arin enterprises

स्पाेर्ट्स

  • २०७९ श्रावण ३१, मंगलबार

    अल इन्डिया फुटबल फेडेरेसन निलम्बनमा

    विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अल इन्डिया फुटबल फेडेरेसन (एआइएफएफ) लाई अनिश्चित समयका लागि निलम्बनमा राखेको छ । भारतिय फुटबल संघमा तेस्रो पक्षको हस्तक्षप भएको भन्दै फिफा काउन्सिलले उसलाई निलम्बनमा राखेको हो । आफ्ना कुनैपनि सदस्य देशहरुमा...

  • २०७९ श्रावण २६, बिहिबार

    युएफा सुपर कप फुटबलको उपाधि रियालले जित्यो

    यस वर्षको युएफा सुपर कप फुटबलको उपाधि स्पेनिस फुटबल क्लब रियाल मड्रिडले जितेको छ । फिनल्याण्डको हेल्सीन्कीमा गएराति भएको खेलमा जर्मनीको आइन्त्राच फ्रयाङ्कफर्टलाई २–० ले पराजित गर्दै रियाल मड्रिडले सुपर कप जितेको हो । खेलमा रियाल मड्रिडलाई विजयी...

  • २०७९ श्रावण १६, सोमबार

    युरोकप महिला फुटबलको उपाधि ईंग्ल्याण्डले जित्यो

    इंग्ल्याण्डले पहिलो पटक युरोकप महिला फुटबलको उपाधि जितेको छ । लण्डनको वेम्बले रंगशालामा गएराति भएको फाइनल खेलमा आठ पटकको च्याम्पियन जर्मनीलाई अतिरिक्त समयमा २–१ ले हराउँदै इंग्ल्याण्डले ऐतिहासिक उपाधि जितेको हो । खेलको ६२ औं मिनेटमा इंग्ल्याण्डकी...

  • २०७९ श्रावण १५, आइतबार

    युरोकप महिला फुटबलको फाइनलमा जर्मनी र ईंग्ल्याण्ड भिड्दै

    युरोकप महिला फुटबलको फाइनलमा आज जर्मनी र इंग्ल्याण्ड भिड्दैछन् । यो खेल इंग्ल्याण्डको लण्डनस्थित वेम्बले रंगशालामा नेपाली समय अनुसार आज राती पौने ११ बजे सुरु हुनेछ । आयोजक इंग्ल्याण्ड पहिलो पटक युरोकप फुटबलको उपाधि जित्ने अभियानमा रहेको छ । तर उसको...

  • २०७९ श्रावण १२, बिहिबार

    जर्मनी र ईंग्ल्याण्ड फाइनलमा

    जर्मनी इंग्ल्यान्डमा जारी महिना युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा बुधबार राति फ्रान्सलाई २–१ गोल अन्तरले हराउँदै जर्मनी उपाधि नजिक पुगेको हो । जर्मनीको जितमा एलेक्सान्ड्रा पोप्प नायक बनिन् । खेलको ४० औं मिनेटमा पोप्पले गोल...

  • २०७९ श्रावण ११, बुधबार

    स्वेडेनलाई हराउँदै ईंग्ल्यान्ड फाइलनमा

    युरोकप फुटबलमा स्वेडेनलाई हराउँदै घरेलु टोली इंग्ल्यान्ड फाइनलमा प्रवेश गरेको छ । गएराती भएको खेलमा स्वेडेनमाथि घरेलु टोलीले ४–० को शानदार जित निकाल्दै उपाधि फाइनमा पुगेको हो । इङ्ल्याण्डको ब्रमाल लेन सेफिल्डमा भएको खेलमा घरेलु टोलीलाई जिताउन बथ मिड...

  • २०७९ श्रावण ८, आइतबार

    फ्रान्स युरोकप महिला फुटबलको सेमिफाइनलमा प्रवेश

    नेदरल्याण्ड्सलाई हराउँदै फ्रान्स युरोकप महिला फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि अतिरिक्त समयमा फ्रान्सकी इभे पेरिसेले पेनाल्टीमार्फत निर्णायक गोल गरिन् । इंग्ल्याण्डको रोथरह्याममा गएराति भएको...

  • २०७९ श्रावण ७, शनिबार

    स्विडेन युरोकप महिला फुटबलको सेमिफाइनलमा

    बेल्जीयमलाई हराउँदै स्विडेन युरोकप महिला फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । म्यान्चेस्टरमा गएराति भएको क्वाटरफाइनल खेलमा स्विडेनले बेल्जीयमलाई १–० ले हरायो । प्रतिस्पर्धात्मक खेलमा स्विडेनलाई विजयी गराउन लिन्डा सेम्ब्रान्टले अतिरिक्त...

