स्पाेर्ट्स
-
२०८० माघ १६, मंगलबार
अल हिलालले इन्ट मियामीलाई हरायो
साउदी अरेबियन क्लब अल हिलालले अमेरिकान क्लब इन्टर मियामीलाई हराएको छ । सोमबार भएको क्लब मैत्रीपूर्ण खेलमा अल हिलालले मियामीलाई ४–३ गोलले हराएको हो । साउदीको किंगडम एरिनामा भएकोे खेलको १०औं मिनेटमा अलेक्सजेन्डर मित्रोभिचले गोल गर्दै अल हिलाललाई...
-
२०८० माघ १६, मंगलबार
साविक विजेता सेनेगल बाहिरियो
साविक विजेता सेनेगल अफ्रिका कप अफ नेसन्सवाट बाहिरिएको छ । आयोजक आइभरी कोस्टसँग पेनाल्टी सुटआउटमा ५–४ गोलले पराजित भएपछि सेनेगल अन्तिम १६ बाटै बाहिरिएको हो । मंगलबार भएको खेलमा डियालोले चौथो मिनेटमा गोल गरेपछि सेनेगलले अग्रता लिएको थियो । आइभरी...
-
२०८० माघ १५, सोमबार
श्रीलंका क्रिकेटमाथिको निलम्बन हटाइयो
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले श्रीलंका क्रिकेटमाथि लगाइएको निलम्बन फुकुवा गरेको छ । आइसिसी सदस्यको रूपमा आफ्नो दायित्वको गम्भीर उल्लंघन गरेको भन्दै गत नोभेम्बरमा श्रीलंका क्रिकेटलाई निलम्बन गरिएको थियो । श्रीलंका क्रिकेटमाथि राजनीतिक...
-
२०८० माघ १४, आइतबार
बार्सिलोना छोड्दै जाभी
स्पेनिस क्लब बार्सिलोनाका मुख्य प्रशिक्षक जाभी हर्नान्डेजले क्लब छोड्ने घोषणा गरेका छन् । बार्सिलोनाका पूर्व खेलाडी समेत रहेका उनले सिजनको अन्त्यपछि क्लब छोड्ने घोषणा गरेका हुन् । ४४ बर्षिय जाभीले शनिबार राति भएको खेलमा बार्सिलोनाले भियारियालसँग ५–३...
-
२०८० माघ १४, आइतबार
शीर्ष स्थानमा रियल म्याड्रिडको पुनरागमन
रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार लास पासमासमाथि पुनरागमन जितसँगै रियल अंक तालिकाको शीर्ष स्थानमा पुगेको हो । लास पासमासको घरेलु मैदानमा रियल २–१ ले विजय भयो । खेलको ५३ औं मिनेटमा मुनोजले गोल गरेर पासमासलाई अग्रता...
-
२०८० माघ १३, शनिबार
नेपाल यू–१९ विश्वकप क्रिकेटको सुपर सिक्समा
अफगानिस्तालाई हराउँदै नेपाल आइसिसी यू–१९ विश्वकप क्रिकेटको सुपर सिक्समा प्रवेश गरेको छ। जारी यू–१९ विश्वकपको हिजो नेपाल र अफगास्तिानबीचको खेलमा १४६ रनको लक्ष्य पछ्याएको नेपालले ३२ बल बाँकी हुँदा १४९ रन बनाउँदै ४४.४ ओभरमा अफगानस्थानमाथि १ विकेटको जित...
-
२०८० माघ १२, शुक्रबार
लिभरपुल छाड्डै योर्गेन क्लोप
योर्गेन क्लोपले लिभरपुल छाड्ने भएका छन् । क्लोपले यस सिजनको अन्त्यसँगै लिभरपुल छाड्ने लागेका हुन् । पछिल्लो ३० वर्षमा लिभरपुललाई पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जिताएका क्लोपसन् २०१५ मा लिभरपुलको मुख्य प्रशिक्षक नियुक्त भएका थिए । उनले लिभरपुलको...
-
२०८० माघ १२, शुक्रबार
रियल म्याड्रिड बन्यो विश्वकै सर्वाधिक कमाउने फुटबल क्लब
स्पेनीस क्लब रियल म्याड्रिड विश्वकै सबभन्दा धेरै कमाउने फुटबल क्लब बनेको छ । इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई उछिन्दै स्पेनीस महारथी क्लब धेरै कमाउने क्लब बनेको डेलोइटले कम्पनीले देखाएको हो । रियलले सन् २०२२–२३ को सिजनमा ८३ करोड १० लाख युरो आर्जन...
