बिजनेस
-
२०८१ मङ्सिर १०, सोमबार
सुनको मूल्यमा एकै दिन १६ हजार घट्यो
सरकारले सुनको भन्सार दर घटाएपछि आज सुनको मूल्य ह्वात्तै घटेको छ । सरकारले सुनमा भन्सार दर २० प्रतिशतबाट १० प्रतिशतमा झारेको छ भने चाँदीमा पनि १५ प्रतिशतबाट १० प्रतिशतमा झारेको छ । भन्सार दर घटेपछि सुनको मुल्य आज एकैदिन १५ हजार नौ सय रुपैयाँले घटेको...
-
२०८१ कार्तिक ३०, शुक्रबार
नेपालको विजुली बंगलादेशमा निर्यात
नेपालले तेस्रो मुलुकलाई विद्युत निर्यात शुक्रबारदेखि शुभारम्भ गरेको छ । आज नेपालले भारत हुँदै बंगलादेशमा विद्युत निर्यातको औपचारिक रुपमा शुभारम्भ गरेपछि नेपाली विद्युती तेस्रो मुलुक बंगलादेशसम्म पुगेको हो । नेपालले भारतसँग मात्रै विद्युत निर्यात...
-
२०८१ कार्तिक २७, मंगलबार
लाल आयोगको प्रतिवेदन सार्वजनिक
सरकारले लाल आयोगको प्रतिवेदन सार्वजनिक गरेको छ । डेडिकेटेड ट्रंकलाइनको विवाद दीर्घकालीन समाधानका लागि २०८० पुस २४ गतेको मन्त्रिपरिषद्को बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको थियो ।...
-
२०८१ कार्तिक २७, मंगलबार
‘फिन इलेक्ट्रो टेक २०२४’ हुने
नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा कात्तिक २९ देखि मंसिर २ गतेसम्म ‘फिन इलेक्ट्रो टेक २०२४’ हुने भएको छ । महासंघले पत्रकार सम्मेलन गर्दै काठमाडौंको भृकुटीमण्डपमा कात्तिक २९ देखि मंसिर २ गतेसम्म ‘फिन इलेक्ट्रो टेक २०२४’ प्रदर्शनी गर्न लागेको...
-
२०८१ कार्तिक ९, शुक्रबार
प्राधिकरणले काट्न थाल्यो बक्यौता रकम नतिर्नेको लाइन
नेपाल विद्युत प्राधिकरणले विद्युत महसुल वापतको बक्यौता रकम नबुझाएकोमा ४३ उद्योगको विद्युत लाइन काटिदिएको छ । डेडिकेटेड र ट्रंक लाइनको बक्यौता नतिर्ने उद्योगीहरुको लाइन प्राधिकरणले फेरी काट्न सुरु गरेको हो । हिजो वेलुका ८ बजेबाट विभिन्न उद्योगहरुको...
-
२०८१ कार्तिक ७, बुधबार
सुनको मूल्यमा आठ सय रुपैयाँले बृद्धि
सुनको मूल्यले फेरी नयाँ रेकर्ड बनाएको छ । निरन्तर उच्च मूल्यको रेकर्ड बनाइरहेको सुनको मूल्य आज फेरी बढ्दै नयाँ रेकर्ड कायम गरेको हो । हिजो मंगलबार एक लाख ६५ हजार नौ सय रुपैयाँमा कारोबार भई उच्च मूल्यको रेकर्ड राखेको सुनको मूल्य आज फेरी पनि बढेको हो...
-
२०८१ भाद्र ३१, सोमबार
इन्धनको मूल्यमा गिरावट
नेपाल आय निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल र डिजेलको मूल्य घटाएको हो । पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर पाँच रुपैयाँ घटाइएको छ । नयाँ मूल्यअनुसार तेस्रो...
-
२०८१ भाद्र २७, बिहिबार
सुपथ मूल्यका पसलहरु असोज ७ गतेदेखि संचालनमा
सरकारले दशैँ, तिहार र छठको लागि आउँदो असोज ७ गतेदेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बिहीबार साल्टट्रेनिङ कर्पोरेसन लिमिटेडको ६२ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीसँग...
-
२०८१ भाद्र २७, बिहिबार
सुपथ मूल्यका पसलहरु असोज ७ गतेदेखि संचालनमा
सरकारले दशैँ, तिहार र छठको लागि आउँदो असोज ७ गतेदेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बिहीबार साल्टट्रेनिङ कर्पोरेसन लिमिटेडको ६२ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीसँग...
-
२०८१ भाद्र १६, आइतबार
इन्धनको मूल्य घट्यो
नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । हिजो रातीदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँ तथा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर एक रुपैयाँले घटाइएको नेपाल आयल निगमले जनाएको छ । आन्तरिक हवाई इन्धनतर्फ प्रतिलिटर...
-
२०८१ भाद्र ११, मंगलबार
सवारी साधनको कुम्भ मेला, नाडा अटो शो सुरू
सवारी साधनको कुम्भ मेला मानिने नाडा अटो शो २०२४ काठमाडौंको भृकुटीमण्डपमा सुरू भएको छ । हरेक वर्ष दसैंअघि आयोजना हुँदै आएको अटो शो यस वर्ष नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले भदौ ११ गतेदेखि १६ गतेसम्म चल्नेछ । यो नाडा अटो शोको १६औँ संस्करण हो ।...
-
२०८१ भाद्र १, शनिबार
यल अन्तर सहकारीको अध्यक्षमा सुशन
यल अन्तर सहकारी समन्वय समितिमा सुशन श्रेष्ठ नयाँ अध्यक्ष चयन भएका छन् । समितिको सातौं साधारणसभाले सुशन श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो । नव निर्वाचित अध्यक्ष श्रेष्ठ मंगलबजारस्थित उत्सर्ग बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष हुन् ।...
-
२०८१ श्रावण ३१, बिहिबार
पेट्रोलियम पदार्थको भाउ घट्यो
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । बिहीबार साँझ बसेको आयल निगम सञ्चालक समितिको बैठकले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर ५ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ३, ३ रुपैयाँ घटाएको हो । भारतीय आयल कर्पोरेसनबाट मूल्य घटेर...
-
२०८१ श्रावण २८, सोमबार
जापनिज सुबारुका दुई नयाँ गाडीहरु बजारमा
जापानी गाडी सुबारुका दुई नयाँ मोडल नेपाली बजारमा भित्रिएका छन् । नेपालका लागि सुबारुका आधिकारिक बितरक विजय मोटर्सले हिजो काठमाडौमा एक कार्यक्रम गरी क्रसट्रेक हाईब्रिड आइसाईट र आउटब्याक आइसाईट सार्वजनिक गरेको हो । कम्पनीका अनुसार हाइब्रिड प्रविधिमा...
-
२०८१ श्रावण ११, शुक्रबार
आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति आज सार्वजनिक गरेको छ । नयाँ मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले बैंकदर र निक्षेप सङ्कलनदर घटाएको छ । बैंक तथा वित्तीय संस्थाको पुँजीकोषमा परेको दबाब व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले चालु...
-
२०८१ आषाढ १९, मंगलबार
सत्ता समीकरणको सकारात्मक असर सेयर बजारमा
नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सत्ता समीकरणको सहमति भएको सकारात्मक असरसेयर बजारमा परेको छ । मंगलबार सेयर कारोबार सुरु भएको २ मिनेट नपुग्दै नेप्से ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो । २० मिनेटपछि खुलेको बजार फेरि १ प्रतिशत...




