arin enterprises

बिचार

  • २०८० मङ्सिर १३, बुधबार

    म्याक्सवेलको सनसनीपूर्ण शतकसँगै अष्ट्रेलिया विजयी

    टी ट्वान्टी सिरिजमा अष्ट्रेलियाले भारतलाई हराएको छ । ग्लेन म्याक्सवेलको अर्को सनसनीपूर्ण शतकमा अष्ट्रेलियाले भारतलाई ५ विकेटले हराएको हो । सिरिजमा फर्कन अष्ट्रेलियालाई जित्नैपर्ने दबाब भएको खेलमा म्याक्सवेल एक्लै चम्किएर १ सय ४ रनको शतकिय पारि खेले...

  • २०८० मङ्सिर १२, मंगलबार

    भारतको गुजरामात चट्याङबाट २४ को मृत्यु

    भारतको गुजरातमा राज्यमा चट्याङमा परी २४ जनाको मृत्यु भएको छ । भारतीय संचार माध्यमहरुका अनुसार भारी वर्षा र असिनासँगै आएको चट्याङ लागेर २४ को मृत्यु भएको जनाएको छ । भारी बर्षाले दर्जनौं घरहरुमा क्षति पु¥याउनुका साथै पशु चौपाया पनि मरेका छन् ।...

  • २०८० मङ्सिर १२, मंगलबार

    स्वयम्भू महाचैत्यमा ८४ व्यञ्जन बुद्ध पूजा

    हिजो सोमबार काठमाडौंको स्वयम्भू महाचैत्यमा ८४ व्यञ्जन बुद्ध पूजा सम्पन्न भएको छ । नमूना बुद्ध बिहार कंकेश्वरीले प्रत्येक वर्ष कात्तिक शुक्ल पूर्णिमाको दिनमा बुद्ध पूजा गर्दै आएको हो । मानव जीवनको सुख, शान्तिको लागि कामना गर्दै महाचैत्यमा ८४ हजार...

  • २०८० मङ्सिर १२, मंगलबार

    “सकिमिला पुन्ही” मनाइयो

    हरेक वर्ष जस्तै यो वर्ष पनि कार्तिक शुक्ल पुर्णिमा, कछलाथ्व पुन्हिलाई उपत्यकाको नेवाः समुदायले सकिमिला पुन्हीको रुपमा मनाइयो। सकिमिला पूर्णिमा तिहारपछि उपत्यकाका नेवारहरुले मनाउने पहिलो चाड हो । सकि भन्नाले पिँडालु र मिला भन्नाले चन्द्रमा भन्ने...

  • २०८० मङ्सिर ११, सोमबार

    रियल शीर्ष स्थानमा उक्लियो

    रियल म्याड्रिड स्पेनिस लिगको शीर्ष स्थानमा उक्लिएको छ । आईतबार कार्डिजमाथि ३–० को जित निकाल्दै रियल पुनः तालिकाको शीर्ष स्थानमा फर्किएको हो । रियललाई जिताउन रोड्रिगो र जुड बेलिङघमले शानदार प्रदर्शन गरे । खेलमा अग्रता पाहुना टोली रियलले रोड्रिगोको...

  • २०८० मङ्सिर ११, सोमबार

    शिख सम्प्रदायका गुरु नानकको जन्मोत्सव मनाईंदै

    प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइने शिख सम्प्रदायका प्रवर्तक गुरु नानकको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । गुरु नानकको जन्म विसं १५२६ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाव प्रान्तमा भएको थियो । गुरु नानक...

  • २०८० मङ्सिर ११, सोमबार

    पैदलयात्रु आफैँले ट्राफिक लाइट बाल्ने प्रविधि सञ्चालनमा

    काठमाडौंको बबरमहलमा पैदलयात्रु आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधि सञ्चालनमा आएको छ । ‘पेलिकन क्रसिङ’ भनिने यस प्रकारको ट्राफिक लाइट आज बिहान १० बजेदेखि सञ्चालनमा ल्याइँदै छ । सोमवारबाट बबरमहलस्थित जिल्ला अदालत अगाडिको सडकमा पैदलयात्रु...

  • २०८० मङ्सिर १०, आइतबार

    ‘ड्रिम वर्ल्ड एम्यूजमेन्ट’ पार्क सञ्चालनमा

    चन्द्रागिरि नगरपालिका वडा ७ स्थित घुमाउनेटोलमा शनिवारदेखि  ‘ड्रिम वर्ल्ड एम्यूजमेन्ट’ पार्क सञ्चालनमा आएको छ । नेपालमा हालसम्मकै सबैभन्दा ठूलो क्षेत्रफल र लगानीमा सो एम्यूजमेन्ट अर्थात मनोरञ्जन पार्क सञ्चालनमा ल्याइएको छ । ६ करोड लगानीमा निर्मित तथा...

