स्पाेर्ट्स
-
२०७९ पौष ४, सोमबार
३६ वर्षपछि अर्जेन्टिनाले फेरि इतिहास रच्यो
फिफा विश्वकप २०२२ को उपाधि अर्जेन्टिनाले जितेको छ । टाइब्रेकरसम्म पुगेको फ्रान्स र अर्जेन्टिनाबीचको खेलमा पेनाल्टी सुटआउटमा ४–२ को गाेल अन्तरले अर्जेन्टिना च्याम्पियन बनेकाे हाे । अर्जेन्टीनाले ३६ वर्षपछि विश्वकपकाे उपाधि चुम्न सफल भएको हो । यस अघि...
-
२०७९ मङ्सिर २९, बिहिबार
फिफा विश्वकप २०२२ को फाइनलमा अर्जेन्टिना र फ्रान्स भिड्ने
मोरोक्कोलाई २–० ले हराउँदै फ्रान्स कतारमा जारी विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । फ्रान्सले अब अर्जेन्टिनासँग आइतबार फाइनल भिडन्त गर्नेछ । फाइनल खेल दोहाको लुसेल आएकोनिक स्टेडियममा राति पौन ९ बजे सुरु हुनेछ । आइतवार हुने फाइनल खेल अर्जेन्टिना...
-
२०७९ मङ्सिर २९, बिहिबार
मोरक्कोलाइ हराउँदै फ्रान्स विश्वकपको फाइनलमा
साविक विजेता फ्रान्सले मोरक्कोलाई २–० ले हराउँदै कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । फ्रान्सलाई जित दिलाउन हर्नान्डेज र कोलो मुआनीले गोल गरे । कतारको अल बायत रंगशालामा सम्पन्न खेलमा जितसँगै फ्रान्स विश्वकपको इतिहासमा लगातार...
-
२०७९ मङ्सिर २८, बुधबार
क्रोसियालाई हराउँदै अर्जेन्टिना फाइनलमा
कतारको राजधानी दोहास्थित लुजेल रंगशालामा गएराति भएको सेमिफाइनल खेलमा क्रोएसियालाई हराउँदै अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । हिजो भएको क्रोएसियाविरुद्धको पहिलो सेमीफाइनल खेलमा अर्जेन्टिना ३–० ले विजयी भयो । क्रोएसिया विरुद्धको...
-
२०७९ मङ्सिर २१, बुधबार
पोर्चुगल र मोरक्को अन्तिम आठमा
विश्वकप फुटबलको क्वाटरफाइनल समीकरण पूरा भएको छ । गएराति भएका खेलबाट पोर्चुगल र मोरोक्कोले अन्तिम आठमा स्थान बनाएसंगै क्वार्टर फाइनल समीकरण पूरा भएको हो । गएराती भएको पहिलो प्रिक्वार्टर फाइनल खेलमा मोरोक्कोले स्पेनलाई पेनाल्टी सुटआउटमा ३–० गोल...
-
२०७९ मङ्सिर २०, मंगलबार
ब्राजिल र क्रोएसिया क्वार्टर फाइनलमा प्रवेश
विश्वकप अन्तर्गत हिजो भएको नकआउटचरणका खेलहरु अहिले जारी छ । हिजो राती नेपाली समय अनुसार ८ः४५ मा भएको जापान र क्रोएसियाको खेलमा जापानलाई पेनाल्टी सुटआउटमा ३–१ गोल अन्तरले हराउँदै क्रोएसिया अन्तिम आठमा पुगेको छ । निकै प्रतिस्पर्धात्मक बनेको खेलको...
-
२०७९ मङ्सिर १९, सोमबार
फ्रान्स र इंग्ल्याण्ड क्वाटरफाइनल प्रवेश
राउण्ड अफ १६ अन्तर्गत हिजो राति भएको खेलमा फ्रान्स र इंग्ल्याण्ड बिश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । राती भएको खेलमा सेनेगललाई ३–० गोल अन्तरले हराउँदै इंग्ल्यान्ड क्वाटरफाइलनमा पुगेको छ । इंग्ल्यान्डलाई जित दिलाउन जोर्डन हेन्डरसन,...
-
२०७९ मङ्सिर १८, आइतबार
अर्जेन्टिना र नेदरल्याण्ड्स क्वाटरफाइनल प्रवेश
फिफा विश्वकपमा हिजोदेखि नकआउट चरण सुरु भएको छ । नकआउट चरणको प्रारम्भमा भएका दुई खेलबाट अर्जेन्टिना र नेदरल्याण्ड्स फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । गएराति भएको राउण्ड अफ सिक्सटिनको खेलमा अष्ट्रेलियालाई २–१ ले हराउँदै अर्जेन्टिना...
