१ मङ्सिर २५, मंगलबार
अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै
आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसंघको महासभाबाट मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिनको स्मृतिमा प्रत्येक वर्ष डिसेम्बर १० मा विश्वभर यो दिवस मनाउने गरिन्छ । यस वर्ष ‘हाम्रो अधिकार, हाम्रो भविष्य र अहिले...
-
२०८१ मङ्सिर २५, मंगलबार
छायाँ सेन्टरको मुद्दाको फैसला फेरि सर्यो
ऐतिहासिक कमलपोखरीको जग्गा मासेर बनाइएको छायाँदेवी सेन्टरको विवाद सम्बन्धी मुद्दाको फैसला मिति फेरि सरेको छ । सर्वाेच्चले फैसला सुनाउनका लागि निसुको पेसी तोकेको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय साराङ्गा सुवेदी र टेकप्रसाद ढुङ्गानाको ईजलासमा भईरहेको...
-
२०८१ मङ्सिर २४, सोमबार
भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस
आज ‘भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस’ नेपालमा पनि विभिन्न कार्यक्रम गरि यो दिवस मनाइदैछ । हरेक वर्ष डिसेम्बर ९ मा भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइन्छ । विश्वमा आम सर्वसाधरणमा पनि भ्रष्टाचारविरुद्ध चेतना फैलिओस् भन्ने...
-
२०८१ मङ्सिर २३, आइतबार
आयोगले मतादाता नामावली दर्ता सुरु गर्यो
निर्वाचन आयोगले मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य आजदेखि सुचारु हुने जनाएको छ । स्थानीय निर्वाचनका कारण स्थगित भएको मतदाता नामावली दर्ता कार्य आजदेखि पुनः सुचारु गर्न लागिएको हो । आयोगले सबै प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयबाट मतदाता...
-
२०८१ मङ्सिर २१, शुक्रबार
जहाज खरिद प्रकरणमा कंसाकारसहित चार जना दोषी ठहर
वाइडबडी जहाज खरिद प्रकरणमा विशेष अदालतले चार जनालाई दोष ठहर गरेको छ । अदालतले नेपाल वायु सेवा निगमको जहाज खरिद अनियमितता प्रकरणमा तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकारसहित चार जनालाई दोषी ठहर गरेको छ । दुई जना पुर्व सचिवलाई उक्त प्रकरणमा दोषी करार...
-
२०८१ मङ्सिर २०, बिहिबार
बीआरआई अन्तर्गत ऋण लिने सम्झौता भएको छैन : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–चीन सम्बन्ध अझ प्रगाढ भएको बताउनुभएको छ। चारदिने भ्रमण पूरा गरी आज स्वदेश फर्किनु भएका प्रधानमन्त्री ओलीले चीन भ्रमण ऐतिहासिक बनेको दाबी गर्नुभयो । नेपाल र चीनबीच बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) सहकार्यको...
-
२०८१ मङ्सिर १६, आइतबार
आज विश्व एड्स दिवस
‘एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौँ’ नाराका साथ आज ३७औँ विश्व एड्स दिवस मनाइँदैछ । एड्सका बारे चेतना जागृत गर्ने विविध कार्यक्रमका साथ राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको अगुवाइमा चेतनामूलक कार्यक्रमहरु गरिंदैछ । केन्द्रका...
-
२०८१ मङ्सिर १६, आइतबार
देशभर उपनिर्वाचनको लागि मतदान
स्थानीय तहमा रिक्त देशभरका ४१ पदमा आज मतदान भइरहेको छ । विहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान चल्नेछ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी देशभर ४१ पदका लागि उपनिर्वाचन भईरहेको हो । उपनिर्वाचनमा...
-
२०८१ मङ्सिर १४, शुक्रबार
स्थानीय तह उपनिर्वाचनको मौन अवधि सुरु
मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनको मौन अवधि लागू भएको छ । विहीबार राती १२ बजेदेखि मतगणना सम्पन्न हुने दिनसम्म उपनिर्वाचनका निर्वाचन हुने क्षेत्रमाहरुमा लागू हुने जनाइएको छ । यो अवधिमा उम्मेदवारले मत माग्ने वा अरू कुनै पनि किसिममा प्रचारका...
-
२०८१ मङ्सिर १४, शुक्रबार
लामिछानेलाई काठमाडौं ल्याइयो
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई हिजो काठमाडौं ल्याइएको छ । सहकारी ठगीको आरोपमा कास्की प्रहरीको हिरासतमा राखिएका लामिछानेलाई हिजो बुद्ध एयरको विमानबाट काठमाडौं ल्याई भद्रकालिस्थित जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ...
-
२०८१ मङ्सिर ११, मंगलबार
सामाजिक सुरक्षा कोषले मनायो सातौं वर्षगाँठ
सामाजिक सुरक्षा कोषले आज सातौं वर्षगाँठ मनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा आज सातौं सामाजिक सुरक्षा कोष दिवस मनाइएको छ । सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले अस्थायी र ज्यालादारी कामदारलाई पनि सामाजिक सुरक्षाको दायरामा...
-
२०८१ मङ्सिर १०, सोमबार
प्रधानमन्त्री ओली आगामी १७ गते चीन जाने
चिनियाँ राष्ट्रपति सी जिनपिङको निमन्त्रणमा प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणको तालिका तय भएको छ । हिजो परराष्ट्र मन्त्रालयले नेपालका लागि चिनियाँ राजदूत छन् सङसँग समेतको छलफलमा भ्रमण तालिका तय गरेको हो । भ्रमणको तालिका तय गर्न राजदूत सङले हिजो...
-
२०८१ मङ्सिर १०, सोमबार
उपनिर्वाचनमा स्वीकृति विना सवारी साधन चलाएमा २५ हजार जरिवाना
निर्वाचन आयोगले आउँदो मंसिर १६ गते हुने उपनिर्वाचनका दिन अनुमति विना सवारी साधन नचलाउन आदेश दिएको छ । अनुमति बिना सवारी सधान सञ्चालन गरेको पाइए २५ हजार रुपियाँसम्म जरिवाना गरिने आयोगले जनाएको छ । आयोगले एक विज्ञप्ति जारी गर्दै आयोगका सहसचिव एमव्...