-
२०८० माघ ११, बिहिबार
लिगकप फाइनलमा लिभरपुल र चेल्सी खेल्दै
लिभरपुल काराबाओ कप (लीगकप) को फाइनलमा पुगेको छ । बुधबार फुलहमलाई १–१ को बराबरीमा रोक्दै बुधबार लिग कपको फाइनल यात्रा तय गरेको छ । सेमिफाइनल दोस्रो लेगको यो नतिजासँगै लिभरपुल समग्रमा ३–२ ले अगाडि रह्यो । पहिलो लेगमा लिभरपुल २–१ ले विजयी रहेको थियो ।...
-
२०८० माघ ११, बिहिबार
बार्सिलोना कोपा डेल रेबाट बाहिरियो
स्पेनिस कोपा डेल रेबाट बार्सिलोना बाहिरिएको छ । बुधबार राति भएको क्वाटरफाइनलमा एथ्लेटिक क्लबसँग ४–२ गोलले पराजित हुँदै बार्सिलोना बाहिरिएको हो । एथ्लेटिकको घरेलु मैदानमा भएको खेलको निर्धारित समयमा दुई २–२ गोलको बराबरीमा रहेपछि खेल अतिरिक्त समाय...
-
२०८० माघ १०, बुधबार
शानदार जित सहित चेल्सी फाइनलमा
इग्लिस क्लब चेल्सी काराबाओ कपको फाइनलमा पुगेको छ । मंगलबार राति मिडलबर्गलाई ६–१ गोल अन्तरले हराउँदै चेल्सी उपाधि नजिक पुगेको हो । पहिलो लेगमा १–० गोलले पराजित भएको चेल्सीले दोस्रो खेलमा जित निकाल्दै समग्रमा ६–२ गोलको जित निकाल्दै फाइनलमा पुग्यो ।...
-
२०८० माघ ९, मंगलबार
‘रोर अफ थन्डर’ रिभाको निधन
इटालीका कीर्तिमानी गोलकर्ता तथा पूर्व क्याग्लियारी फरवार्ड लुइगी ‘गिगी’ रिभाको निधन भएको छ । रिभाको हृदयाघातवाट मृत्यु भएको हो । ७९ बर्षिय खेलाडिलाई हृदयाघात भएपछि सार्डिनियाको राजधानीको अस्पतालमा भर्ना गरिएको थियो । रिभाको निधनले इटालिनय फुटबल...
-
२०८० माघ ८, सोमबार
छैटौं सम्झना कप माघको तेस्रो सातावाट
टेबल टेनिस क्लबको आयोजनामा छैटौं संस्करणको सम्झना कप अन्तराष्ट्रिय टेबल टेनिस प्रतियोगिता माघको तेस्रो सातावाट सुरु हुने भएको छ । आज क्लबले काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी यस प्रतियोगीताबारे जानकारी दिएको हो । आउँदो माघ १६ गतेदेखि माघ २० गते...
-
२०८० माघ ८, सोमबार
साउदी अन्तिम १६ मा
साउदी अरब एएफसी एसियन कपको अन्तिम १६ मा पुगेको छ । आइतबार राति भएको समुह एफको खेलमा कर्गिस्तानमाथि २–० गोलको जित निकाल्दै साउदी अन्तिम १६ मा पुगेको हो । अहमद बिन अली रंगशालामा ९ खेलाडीमा सिमित किर्गिस्तानलाई हराउन साउदीका मोहम्मद कनो र फैसल अल...
-
२०८० माघ ४, बिहिबार
पल्सर स्पोर्ट्स अवार्ड–२०७९ अन्तर्गत पिपल्स च्वाइसको मनोनयन सार्वजनिक
नेपाल खेलकुद पत्रकार मञ्चले एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड—२०७९ का लागि मनोनयन सार्वजनिक गरिएको छ । बुधबार एक कार्यक्रमबिच अवार्ड अन्तर्गत पिपल्स च्वाइस अवार्ड विधाको पाँच जना खेलाडी मनोनयन सार्वजनिक गरेको हो । मञ्चले हरेक वर्ष प्रदान गर्दै आएको...
-
२०८० माघ १, सोमबार
भिनिसियसको ह्याट्रिकमा रियल च्याम्पियन
रियल म्याड्रिडले स्पेनिस सुपर कप फुटबलको उपाधि जितेको छ । आईतबार बार्सिलोनालाई ४–१ गोलले हराउँदै रियलले सुपर कपको उपाधि हात पारेको हो । साउदी अरबमा भएको फाइनलमा रियललाई जिताउने क्रममा भिनिसियस जुनियरले ह्याट्रिक गरे । अर्को एक गोल रोड्रिगोको नाममा...




