स्पाेर्ट्स
-
२०८० फाल्गुण १५, मंगलबार
टी–ट्वान्टी सिरिजमा नामिबियासँग नेपाल पराजित
टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले नामिबियासँग हार ब्यहोरेको छ । मंगलबार कीर्तिपुरको त्रिवि मैदानमा भएको सिरिजको पहिलो खेलमा नेपालले २० रनले पराजित भएको हो । नामिबियाले दिएको २ सय ७ रनको लक्ष्य पछ्याएको नेपाल एक बल बाँकी छदै १ सय ८६ रनमा अलआउट भयो...
-
२०८० फाल्गुण १४, सोमबार
मोड्रिचको गोलमा रियल विजयी
स्पेनीस लालिगामा रियल म्याड्रिडले जित निकालेको छ । गएराति भएको खेलमा रियलले सेभिल्लालाई १–० गोलले हराएको हो । घरेलु मैदानमा रियललाई जिताउन लुका मोड्रिचले निर्णायक गोल गरे । मोड्रिचले खेलको ८१ औं मिनेटमा गोल गरेका थिए । यो जितसँगै रियलले लालिगाको...
-
२०८० फाल्गुण १४, सोमबार
कारबाओ कपको उपाधि लिभरपुललाई
लिभरपुलले कारबाओ कपको उपाधि जितेको छ । फाइनलमा चेल्सीलाई हराउँदै लिभरपुलले उपाधि जितेको हो । आईतबार भएको फाइनल खेलमा लिभरपुलले चेल्सीलाई १–० गोल अन्तरले हरायो । लिभरपुलको जितमा भर्जिल भान डाइकले विजयी गोल गरे । निर्धारित समयको खेल गोल रहित बराबरीमा...
-
२०८० फाल्गुण १३, आइतबार
नेदरल्याण्ड्ससँग नेपाल पराजित
आईसीसी विश्वकप लिग लिग टूमा नेदरल्याण्ड्ससँग नेपालले हार ब्यहोरेको छ । आईतबार कीर्तिपुरको त्रिवि मैदानमा भएको खेलमा नेपालले नेदरल्याण्ड्ससँग ८ विकेटको हार ब्यहोरेको हो । नेपालले दिएको १७३ रनको लक्ष्यलाई नेदरल्याण्ड्सले मात्र २ विकेट गुमाई ३७.५ ओभरमा...
-
२०८० फाल्गुण १३, आइतबार
आर्सनल र सिटि विजयी
प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले जित निकालेका छन् । शनिबार राति सिटीले वर्नमाउथलाई १–० ले हराएको हो । सिटीलाई जिताउन खेलको २४ औं मिनेटमा फिल फेडेनले निर्णायक गोल गरेका थिए । यस्तै शनिबार राति नै भएको प्रिमियर लिगको अर्को खेलमा आर्सनलले...
-
२०८० फाल्गुण १३, आइतबार
केनको गोलमा बायर्न विजयी
जर्मन बुन्डेसलिगामा बायर्न म्युनिखले जित निकालेको छ । शनिबार आरबी आईपेजिगलाई बायर्नले २–१ ले हराएको हो । बायर्नलाई जिताउन दुवै गोल ह्यारी केनले गरे । उनले खेलको ५६ औं मिनेटमा बायर्नलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको इन्जुरी समयमा केनले विजयी गोल...
-
२०८० फाल्गुण १२, शनिबार
जितको खुसियालीमा हृदयघात भएर मृत्यु
विहीबार भारतको बैंग्लुरुम जीतको खुसियाली मनाउने क्रममा हृदयघात भएर पूर्व क्रिकेटर के होयसालको निधन भएको छ । बैंग्लुरुमा आयोजित एजिस साउथ जोन प्रतियोगितामा तमिलनाडु र कर्नाटकबिच खेल भएको थियो । उक्त खेलमा कर्नाटकको टोली विजयी भएको थियो । कर्नाटक...
-
२०८० फाल्गुण ११, शुक्रबार
आईपीएल २०२४ को खेल तालिका सार्वजनीक
इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएल २०२४ को खेल तालिका सार्वजनीक भएको छ । भारतीय क्रिकेट बोर्ड बीसीसीआईले सन् २०२४ को आईपीएलको सुरुवाती २१ खेलको तालिका सार्वजनीक गरेको छ । सार्वजनीक तालिका अनुसार १७ दिनमा २१ खेल हुनेछ । ती २१ खेल १० शहरमा हुनेछ ।...
