arin enterprises

विजनेस

  • २०७७ फाल्गुण ५, बुधबार

    भागीरथी हत्या प्रकरणमा १६ वर्षीय किशोर पक्राउ

    बैतडीको भागिरथी भट्टको बलात्कारपछि हत्या प्रकरणमा एक १६ वर्षीय किशोर पक्राउ परेका छन् । दोगडाकेदार गाउँपालिका–७ बस्ने १८ वर्षीया भागरथी भट्टलाई जबरजस्तीपछि हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने १६ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला...

  • २०७७ फाल्गुण ५, बुधबार

    छत्रपाटी निःशुल्क चिकित्सालय अस्पतालमा लिफ्ट सेवा शुरु

    काठमाडौंको भित्री वस्ती क्षेत्रपाटीस्थित सामुदायिक अस्पताल छत्रपाटी निःशुल्क चिकित्सालय अस्पतालको नवनिर्मित भवनमा लिफ्ट जडान भई सेवा सुरु गरिएको छ । २०१३ सालमा स्थापित उक्त चिकित्सालयको ६४ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमका बीच काठमाडौं...

  • २०७७ फाल्गुण ५, बुधबार

    बार्सिलोनामाथि पिएसजिको रोमाञ्चक जित

    युएफा च्याम्पियन्स लिग अन्तर्गत गएरातिको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले बार्सिलोनामाथि फराकिलो जित हात पारेको छ । राउन्ड अफ १६ को पहिलो लेग अन्तर्गतको खेलमा पिएसजिले बार्सिलोनालाई उसकै मैदान क्याम्प नाउमा ४–१ गोलले हराएको हो । बार्सिलोनामाथि...

  • २०७७ फाल्गुण ३, सोमबार

    वीर गणेशमानका निर्देशक नेपाली काँग्रेसमा प्रवेश

    गणेशमान सिंह, जन आन्दोलन २०४६ का कमाण्डर, नेपालका सर्वमान्य नेता, नेपाली काँग्रेसका प्रभावशाली नेता । उनको बायोपिक अर्थात उनको जीवनीमा आधारित चलचित्र पनि बनेको थियो, ‘वीर गणेशमान’ । नेपाली काँग्रेसका नेता गणेशमान सिंहको जीवनीमा आधारित उक्त चलचित्रका...

  • २०७७ फाल्गुण ३, सोमबार

    चिनियाँ संस्थाबाट विद्यार्थीहरुलाई खाद्यान्न सहयोग

    चिनियाँ संस्था चाईना फाउन्डेसन फर पोभर्टी एल्लेभिएसनले सामुदायिक विद्यालयका १ हजार ८ जना विद्यार्थीहरुलाई खाद्यान्न तथा लत्ता कपडा सहयोग प्रदान गरेको छ । फाउन्डेसनले चिनियाँ वसन्त महोत्सवको अवसरमा स्माईलिङ चिल्ड्रेन कार्यक्रम अन्र्तगत काठमाडौंको...

  • २०७७ फाल्गुण ३, सोमबार

    अस्पताल जान नपाएकाहरु स्वास्थ्य शिविरबाट लाभान्वित

    ललितपुर महानगरपालिका १६ वडाले स्वास्थ्य शिविरलाई निरन्तरता दिँदै ललितपुरको वालिफल टोलमा तेश्रो शिविरको आयोजना गरेको छ । ललितपुर महानगरपालिका १६ वडाले अरनिको समाजसँगको सहकार्यमा संचालन गरेको शिविरमा बाल, छाला तथा आँखा रोगको परीक्षण गरिएको थियो ।...

  • २०७७ फाल्गुण ३, सोमबार

    खपिन्छेँ टोल सुधार समितिमा राजमानको नेतृत्व

    ललितपुरको ऐतिहासिक वस्ती खपिन्छेँ टोल सुधारको जिम्मेवारी राजमान अवालेको काँधमा आएको छ । खपिन्छेँ टोल सुधार समितिको अधिवेशनले अवालेको नेतृत्वमा ७ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ । निर्विरोध निर्वाचित नयाँ कार्यसमितिको उपाध्यक्षमा तुल्सी...

  • २०७७ फाल्गुण ३, सोमबार

    सम्पदाको संरक्षणमा निरन्तर जुटिरहेको मेयर शाक्यको दावी

    काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरको विकास र सम्पदा संरक्षणमा महानगर निरन्तर जुटिरहेको दावी गर्नुभएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा मेयर शाक्यले आफु मेयर भई आइसकेर महानगरको विकास र सम्पदाको संरक्षणको क्षेत्रमा निरन्तर...