  • २०८० मङ्सिर १०, आइतबार

    तेस्रो आइर्वाट नेपाल अन्तर्राष्ट्रिय महिला चलचित्र महोत्सव सम्पन्न

    तेस्रो संस्करणको आइर्वाट नेपाल अन्तर्राष्ट्रिय महिला चलचित्र महोत्सव सम्पन्न भएको छ । काठमाडौँको चलचित्र विकास बोर्डको हलमा भएको महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय डेलिगेट्सहरूको सहभागिता रहेको थियो । शनिवार दिनभर चलेको महोत्सवको उद्घाटन...

  • २०८० मङ्सिर १०, आइतबार

    कात्तिक नाचको मुख्य अंश नृसिंह अवतार गाथा देखाइयो

    कार्तिक नाच शुरु भएको ८औं दिन नृसिंह अवतारको गाथा शनिबार प्रस्तुत गरिएको छ । प्रह्लादको उद्धार गर्न विष्णुले नरसिंहको अवतार लिई हिरण्यकश्यपको वध गरे सँगै पाटनको मङ्गलबजारको कात्तिक डबलीमा प्रदर्शन गरिने कात्तिक नाचको सबैभन्दा महत्त्वपूर्ण अंश नरसिंह...

  • २०८० मङ्सिर १०, आइतबार

    द्रुत बस सेवा पुनः संचालन

    गत असोज ३ गतेदेखि सुचारु भई बन्द भएको द्रुत बस सेवा आजदेखि पुन संचालनमा भएको छ । काठमाण्डौंको रत्नपार्कदेखि सूर्यविनायकसम्मको संचालन गरेको दु्रत बस सेवा प्रभावकारी हुन नसकेको गुनासोसंगै दशैँलगत्तै सेवा स्थगित भएको थियो । आज आइतबारदेखि फेरि ११ वटा बस...

  • २०८० मङ्सिर १०, आइतबार

    मेलम्चीको मुहान ५०० मिटर सार्नुपर्ने आँकलन

    २०७८ साल असार र साउनमा आएको बाढीका कारण क्षतिग्रस्त भएको मेलम्ची खानेपानी आयोजना अझै केही वर्ष लम्बिने भएको छ । आयोजना सम्पन्न भएको समयमा केही महिना पानी वितरण गरेको थियो । तर असार साउनमा आएको बाढीको भेलले मेलम्चीको मुहान नै बन्द गरिदिएपछि बन्द भएको...

  • २०८० मङ्सिर ९, शनिबार

    ४८ बर्षसम्म लगातार बराह बनेका केशव कृष्ण श्रेष्ठ

    केशव कृष्ण श्रेष्ठ, जसको अर्को नाम नै बराह बनेको छ । किनकि उनी लगातार ४८ बर्षसम्म बराह बने । ललितपुरको प्रशिद्ध ऐतिहासिक कार्तिक नाचमा केशव कृष्ण लगातार ४८ वर्षसम्म बराह बनेर नाचे । हरेक बर्ष कार्तिक शुक्ल द्वादशीका दिन ललितपुर मंगलबजारको कार्तिक...

  • २०८० मङ्सिर ९, शनिबार

    राजोपाध्याय गायन प्रतियोगीतामा सक्षम भए प्रथम

    राजोपाध्याय गायन प्रतियोगीतामा सक्षम शर्मा राजोपाध्याय विजयी भएका छन् । राजोपाध्याय समाजको आयोजनामा आज शनिबार ललितपुरमा सम्पन्न प्रतियोगीताको फाइनल राउन्डमा सक्षमले अंकित अमरु श्रेष्ठको ‘लजाएर एक्लै बसेकी किन मायालु’ गीत गाउँदै प्रथम स्थान हासिल...

  • २०८० मङ्सिर ९, शनिबार

    यहि शुक्रबार देखि निष्क्रिय जिमेल अकाउन्ट बन्द हुने

    यहि आउँदो शुक्रबार अर्थात् १ डिसेम्बरदेखि निष्क्रिय गुगल अकाउन्ट बन्द हुने भएका छन् । ‘गुगल इनएक्टिभ अकाउन्ट पोलिसी’ अन्तर्गत दुई वर्षदेखि निष्क्रिय रहेका गुगल (जिमेल) अकाउन्ट सधैंका लागि बन्द हुन लागेको कम्पनीले जनाएका हुन् । योसँगै निष्कृय...

  • २०८० मङ्सिर ९, शनिबार

    इजरायल र प्यालेस्टाइनका बन्धकहरु रिहा

    इजरायल तथा हमास दुवै तर्पmबाट बन्धक बनाइएका व्यक्तिहरु रिहा भएका छन् । राहत कार्यमा संलग्न संस्था रेडक्रसले दुई पक्षहरू बिच तटस्थ भूमिका खेल्दै २४ बन्धकहरूलाई गाजाबाट निकालेर इजिप्टको रफाह सीमामा ल्याएको जनाएको छ । त्यस्तै इजरायली बन्धकहरुलाई रिहा...

Pages