-
२०८० फाल्गुण ११, शुक्रबार
क्रुसले सन्यास फिर्ता लिए
टोनी क्रुस जर्मनीको राष्ट्रिय टिममा फर्किएका छन् । अन्तराष्ट्रिय फुटबलबाट लिएको सन्यास फिर्ता लिएर क्रुस राष्ट्रिय टिममा फर्किएका हुन् । उनले सन् २०२१ को जुनमा अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका थिए । जर्मनीका मुख्य प्रशिक्षक जुलियन...
-
२०८० फाल्गुण ११, शुक्रबार
ड्यानी एल्भेसलाई साढे चार बर्ष जेल सजाय
बार्सिलोनाका पूर्व फुटबलर ड्यानी एल्भेसलाई साढे चार बर्ष जेल सजाय सुनाएको छ । बिहीबार बार्सिलोनाको प्रान्तीय अदालतले ४० वर्षीय एल्भेसलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै जेल सजाय सुनाएको हो । ब्राजीलका पूर्व खेलाडिले सन् २०२२ डिसेम्बर ३१...
-
२०८० फाल्गुण ९, बुधबार
नेपालको नामिबियासँग दोस्रो हार
नेपाल र नामिबियाबीच बुधबार भएको आइसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपाल दुई विकेटले पराजित भएको छ । नामिबिया र नेदरल्याण्ड्स सम्मिलित क्रिकोणात्मक सिरिजको तेस्रो खेल अन्तर्गत नेपालले दिएको १ सय ६९ रनको मध्यम लक्ष्य पछ्याएको नामिबियाले ४० ओभरमा आठ...
-
२०८० फाल्गुण ९, बुधबार
विश्वकप विजेता एन्ड्रियास ब्रेहमको निधन
जर्मनीलाई विश्वकप विजेता बनाउने खेलाडि एन्ड्रियास ब्रेहमको निधन भएको छ । सन् १९९० को विश्वकप फाइनलमा अर्जेन्टिनाविरुद्ध निर्णायक गोल गर्ने ६३ वर्षीय ब्रेहमको मंगलबार निधन भएको जर्मनीको संचार माध्यमले जनाएको हो । रोममा भएको विश्वकप फाइनलमा डिएगो...
-
२०८० फाल्गुण ९, बुधबार
एमबाप्पे रियल म्याड्रिड जान सहमत
फेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्ड केलियन एमबाप्पे रियल म्याड्रिड जान सहमत भएका छन् । फ्रान्सेली फरवार्ड यसै सिजन स्पेनिस जायन्ट रियलमा जान सहमत भएका हुन् । उनले पीएसजी छाड्ने इच्छा ब्यक्त गर्दै आएका थिए । फ्रान्सका २५ वर्षीय कप्तानमको...
-
२०८० फाल्गुण ८, मंगलबार
क्यानडाविरुद्ध नेपालको रोमान्चक जित
क्यानडाविरुद्धको एक दिवसीय सिरिजको दोस्रो खेलमा नेपाल ‘ए’ दुई विकेटले विजयी भएको छ । राजधानीमा जारी क्यानडा एघारसँगको दोस्रो एक दिवसीय क्रिकेटमा नेपाल एले २ विकेटको रोमान्चक जित हात पारेको हो । मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो...
-
२०८० फाल्गुण ७, सोमबार
नामिबियामाथि नेदरल्यान्ड्सको जित
आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सले जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार भएको खेलमा नामिबियामाथि ७ विकेटको जित निकालेको हो । टस हारेर पहिलो ब्याटिङ गरेको नामिबिया ३५.१ ओभरमा १२३ रन बनाउँदै अलआउट भयो । नामिबियाका लागि जेजे...
-
२०८० फाल्गुण ७, सोमबार
बोचुमसँग बायर्न स्तब्ध
जर्मनी बुन्डेसलिगामा बायर्न म्युनिखले पुन हार ब्यहोरेको छ । आइतबार बायर्नले बोचुमसँग ३–२ को हार ब्यहोरेको हो । पछिल्लो ९ दिनमा बायर्नको यो तेस्रो हार हो । जमाल मुसियालाको गोलमा पाहुना टोलीले सुरुवाती अग्रता लिएको थियो । उनले खेलको १४ औं मिनेटमा गोल...