विजनेस
-
२०७७ माघ १३, मंगलबार
शान्तिपुर्ण प्रदर्शन गर्न पाउने अधिकारको सम्मान गर्न मानव अधिकार आयोगको आग्रह
राष्ट्रिय मानव अधिकार आयोगले शान्तिपूर्वक प्रदर्शन गर्न पाउने नागरिकको सम्मान गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । हिजो बालुवाटारमा प्रदर्शनको क्रममा प्रहरीबाट भएको धरपकड र बल प्रयोगको विषयलाई लिएर आज आयोगले प्रेस विज्ञप्ती जारी गर्दै सभा...
-
२०७७ माघ १३, मंगलबार
आजका नयाँ संक्रमितमध्ये ५७ प्रतिशत उपत्यकामा
पछिल्लो पटक थप हुने कोभिड १९ का नयाँ संक्रमितमध्ये करीब ५७ प्रतिशत काठमाडौं उपत्यकाबाट रहेका छन् । गएको २४ घन्टामा काठमाडौं उपत्यकामा एक सय ७२ जना संक्रमित थपिएका छन् । तीमध्ये ७४ जना महिला र ९८ जना पुरुष रहेका छन् । काठमाडौंमा एक सय ३४, ललितपुरमा...
-
२०७७ माघ १३, मंगलबार
३०३ नयाँ संक्रमित थप, २८५ निको
नेपालमा पछिल्लो २४ घन्टामा कोभिड १९ का ३ सय ३ जना नयाँ संक्रमितहरु भेटिएका छन् । ४ हजार ५ सय ७४ जनाको स्वाब नमूना परिक्षण गरिएकोमा एक सय ३० जना महिला र एक सय ७३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा कोरोनाभाईरसबाट संक्रमित...
-
२०७७ माघ १२, सोमबार
४२ औं पर्यटक प्रहरी दिवस सम्पन्न
‘४२औं पर्यटक प्रहरी दिवस, २०७७’ आज काठमाडौंमा आयोजित समारोहबीच सम्पन्न भएको छ । समारोहमा पर्यटक प्रहरीलाई व्यवसायिक रुपमा सहयोग गनर्ने विभिन्न संघसंस्था, पर्यटन व्यवसायी तथा उत्कृष्ट प्रहरी अधिकृतहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रहरी...
-
२०७७ माघ १२, सोमबार
ग्यास लिक भई दुइ टहरामा आगलागी
कागेश्वरी मनोहरा नगरपालिका–८ बालुवाखानी शिवचोकमा आज बिहान दुईवटा टहराहरुमा आगलागी हुँदा लाखौंको धनमाल नष्ट भएको छ । ३८ वर्षीय अनिल भोलान र ३४ वर्षीय फुलमाया लिम्बुको टहरामा आगलागी भएको थियो । फुलमायाको टहरमा खाना पकाउने ग्याँस लिक भई दुवै टहरामा...
-
२०७७ माघ १२, सोमबार
ट्याक्टर पल्टिएर चालककाे मृत्यु
धनुषामा आज बिहान भएको ट्याक्टर दुर्घटनामा ट्याक्टर चालकको मृत्यु भएको छ । विदेह नगरपालिका–३ ठाडीस्थित सडकमा ना.१ त ७५८० नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिएर दुर्घटना भएको थियो । दुर्घटनामा ट्याक्टर चालक सोही ठाउँको ३० वर्षीय विनोद महराको मृत्यु...
-
२०७७ माघ १२, सोमबार
दुर्घटनामा २ जनाकाे मृत्यु
महोत्तरीमा मोटरसाइकललाई टिपरले ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । औरही नगरपालिका–४ कठुधार चोकमा ना.८ ख ९८० नम्बरको टिपरले ज.६ प १४०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिइ दुर्घटना भएको थियो । आज बिहान भएको उक्त दुर्घटनामा २ जनाको घटनास्थलमै मृत्यु भएको...
-
२०७७ माघ १२, सोमबार
जबरजस्ती गरी गहना लुट्ने पक्राउ
सिन्धुपाल्चोकमा एक महिलालाई बलात्कार गरी महिलासँग भएको गहना लुटेर फरार रहेका एक पुरुष काठमाडौंको कलंकीबाट पक्राउ परेका छन् । शरीर बन्धक बनाई जबरजस्ती करणी गर्नुका साथै डाँका कसूरमा फरार रहेका सिन्धुपाल्चोक जुगल गाउँपालिकाका कैलाश भन्ने २४ वर्षीय...