  • २०७९ आषाढ ३२, शनिबार

    सुरुभयो कोरा भक्तपुर साइकलिङ च्यालेन्ज

    कोरा भक्तपुर साइकलिङ च्यालेन्ज शनिबार बिहानदेखि भक्तपुरमा सुरु भएको छ । च्यालेन्ज दरवार क्षेत्रबाट सुरु भएर सिद्धपोखरी, निकोसेरा, बहाखा बजार, बोडे, निलबाराही, बेँसीगाउँ, दुवाकोट, चाँगुनारायण, त्रिशुलडाँडा, तेलकोट, नगरकोट पुगेको थियो । नगरकोटमा खाना...

  • २०७९ आषाढ २७, सोमबार

    जोकोभिचले जिते सातौं पटक विम्बल्डनको उपाधि

    यस वर्षको विम्बल्डन टेनिसको उपाधि सर्वियाका नोभाक जोकोभिचले जितेका छन् । लण्डनको सेन्टरकोर्टमा गएराति भएको खेलमा अष्ट्रेलियाका निक किर्गीयोसलाई ३–१ को सेटमा हराउँदै जोकोभिचले लगातार चौथो पटक तथा समग्रमा सातौं पटक विम्बल्डन जितेका हुन् । किर्गीयोस...

  • २०७९ आषाढ २२, बुधबार

    युरोकप महिला फुटबल आजदेखि सुरु

    युरोकप महिला फुटबल च्याम्पियनसिप आजबाट इंग्ल्याण्डमा सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा आज बेलुकी आयोजक इंग्ल्याण्डले अष्ट्रियाको सामना गर्नेछ । यस पटकको युरोकप महिला फुटबल ऐतिहासिक हुने आयोजकको दावी छ । आयोजकका अनुसार यस संस्करणको युरोकपको...

  • २०७९ आषाढ १४, मंगलबार

    मोर्गनले सन्यास घोषणा गर्ने

    इंग्ल्यान्डका कप्तान इयान मोर्गनले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गर्ने भएका छन् । ३५ बर्षीय मोर्गनले मंगलबार सन्यासको घोषणा गर्ने अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ । मोर्गनको कप्तानीमा इंग्ल्यान्डले २०१९ को आईसीसी एकदिवसीय विश्वकपको उपाधि...

  • २०७९ आषाढ ५, आइतबार

    नेपाललाई लगातार दोस्रो जित

    मलेशियामा जारी एसिसि महिला टी–२० च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो जित निकालेको छ । किनरारा ओभलमा शनिबार कुवेतलाई २५ रनले हराउँदै नेपालले जित हासिल गरेको हो । नेपालले दिएको १ सय ८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कुवेतले २० ओभरमा ७  विकेट...

  • २०७९ आषाढ ३, शुक्रबार

    एसिसि महिला टी–२० च्याम्पियसिपमा नेपालको विजयी शुरुवात

    मलेसियामा शुक्रवारबाट शुरु भएको एसिसि महिला टी–२० च्याम्पियनसिपमा नेपालले भुटानलाई ५० रनले हराउँदै विजयी शुरुवात गरेको छ । नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याएको भुटानले १७.५ ओभरमा सबै विकेट गुमाएर मात्र ४४ रन जोड्दा नेपालले ५० रनको जित निकालेको हो...

  • २०७९ आषाढ २, बिहिबार

    प्रिमियर लिगको नयाँ बल सार्वजनिक

    ;इंग्लिस प्रिमियर लिगको नयाँ सिजन प्रयोग हुने बल सार्वजनिक भएको छ । २०२२/२३ को सिजन प्रिमियर लिगको प्रयोग हुने नाइकी फ्लाइट बल सार्वजनिक गरिएको हो । नयाँ बल खेलकुद सामग्री निर्माण कम्पनी नाइकीले उत्पादन गरेको हो । प्रिमियर लिगले जुलाई १५ बाट बल...

  • २०७९ आषाढ २, बिहिबार

    कतार विश्वकपमा सहभागी हुने ३२ देशको टुंगो लाग्यो

    कतार हुने फिफा विश्वकप २०२२ मा सहभागिता जनाउने सबै ३२ देशको टुंगो लागेको छ । मंगलबार राति कोस्टारिकाले न्युजिल्याण्डलाई १–० ले हराउँदै विश्वकपमा स्थान बनाएसँगै ३२ टोलीको टुंगो लागेको हो । कतार विश्वकप आगामी नोभम्बर २१ देखि डिसेम्बर १८ सम्म आयोजना...

Pages