  • २०७७ फाल्गुण २, आइतबार

    ला लिगामा बार्सिलोनाको शानदार जित

    स्पेनिश ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोनाले एलाभेसमाथि शानदार जित हात पारेको छ । घरेलु मैदान क्याम्प नाउमा भएको खेलमा बार्सिलोनाले एलाभेसलाई ५–१ गोल अन्तरले हराएको हो । टिमलाई शानदार जित दिलाउन कप्तान लियोनेल मेस्सीले दुई गोल गर्नुका...

  • २०७७ फाल्गुण १, शनिबार

    उत्तर भारतमा भुकम्पको झट्का

    भारतका उत्तर भारतको विभिन्न भागहरुमा शुक्रबार राती भूकम्पको धक्का महसूस गरिएको छ । काश्मीदेखि दिल्लीसम्म उत्तर भारतको विभिन्न भागमा भुकम्पको ठुलो धक्का महसूस गरिएको बीबीसीले बताएको हो । पंजाबको विभिन्न् इलाकामा समेत भुकम्पको धक्का महसूस भएको बताइएको...

  • २०७७ माघ २९, बिहिबार

    आज पक्राउ परेकी नेतृ झाँक्री आजै रिहा

    राज्यविरुद्धको अपराध गरेको कसुरमा आज पक्राउ परेकी नेकपाको प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले आजै रिहा गरेको छ । महानगरीय प्रहरी अनुसन्धान महाशाखाले नेतृ झाँक्रीलाई आज दिउँसो उनकै निवास शंखमूलबाट पक्राउ गरेको थियो भने साँझमा...

  • २०७७ माघ २९, बिहिबार

    बटुवाको तिर्खा मेटाउन काठमाडौँमा शुरु भयाे एटिएम पानी जरुंहिति

    बटुवाको तिर्खा मेटाउन भनी काठमाडौंका विभिन्न स्थानमा पानीको एटिएम मेसीन ‘जरुंहिति’ शुरु गरिएको छ । खानेपानी मन्त्री मणिचन्द थापाले आज बालाजुको साथमा शंखधर उद्यान र स्वयम्भुमा वाटर एटिएम मेसीनको उद्घाटन गर्नुभयो । शुरुमा रत्नपार्क परिसरमा शंखधर...

  • २०७७ माघ २८, बुधबार

    महिला बलात्कार गर्ने हाेटल संचालक पक्राउ

    तनहुँमा एक महिलालाई बलात्कार गरेको अभियोगमा एक होटलका संचालक पक्राउ परेका छन् । २३ वर्षीया महिलालाई जबरजस्ती गरेको अभियोगमा भानु नगरपालिका–१ बस्ने थाकखोला होटलका संचालक ३८ वर्षीय प्रकाश थापालाई प्रहरीले पक्राउ गरेको हो । थापाले ती महिलालाई मंगलबार...

  • २०७७ माघ २८, बुधबार

    बालिकालाई जबरजस्ती गर्ने शिक्षक पक्राउ

    म्याग्दीमा १० वर्षीया बालिकालाई जबरजस्ती गरेको अभियोगमा एक शिक्षक पक्राउ परेका छन् । भारत दार्जिलिङका हाल म्याग्दीस्थित दर्वाङ ईङ्लिस बोर्डिङ स्कुलको शिक्षक ५५ वर्षीय प्रकाश क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो । क्षेत्रीले गत गत बिहीबार बालिकालाई...

  • २०७७ माघ २८, बुधबार

    नक्कली सुन दिएर लाखौं रुपैयाँ ठगी गर्ने पक्राउ

    काठमाडौंमै सुनजस्तो देखिने पहेंलो धातु सुन हो भन्दै लाखौं रुपैयाँ ठगी गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको ताहाचल बस्ने एक व्यक्तिलाई १ किलो पहेलो धातु सक्कली सुन हो भन्दै ५५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा ५ जनालाई पक्राउ गरिएको हो ।...

  • २०७७ माघ २८, बुधबार

    खुलामञ्च खुला गर्दै काठमाडौँ महानगर

    काठमाडौँ महानगरपालिकाले खुलामञ्चलाई खुला गर्ने पहल थालेको छ । हाल खुलामञ्चमा थुपारिएको दरबार हाइस्कुल र वीर अस्पतालको निर्माण सामग्री हटाइ काठमाडौं महानगरले खुलामञ्चलाई खुला गर्न लागेको हो । दरवार हाइस्कूलको निर्माण सम्पन्न भएको र वीर अस्पतालको पनि...

Pages