-
२०७७ माघ १२, सोमबार
उपत्यकामा जम्मा एक हजार ९७८ सक्रिय संक्रमित
पछिल्लो पटक थप हुने कोरोना भाईरसका नयाँ संक्रमितमध्ये एक सय ५४ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । तीमध्ये ५९ जना महिला छन् भने ९५ जना पुरुष छन् । हालसम्म काठमाडौं उपत्यकामा एक लाख २६ हजार २२ जना कोरोना संक्रमित भइसके । काठमाडौंका कुल संक्रमित...
-
२०७७ माघ १२, सोमबार
३३९ नयाँ संक्रमित थप, ४०१ निको
नेपालमा पछिल्लो २४ घन्टामा कोभिड १९ का ३ सय ३९ जना नयाँ संक्रमित भेटिएका छन् । ४ हजार ८ सय ५८ वटा स्वाब नमूनाको परिक्षण गरिएकोमा एक सय ३३ महिला र २ सय ६ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाईरसबाट संक्रमित हुनेको कुल...
-
२०७७ माघ १२, सोमबार
लिभरपुललाई हराउँदै म्यानयु एफए कपको पाँचौं चरणमा
एफ ए कप फुटबल अन्तर्गत गएरातिको खेलमा म्यानचेस्टर युनाईटेड विजयी हुँदै पाँचौं चरणमा प्रवेश गरेको छ । प्रतिस्पर्धात्मक खेलमा म्यानचेस्टर युनाईटेडले लिभरपुललाई ३–२ गोल अन्तरले हराएको हो । आफ्नै मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा म्यानयुलाई विजयी गराउन...
-
२०७७ माघ ११, आइतबार
आगलागीबाट ५० लाख बढिको धनमाल नष्ट
झापामा एक इलेक्ट्रोनिक्स पसलमा आगलागी हुँदा ५० लाख बढिको धनमाल जलेर नष्ट भएको छ । बिर्तामोड नगरपालिका–५ भद्रपुर रोडस्थित बिकास अग्रवालको ईलेक्ट्रोनिक्स पसलको स्टोरमा आज बिहान आगलागी भएको थियो । आगलागीमा पसल भित्र रहेको वाल घडी, पंखा र ईलेक्ट्रिक बल...
-
२०७७ माघ ११, आइतबार
आफ्नै स्कूल बसको ठक्करबाट बालकको मृत्यु
सिरहामा आफ्नै स्कूल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । पीभीएम ईङ्गलिस बोर्डिङ स्कुलको बा.२ ख २३९० नम्बरको बसको ठक्करबाट सोही स्कूल पढ्ने १० वर्षीय साजन परियारको आज मृत्यु भएको हो । कर्जन्हा नगरपालिका–२ डाडाटोलस्थित सडकमा बसबाट झरेर हिँड्दै...
-
२०७७ माघ ११, आइतबार
उपत्यकामा १३३ संक्रमित थप, ९८ प्रतिशत निको
पछिल्लो पटक थप हुने नयाँ संक्रमितमध्ये एक सय ३३ जना काठमाडौं उपत्यकामा रहेका छन् । तीमध्ये ६१ महिला र ७२ जना पुरुष रहेका छन् । काठमाडौंमा ८०, ललितपुरमा २० र भक्तपुरमा ९ जना नयाँ संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा हालसम्म एक लाख २५ हजार ८ सय ७६...
-
२०७७ माघ ११, आइतबार
निको हुनेको दर ९८ प्रतिशत, मृत्यु हुने २ हजार नाघ्यो
नेपालमा कोरोना संक्रमण निको हुनेको दर ९८ प्रतिशत पुगेको छ । अहिलेसम्ममा २ लाख ६९ हजार ४ सय ५० जनालाई कोरोना संक्रमण २ लाख ६४ हजार एक सय ३७ जना निको भइसकेका छन् । गएको २४ घन्टामा ४ सय ३ जना संक्रमित निको भएका छन् । पछिल्लो पटक २ सय ७० जना नयाँ...
-
२०७७ माघ १०, शनिबार
कोरोनाका कारण मृत्यु हुनेको संख्या २ हजार नजिक
नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ हजार नजिक पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज अद्यावधिक गरेको तथ्यांक अनुसार कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या एक हजार ९ सय ९४ पुगेको छ । पछिल्लो २४ घन्टामा थप ८ जना संक्रमितको मृत्यु...





