arin enterprises

राष्ट्रिय

  • २०८१ श्रावण २७, आइतबार

    विदेश सचिव मिश्री नेपाल भ्रमणमा

    भारतीय विदेश सचिव विक्रम मिश्री काठमाडौं आइपुग्नु भएको छ । परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा भारतका विदेशसचिव विक्रम मिस्री नेपालको दुईदिने औपचारिक भ्रमण यहाँ आइपुग्नुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सचिव...

  • २०८१ श्रावण २६, शनिबार

    डेंगु संक्रमण ह्वात्तै बढ्यो

    एक सातामै डेंगु संक्रमितको संख्या ह्वातै बढेको छ । डेंगु बढेसंगै देशभर डेंगु सङ्क्रमित संख्या ३ हजार ८४ जना पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडीले गत साता २३ सय ६५ जना सङ्क्रमित भएकोमा ७ सय १९ जना नयाँ डेंगु सङ्क्रमित थपिएर ३...

  • २०८१ श्रावण २५, शुक्रबार

    बालिकाको जन्मदर घट्न थाल्यो

    नेपालमा बालबालिकाको सङ्ख्या ९८ लाख ६९ हजार पाँच सय ८३ रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय जनगणना २०७८ को बालबालिकासम्बन्धी तथ्याङ्कीय प्रतिवेदन आज सार्वजनिक गरेको छ । राष्ट्रिय जनगणना २०७८ को कुल...

  • २०८१ श्रावण २५, शुक्रबार

    ३०औं विश्व आदिवासी दिवस मनाइयो

    आज ३०औं विश्व आदिवासी दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइयो । विश्वका आदिवासीहरूले विगत ३० वर्षदेखि मनाउँदै आइरहेको यो दिवस नेपालका आदिवासीले पनि विशेष उत्सवका रूपमा मनाउँदै आएका छन् । दिवसका अवसरमा आज नेपाल आदिवासी जनजाति महासङ्घको...

  • २०८१ श्रावण २५, शुक्रबार

    नयाँपाटीको धागो काराखानामा आगालागी

    काठमाडौंको नयाँपाटीस्थित सुन्दरीजल भूमिस्थलको एक कारखानामा आगलागी भएको छ। नयाँपाटीस्थित एक धागो फ्याक्ट्रीमा आगलागी भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीका अनुसार शुक्रबार अपराह्न साढे ४ बजे गोकर्णेश्वर नगरपालिका-२...

  • २०८१ श्रावण २४, बिहिबार

    पाँच नेपालीको अस्तुधातु हस्तान्तरण

    युक्रेन तथा रुसबीच भएको युद्धमा मारिएका पाँच नेपाली नागरिकको अस्तुधातु परिवारजनलाई हस्तान्तरण गरिएको छ । उनीहरुको अस्तुधातु रुसमै दाहसंस्कार गरी हस्तान्तरण गरिएको हो । मृत्यु हुनेहरु देवान राई, हरिप्रसाद अर्याल, प्रितम कार्की, अनितकुमार साह र गणेश...

  • २०८१ श्रावण २४, बिहिबार

    हेलिकप्टर दुर्घटनामा मृत्यु भएका शवहरुको आज पोस्टमार्टम गरिने

    बुधबार नुवाकोटको शिवपुरीमा एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाहरूको शव आज पोस्टमार्टम गरिंदैछ । त्रिवि शिक्षण अस्पतालमा राखिएका शवको आज पोस्टमार्टम गर्न लागिएको हो । शव अत्याधिक जलेकोले डीएनए टेस्ट पनि गर्नुपर्ने हुनसक्ने बताइएको छ...

  • २०८१ श्रावण २२, मंगलबार

    विहीबारसम्म भारी वर्षाको संकेत, सतर्क रहन आग्रह

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी बिहिबारसम्म भारी वर्षाको उच्च जोखिम रहेकोले सर्तक रहन सचेत गराएको छ । प्राधिकरणले पाँच वटा प्रदेशका ३४ जिल्लामा बाढी पहिरोको उच्च जोखिम रहेकोले आगामी विहीबारसम्म भारी वर्षा र अतिभारी...