-
२०७९ मङ्सिर १६, शुक्रबार
आज समुह जी र एच का अन्तिम चार खेल हुने
विश्वकप फुटबलमा समुह चरणका खेलहरु आज सकिंदैछन् । समुह जी र एच का अन्तिम चार खेल आज भएपछि प्रतियोगिताबाट राउण्ड अफ सिक्सटिनमा पुग्ने सबै टोलीको टुंगो पनि लाग्नेछ । आज बेलुकी पौने ९ बजे हुने खेलहरुमा घाना र उरुग्वे तथा दक्षिण कोरिया र पोर्चुगल...
-
२०७९ मङ्सिर १६, शुक्रबार
उपाधि दावेदारहरुकै हार
यस वर्षको विश्वकप उपाधि दावेदारहरु जर्मनी र बेल्जियम विश्वकप फुटबलको समुह चरणबाटै बाहिरिएका छन् । त्यस्तै विश्वकप विजेता स्पेनले पनि हिजो जापानसँग हार व्यहोर्नुपरेको छ । तर स्पेन भने अंकको आधारमा राउण्ड अफ सिक्सटिनमा प्रवेश गरेको छ । हिजो भएको समूह...
-
२०७९ मङ्सिर १५, बिहिबार
विश्वकप फुटबलमा आज समुह ‘ई’ र ‘एफ’ का अन्तिम ४ खेलहरु हुने
विश्वकप फुटबलमा आज समुह ‘ई’ र ‘एफ’ का दुई दुई खेलहरु हुँदैछ । वेलुकी पौने ९ बजे हुने खेलहरुमा क्रोएसिया र मोरक्को तथा क्यानाडा र बेल्जीयम भिड्नेछन् । समुह एफमा दुई खेलबाट ४–४ अंक जोडेका क्रोएसिया र मोरक्को शिर्ष दुई स्थानमा रहेका छन् । ३ अंक जोडेको...
-
२०७९ मङ्सिर १५, बिहिबार
अर्जेन्टिना, पोल्याण्ड र अष्ट्रेलिया विश्वकप फुटबलको नक आउट चरणमा उक्लिएयो
गएराति भएको समुह सी को खेलमा अर्जेन्टिनाले पोल्याण्डलाई २–० ले हरायो । अर्जेन्टिनाको लागि म्याक अलिष्टर र जुलियन अल्भारेजले एक एक गोल गरे । यही समुहको अर्को खेलमा मेक्सिकोले साउदी अरबियालाई २–१ ले पराजित ग¥यो । समुहका सबै खेल सकिंदा ६ अंकसहित...
-
२०७९ मङ्सिर ११, आइतबार
कतार विश्वकपमा आज जर्मनी र स्पेन भिड्दै
कतारमा जारी फिफा विश्वकप फुटबलमा आज जर्मनी र स्पेन भिड्दै छ । आइतबार राती १२ः४५ कतारको अल–बायत स्टेडियममा समूह ‘ई’ का जर्मनी र स्पेन भिड्न लागेको हो । नकआउट चरणमा पुग्नका लागि आजको खेल दुवै टोलीलाई महत्वपुर्ण रहेको छ । पहिलो खेलमा जापानसँग २–१ गोलले...
-
२०७९ मङ्सिर ११, आइतबार
फ्रान्स नकआउट चरणमा प्रवेश, आज चार खेल हुँदै
फिफा विश्वकपमा आज आइतबार समूह ‘ई’ र ‘एफ’ का समान दुई खेल गरी चार खेल हुँदै छन् । कतारको अहमेद बिन अली रंगशालामा हुने आजको पहिलो खेलमा समूह ‘ई’मा रहेको कोस्टा रिकाले जापानको सामना गर्दै छ । यो खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजेदेखि सुरु हुनेछ । अल...
-
२०७९ मङ्सिर ६, मंगलबार
उपाधि दाबेदार अर्जेन्टिना साउदीसँग २–१ ले पराजित
साउदी अरेबियाले विश्वकपमा उपाधि दाबेदार अर्जेन्टिनाविरुद्ध अप्रत्याशित जित निकालेको छ । समूह सी अन्तरगतको पहिलो खेलमा साउदी २–१ गोलले विजयी बनेको हो । खेलमा अग्रता भने अर्जेन्टिनाले लिएको थियो । पहिलो हाफमा लियोनेल मेस्सीको पेनाल्टीको मद्दतले...
-
२०७९ मङ्सिर ६, मंगलबार
पाँचौ विश्वकप खेल्दै मेस्सी , पूरा होला त विश्वकप जित्ने सपना ??
चर्चित अर्जेन्टिनी फरवार्ड लिओनल मेस्सी यसपाली कतारमा पाँचौ विश्वकप खेल्दैछन् । कतारमा जारी विश्वकपमा आज मेस्सी साउदी अरेबियाविरुद्धको खेलमा मैदानमा उत्रिएका छन् । आफ्नो पाँचौ विश्वकपको क्रममा मेस्सीको आज पहिलो खेल हो भने आजकै खेलमा उनले गोलको खाता...