  • २०८१ श्रावण २०, आइतबार

    सोमबारदेखि गुँला पर्व सुरु

    विशेषगरी बौद्ध धर्मावलम्बीले धुमधामका साथ मनाउने एक महिने गुँला पर्व भोलि सोमबारदेखि शुरु हुँदैछ । चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म एक महिना धर्म, कर्म एवं राम्रो काम गरेर मनाउने गुँला पर्व विधिवत् रुपमा भोलिदेखि...

  • २०८१ श्रावण १८, शुक्रबार

    कक्षा १२ को नतिजा सार्वजनिक

    राष्ट्रिय परिषा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । परीक्षा बोर्डले शुक्रबार विहान सार्वजनिक गरेको नतिजा अनुसार ५२ दशमलव ९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गत वैशाख १४ गतेबाट सञ्चालित परीक्षामा पाँच हजार ५४२ विद्यालयका नियमिततर्फ तीन...

  • २०८१ श्रावण १६, बुधबार

    इन्धनको मूल्य घट्यो

    नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमले बुधबार मध्यरातीदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र डिजेल र मट्टितेलको प्रतिलिटर २ रुपैयाँ घटाइएको छ । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखेको छ । घटेको मूल्य अनुसार पेट्रोल...

  • २०८१ श्रावण १६, बुधबार

    विभिन्न देशका राजदूतहरुलाई फिर्ता बोलाउने मन्त्रिपरिषदको निर्णय

    सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । उहाँले आज बसेको मन्त्रिपरिषद बैठकले मित्र राष्ट्रहरू चीन, अष्ट्रेलिया, रुसी महासंघ, दक्षिण अफ्रिका र श्रीलङ्कामा कार्यरत...

  • २०८१ श्रावण १६, बुधबार

    अविरल वर्षाले काठमाडौंका विभिन्न स्थान डुबानमा

    गएराती परेको अविरल वर्षासँगै आएको बाढीका कारण देशभरको जनजीवन असर पारेको छ । हिजो राती परेको अविरल वर्षाले काठमाडौँ उपत्यका लगायत देशका विभिन्न क्षेत्र डुबानमा परेका छन् । उपत्यकाका बागमती, विष्णुमती, मनोहरा, हनुमन्तेलगायत नदी किनार सडकमा सवारी...

  • २०८१ श्रावण १४, सोमबार

    टीआरसी विधयेक सहमति नजिक

    संक्रमणकालीन न्याय सम्बन्धि संयन्त्रको बैठक आगामी बिहीबार फेरि बस्ने गरी सकिएको छ । सोमबार बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको बैठकले सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकमा सैद्धान्तिक सहमति भएको बताएको छ । बेपत्ता पारिएका व्यक्तिको छानबिन,...

  • २०८१ श्रावण १४, सोमबार

    भारतीय टोली फिर्ता, हराएको चुम्बक भेटियो

    त्रिशूली नदीमा यात्रुसहित हराइरहेका दुई वटा बस खोज्न भारतबाट आएका आइतबार विदाई भएका छन् । एक हप्ताको समय लिएर भारतबाट चितवन आइपुगेको राष्ट्रिय आपदा मोचन बलका १२ सदस्यको टोली आफ्नो अवधि पूरा भएकाले हिजो नै भारत फर्केको हो । नेपाली र भारतीय गोताखोर...

  • २०८१ श्रावण १४, सोमबार

    काठमाडौंमा हैजाको त्रास

    काठमाडौँको कालीमाटी क्षेत्रका तीन जनामा हैजा पुष्टि भएको छ। जनस्वास्थ्य कार्यालय काठमाडौँका  प्रमुख डा. अर्जुनप्रसाद सापकोटाले  कालिमाटी क्षेत्रका तीन जना पुरुषमा हैजा देखिएको जानकारी दिनुभयो । ती तिनै जनाको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा...

Pages